Author: Transparentgroup

अछाम । अछामको ढकारी गाउँपालिका–८,पल्साँताका १४ वर्षीय इशरा खड्का र १५ वर्षीय सरस्वती खड्काको मृत्यु प्रकरणमा शारीरिक सम्पर्कको प्रस्ताव अस्वीकार गर्दा हत्या भएको खुलेको छ । अछाम प्रहरीले सार्वजनिक गरेको अनुसन्धान विवरणमा दुई किशोरीको हत्या गरिनुको मुख्य दुईवटा कारण खुलाइएको छ । जसमा मायाको चिनो चुन्नी माग्दा नदिएको, शारीरिक सम्पर्कको प्रस्ताव अस्वीकार गर्दा हत्या भएको उल्लेख छ । गत शुक्रबार गोठालो गएका बेला बेपत्ता भएर भोलिपल्ट छिन्ने जङ्गलमा मृत भेटिएकी ढकारी गाउँपालिका–८ पल्साताकी किशोरीको प्रेम र यौन प्रस्ताव अस्वीकार गर्दा हत्या गरिएको प्रहरीले जनाएको छ । शनिवार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद…

Read More

काठमाडौँ । सशस्त्र प्रहरी बलका ६४० जवानलाई सहायक हवल्दारमा बढुवा गर्न सिफारिस गरिएको छ । साधारण समूह, साधारण उपसमूहतर्फ हाल रिक्त रहेका एवं माथिल्लो पदमा बढुवा नियुक्ति पश्चात् रिक्त हुन आउने सशस्त्र प्रहरी सहायक हवल्दार पद संख्या ६४० मा सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम ९१० को ९च० बमोजिम बढुवा सिफारिस गरिएको हो । बढुवा समितिको शुक्रबारको निर्णयअनुसार सशस्त्र प्रहरी जवानहरूलाई सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवा सिफारिस गरिएको सूचनामा उल्लेख छ । बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी जवानहरूले उक्त नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७ दिन भित्र बढुवा उपरको उजुरी सुन्ने समिति…

Read More

काठमाण्डौं । जनता समाजवादी पार्टी ९जसपा० नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । आइतबारसम्म चल्ने बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा माघ १९ र २० गते बिहान ११ बजेदेखि सुरु हुने पार्टीका प्रचार(प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार ‘जनतासँग जसपा नेपाल अभियान’, आधारभूत सङ्गठन निर्माण अभियान, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायतका एजेन्डामा छलफल गर्न बैठक बस्न लागेको हो । पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेवारी र कार्यक्षेत्रअन्तर्गत भए गरेका कार्य प्रगति विवरणको लिखित प्रतिवेदनसहित बैठकमा अनिवार्य उपस्थित हुन जसपा नेपालले निर्देशन दिएको छ ।

Read More

काठमाडौं, १७ माघ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक पारित गर्न नसके पद छाड्ने उद्घोष गरेकी छन् । आज ( बिहीबार ) नेकपा ( एमाले)  का भातृ संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनको पहिलो प्रदेश परिषद् बैठकलाई सम्बोधन गर्दै आफू शिक्षा ऐन ल्याउन भनेर नै पदमा बसेको बताएकी हुन् । आफू कुनै कुरा पाउँछु र कमाउँछु भनेर मन्त्री नबनेको उनको धारणा थियो । ‘विद्यालय शिक्षा ऐन आउँदैन, विधेयक बन्दैन भने म पद छोड्छु। विधेयक ल्याउने भनेर बसेको हो। सक्दिनँ भन्ने लाग्यो भने बस्दिनँ,’– उनले भनिन् । साथै, आगामी आर्थिक वर्षका बजेटमा प्रारम्भिक बाल विकास केन्द्र ( इसिडी) …

Read More

काठमाण्डौं । सरकारले जारी गरेका विभिन्न ६ वटा अध्यादेश प्रतिनिधिसभार राष्ट्रियसभामा पेस भएका छन् । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठकमा शुक्रबार ६ वटा अध्यादेश पेस भएका छन् भने तिनै अध्यादेश राष्ट्रिय सभाको आजदेखि प्रारम्भ भएको सत्रौँ अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ सभासमक्ष पेस गरे । सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१, आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायीत्व पहिलो संशोधन अध्यादेश–२०८१, नीजिकरण संशोधन अध्यादेश–२०८१ र आर्थिक तथा व्यवसायीक वातावरण सुधार लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई…

Read More

काठमाडौं । गायिका एलिना चौहानले अंश र माना चामल नलिनेगरी पति बिष्णु सापकोटासँग सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गरेकी छन् । काठमाडौं जिल्ला अदालतमा शुक्रवार दर्ता भएको फिरादमा पति सापकोटाले आफ्नो चरित्रमाथि शंका गरेको र पति पत्नीको रुपमा सम्बन्ध सुमधुर हुन नसकेको जिकिर गरेकी छन् । लामो समय प्रेम सम्बन्धमा रहेको यी जोडीबीच बिहेपछि कलह सुरु भएको थियो । कलहले घरेलु हिंसाको समेत अवस्था निम्तिएको चर्चा पनि छ। झापाकी एलिना र बागलुङका विष्णुले गत वैशाख ५ गते मात्र विवाह गरेका थिए। विष्णु अस्ट्रेलिया बस्छन्। विवाहपछि एलिना पनि अस्ट्रेलिया गएकी थिईन। तर छोटो बसाइ पछि नै एलिना दसैंअघि नेपाल फर्किइन्। त्यसयता उनी…

Read More

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको छ । शुक्रबार भक्तपुर जिल्ला अदालतले तामाङलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा १० हजार धरौटी तिरेर उनी रिहा भएकी थिइन् । प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा माघ २ गते पक्राउ परेकी तामाङ १० हजार धरौटीमा रिहा भए लगत्तै माघ १४ गते आपराधिक उपद्रवको कसुरमा जिल्ला प्रहरी परिसर भक्तपुरले नियन्त्रणमा लिएको थियो । उनले केही समयअघि भक्तपुरको साँगामा सूर्यविनायक नगरपालिकाले निर्माण गरेको झोलुंगे पुल तर्ने टिकट काट्नका लागि निर्माण गरिएका संरचना र टिकटमा क्षति पुर्‍याएको भन्दै नगरपालिकाले प्रहरीमा जाहेरी दिएको…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) ले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो दिन बैठक सुरु हुनासाथ रास्वपाले बैठक अवरोध गरेको हो । रास्वपाका सांसदहरु उभिएर बिरोध जनाईरहेका छन् । रास्वपाले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठकलाई अगाडि बढाउन आग्रह गरिरहेका छन्। रास्वपाले सभापति रवि लामिछानेलाई सांसद पदबाट कानून विपरित निलम्बन गरेको भन्दै रास्वपाले विरोध जनाउने निर्णय गरेको थियो। आज नै लामिछानेले निलम्बन फुकुवाको निवेदन सभामुखकहाँ बुझाइसकेका छन्।

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेका छन् । संसद सचिवालय पुगेका लामिछानेले समाभुख घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाको निवेदन बुझाएका हुन्। उनले निलम्बन गैरकानूनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको दाबीसहित फुकुवाका लागि आग्रह गरेको सभापति लामिछानेको सचिवालयले जनाएको छ। अदालतबाट धरौटीमा छुटेपश्चात् आफ्नो सांसद पद बहाल रहनुपर्ने उनको माग छ । आफ्नो निलम्बन फुकुवाको लागि लामिछानेले आज सभामुखलाई निवेदन दिएका थिए । प्रतिनिधिसभा नियमावलीको दफा २८ को उपदफा ३ मा अनुसार थुनामा रहेको अवधिभर मात्रै निलम्बन हुनुपर्ने उनको तर्क छ । निवेदनमा भनिएको छ, ‘नियमावलीको दफा २८ को…

Read More

काठमाडौं । संसद्को दुवै सदनको हिउँदे अधिवेशन सुरु भएको छ । दिउँसो १ बजेबाट संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवैको बैठक सुरु भएको हो । आजको प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् । सङ्घीय संसद्का दुवै सदनमा गरी अहिले दुई दर्जन विधेयक विचाराधीन छन् । अधिकांश विधेयक समितिमा दफावार छलफलका क्रममा छन् । संसद् सचिवालयका अनुसार शुक्रबार अधिवेशन प्रारम्भको राष्ट्रपति कार्यालयको पत्र वाचन गरिने छ । यस्तै प्रतिनिधि सभा नियमावली–२०७९ को नियम १० अनुसार सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षताका लागि अध्यक्ष मण्डलको मनोनयन हुने छ । दलीय परामर्शमा अधिवेशनैपिच्छे…

Read More