Author: Transparentgroup
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पर्यटकीय सेवा बिस्तारसँगै पर्यटकहरूको सुरक्षा प्रमुख सरोकारको विषय भएको बताएका छन् । ४६ औँ पर्यटक प्रहरी दिवसको अवसरमा काठमाडौँमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कुँवरले नेपाल सुन्दर मात्र नभई सुरक्षित रहेको महसुस पर्यटकहरूलाई दिलाउन सके मात्रै नेपालमा पर्यटकको सङ्ख्या बढ्ने बताएका हुन् । उनले पर्यटकीय सुरक्षा नै पर्यटनको प्रमुख आधारशिला भएको बताए । उनले पर्यटकीय सुरक्षा व्यवस्थापन कार्य प्रहरीको एकल प्रयासले मात्रै सम्भव नरहेको भन्दै यसमा सरोकारवाला सबै निकायहरूको सम्मानजनक भूमिका अनिवार्य रहेको बताए । उनले भने, ‘पर्यटकीय सेवा बिस्तारसँगै पर्यटकहरूको सुरक्षा पनि प्रमुख सरोकारको विषय हुनुपर्दछ । नेपाल सुन्दर मात्र होइन,…
काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधि एपीएफ क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिमलाई ९ विकेटले हराउँदै एपिएफ बिजेता बनेको हो । साविक विजेता समेत रहेको एपीएफले सजिलै सुदुरपश्चिमलाई हराएर उपाधि चुमेको हो । सुदूरपश्चिमले दिएको ६८ रनको लक्ष्य एपीएफले १३औं ओभरमा १ विकेटको क्षतिमा पूरा गरेको थियो । एपीएफका लागि ममता चौधरी र इन्दु बर्माले अविजित रहँदै क्रमश ४३ र १८ रन बनाएका थिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ले १८.१ ओभरमा अलआउट हुँदै ६७ रन बनाएको थियो । मनिषा बोहराले सर्वाधिक १८ रन बनाइन् । कप्तान विन्दु रावलले १७…
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि आज मतदान भइरहेको छ । बिहान ९ बजेबाट देशैभर मतदान जारी रहेको हो । २३औं सम्मेलनबाट सर्बसम्मत नेतृत्व चयन हुन नसकेपछि लामो समयपछि आज मतदान भएको हो । मतदान साँझ ६ बजेसम्म हुनेछ । आजै रातिदेखि मत गणना सुरु गर्ने तयारी छ । ३३ पदाधिकारीसहित ३१२ केन्द्रीय सदस्य चयन गर्न दुई हजार ३९८ जना प्रतिनिधिले मतदान गर्नेछन् । उपत्यका विशेष प्रदेशको बाल्मिकी क्याम्पस र बागमती प्रदेशको सानोठिमी क्याम्पसमा हुनेछ। अरू प्रदेशको सम्बन्धित प्रदेशबाटै मतदान गर्ने व्यवस्था गरिएको छ। अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षका लागि मनोननयन…
काठमाडौँ । हमासले गाजा युद्धविराम सम्झौताअन्तर्गत रिहा गरिने इजरायली बन्धकहरूको दोस्रो सूची जारी गरेको छ। युद्धविरामको सम्झौताबमोजिम हमास दोस्रोपटक चार महिला इजरायली बन्धकलाई रिहा गर्न सहमत भएको हो। हमासले ती चार बन्धकको नाम पनि सार्वजनिक गरेको छ। हमासका अनुसार अब मुक्त गरिने चारै महिला इजरायली सैनिक हुन्। उनीहरूको नाम करिना एरिभ, डेनिएला गिल्बोआ, लेवी र लिरी अल्बाग हो। जसलाई आज रिहा गरिने बीबीसीले जनाएको छ। यी चार इजरायली सैनिकलाई १८० प्यालेस्टिनी कैदीको बदलामा रिहा गर्न लागिएको हो। इजरायल र हमासबीच युद्ध सुरु भएको लगभग १५ महिनापछि यही जनवरी १९ देखि गाजामा युद्धविराम भएको हो। यस क्रममा उनीहरूले क्रमशस् एकअर्काका नागरिक…
कैलाली । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज भीडन्त हुँदैछ । फाप्ला क्रिकेट मैदानमा बिहान १० बजे हुने फाइनल खेलमा साविक विजेता एपिएफ र सुदूरपश्चिम प्रदेश आमुने–सामुने छन्। शुक्रबार सम्पन्न सुपर फोरको खेलमा त्रिभुवन आर्मी क्लबलाई ६९ रनले हराएर एपिएफ फाइनलमा पुगेको हो। बागमती प्रदेशमाथि ३० रनको जित निकाल्दै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो। इन्दू बर्माको कप्तानीमा रहेको एपिएफ लिग चरण र सुपर फोरका सबै खेल जितेर अपराजित भएर फाइनलमा पुगेको हो। बिन्दु रावलको कप्तानीमा रहेको सुदूरपश्चिम लिग चरणमा एपिएफसँगको एउटा मात्रै खेल हारेर समूह उपविजेताको रूपमा सुपर फोरमा पुगेको थियो। सुपर फोरमा आर्मीसँग…
दाङ्ग । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड ) ले आगामी निर्वाचनमा आफ्नो पार्टीले कुनै पनि पार्टीसंग चुनावी गठबन्धन नगर्ने र एक्लै लड्ने बताएका छन् । उनले भने हामी आफ्नै खुट्टामा उभिएर आगामी चुनाव लड्ने हो । प्रेस सेन्टर दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिले आफू जनतामा गइरहेको र जनताले धेरै आशा गरिरहेको भन्दै आगामी निर्वाचनमा माओवादी केन्द्र एक्लै निर्वाचनमा हौममीने बताए । उनले कसैसँग पनि चुनाबी तालमेल नगर्ने घोषणा गरे । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो सरकार ०८४ सालसम्मै मिलेर गए माओवादीलाई नै…
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा शुक्रबार सुन्तला महोत्सव भएको छ ।महोत्सवमा सुन्तला खेतीसम्बन्धी प्रविधि प्रसार, कृषक र सरोकारवालाबीच साक्षात्कार, सुन्तला प्रर्दशनी, उत्कृष्ट कृषकलाई पुरस्कृत गर्नुका साथै स्थानीय मौलिक पुर्ख्यौली, भजन र पञ्चेबाजा प्रर्दशनी गरिएको थियो । बाँसखर्कको सुन्तला खेतीको सम्भावना उजागर र कृषकका समस्या समाधानका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराउने उद्देश्यले जलजला गाउँपालिका र वडा नं १ को कार्यालयले महोत्सव आयोजना गरेको वडा अध्यक्ष जगबहादुर रोकाले बताए । महोत्सवको अवसरमा अगुवा कृषक जगतबहादुर खत्री, शान्तबहादुर छिन्तेल र हेमकुमार अर्मजा, तेजबहादुर खत्री र नरबहादुर पाइजालाई नगद रु पाँच हजारसहित सम्मान गरिएको थियो । अतिथिलाई सुन्तलाको…
वीरगञ्ज । जनता समाजवादी पार्टी ( जसपा ) को केन्द्रीय समिति बैठक बिरगञ्जमा सुरु भएको छ। आज शनिबार पर्साको वीरगञ्जमा रहेको पुजन होटलमा केन्द्रीय अध्यक्ष अशोककुमार राईको अध्यक्षतामा केन्द्रीय समितिको बैठक प्रारम्भ भएको छ । बैठकले बर्तमान राजनीतिक अवस्था, पार्टीको आगामी रणनीति लगायतका बिषयमा बृहत छलफल गर्ने पार्टीका उप(महासचिव एवं संघीय खानेपानीमन्त्री प्रदीप यादवले बताए । बैठकमा विभिन्न राजनीतिक,सङ्गठनात्मक तथा समसामयिक विषयहरूमा गहन छलफल गर्नुका साथै, पार्टीको भावी रणनीति र मधेशका मुद्दासम्बन्धी विषयमा विशेष ध्यान दिइनेछ।ु बैठकमा केन्द्रीय अध्यक्ष अशोककुमार राई, संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठ, सह अध्यक्ष रेणुकुमारी यादव, उपाध्यक्ष तथा माननीय मन्त्री नवलकिशोर साह सुडी, खानेपानीमन्त्री प्रदीप यादव,…
काभ्रेपलाञ्चोक । जिल्लाको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि लागेको आगो हेलिकप्टरमार्फत नियन्त्रणमा लिइएको छ । गृह मन्त्रालयमार्फत उपलब्ध भएको सिम्रिक एयरको हेलिकप्टरले शुक्रबार बेथानचोक गाउँपालिकाको बस्ती नजिकको आगो नियन्त्रण गरेको हो । खानीखोला गाउँपालिका–१ स्थित थामलेकडाँडास्थित महाभारत जङ्गलमा चार दिनअघि आगलागी सुरु भएको थियो । जिल्लास्थित नेपाली सेना, सशस्त्र प्रहरी तथा अन्य सरोकार भएका निकायले जनशक्ति परिचालन गर्दा पनि आगो नियन्त्रणमा ल्याउन नसकेपछि बेथानचोक गाउँपालिकाले मन्त्रालयमार्फत हेलिकप्टर मगाई निभाउने प्रयास गरेको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए । हेलिकप्टरबाट गरिएको प्रयासले बस्ती नजिकको आगो निभाउन सकिएको हो । आगलागी बिहीबार साँझसम्ममा बेथानचोक–५, ३, १ र २ को सीमाक्षेत्रमा…
काठमाण्डौं । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा मृत्यु भएका सात जना नेपालीको सनाखत भएको छ। महाराष्ट्रको जलगाउँ जिल्लामा भएको रेल दुर्घटनामा मृत्यु हुने नेपालीको संख्या ७ पुगेको हो भने ४ जना घाईते छन् । रेल दुर्घटनामा ज्यान गुमाउनेहरू कैलालीकी ४३ वर्षीया कमला नवीन भण्डारी, ४० वर्षीय लछिराम पासी, अछामका ११ वर्षीय हिमु नन्दराम विश्वकर्मा, ४४ वर्षीय नन्दराम पद्मा विश्वकर्मा, ४२ वर्षीया मैसारा कामी विश्वकर्मा, ६० वर्षीया जोक्ला उर्फ कला कामी र बाँकेका ३२ वर्षीय राधेश्याम राध छन् । दुर्घटनामा अन्य कयौँ घाइते भएका थिए हाल उनीहरूको उपचार भइरहेको छ । घटनाको मुख्य कारण पुष्पक एक्सप्रेसमा आगलागी भएको हल्ला रहेको बताइएको…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क