Author: Transparentgroup

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभामा चौथो दलको रुपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको भूमिका पनि महत्वपूर्ण छ। पार्टी सभापति न्यायिक छानविन र हिरासतमा गएपछि पार्टी नै के हुन्छ भन्ने अनेक अड्कल निकालिए पनि रास्वपा पुनः लयमा फर्किएको देखिन्छ। अब पार्टी कसरी अघि बढ्छरु सदनमा उपस्थिति कसरी देखाउँछरु भन्ने चासो नि छ। यिनै विषयवस्तुहरु समेटेर राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालसँग न्युज एजेन्सी नेपालले गरेको कुराकानीको सम्पादित अंश । संघीय संसदको पाचौँ अधिवेशन यहीमाघ १८ गतेलाई बोलाइएको छ, केही दिन अगाडिको विपक्षी दलहरुको बैठकले यो अधिवेशन कतातिर जान्छ भन्ने संकेत पनि गरिसकेको छ, संसदको आउँदो अधिवेशनलाई रास्वपाले कसरी हेरेको छ…

Read More

बुटवल । रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने माथिको थुनछेक बहस आज पनि जारी रहने भएको छ । गत बिहीबारदेखि रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस भइरहेको हो । शुक्रबार बहस नसकिएपछि उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । शुक्रबारसम्म सरकारी वकिलको तर्फबाट बहस सकिएको छ । लामिछानेको तर्फबाट केही वकिलको बहस गर्न बाँकी छ । लामिछाने तर्फका वकिलको बहस सकिएपछि सरकारी वकिल र जाहेरवालातर्फका वकिलले जबाफी बहस गर्नेछन् । त्यसपछि न्यायाधीशले थुनछेक आदेशमार्फत रविलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा…

Read More

रौतहट । गौर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१र८२ को पहिलो ६ महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको छ। कार्यालयले साउनदेखि पुससम्म रु १४ करोड ६७ लाख ५५ हजार राजस्व सङ्कलन गर्न सफल भएको गौर भन्सार कार्यालयका निमित्त प्रमुख अमेन्द्र सिंहले जानकारी दिए। भन्सार विभागले आव २०८१र८२ का लागि रु ३५ करोड ४३ लाख ७८ हजार राजस्व सङ्कलनको लक्ष्य दिएकामा पुस मसान्तसम्ममा रु १४ करोड ६७ लाख ५५ हजार सङ्कलन गरेको उनले बताए। यो साउनदेखि पुससम्मको लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन भएको प्रमुख सिंहले जानकारी दिए। भन्सार प्रमुख सिंहका अनुसार, यो छ महिनामा सबैभन्दा बढी पुसमा रु तीन…

Read More

महोत्तरी । सरस्वती पूजा नजिकिँदै जाँँदा जिल्लाको विभिन्न स्थानमा मूर्तिकारहरू धमाधम मूर्ति बनाउन थालेका छन्। दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा अवस्थित सबै सामुदायिक तथा निजी विद्यालय, कोचिङ सेन्टर, ट्युशन सेन्टर, क्लब, पुस्तकालयसहित गाउँ तथा नगरका विभिन्न चोकचोकमा सरस्वती पूजाका लागि मूर्तिकारलाई मूर्ति बनाउन भ्याइनभ्याइ छ। आफ्नो चार पुस्तादेखि मूर्ति बनाउने पेसा चल्दै आएको एकडारा गाउँपालिका–५ का मूर्तिकार सुभाष पण्डितले सरस्वती पूजाका बेला अत्यधिक मूर्तिको माग हुने गरेको कारण अहिले सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ भएको छ। त्यस्तै पूजाको अब १० दिन मात्र बाँकी हुँदा औरही नगरपालिका–२ का कैलाश रामलाई पनि मूर्ति बनाउन भ्याइनभ्याइ भएको बताउँछन्। सरस्वतीको मूर्ति बनाउनमै व्यस्त…

Read More

काभ्रेपलाञ्चोक । यत्रतत्र छरिएका ढुङ्गा, काठ र रुखका जराले बारी बगरमा परिणत भएको छ । यहाँका किसान ती जरा ९झ्यास० र ढुङ्गा पन्छाउँदै बारी सफा गरेर अब आलु रोप्ने तयारीमा छन् । गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण यहाँको पाट्ने खोलामा आएको बाढीले बारी सबै पुरिएपछि समस्यामा रहेका बेथानचोक गाउँपालिका–२ गेल्ढुङ बजार आसपास क्षेत्रका किसान यतिबेला बारी सफा गरेर आलु रोप्ने तरखरमा छन् । बजारमूल्य राम्रो पाउने भएका कारण किसानले हिउँदमा आलुखेती गरेर आम्दानी गर्दै आएका थिए । तर यसपटक भने बाढीले बारी सबै पुरिएका कारण खेती गर्न समस्या भएको उनीहरूको गुनासो छ । बर्खामा बाढी…

Read More

बेनी ( म्याग्दी )  । म्याग्दी जिल्लामा यस वर्ष सुन्तलाको उत्पादन बृद्धि हुँदा किसानले राम्रो आम्दानी गरेका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बास्तोलाका अनुसार सुन्तला पकेट क्षेत्रबाट बिक्री भएको सुन्तलाको विवरणअनुसार जिल्लामा रु ३३ करोड ४६ लाखको सुन्तला बिक्री भसकेको छ । उहाँका अनुसार, कार्यालयले क्रप कटिङ विधिबाट सुन्तला उत्पादनको अध्ययन गरेको थियो । यस वर्ष जिल्लाका छवटै स्थानीय तहमा चार हजार ७८१ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष तीन हजार ६ सय मेट्रिक टन सुन्तला उत्पादन भएको थियोभने सुन्तला बिक्रीबाट रु २४ करोड भित्रिएको थियो । जिल्लामा आठ सय २० हेक्टर जमिनमा सुन्तलाखेती हुँदै…

Read More

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा आईतवार दिउँसो २ बजे बस्दैछ । संघीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीति तय गर्नका लागि कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । शनिवार बसेको पार्टीको बैठकले सरकारले ल्याएको अध्यादेशमा कुनै सांसदको व्यक्तिगत असहमित भएपनि सदनमा प्रस्तुत गर्न नपाईने निर्णय गरिएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । आज र भोली संसदीय दलमा सांसदहरुका बीचमा पनि सघनरुपमा छलफल गरेर नेपाली कांग्रेस एउटै आवाज, एउटै स्वरका साथ संसद्‍मा प्रस्तुत हुने र बाहिर पनि प्रस्तुत हुँदा एकढिक्का भएर प्रस्तुत हुने भन्ने निर्णय भएको छ।’ बैठकमा सरकारले ल्याएका अध्यादेश, आउँदो…

Read More

चितवन । आम जनता पार्टी ९आजपा० का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सवै मोर्चामा असफल भईसकेको दाबी गरेका छन् । उनले अहिलेको सरकारको तत्काल विकल्प खोज्नुपर्ने बताए । साहले प्रधानमन्त्री केपी शर्मा ओलीको बोली, व्यवहार र काम मुलुकलाई अध्याँरोतर्फ धकेलिने खालको भएको टिप्पणी गरे । चितवनको भरतपुरमा पार्टि निकटको आईटी आर्मीको जिल्ला भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले सुशासन कायम गर्न र आर्थिक सुधार गर्ने सवालमा सर्वाधिक असफल भएको ओली सरकारको विकल्प खोज्न ढिलाई गर्न नहुने बताए । ‘संविधान र संसद्ले नचिन्ने राजनीतिक संयन्त्रको आतंक बन्द गर्नुहोस् । दुई तिहाईको दम्भ भ्रष्टाचारी जोगाउने आधारस्तम्भ बनाइएको…

Read More

काठमाडौँ । काठमाण्डौमा रमष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय समिति बैठक जारी रहेको छ । बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले पेस गरेको मौखिक र महामन्त्री डा।धवलशमशेर राणाले पेस गरेको लिखित प्रतिबेदन माथि बृहत छलफल जारी छ । यसैबिच राप्रपाका कोषाध्यक्ष नीलकण्ठ काफ्लेले बैठकमा चालू आर्थिक वर्ष २०८१र०८२ को आय–व्यव विवरण पेस गरेका छन् । जारी केन्द्रिय समिति बैठकमा आफ्नो आर्थिक प्रतिवेदन पेस गर्ने क्रममा काफ्लेले पुस मसान्तसम्मको पार्टीको आम्दानी र खर्चको हिसाव पेस गरेका छन् । जस अनुसार ६ महिनाको अवधिमा पार्टीका सांसदहरुबाट साढे ३२ लाख रुपैयाँ भन्दा बढी उठाएको छ भने चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको ६ महिनाको अवधिमा राप्रपाले लेभीबापत ३२…

Read More

मोरङ । मोरङको ग्रामथान गाउँपालिका–५ कि सीता चौधरीलाई खाना पकाउने दाउरा जोहो गर्न हम्मेहम्मे पर्दछ । माटोले लिपेको घरका भित्ता, परालको छानो, सानो झुपडी त्यही झुपडीबाट निस्किएको कालोधुवाँसँगै उडेको छ सीताको दिनचर्या । बिहानीको झिसमिसेसँगै गाईवस्तुको गोबर उठाउनुपर्ने बाध्यता छ दक्षिणी मोरङका महिलाहरूको । सीता चौधरीको पाँच जनाको परिवार छ । उक्त परिवारका लागि खाना पकाउनैपर्ने बाध्यता छ सीतालाई । श्रीमान्को सामान्य कमाइले ग्यास र दाउरा किन्न पुग्दैन । “ग्यास चलाउन सकिँदैन, जङ्गल पनि टाढा छ, वन समितिले संरक्षण गर्न थालेपछि दाउरा पनि पाइँदैन, गुइँठाको विकल्प नगरे आफैँलाई ग्राहो हुन्छ”, चौधरीले भनिन्, “ग्यास चलाउन नसक्नेले दाउराको विकल्प गुइँठा तयार गर्नु…

Read More