Author: Transparentgroup
भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको खिचातानीमा केन्द्रित हुने प्रवृत्तिबाट मुलुकलाई मुक्त बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । उहाँले दुई ठुला दलको सहकार्यमा गठित वर्तमान सरकारले मुलुकमा विकास र स्थिरताको आधार तयार गरेरै छाड्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुन्जेस्थित नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभएको हो । उहाँले नयाँ भवनलाई सदुपयोग गरेर अझ सहज र सरलताका साथ जनतालाई सेवा पुग्ने र आगामी योजनाबद्ध विकास हुने विश्वाससमेत व्यक्त गर्नुभयो । राजतन्त्रका पालामा शासन टिकाउनका लागि मरिमेट्दा विकास राम्ररी हुन नसकेको उल्लेख गर्दै उहाँले मुलुकमा लोकतन्त्र आएयता विकास निर्माणको गति बेग्लै भएको चर्चा गर्नुभयो । उहाँले सोझा जनतालाई आतङ्कको छायामा…
काठमाण्डौ. । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) ले अध्यादेशबाट शासन गर्ने सरकारको नियत खोटपूर्ण रहेको निष्कर्ष निकालेको छ । आज ( सोमबार ) बसेको रास्वपाको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको हो । रास्वपाले संघीय संसदको आगामी अधिवेशनमा गुण र दोषको आधारमा अध्यादेशको समर्थन र विरोध गर्ने निर्णय गरेको छ । ‘संसदमा दुई तिहाई बहुमत भएको सरकारको अक्षमता र निरीहता स्पष्टसँग प्रदर्शित हुँदा सम्पूर्ण व्यवस्थामाथि नै प्रश्न चिन्ह खडा हुने अवस्था निम्तनुमा वर्तमान गठबन्धनका दुई प्रमुख साझेदार दलहरुले नैतिक जिम्मेवारी लिन पर्ने निष्कर्ष रास्वपाको छ । विगत ६ महिनामा गठबन्धन निर्माणको घोषित उद्देश्य अनुरुप कुनै पनि नतिजा नदेखिएको पृष्ठभूमिमा संसदको…
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शको आयोजनामा आठौँ संस्करणको चेम्बर एक्स्पो, २०२५ यही माघ १७ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुनेभएको छ । अन्तर्राष्ट्रिय स्तरका सफ्टवेयर र आर्टिफिसियल इन्टेलिजेन्सी ९एआई० परियोजनासहित एक्स्पो आयोजना हुन लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । स्थानीय उत्पादनको प्रबर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले बताए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रको सहकार्यमा एक्स्पो आयोजना गर्न लागिएको हो । एक्स्पोमार्फत नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिँदै व्यावसायीक क्षेत्रलाई एकीकृत गर्ने उद्देश्य लिइएको उनको भनाइ छ । चेम्बरका निवर्तमान…
वीरगञ्ज । भन्सार छलेर नेपाल ल्याई अबैध रुपले गोदाम गरी राखिएको ५० लाख ९३ हजार ७ सय रुपैयाँ बराबरको लत्ताकपडा तथा हार्डवेयरका समानहरु सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले माघ १४ गते छापा मारेर बरामद गरेको छ । पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित २ वटा पक्की घरको भूई तलामा अबैध रुपले गोदाम गरी राखिएको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बा र बीरगंज भन्सार कार्यालय पर्साको संयुक्त टोलीले उल्लेखित सामानहरु बरामद गरेको हो । गोदाम गरी राखिएको सामान सीमा ईलाकाबाट करीब ३ किलोमिटर उत्तरतर्फ रहेको छ ।…
काठमाण्डौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) ले काठमाडौंको बूढानीलकण्ठमा ‘सी व्यापार केन्द्र’ स्थापना गरेको छ । कृषिजन्य वस्तुको उत्पादन तथा वितरण गर्ने उद्देश्यले खोलिएको व्यापार केन्द्रको सोमवार एक कार्यक्रमबीच नेकपा महासचिव चन्द, नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपाल र नेकपा ( माओवादी केन्द्र ) का उपमहासचिव जनार्दन शर्माले संयुक्त रुपमा उद्घाटन गरे । कार्यक्रममा नेकपा महासचिव चन्दले यो व्यापारिक केन्द्रले नेपालको आर्थिक र सामाजिक विकासमा उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनले केन्द्रको स्थापना कम्युनिस्ट आन्दोलनबाट प्रेरित मात्र नभई सामाजिक आवश्यकता र उद्यमी व्यवसायीहरूको सुझावका आधारमा गरिएको बताए। उनले कृषिजन्य वस्तुको…
काठमाण्डौं । माघ १८ गतेदेखि सुरू हुने सङ्घीय संसद्को हिउँदे अधिवेशनको कार्यतालिका तय भएको छ । सो कार्यतालिका अनुसार माघ महिनाभित्र ७ वटा संसद बैठक बस्नेछन् । सभामुख देवराज घिमिरेको अध्यक्षतामा सोमवार सिंहदरबारमा बसेको प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतसहितको बैठकले माघ महिनाभरका लागि कार्यतालिका तयार गरेको हो । तय भएको कार्यतालिका अनुसार माघ १८ गतेबाट सुरु हुने बैठक ३० माघसम्म ७ दिन बस्ने भएको छ । पहिलो बैठक १८ गते बसेपछि २२ गते अर्को बैठक बस्नेछ । सो बैठकमा हालै सरकारले ल्याएका ५ वटा अध्यादेश निर्णयार्थ प्रस्तुत हुनेछ । माघ २३ र २४ गते पनि सदन बस्ने तय…
जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययन गर्न विभिन्न जिल्लाका विद्यार्थी यहाँ आइपुगेका छन् ।चिकित्सा शिक्षा विषयअन्तर्गत एमबिबीएस, बिएनएस, विपिएच, बि–फार्म, बीएसी नर्सिङलगायतका विषय अध्ययन गर्न विभिन्न जिल्लाबाट एक सय चार विद्यार्थी यहाँ आएका हुन् । कुनै समयमा डाक्टरको अभावमा उपचार नपाएर अकालमै ज्यान गुमाउन बाध्यरहेको कर्णाली अहिले विशेषज्ञ डाक्टर उत्पादनको थलो बनेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । मेडिकल काउन्सिलका विभिन्न लाइसेन्स परीक्षामा शतप्रतिशत उत्तीर्ण भएर प्रतिष्ठानले शिक्षा क्षेत्रमा आफ्नो अब्बल क्षमता स्थापित गरेको छ । सुगम क्षेत्र छाडेर चिकित्सा विषय अध्ययन गर्न प्रतिष्ठानमा आउनेको सङ्ख्या बढेको जनाइएको छ । विपिएचमा नयाँ भर्ना भएका जुम्ला…
कास्की । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले राष्ट्रिय परिचयपत्र सुशासन कायम गर्नका लागि महत्त्वपूर्ण आधार बन्ने बताएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीमा आज प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेबाट राष्ट्रिय परिचयपत्र ग्रहण गर्दै उनले आधुनिक र वैज्ञानिक प्रविधि भएकाले यसलाई ‘सुपर सिटिजनसीप’ का रूपमा समेत लिनुपर्ने बताए । सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरूङले हालै अध्यादेशमार्फत सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरिएको बताए । उनले भने, “नागरिकताका माध्यमबाट धेरै अनियमितता भयो, त्यसलाई रोक्नका लागि राष्ट्रिय परिचयपत्रलाई आधार मान्ने भनेर प्रबन्ध गरेका छौँ । सुशासनका लागिसमेत महत्त्वपूर्ण पाटो हो ।” सरकारले बैँकिङ कारोबार, राहदानी तथा मालपोतका लागिसमेत राष्ट्रिय परिचयपत्रलई मुख्य…
कास्की । कास्कीको पोखरास्थित सुर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालतको आदेशविरुद्ध रास्वपाका सभापति रवि लामिछाने उच्च अदालत पोखरा पुगेका छन् । उनले आज जिल्ला अदालतको आदेश बदर गर्न माग गरेका छन् । कास्की जिल्ला अदालतले पुस २५ गते थुनछेक सम्बन्धी सुनुवाइको आदेशमा फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरेकोमा चित्त नबुझी उनले उच्चमा सोमबार निवेदन दिएका हुन् । पुस २५ गते जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईले रविलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएका थिए । धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशविरुद्ध उच्च सरकारी वकिलको कार्यालयले रविलाई थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भएको…
अछाम । अछाममा एकै परिवारका दुई किशोरी मृत्यु प्रकरणमा दुई जना पक्राउ परेका छन् । शनिबार साँझा ढकारी गाउँपालिका–८ का १५ वर्षीया सरस्वती खड्का र उनकी भदै १४ वर्षीया इश्वरी खड्का ढकारी गाउँपालिकाकै–१ स्थित छिन्ने ओडारको जंगलमा मृत फेला परेका थिए । सोही घटनाको अनुसन्धानका लागि शंकास्पद दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरीप्रसाद भण्डारीले जानकारी दिए । प्रहरीले पक्राउ परेका दुई जनाको नाम भने सार्वजनिक गरेको छैन । डीएसपी भण्डारीका अनुसार शुक्रबार बिहान घरबाट बाख्रा चराउन गएका उनीहरू सोही दिनदेखि बेपत्ता भएका थिए । ‘प्रहरीलाई भने दोस्रो दिन अर्थात् शनिबार साँझ इश्वरीको शव फेला…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क