Author: Transparentgroup
तनहुँ । तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले बाख्रा र बाख्रासँग सम्बन्धित अनुसन्धान गर्दै आएको छ । प्रविधि विकास तथा उन्नत र स्थानीय जातका प्रजननयोग्य बोका, पाठी तथा घाँस बेर्ना वितरणका साथै स्थानीय जातको संरक्षण पनि केन्द्रले गर्दै आएको छ । बाख्राको अनुसन्धानका लागि केन्द्रले विभिन्न ठाउँमा स्रोतकेन्द्र स्थापना गरेको छ । केन्द्रका अनुसार जिल्लाको भानु नगरपालिकास्थित बरभञ्ज्याङ, आँबुखैरेनी गाउँपालिकास्थित बरादीमा, घिरिङमा, गोरखाको बक्राङ, स्याङ्जाको पेखुथाना र धादिङको नीलकण्ठमा बाह्य अनुसन्धान केन्द्र स्थापना भएका छन् । केन्द्रले गत आर्थिक वर्ष २०८०र८१ मा लक्ष्यभन्दा बढी खरी बाख्रा उत्पादन गरेको थियो । त्यस वर्ष ३४ खरी बाख्रा उत्पादनको लक्ष्य रहेकामा ७० खरी बाख्रा…
काठमाण्डौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले अब बन्ने घर संरचनाहरू भूकम्प प्रतिरोधी बनाउनु आजको आवश्यकता भएको बताए। सोमबार काठमाडौँमा २७ औं भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपाल बाढी, पहिरो, महामारी, आगलागी, भूकम्प लगायतका कयौँ प्रकोपहरूबाट बारम्बार प्रभावित हुने गरेको जिकिर गरे। मन्त्री सिंहले भूकम्पका कारण हुने जनधनको क्षति कम गर्न राष्ट्रिय भवन संहिता पालना गर्नु अपरिहार्य रहेको बताएका छन्। मन्त्री सिंहले पछिल्लो समय लगातार विभिन्न खालका विपद्जन्य घटनाबाट प्रभावित हुँदै आएको भन्दै बाढी, पहिरो, महामारी, आगलागी, चट्याङ, शितलहर लगायतका विपद्का घटनाहरूबाट सुरक्षित हुन त्यसै अनुसार पूर्वतयारी तथा खोज उद्धार अवस्थामा…
काठमाडौं । राष्ट्रपती रामचन्द्र पौडेलले यही माघ १८ गते आव्हान गर्नु भएको संसदको हिउँदे अधिबेशनको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने भएका छन् । संसद्को हिउँदे अधिवेशन यही माघ १८ गतेका लागि बोलाइएको छ । उक्त दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्रीले पहिलो दिन संसद्मा सम्बोधन गर्नुहुनेछ । सभामुख घिमिरेले प्रधानमन्त्रीलाई यसअघि नै भेटीसकेका छन् । भेटमा प्रधानमन्त्रीले सम्बोधन गर्ने हामीलाई सभामुखले बैठकमा जानकारी गराए , सम्बोधन गर्ने कुरा चलेको छ । अर्को बैठकमा के गर्ने भन्ने निर्णय हुन्छ । हिउँदे अधिवेशनबारे सभामुख देवराज…
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का सभापति रवि लामिछानेले १ करोड धरौटी बुझाएर रिहा भएका छन् । उनले बैंक ग्यारेन्टी मार्फत अदालतमा धरौटी बुझाएका हुन् । बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोप लागेका रविलाई रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी माग गरेको थियो । यो उनले अहिलेसम्म् बुझाएको सबैभन्दा ठूलो धरौटी रकम हो । गत बुधबारदेखि भएको बयान, थुनछेक र जवाफी बहसपछि आज न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले सो आदेश गरेको हो । थुनछेक बहसमा सरकारी वकिलहरुले लामिछाने बाहिर रहँदा पीडितहरुको न्याय प्रभावित हुने भन्दै थुनामा पठाउनुपर्ने जिकिर गरेका थिए । तर, लामिछाने पक्षका वकिलहरूले राज्यले प्रतिशोध साँधेको…
काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको निष्कर्ष निकालेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठकले १५ बुँदे विभिन्न निर्णय गर्दै सरकार असफल भएको निक्ष्कर्ष निकालेको हो । । तीन दिनसम्म चलेको बैठकले राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक जीवनसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरु लिएको हो । सात बुँदे सहमतिमार्फत गठन भएको एमाले–कांग्रेसको गठबन्धन सरकार आफ्नो उद्देश्यबाट च्युत भएको राप्रपाले निस्कर्ष निकालेको छ । ‘प्रवक्ता मोहनकुमार श्रेष्ठले जारी गरेको १६ बुँदे बक्तव्यका अधिकांश बुँदा सरकार असफल रहेको पुष्टि गर्न खर्चिएको छ । ‘राजनीतिक दल सम्बन्धी ऐनमा संशोधन गरेर मुलुकलाई दुई दलीय व्यवस्थातर्फ लैजाने सत्ता पक्षीय…
बुटवल । रुपन्देही जिल्ला अदालतले सहकारी ठगी प्रकरण मुद्दाका प्रतिवादी रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लाद योगीको इजलासले लामिछानेलाई १ करोड धरौटीमा छाड्ने आदेश दिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति, पूर्वपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणका प्रतिवादी हुन् । बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा संगठित अपराध कसुरमा प्रतिवादी बनाएर माघ ६ मा रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । बुधबार लामिछानेको बयान, बिहीबार, शुक्रबार र आइतबार उच्च र जिल्ला सरकारी वकिल कार्यालयका वकिल, जाहेरवालाका वकिल र प्रतिवादी वकिलको बयान सकिएपछि १ करोड धरौटीमा छोड्ने आदेश…
वीरगञ्ज । जनता समाजवादी पार्टीको वीरगञ्जमा जारी केन्द्रीय समिति बैठक सङ्घीय परिषद् भेला गर्ने निर्णय गर्दै सकिएको छ । बैठकले परिषद् भेला गर्नेसहित बिभिन्न चार वटा निर्णय गरेको जसपाले जनाएको छ । परिषद् बैठक अघि सातै प्रदेशहरूको गठन पुनर्गठन पनि गरिसक्ने सो पार्टीले जनाएको छ । ‘ पार्टीको सङ्घीय परिषद् भेला आगामी चैत महिनामा काठमाडौँमा गर्ने निर्णय भए पनि मिति र स्थानभने पछि तय गरिनेछ । त्यसबाहेक बैठकले राजनीतिक प्रतिवेदन समेत सुझावसहित पारित गरेको छ । संविधान संशोधन, कार्यगत एकता लगायतका विषयमा पनि बैठकमा छलफल भएको जसपा सह अध्यक्ष रेणुकुमारी यादवले ट्रान्सपरेन्ट खवरलाई जानकारी दिइैन् । उनले भनिन् हामीले संघीय…
काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले ०८४ को निर्वाचनमा जनताले विश्वास गरे बहुमत ल्याउने दाबी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चन्दले नेकपालाई ०८४ को निर्वाचनमा जिताए राष्ट्रिय स्वाधिनताका लागि काम गर्ने बताए । नेपाली जनताले विश्वास गरे बहुमत वा दुई तिहाई सिट नेकपाले जित्नेसमेत उनको भनाइ छ । ‘हाम्रो पार्टीले के निर्णय गरेको छ भने एक पटक ०८४ लाई समाजवादी अभियानको निम्ति प्रयोग गर्ने, राष्ट्रिय स्वाधिनताका लागि प्रयोग गर्ने, संसदीय चुनाव हो हामीलाई थाहा छ । मान्छेले भनेका छन् हामीलाई तपाईंहरू घुम्दै फिर्दै त्यहीँ आउनुभयो नि त । हो यो चुनाव हो…
काठमाडौं । सञ्चार एवं सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यसअघिको सरकारले मुलुकलाई अस्तव्यस्त बनाउने काम गरेको बताएका छन् । आइतबार सिंहदरबारमा आयोजित हुलाक सेवाको पुनसंरचना अनुसार एक स्थानीय तह एक हुलाक कार्यालय स्थापना घोषणा कार्यक्रममा मन्त्री गुरुङले यसअघिको सरकारका कारण हरेक क्षेत्रमा अस्तव्यस्त भएकाले वर्तमान सरकारले त्यसलाई सुधार गर्न खोजेको बताए । अत्यावश्यक क्षेत्रलाई छिटोभन्दा छिटो सुधार गर्नकै लागि सरकारले अध्यादेश ल्याउनुपरेको उनले बताए । मन्त्री गुरुङले क्रान्तिकारी काम गर्न खोज्दा सरकारबाट हटाइयो भन्ने तर्क गरेर जनतालाई ढाट्ने काम नगर्न सुझावसमेत दिए । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई इंगित गर्दै यस्तो बताए । मन्त्री गुरुङले मुलुकको स्थायी सरकार…
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगनकुमार थापाले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीभन्दापनि आफूले राम्रो काम गरेर देखाउनसक्ने आत्मविश्वास पेश गरेका छन् । उनले अहिलेका प्रधानमन्त्री ओली, यसअघिका प्रचण्ड र अब हुने प्रधानमन्त्री शेरबहादुर देउवाभन्दापनि राम्रो काम गरेर आफूले देखाउन सक्ने दाबी गरेका हुन् । महामन्त्री थापाले सरकारमा बसेर गनगन नगर्न पार्टीका नेताहरुलाई चेतावनी दिएका छन् । आज ९आइतबार० काठमाडौंमा आयोजित मीनकुमारी राणाको प्रतीमा अनावरण, पुरस्कार तथा छात्रवृत्ति वितरण समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले सरकारमा बसेर कांग्रेसका नेताहरुलाई ‘काम गर्न सकिनँ’ भन्ने छुट नरहेको बताएका हन् । महामन्त्री थापाले काम गर्न छोटै अवधि पनि पर्याप्त हुने बताउँदै कांग्रेस–एमाले गठबन्धन…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क