Author: Transparentgroup

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यालय सानेपा परिसरमा नेपाल स्टार्टअप र साना(मझौला व्यवसाय सम्मेलन गरेको छ। सम्मेलनको बुधबार सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका हुन्। केन्द्रीय सदस्य उर्मिला थपलिया ( सीता )  नेतृत्वमा रहेको पार्टीको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले नेपाल स्टार्टअप र साना– मझौला व्यवसाय सम्मेलन आयोजना गरेको हो। सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले सम्मेलनको निष्कर्षले पार्टी र सरकारलाई मार्गनिर्देशन गर्ने विश्वास व्यक्त गरेका थिए। सभापति देउवाले गाउँगाउँमा स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यकता रहेको पनि बताए। ‘गाउँ तहदेखि उद्यमको विकास हुँदै जाँदा साना लगानीले पनि रोजगारी र आत्मनिर्भरतामा सहयोग पुग्नेछ,उनले भने,…

Read More

काठमाडौं । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज सहिद दिवस देशभर मनाइँदै छ । विसं २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ । सहिदलाई प्रत्येक यस दिन सम्झना गरे पनि पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट सहिदको सपना पूरा गर्न लागि परेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२…

Read More

काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सम्बन्धी ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मंगलबार गृह मन्त्रालयबाट संघीय संसद् सचिवालयमा पेस गरिएको छ । गृह मन्त्रालयको नेतृत्व सम्हालेसँगै कानुनी र नीतिगत सुधारलाई प्राथमिकतामा राखेका गृहमन्त्री रमेश लेखकले विभिन्न मन्त्रालय÷निकाय÷समितिसितको सहमतिपछि मन्त्रिपरिषद्बाट स्वीकृति लिएर दुवै विधेयक संघीय संसदमा दर्ता गरेका हुन । गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा, अमयनचयन र सुशासनका साथै पद बहालीसँगै आफूले प्रहरी संगठन समयसापेक्ष व्यवस्थित, सुदृढ र क्रियाशील बनाउने विषय प्राथमिकतामा राखेर विधेयक परिमार्जन तथा संशोधनलाई अघि बढाउँदै संघीय संसदमा पेस गरिएको जानकारी दिए । प्रहरी ऐन, २०१२ मा व्यवस्था भएका कानुनी प्रावधानहरूलाई समयसापेक्ष परिमार्जन एवं…

Read More

काठमाडौं । नेकपा ( माओवादी केन्द्र)  का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधनको विषयभित्र देश दुर्घटनातिर जाने खतरा लुकेको बताएका छन् । आज ९मंगलबार० काठमाडौंमा आयोजित ‘राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार’ विषयक विचार सभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकारले मजदुर, किसान, उत्पीडित वर्ग, समुदायको हक, अधिकार खोस्नेगरी संविधान संशोधन गर्न खोजेको उनले बताए । सरकारको त्यस्तो कदम आफूहरुलाई स्वीकार्य नहुने प्रचण्डले बताए । ‘दुर्घटनाको खतरा त्यहीँ अन्तरनिहित छ । संविधान संशोधनको कुरा जे विषयमा भनिएको छ, दुर्घटनाको खतरा त्यसैभित्र छ । संविधान संशोधन यो देशका मजदुर, किसान, उत्पीडित वर्ग, समुदायको हक, अधिकार बढाउनका लागि होईन,…

Read More

काठमाण्डौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित भएको छन्। मंगलवार बिहानैदेखि तराईका बिभिन्न जिल्लामा हुस्सु लागेकाले उडान हुन सकिरहेका छैनन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट रुल्स ९भिएफआर० उडान भइरहे पनि काठमाडौंबाहिरका अधिकांश विमानस्थलमा बिहान हवाई उडान हुन सकेको छैन । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार काठमाडौंबाहिरका विमानस्थलमध्ये पोखरा, भद्रपुर, भरतपुर, पोखरा र सुर्खेतबाहेक अन्य विमानस्थलमा उडान हुन सकेको छैन । काठमाडौं विमानस्थलमा भने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान नियमित रूपमा सञ्चालन भइरहेको छ । आन्तरिकतर्फ काठमाडौंबाट सीधा उडान हुने कतिपय विमानस्थलमा उडान हुन नसकेको…

Read More

काठमाण्डौं । सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने गरी बैठक बोलाइएको हो । आगामी हिउँदे अधिवेशनबारे छलफल गर्न संसदीय दलको बैठक बोलाइएको बताइएको छ । आजको बैठकमा सरकारको कामकारबाहीका सम्बन्धमा संसदमा प्रतिरक्षा गर्ने लगायतको विषयमा छलफल गर्ने तयारी बताइएको छ । सरकारले संसद छलेर अध्यादेश ल्याएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूले सदनमा आवाज उठाउने तयारी गरेका छन् । आजको बैठकमा त्यसबारेमा पनि छलफल हुनेछ । मन्त्रिपरिषद् बैठक सकिए लगत्तै एमाले संसदीय दलको बैठक बोलाईएको हो ।

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ११ बजेका लागि बोलाईएको छ । बैठकमा सरकारको कामकारबाहीको समीक्षाका साथै मन्त्रालयगत एजेण्डाबारे छलफल हुने बताइएको छ ।माघ १८ गतेदेखि सुरु हुन लागेको संसदको हिउँदे अधिवेशनबारे पनि बैठकमा छलफल हुने बताइएको छ । संसद सुरु हुनुअघि ल्याइएका अध्यादेशलाई प्रतिस्थापन गर्न विधेयक पेश गर्ने तयारीमा सरकार छ । सत्तारुढ दलको बालुवाटारमा बसेको बैठकले अध्यादेशहरु संसदमा पेश गर्ने निर्णय गरीसकेको छ ।

Read More

स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका– ४ र ५ लाई जोड्ने आँधीखोलामा निर्माणाधीन पुल झण्डै सात वर्ष हुनै लाग्दा पनि सम्पन्न हुनसकेको छैन । भीरकोट– ४ को छाङछाङ्दी र ५ को छत्तिवनलाई जोड्नेगरी आँधीखोलामा निर्माणाधीन पुलको तेस्रोपटक थपिएको समयावधि सकिए पनि पुल सम्पन्न हुनसकेको छैन । विसं २०७५ साल असार २६ गते सम्झौता भई निर्माण सुरु भएको उक्त पुल २०७८ साल वैशाख ३० गते निर्माण सक्नुपर्ने भए पनि हालसम्म निर्माण सम्पन्न नभएको सडक डिभिजन कार्यालय पोखराका इञ्जिनियर दीपक विष्टले बताए । उनका अनुसार सम्झौता भएको मितिले झण्डै तीन वर्षमा निर्माण सक्नुपर्ने उक्त पुल सात वर्ष पुग्न लाग्दा पनि निर्माण सकिएको छैन…

Read More

काठमाण्डौं । चारदलीय समाजवादी मोर्चाले आज वृहत् अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । यसअघि बुधबार गर्ने भनिएको कार्यक्रम एक दिन अघि सारिएको हो । समाजवादी मोर्चाले आज ९मङ्गलबार० यहाँस्थित प्रज्ञा प्रतिष्ठानमा सभा गर्ने भएको छ। मोर्चा आबद्ध दल तथा जनवर्गीय सङ्गठनका पदयात्रा व्यवस्थापन, प्रज्ञा प्रतिष्ठानमा हुने सभा, शीर्ष नेताहरूबाट हुने सम्बोधन, भीड व्यवस्थापनका निमित्त स्वयंसेवक परिचालन, विभिन्न सञ्चारगृहबाट आउने सञ्चारकर्मीको व्यवस्थापनलगायत कार्यसूची तयार गरेको छ। मोर्चाको देशभर साङ्गठनिक अवस्था, सबै प्रदेश संरचनाका गतिविधि, हालसम्मका उपलब्धि तथा कमजोरी र आगामी कार्ययोजनाबारे जनतालाई सुसूचित गर्ने उद्देश्यले सभा आयोजना गरिएको मोर्चाका सदस्यसचिव खड्गबहादुर विश्वकर्माले जानकारी दिए। समसामयिक राजनीतिक विषयवस्तु, संसद् बोलाउन सरकारले गरेका…

Read More

काठमाडौँ । अमेरिकी सहयोग नियोग ( युएसएड )  मार्फत नेपाललाई प्राप्त अनुदान ९० दिनका लागि स्थगित भएको अर्थ मन्त्रालयले जनाएको छ । नेपाल सरकार र युएसएडबिच सन् २०२२ मे ५ तारिखमा भएको सम्झौता अनुसार नेपाललाई प्राप्त सहायतामध्ये बजेट प्रणालीमार्फत सर्वसञ्चित कोषबाट भुक्तान हुने प्रकृतिका अनुदान सहयोग तत्कालका लागि ९० दिनलाई स्थगित भएको मन्त्रालयले जनाएको हो । युएसएड नेपालले मन्त्रालयलाई पत्र लेख्दै ती परियोजना स्थगित भएको जानकारी गराएको मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका अनुसार बजेट प्रणालीमार्फत सञ्चित कोषबाट खर्च हुने गरी ‘युएसएड हेल्थ डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट’, ‘युएसएड एग्रिकल्चरल डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट’, ‘युएसएड एजुकेसन डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट’ र ‘युएसएड इन्क्लुसिभ पोलिसी डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट’…

Read More