Author: Transparentgroup
चितवन । नेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रको पक्षमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको बताएका छन् । नेकपा माओवादी केन्द्र चितवनले गरेको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई मायाँ गर्ने र परिवर्तनलाई संस्थागत गर्ने अभियानमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको बताएका हुन् । अध्यक्ष प्रचण्डले अहिले देशभरि माओवादी पार्टी र यसको नेतृत्वको पक्षमा लहर देखिएको उल्लेख गर्दै यसले आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने आधार फराकिलो बन्दै गएको बताए । आफूले १८ महिना सरकारमा रहेर नयाँ अभियानको थालनी गरेकाले यसबाट डराएकाहरुले सरकारबाट हटाएको जनताले प्रष्टरुपमा बुझिसकेको उल्लेख गर्दै उनले पार्टीको तर्फबाट पनि यसबीचमा…
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीका बचतकर्ताको रकम सुरक्षाको ग्यारेन्टी हुनुपर्ने बताएका छन् । आज ( शनिबार ) पार्टीको सहकारी विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले बचतकर्ताको रकम सुरक्षाको ग्यारेन्टी आजको आवश्यकता बन्दै गएको बताएका हुन् । उनले मूल्य मान्यता र सिद्धान्त अनुसार सहकारी सञ्चालन हुनुपर्नेमा जोड दिए । ‘वर्तमान अवस्थामा सहकारीको क्षेत्रमा देखापरेका विभिन्न विकृति, विसंगतिहरुको अन्त्य गरी मूल्य मान्यता र सिद्धान्तअनुसार सहकारी सञ्चालन हुनुपर्छ भन्नेमा पार्टी प्रतिवद्ध छ । आम नागरिकहरुले दुःख गरेको बचत गरेको बचतकर्ता पीडित भएका छन् । रकम सहकारी सञ्चालकहरुले अपचलन र दुरुपयोग गरेको सन्दर्भमा बचतकर्ताहरुको रकमको सुरक्षाको ग्यारेन्टी गराउनु पर्दछ र…
काठमाडौँ । नेकपा ९एमाले० को केन्द्रीय सहकारी तथा गरिबी निवारण विभाग र राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालले हालै जारी भएको सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशका कतिपय प्रावधानलाई प्रतिस्थापन विधेयकमार्फत परिमार्जन गर्न सुझाव दिएको छ । प्रधानमन्त्री निवासमा एमालेको केन्द्रीय सहकारी विभागका प्रमुख खगराज अधिकारी र महासङ्का अध्यक्ष ओमदेवी मल्लले आज बेग्लाबेग्लै सुझावपत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरी अर्थतन्त्रको सुदृढीकरणमा महत्वपूर्ण भूमिका रहेको सहकारी क्षेत्रलाई व्यवस्थित गर्न अध्यादेशमार्फत लिइएको कदम सकारात्मक भए पनि कतिपय व्यवस्था परिवर्तनयोग्य विषयहरुबारे ध्यानाकर्षण गराएका हुन् । कुनै व्यक्ति बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालकमा दुई कार्यकाल भन्दा बढी अवधिका…
दिपायल । पूर्व उपप्रधान एवं गृहमन्त्री भीम रावलले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्नेलाई कानुन संशोधन गरी फाँसीको सजाय दिनुपर्ने बताएका छन् । आज ९शनिबार० दिपालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । केपी शर्मा ओली अघिल्लो पटक प्रधानमन्त्री भएको बेला नक्कली भुटानी शरणार्थी प्रकरण बनाएर नेपाली पठाउने काम भएको उनले बताए । तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समेतको सो प्रकरणमा संलग्नता हुनसक्ने उनको आशंका छ । त्यस्तै, प्रधानमन्त्री ओलीसँग मानव तस्करीको आरोपमा मुछिएका। कोशी प्रदेशका निर्वतमान मन्त्री लिलाबल्लभ अधिकारीको निकट सम्बन्ध रहेको उनले बताए । समाजमा भन्नै नहुने आरोप लागेर हिँडिरहेका नेताहरुलाई ओलीले नदेखेझैं गर्नेगरेको नेता रावलको…
काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी–२०आई शृंखलामा नेपाल नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित भएको छ । शनिबार भएको खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित भई लगातार दोस्रो हार व्यहोरेको हो । नेपालले दिएको १०२ रनको लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । थाइल्याण्डका लागि नानपत कोन्चारोन्काइले अविजित अर्धशतकीय पारी खेलिन् । नेदरल्याण्सविरूद्ध पनि अर्धशतक बनाएकी उनले यस खेलमा ६० रन बनाइन् । त्यस्तै सुवानन खियोतोले १४ तथा कप्तान नारुमोल चाइवाइले १३ रन बनाइन् । नेपालका लागि मनिषा उपाध्यायले ४ ओभरमा १२ रन दिएर २ विकेट लिइन् । कविता कुँवर, कविता जोशी र…
काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी–२० आई शृंखलाको दोस्रो खेलमा नेपालले थाइल्याण्डसँग खेल्दै छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा केहीबेरमा सुरू हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्दै छ । नेपालकी कप्तान इन्दु बर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेकी हुन् । नेपालले पहिलो खेलबाट एक परिवर्तन गरेको छ । मिडियम पेस बलर ईश्वरी विष्टको स्थानमा ब्याटर ममता चौधरी टिममा आएकी छन् । नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो । थाइल्याण्डले आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो । शृंखलामा सबै टोलीले एकअर्कासँग ३–३ खेल खेल्ने छन् । बिहीबार भएको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २०…
काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारदेखि मेक्सिको, क्यानडा र चीनलाई कर लगाउने निर्णय गरेका छन्। ह्वाइट हाउसका अनुसार मेक्सिकोलाई २५ प्रतिशत, क्यानडालाई २५ प्रतिशत र चीनलाई १० प्रतिशत भन्सार लगाइनेछ। राष्ट्रपति ट्रम्पले केही समयदेखि कर लगाउने विषयमा निरन्तर आफ्नो विचार राखिरहेका थिए। मेक्सिको, क्यानडा र चीनमा कर लगाएपछि ट्रम्पले भविष्यमा युरोपेली संघमा पनि कर लगाउने योजना रहेको बताएका छन्। यो समूहले अमेरिकालाई राम्रो व्यवहार नगरेको उनको भनाइ छ। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले क्यानडा र मेक्सिकोमा कर बढाउनुको कारण व्याख्या गरेकी छन्। उनले भनिन्, ‘क्यानडा र मेक्सिकोले हाम्रो देशमा अवैध फेन्टानिल वितरण गरे, जसले १० लाख भन्दा बढी…
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका–६ चनौटे नयाँ बस्तीका प्रकाश सिङतान चार महिनादेखि त्रिपालमुनि बस्दै आएका छन्। बागमती खोलामा गएको बाढीले घरखेत बगाएपछि विस्थापित भएपछि उनी बगरमा परिणत भएको घरखेत हेरेर बस्न बाध्य छन्। प्रकाशसँगै त्यहाँका सात घर परिवार लुइचे पाखामा त्रिपालको सहारामा बस्दै आएका छन्।गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण बागमती खोलामा गएको बाढीले भएको घरखेत सबै बगाएपछि उनीहरू विचल्लीमा परेका हुन्। भएको सबै सम्पत्ति बगाएपछि सिङतान परिवार गाउँपालिका र सहयोग संस्थाले दिएको खाद्यान्न र लत्ताकपडाको सहायतामा गुजारा चलाइरहेका छन्।अन्यत्र एक टुक्रा पनि आफ्नो जमिन नभएपछि अब सरकारले अन्त व्यवस्थापन नगरिदिएसम्म त्यही बस्ने सिङतानले…
धुलिखेल । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडक ६ लेन विस्तार कार्यले गति लिन थालेको छ । भक्तपुर सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी सो सडक दुई खण्डमा विभाजन गरी विस्तार भइरहेको छ । वि।सं। २०७९ पुस २४ बाट सुरु गरिएको यो सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएपनि अहिलेसम्म करिब ३० प्रतिशतमात्रै प्रगति भएको आयोजनाले जनाएको छ । सडक विस्तारका लागि ७।५ किमी लामो सूर्यविनायक–साँगा सडकखण्ड ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ र साँगा–धुलिखेल ८।४ किमी सडकखण्ड विस्तारका लागि ४ अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। सूर्यविनायक–धुलिखेल, सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार…
काठमाडौं । सुमना श्रेष्ठ प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) को सहमहामन्त्री हुन । रास्वपाबाट समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको जनजाति समूहको प्रतिनिधिका रूपमा उनी निर्वाचित भएकी हुन् । कुनै समय सांसद श्रेष्ठले अमेरिकाबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर ( एमबिए ) पढ्दै थिइन् । विसं २०७२ को भूकम्पपछि नेपालमा विश्व खाद्य कार्यक्रमसँग काम गर्न नेपाल फर्किएकी उनी राजनीतिक यात्रा रास्वपाको स्थापनासँगै सुरू गरिन् । सांसद क्षेष्ठसँग शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीका रूपमा चार महिनाको जिम्मेवारीको अनुभव छ । पेसाले व्यवस्थापन परामर्शदाता सुमना श्रेष्ठ उद्यमी र अभियन्ता पनि हुन । राससले बर्तमान राजनीतिक अवस्थाका बारेमा रास्वपा सांसद सुमना श्रेष्ठसँग कुराकानी गरेको छ…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क