Author: Transparentgroup
इलाम । इलाममा उत्पादित जडीबुटीको तेल विदेश निर्यात भइरहेको छ । माईजोगमाई गाउँपालिकास्थित नित्यराज दहालको उद्योगमा उत्पादित तेल विदेश निर्यात हुन थालेको हो ।दहालले १३ वर्षअघि स्थापना गरेको यस उद्योगबाट भएको वर्षदेखि तेललगायत स्थानीय जडीबुटी विदेश निर्यात हुन थालेको बताए । उनले विशेषगरी फ्रान्समा यहाँबाट उत्पादित वस्तु जाने गरेको जानकारी दिए । ‘हाम्रो उद्योगमा गाउँमा नै पाइने पाती, धूपी, मेन्था, धसिङ्गरेलगायत स्थानीय जडिबुटीबाट तेल निकालिन्छ । त्यसमध्ये हाल पाती, मेन्था र धूपीबाट प्रशोधित तेल विदेश निर्यात हुन थालेको हो’ दहालले भने, ‘निकट दिनमा जेरेनियम, जङ्गली सयपत्री, रोजमेरीलगायतबाट पनि तेल उत्पादन गर्ने तयारी भइरहेको छ । विदेशीले नेपाली प्राकृतिक वस्तु मन…
देउखुरी ( दाङ ) । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक घर, एक धारा अभियानले उपभोक्ताको खानेपानीमा पहुँच सुनिश्चित गरेको बताएका छन् । भालुवाङमा आज आयोजित खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्णायक तहमा महिलाको भूमिका बिषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले उक्त अभियानले आधारभुत तहका उपभोक्ताको खानेपानीमा पहुँच सुनिश्चित गरेको बताएका हुन् । लुम्बिनी प्रदेशमा ९२ प्रतिशत उपभोक्ताको पहुँचमा खानेपानी पुगेको उनले जानकारी दिए । उनले भने, “आधारभुत पानी मात्रै होइन, स्वच्छ पानी पु¥याउने सरकारको सङ्कल्प छ ।” लुम्बिनी प्रदेशमा साना तथा ठूला गरेर तीन हजार एक सय ७० खानेपानी आयोजना सञ्चालनमा छन् । १५ लाख सात हजार…
काठमाडौं । विभिन्न ७ विपक्षी दलहरूले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने भएका छन् । बिहीबार प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको हो । ‘अध्यादेशका बारेमा सरकारले जसरी सदनमा ल्याएर सबै कानूनहरू व्यवस्थित तरिकारले अघि बढाउनुको सट्टा सरकारले सदन बोलाउने बेलामा नै जसरी अध्यादेश ल्याएको छ, यो प्रक्रियाको हिसाबले पनि बेठिक छ,’ बैठक बारे पत्रकारलाई जानकारी दिँदै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने । उनले आवश्यक परे सरकारविरुद्ध सडक आन्दोलनको तयारीसमेत गर्ने चेतावनी दिए । विधि, प्रक्रियाको हिसाबले छिटो गर्ने भन्ने छ त्यसमा बेठिक भयो ।…
काठमाडौं। अपराजित रहँदै एपिएफ क्लबले एन्फा महिला लिगको उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई ४– ० ले पराजित गरेको हो। एपिएफले लिगका १९ खेलमा १८ जित र एक बराबरीको नतिजा हात पार्यो। त्यो एक बराबरी लिग चरणमा पुलिसविरुद्ध नै थियो। तर, चौथो भेटमा भने पुलिसले त्यति सशक्त प्रदर्शन गर्नै सकेन। एपिएफलाई लगातार उपाधि दिलाउन सविता रानामगरले दुई गोल गरिन्। यस्तै, सरु लिम्बू र अनु लामाले समान एक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सक्किएको थियो। तर, दोस्रो हाफको ६४औं मिनेटमा सविताको गोलमार्फत एपिएफले सुरुआती अग्रता लियो। अनिता केसीसँग तालमेल मिलाउँदै सरु लिम्बूले दिएको…
काठमाडौँ । समाजवादी मोर्चाले चैत २४ गते काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ । बुधबार नेकपा ( एकीकृत समाजवादी ) को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको केन्द्रीय संयोजन समितिको दशौं बैठकले यस्तो निर्णय गरेको हो । बैठकले चैत पहिलो हप्ता मधेशमा जन प्रदर्शनसहितको कार्यक्रम गर्ने निर्णय भएको पनि नेकपाका नेता खड्गबहादुर विश्वकर्माले बताए । उनका अनुसार समाजवादी मोर्चाले फागुन अन्तिमसम्म समाजवादी मोर्चाको बारेमा जानकारी गराउने उद्देश्यले समाजवादी मोर्चा प्रकाशन गर्ने निर्णय भएको छ । त्यस्तै समाजवादी मोर्चामा मोहनविक्रम सिंहको पार्टी र अन्य पार्टीलाई भित्र्याउन छलफल अघि बढाउने निर्णय भएको उनले बताए । बैठकले वर्तमान सरकार गणतन्त्रविरोधी देखिएकोसमेत निष्कर्ष निकालेको छ…
काठमाडौं । अघिल्लो कार्यकालमा नसकेको गिरीबन्दु टि स्टेट जस्तैः हजारौं विगाहा हदबन्दीका जग्गा यस पटक कब्जा गर्न ओली सरकारले भूमि अध्यादेश ल्याएको आरोप लगाएका छन् । राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी राष्ट्रपति रामचन्द्र पौडेलले गलत मनसायले आएको भनि भूमि अध्यादेश रोक्न खोजे पनि धम्काएर पास गराएकोसमेत खुलासा गरेका छन् । अखिल नेपाल किसा महासंघ९क्रान्तिकारी केन्द्र०का अध्यक्ष चित्रबहादुर श्रेष्ठले नियमित संसदलाई छलेर भू–माफियाहरुलाई जग्गा दिन भूमि अध्यादेश ल्याईको आरोप लागएका छन् । श्रेष्ठले ओली सरकारले ल्याएको भूमि अध्यादेश कुनै पनिहालतमा फिर्ता गर्न वा खारेज गर्न आपूmहरु संघर्षको दिशामा अघि बढेको बताएका छन् । क्रान्तिकारी किसान महासंघ नेपालका अध्यक्ष सीताराम तामाङले…
काठमाडौँ । पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघले सरकारले संघीय संसदमा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकप्रति आपत्ति जनाएको छ । बुधबार महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गर्दै विधेयकका केही प्रावधानप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । अगुवा नागरिक संस्था महासंघलगायतका सरोकारवाला पक्षसँग सामान्य परामर्श र छलफलसमेत नगरी सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने केही प्रावधान समावेश गरी विधेयक अगाडि बढाएकोमा महासंघले गम्भीर असहमति जनाउँदै आपत्ति प्रकट गरेको हो । विज्ञप्तिमा भनिएको छ,‘अतः महासंघलगायत सरोकारवाला पक्षसँग गहिरो संवादमार्फत विश्वव्यापी मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल्य मान्यता, हाम्रो संवैधानिक प्रावधान र प्रचलित अभ्याससँग तालमेल मिल्ने…
काठमाण्डौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङमा निर्माणाधीन पाथीभरा देवी मुकुम्लुङ केबलकारका बारेमा १९ बुँदे धारणा सार्वजनिक गरेका छन्। काठमाडौंमा पत्रकार सम्मेलन गरेर सांसद भट्टराईले आफ्नो धारणा सार्वजनिक गरेका हुन् । संघीय सरकार प्रदेश सरकार र स्थानीय तहबाट कानुनी प्रक्रिया पुरा गरेर पाथीभरा देवी मुकुम्लुङ केबलकार प्रालिले ताप्लेजुङमा अवस्थित पाथीभरामा केबलकार निर्माणको काम शुरु गरेको बताए । उनले भने, ‘ताप्लेजुङ जिल्लामा क्रियाशील राजनीतिक दल तथा तीनै तहका जनप्रतिनिधिहरू केबलकार बन्नु पर्छ भन्ने पक्षमा रहेका छन् । केबलकार निर्माणका पक्षले निर्माण कार्य अघि बढाउन थालेपछि यही माघ १२ गते निर्माण स्थलमा अप्रिय घटना पुग्यो । वार्तामा बस्न आन्दोलन फिर्ता लिन…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) ले सरकारले हालै ल्याएको अध्यादेशविरुद्ध सदनमा अस्वीकारको सूचना प्रस्ताव गर्ने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय वनस्थलीमा बसेको रास्वपा संसदीय दल बैठकले सरकारले सदनलाई छलेर अध्यादेश ल्याएको भन्दै अस्वीकारको सूचना प्रस्ताव गर्ने निर्णय गरेको हो ।केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले सरकारले संसद छलेर ल्याएकाले अस्वीकारको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले बताए। रास्वपाका संसदीय दलको नेता तथा पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेर प्रतिनिधिसभा नियमावलीविपरित निलम्बन गरेको विषयमा पनि बिरोध जनाउने उनले बताए। उनले भने, ‘उहाँको सांसद पद निलम्बन भएको छ।…
रुपन्देही । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किन नहुने बताएका छन् । बुधबार प्रेस चौतारी रुपन्देहीले बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले भण्डारी राजनीतिमा आउने कुरामा आफूलाई विश्वास नलागेको बताए । ‘एमालेमा पनि केही चर्चा बजारमा सुनिएको छ, तर विद्या भण्डारी आफै नै राजनीतिमा आउनुहुन्छ भन्ने मलाई लाग्दैन त्यो राम्रो पनि होइन’, उनले भने, ‘ सामान्य अवस्था एमालेलेमा त्यो संभव मैले देख्दैन, असामान्य अवस्थामा तत्काल सल्लाह हुने कुरा फरक हो, अध्यक्षको प्रतिस्पर्धा गर्ने गरी आउने भन्ने कुरा सत्य होइन अनुमान मात्रै हो ।’ तत्कालीन नेकपा एमालेकी उपाध्यक्ष रहेकी पूर्व राष्ट्रपति…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क