Author: Transparentgroup

काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा० नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि जारी रहने छ । शनिबारदेखि पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जारी बैठकमा समसामयिक राष्ट्रिय राजनीतिक विषयसहित पार्टीको सङ्गठनात्मक कार्यदिशाबारे छलफल भइरहेको छ । यस्तै, करिब ६ महिनादेखि पार्टीले सञ्चालन गर्दै आएको ‘जनतासँग जसपा नेपाल, सङ्गठन निर्माण अभियान’ को बृहत् समीक्षासमेत भइरहेको छ । यसअघिको बैठकले केन्द्रदेखि वडास्तरसम्म जारी सङ्गठन निर्माण अभियान कार्यकर्ता र जनतामाझ अत्यन्तै लोकप्रिय, प्रभावकारी र उत्साहजनक रहेको निष्कर्ष निकाल्दै पौष र माघ मसान्तसम्मको लागि अभियानको समयावधि थप गरेको थियो । कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यहरूलाई तोकिएको जिम्मेवारी अनुसार आआफ्नो कार्यक्षेत्रअन्तर्गत भए गरेका कार्य प्रगति विवरणको…

Read More

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्तपञ्चमी तथा सरस्वती पूजाका अवसरमा आज सोमबार शुभकामना सन्देश दिनुभएको छ । उहाँले विद्याकी देवी माता सरस्वतीको पूजाअर्चना गरी मनाइने वसन्तपञ्चमी तथा सरस्वती पूजाका अवसरमा स्वदेश एवं विदेशमा रहनुभएका नेपाली दिदीबहिनी, दाजुभाइ तथा सम्पूर्ण बालबालिकामा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो । राष्ट्रपति पौडेलले सन्देशमा भन्नुभएको छ, “माता सरस्वतीलाई शिक्षा, ज्ञान र सङ्गीतकी देवीका रूपमा पुजिन्छ । आजको यस शुभ दिनमा आफ्ना बालबालिकालाई विद्यालय भर्ना गरेर अक्षरारम्भ गराउँदा विद्याकी देवी सरस्वतीको सदा कृपादृष्टि हुने जनविश्वास रहँदै आएको छ । सङ्गीतका पारखीका लागि सरस्वतीको साधना गर्ने प्रमुख दिन पनि वसन्तपञ्चमीलाई मानिँदै आइएको छ । नवीन कार्यको प्रारम्भ…

Read More

काठमाडौं । सरकारले ताप्लेजुङको पाथीभरा ( मुक्कुम्लुङ )  क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । गृह मन्त्रालयले आइतबार अबेर जारी गरेको विज्ञप्तिमा वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न सहसचिव भट्टराईको संयोजकत्वमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि समेत रहेको वार्ता टोली गठन गरिएको जनाएको छ । वार्ता टोलीले तत्काल कार्य प्रारम्भ गर्ने र आन्दोलनरत पक्षलाईसमेत आन्दोलनका कार्यक्रमहरू फिर्ता लिई संवादमार्फत् समस्या समाधानमा सहयोग गर्न गृह मन्त्रालयले अपिल गरेको सहसचिव एवम् प्रवक्ता…

Read More

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यस अवसरमा आज बिहान ०७ः५५ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ०७ स् ५५ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो । वसन्त श्रवणमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनुहुने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए । वसन्त श्रवणमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति…

Read More

काठमाडौं। संघीय संसद्को संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यमा दामोदर खड्काको नाम अनुमोदन गरेको छ । न्याय परिषद्को सदस्यमा सिफारिस भएका खड्काको नाम संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०८० को नियम २६ को उपनियम ५ बमोजिम अनुमोदन भएको हो । न्यायपरिषद्को पुस २९ को पत्रअनुसार सिफारिस भइ आएका खड्कालाई न्याय परिषद्को सदस्यमा सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय भएको समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् । खड्कालाई नेपाल बार एशोसिएशनले न्याय परिषद्को सदस्यमा सिफारिस गरेको थियो । संवैधानिक व्यवस्थाअनुसार न्याय परिषदमा प्रधानन्यायाधीश, कानुन मन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश र प्रधानमन्त्रीको सिफारिसमा र नेपाल बार एशोसिएशनको सिफारिसमा एक÷एक…

Read More

काठमाण्डौं । प्रेस काउन्सिल नेपालले दर्ता र सूचीकरण नभई चलेका ५४ युट्युब च्यानल र ५ फेसबुक पेजलाई थप अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पठाएको छ। काउन्सिलले आइतबार एक विज्ञप्ति जारी यस्तो सूचना दिएको हो। यस्तै काउन्सिलले विगतमा कालोसूचीमा राखी कारबाही गरेका चार वटा सञ्चारमाध्यमको कारबाही फुकुवा गरेको छ। जसमा टिभी अन्नपूर्ण डटकम, योहो टेलिभिजन, त्रिनेत्रपोष्ट साप्ताहिक, खोजतलास अनलाइन डटकमको अवज्ञाकारीरकालोसूचीको कारबाही फुकुवा गरिएको जनाएको हो। काउन्सिलका सूचना अधिकारी सह प्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिअनुसार चालु आर्थिक वर्षको साउनयता कालोसूचीमा परेका १० वटामध्ये ४ वटा सञ्चार माध्यमले क्षमा याचना गर्दै आगामी दिनमा आचारसंहिता एवं काउन्सिलको निर्देशन पालनामा…

Read More

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले जनताका जनजीविकाका सवालमा सरकारको ध्यानाकर्षण गराउँदै समाधानका लागि आग्रह गरेका छन् । बैठकको विशेष समयमा सांसद सुमित्रा विसीले संसद्को हिउँदे अधिवेशन कानून निर्माणसँगै नागरिकका जनजीवनका विषय छलफलमा केन्द्रित हुनुपर्ने बताइन् । उनले मुलुकमा पछिल्लो समय महिला हिंसा बढेको उल्लेख गर्दै नियन्त्रण गर्न र दोषीलाई कारबाही गरी पीडितलाई न्यान दिन सरकारसँग आग्रह गरिन्। ‘जाजरकोटमा भूकम्प गएको डेढ वर्ष हुँदा पनि अझै कतिपय प्रभावित जनताले दोस्रो किस्ताको राहत पाएका छैनन्,’ सांसद विसीले भनिन्, ‘जनताको गुनासो तत्काल सुनुवाइ गर्न म सरकारसँग आग्रह गर्दछु ।’ सरकारले संविधानअनुसार नै अध्यादेश जारी गरेको र त्यसलाई जनताका पक्षमा कार्यान्वयन गर्नुपर्नेमा…

Read More

काठमाडौं। स्पिनर सीता रानामगरले उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेट लिए पनि नेपालले त्रिकोणात्मक महिला ट्वान्टी–२० क्रिकेट शृंखलामा लगातार तेस्रो पराजय बेहोरेको छ। नेदरल्यान्ड्सले आइतबार घरेलु टोली नेपाललाई १५ रनले पराजित गरेको हो। १४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २् ओभरमा आठ विकेट गुमाउँदै १२५ रन मात्र बनाउन सक्यो । डच टोलीसँग नेपालको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा डच टोलीसँग नेपाल २० रनले पराजित भएको थियो। अर्को खेलमा नेपालले थाइल्यान्डलाई चार विकेटको जित सुम्पियो। डच टोलीको भने यो दोस्रो जित हो। यसअघि यो टोली थाइल्यान्डसँग आठ विकेटले पराजित भएको थियो। नेपालकी कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन बनाइन् ।…

Read More

विराटनगर । ठगी मुद्दामा मोरङको धनपालथान गाउँपालिका –४ मा रहेको उमागौरी कृषि सहकारी संस्थाको अध्यक्ष शम्भु रौनियार पुर्पक्षको लागि कारागार चलान भएका छन् । मोरङ अदालतका न्यायाधीश अरुण कुमार झाको इजलासले आइतबार रौनियार पुर्पक्षको लागि कारागार चालन भएका हुन् । अदालतको आदेशपछि रौनियार पुर्पक्षको लागि मोरङ कारागार चलान भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिना गरेको उजुरी प्रहरीमा आएपछि २ असोजमा अध्यक्ष रौनियारविरुद्ध मोरङ अदालतले पक्राउ अनुमति दिएको थियो । पक्राउ अनुमति जारी भएको सूचना चुहिएपछि फरार भएको एक सय दिनपछि उनी सोमबार कानुन व्यवसायीलाई साथमा…

Read More

म्याग्दी । म्याग्दीको बेनीमा रहेको कुमारी सहकारी संस्थाको डेढ अर्ब रुपैयाँ हिनामिनाका आरोपित जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा पक्राउ परेका छन् । थापालाई आज बिहान पक्राउ गरिएको हो । नेकपा एमालेबाट समन्वय समितिमा निर्वाचित थापाले आफू उपाध्यक्ष छँदा सहकारीको रकम आफ्नो बोर्डिङ स्कुल, जग्गा खरिद तथा व्यक्तिगत प्रयोजनमा लगाएको सहकारी रजिस्ट्रारको कार्यालयले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । सहकारी रजिष्ट्रारको कार्यालय पोखराले एक वर्ष अघि गरेको छानविन प्रतिवेदनमा थापाको योजनामा सर्वसाधारणले बचत गरेको डेढ अर्ब रुपैयाँ हिनामिना भएको उल्लेख थियो। थापा सहितको टोलीले सहकारीको रकम निजी विद्यालय, घर जग्गा खरिद कार्यमा लगाएर दुरुपयोग गरेको पाइएको उक्त प्रतिवेदनमा औँल्याइएको…

Read More