Author: Transparentgroup
बेइजिङ । चीनले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा बेइजिङमा लगाइएको नयाँ करको ‘दृढतापूर्वक विरोध’ गरेको र ‘आफ्नो अधिकार र चासोको दृढतापूर्वक रक्षा गर्न सम्बन्धित जवाफी कदम’ चाल्ने वाचा गरेको बताएको छ । शनिबार प्रमुख व्यापार साझेदारहरू विरुद्ध व्यापक कदमहरू सार्वजनिक गर्दै ट्रम्पले चिनियाँ आयातमा विद्यमान शुल्कमा थप १० प्रतिशत कर लगाउने घोषणा गरेका थिए । आइतबार एक विज्ञप्तिमा चीनको वाणिज्य मन्त्रालयले वासिङ्टनको ‘गलत अभ्यासहरू’को आलोचना गर्दै बेइजिङ ‘यसप्रति अत्यन्त असन्तुष्ट र दृढतापूर्वक विरोध गर्दछ’ भनेको छ । मन्त्रालयले बेइजिङले विश्व व्यापार संगठन ( डब्लूटीओ ) मा मुद्दा दायर गर्ने र ‘संयुक्त राज्य अमेरिकाले एकपक्षीय रूपमा लगाएको करले विश्व व्यापार संगठनका…
मोरङ । केबलकार खारेजी संघर्षरत समूह र ताप्लेजुङको मुकुम्लुङमा केबुलकार निर्माणको विरोध गर्दै आइरहेको मुकुम्लुङ संरक्षण अन्तरदलीय पार्टीहरूले गरेको बन्दका कारण पूर्वी जिल्लाको जनजीवन प्रभावित भएको छ । दमकमा बिहानै ३ जना बन्दकर्ता पक्राउ परेका छन् भने बन्दकर्ता र प्रहरीबिच घम्साघम्सी भएको थियो । त्यस्तै झापा, ईटहरी, बिराटनगर लगायतका शहरहरुमा बन्दकर्ताले यातायात बन्द गर्दै हिडिरहेका थिए । मुकुम्लुङ अन्तरदलीय राजनीतिक पार्टीले माघ २०(२१ गते अरुणपूर्व नौ जिल्ला ९ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा० बन्दको आह्वान गरेको छ। बन्दका कारण कोशी पहाडका जिल्लामा सवारी साधन ठप्प बनेका छन् । कोशी राजमार्ग धरानबाट धनकुटा हुँदै तेह्रथुम र संखुवासभा…
काठमाडौं । त्रिदेशीय महिला टी– २० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला अन्तर्गत आज नेपालले नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा यो खेल दिउँसो १२स्१५ बजे सुरु हुनेछ। बिहीबार सुरु भएको प्रतियोगितामा दुई खेल खेलिसकेको नेपाल अंकबिहीन छ। उद्घाटन खेलमा नेरदल्याण्डसँग २० रनले पराजित भएको नेपाल दोस्रो खेलमा शनिबार थाइल्याण्डसँग चार विकेटले पराजित भयो। नेपाल आज घरेलु मैदानमा पहिलो जितको खोजीमा हुनेछ। तीन खेल खेलिसक्दा दुई खेल जितेको थाइल्याण्ड चार अंकसहित शीर्ष स्थानमा छ भने नेदरल्याण्डले दुई अंक जोडेको छ। बिहीबार भएको पहिलो खेलमा टस जितेर नेदरल्याण्ड्सलाई सुरुमा ब्याटिङको निम्तो दिएको नेपालले पाएको १५८ रनको लक्ष्य भेट्न नसक्दा घरेलु मैदानमा पराजय भोगेको…
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले सहकारी संस्थाको वर्गीकरण गर्ने भएको छ। लुम्बिनी प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष टीकाराम पोख्रेलले विभिन्न पाँच भागमा सहकारी वर्गीकरण गर्न लागिएको जानकारी दिए। उनका अनुसार विभिन्न ५२ वटा सूचकका आधारमा सहकारी संस्थाको वर्गीकरण गरिने छ। ‘राम्रा र नराम्रा सहकारीलाई एउटै वर्गमा राख्न मिल्दैन, सोहीअनुसार सहकारीलाई वर्गीकरण गर्न लागिएको हो,’ उनले भने। प्रल्सअनुगमन प्रणालीका १४, एमसीआइसम्बन्धी तीनवटा र सहकारी कानुनसँग सम्बन्धित सुशासनका ३५ गरी ५२ वटा सूचकका आधारमा वर्गीकरण गरिने छ। सहकारीमा ऋण सुरक्षणको अवस्था, भाका नाघेको ऋणको अवस्था, वार्षिक साधारणसभा, लेखापरीक्षण, आन्तरिक लेखापरीक्षण, सम्पत्ति शुद्धीकरण निवारण, कार्यविधि निर्माण, सेवा, बचत र सदस्यको अनुपात, पुँजीको अनुपातलगायत…
काठमाडौं । ‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ आज विश्व सिमसार दिवस मनाइँदै छ । तीव्रगतिमा भइरहेको सिमसार क्षेत्रको ह्रास रोक्नका लागि जनचेतना बढाउने तथा सिमसार क्षेत्रको संरक्षण र पुनःस्थापनाको प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस मनाइँदै आइएको छ । संयुक्त राष्ट्रसङ्घले सन् २०२१ अगष्ट ३० मा प्रत्येक वर्षको फेब्रुअरी २ मा विश्वभर सिमसार दिवस मनाउने निर्णय गरेको थियो । सन् १९७१ मा क्यास्पियन समुद्रको किनारमा रहेको इरानको सहर रामसारमा आयोजित अन्तर्राष्ट्रिय महत्त्वको सिमसारसम्बन्धी महासन्धिको अङ्गीकार गरिएको दिनको सम्झनामा दिवस मनाउन लागिएको हो । संरक्षित क्षेत्रहरूको घोषणा, प्रभावकारी नीतिको कार्यान्वयन र ज्ञान आदानप्रदानमार्फत उक्त महासन्धिले राष्ट्रहरूलाई आफ्ना जलाधार…
काठमाडौँ। भारत सरकारले मध्यम वर्गका जनताको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित सन् २०२५र२६ का लागि शनिबार ५०।६५ खर्ब भारतीय रुपियाँ बराबरको सङ्घीय बजेट ल्याएको छ । गत वर्ष ४७।१६ खर्ब अनुमान गरिएभन्दा बढी बजेट भारत सरकारले ल्याएको हो । यस वर्षको बजेटमा भारत सरकारले पुँजीगत खर्च ११।२ खर्बको लक्ष्य राखेको छ । वित्तीय घाटालाई ४।४ प्रतिशतमा झार्ने लक्ष्यसहित आएको यो बजेट भारतको समग्र विकासका लागि मार्गचित्र रहेको दाबी गरिएको छ । भारतका अर्थमन्त्री निर्मला सीतारमणले ल्याउनुभएको बजेटले सबै क्षेत्रको सन्तुलित विकासको मर्मलाई आत्मसात् गर्न प्रयास गरेको उहाँले औँल्याउनुभएको छ । जस अनुसार विकसित भारतको अवधारणामा शून्य गरिबी, शतप्रतिशत गुणस्तरीय विद्यालय शिक्षा,…
चन्द्रपुर । नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले बाराको निजगढमा अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड दिएका छन् । आज रौतहटको गौरमा नेपाल–भारत पत्रकारको साझा मञ्च मिडिया फर बोर्डर हार्मोनी रौतहटद्वारा ‘नेपाल–भारत मैत्री संवाद’ कार्यक्रममा व्यावसायिक तथा पर्यटकीय दृष्टिकोणले पनि निजगढमा अन्तराष्ट्रिय विमानस्थल अनिवार्य भएको उनले बताए । पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले निजगढ–काठमाडौँमा ‘फास्ट ट्र्याक’को निमार्णका साथसाथै निजगढ विमानस्थलको निर्माण अति जरुरी रहेको आवश्यकता औँल्याए । निजगढमा अन्तरराष्ट्रिय विमानस्थल बनाउनका पहल गरिरहेको भन्दै उनले नेपाल–भारतको सीमा समस्याबारे केन्द्रबाट समाधान गरिनुपर्ने धारणा राखे । स्थानीय स्तरमा दुवै देशका जनप्रतिनिधिहरूले आवश्यकताका आधारमा आ–आफ्नो तर्फबाट पहल गर्नुपर्ने भन्दै दीर्घकालीन समाधान…
काठमाडौं । बिहारको मुजफ्फरपुरमा नेपाली चढेको स्कार्पियो गाडी दुर्घटना हुँदा पाँच नेपालीको मृत्यु भएको छ । महाकुम्भ मेलाबाट फर्किंदै गरेको स्कोर्पियो गाडी अनियन्त्रित भएर पल्टिँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । गाडीमा ९ जना सवार थिए । तीमध्ये ४ जना गम्भीर घाइते भएका छन् । मृतकमध्ये तीन महिला र दुई पुरुष छन् । मृत्यु हुनेमा अर्चना ठाकुर, इन्दु देवी, मन्त्रणा देवी, बालकृष्ण झा र गाडीचालक शम्भु ठाकुरको पहिचान खुलेको छ । मृतकमध्ये गाडीचालक शम्भु सिरहा र अन्य महोत्तरीका हुन् । घाइतेहरूमध्ये मनोहर ठाकुर, सृष्टि ठाकुर, कामनी झा र देवतारण देवी रहेका छन् । घाइतेहरुको स्थानीय श्रीकृष्ण…
बागलुङ । ३० करोड रुपैयाँ लगानीमाआइएमई ग्रुपको लगानीमा बागलुङ बजारमा इला कम्फोर्ट लक्जरी होटल सञ्चालनमा आएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले शनिबार बागलुङमा आयोजित एक भव्य समारोहमा इला कम्फोर्ट होटलको सेवा सञ्चालनको उद्घाटन गरेका हुन् । होटलमा काली गण्डकी कोरिडोर तथा मध्य पहाडी लोकमार्ग हुँदै गण्डकी क्षेत्र तथा बागलुङका पर्यटकीय स्थलभ्रमण गर्ने पर्यटक तथा अन्य पाहुनाहरूका लागि गुणस्तरीय सेवा सुविधा रहेको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले आइएमई ग्रुपले पर्यटन पूर्वाधारका क्षेत्रमा गरेको लगानीले मुलुककै पर्यटन उद्योगमा सकारात्मक प्रभाव पारेको बताए । सो अवसरमा गण्डकी प्रदेश सरकारका मन्त्री कृष्ण पाठकले आइएमईले मुलुकभर पर्यटन…
काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विदेशमा ठुला ठुला काण्ड गरेर ठुलो नेता बन्छु भन्दै राजनीतिमा लाग्ने गरेको बताएका छन् । शनिबार विश्व निकेतन माध्यमिक विद्यालयको ७९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सिंहले आफू सेवा दिनकै लागि राजनीतिमा आएको उल्लेख गरे । सिंहले देशको समग्र विकास गर्ने सशक्त माध्यम राजनीति भएको जिकिर गरे । राजनीतिमा लाग्ने मान्छे समाजकै काम नलाग्ने मान्छे हो भन्ने किसिमले भाष्य सिर्जना गरिएको भन्दै त्यसलाई चिर्न सक्नुपर्ने उनको भनाई थियो । उनले अरूको लहलहैमा लाग्नु भन्दा सही र गलत छुट्याएर चुन्नुपर्ने बताए । उनले भने, ‘अहिले मान्छेहरूलाई कस्तो लाग्छ भने यो राजनीति गर्ने मान्छेहरू…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क