Author: Transparentgroup
म्याग्दी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली प्रधानमन्त्री हुनु नै देशका लागि दुर्भाग्य भएको टिप्पणी गरेका छन् । म्याग्दीको बेनीमा पार्टीको खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रचण्डले प्रधानमन्त्री ओलीलाई फटाहाको संज्ञा दिँदै उनी प्रधानमन्त्री भइरहे देश सुख नपाउने दाबी गरे । “यो गठबन्धन बनाउने बेलामा एमालेको नेता, जो अहिले प्रधानमन्त्री हुनुहुन्छ । उहाँले यति धेरै ढाँटछल, जालझेल गर्नुभयो । मलाई त गर्नसम्म गर्नुभयो,” प्रचण्डले भने, “तपाईंहरुले सुन्नुभएकै छ स्वर्ग र नर्कको कुरा । उहाँ हस्ताक्षर गरेर आएर गरेकै छैन भन्ने, यस्तो जालीझेली, यस्तो फटाहा मान्छे प्रधानमन्त्री भएपछि देशले सुख पाउँछ त …
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेश स्थापनाको औचित्य अझै पुष्टि नभएको स्वीकारेका छन्। उनले औचित्य प्रमाणित गर्न थप कसरत गर्नुपर्ने धारणा पनि राखे। प्रदेश प्रमुख भट्ट मंगलबार गण्डकी प्रदेश सरकारको आठौं स्थापना दिवस समारोहमा बोल्दै थिए। प्रदेश सरकारले २०७४ साल माघ २२ गते पहिलोपटक प्रदेशसभा बैठक बसेको दिनलाई प्रदेश स्थापना दिवसको रुपमा मनाएको हो। ‘नागरिकसामु जिम्मेवार भई उहाँहरूका अपेक्षा तथा चाहना गण्डकी प्रदेशसभा र गण्डकी प्रदेश सरकारले आ(आफ्ना कार्यक्षेत्रबाट पूर्ण प्रतिबद्ध रही पूरा गर्न सक्नुपर्छ,’ उनले भने,‘प्रदेशसभा र प्रदेश सरकार आ(आफ्नो संस्थाको संस्थागत विकासका लागि कानुनी आचारसंहिताको पूर्ण पालना, हालसम्मका अनुभवहरू मध्ये असल अभ्यासको अनुशरण, वित्तीय अनुशासन एवं…
पोखरा । नेपाल पुलिस क्लबले आहा(रारा गोल्डकपको २४ औं संस्करणमा विजयी सुरुवात गरेको छ। पोखरा रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा पुलिसले आयोजक सहारा क्लबलाई १– ० गोलले पराजित गरेको हो। आहा रारा गोल्डकपको सर्वाधिक सफल क्लब पुलिसको जितमा उज्ज्वल राईले ३६औं मिनेटमा निर्णायक गोल गरे। पुलिसले पाएको कर्नरलाई उनले सिधै पोष्टको दिशा दिएका थिए। गोल्डकपमा बुधबार सशस्त्र प्रहरीको एपीएफ क्लब र मच्छिन्द्र फुटबल क्लबबिच खेल हुनेछ। यसअघि गोल्डकपको उद्घाटन पोखरा महानगरका मेयर धनराज आचार्यले गरेका थिए। विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ रुपैयाँ प्राप्त गर्नेछन्। मंगलबार सुरु प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दी र अफ्रिकन युनाइटेड सहभागी…
चितवन । साहारा सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । लामिछानेसहित कुल ३२ जनाविरुद्ध ठगी तथा संगठित अपराधको कसुरमा अदालतमा मुद्दा दर्ता भएको हो । मंगलबार सरकारी वकिल कार्यालय चितवनले रवि लामिछाने सहित ३२ जनालाई साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी तथा संगठित अपराध कसुरमा अदालत मुद्दा दर्ता गरेको हो । प्रहरीको अनुसन्धान प्रतिवेदन र प्रमाणहरूको आधारमा सरकारी वकिल कार्यालयले लामिछाने विरुद्ध मुद्दा दर्ता गरेको हो । चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार सरकारी वकिल कार्यालयले पहिले सहकारी ठगीमा संलग्न १५ तथा पछि थप १७ जनालाई संगठित अपराध कसुरमा मुद्दा दर्ता गरिएको…
काठमाडौं । अनौपचारिक भ्रमणका लागि नेपाल आएका बेलायतका राजकुमार दम्पतीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। राजकुमार एवं एडिनबर्गका ड्युक एड्वार्ड र उनकी श्रीमती एडिनबर्गकी डचेस सोफी मंगलबार काठमाडौं आएका थिए। उनीहरूले मंगलबार अपराह्न शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग छलफल गरेका हुन्। सो क्रममा राष्ट्रपति पौडेलले जलवायु परिवर्तन आजको विश्वको प्रमुख चिन्ताको विषय भएकाले यो समस्या समाधानका लागि सबै मिलेर काम गर्नुपर्ने बताएका थिए। ‘जलवायु परिवर्तन आज विश्वको प्रमुख चिन्ताको विषय बनेको छ, जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेको नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा हिमाल संरक्षणको विषयलाई प्रमुखताका साथ आवाज उठाउँदै आएको छ’, राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले…
काठमाडौं । सरकारले २०८२ जेठ पहिलो साता काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले २०८२ जेठ २, ३ र ४ गते काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्ने निर्णय भएको जानकारी दिए । बैठकले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाभित्रका सम्बन्धित मुद्दाको कामकारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित काठमाडौं उपत्यका मुकाम रहनेगरी उपभोक्ता अदालत गठन गर्ने निर्णय भएको उनले जानकारी दिए । यस्ता छन् सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका १८ वटा निर्णयहरु
मनाङ । मनाङमा शुक्रबार बेलुकीदेखि लागेको आगो अझै निभाउन सकिएको छैन । चामे गाउँपालिका–१ स्थित तिमाङ जंगलमा शुक्रबारदेखि लागेको आगो सोमबारसम्म पनि नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले आगो निभाउन जिल्लाका तीनवटै सुरक्षा निकाय परिचालन गरिए पनि नियन्त्रणमा लिन नसकिएको जानकारी दिए । उनका अनुसार आगो निभाउने प्रयास जारी छ । आगो नियन्त्रणका लागि तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ । स्थानीयसहितका टोलीले आगो नियन्त्रणमा लिने प्रयासमा गरिरहेका छौँ । आगलागी बस्तीभन्दा टाढाको जटिल भूगोलमा लागेको छ, सम्बन्धित क्षेत्रमा सुरक्षाकर्मी र स्थानीय आगो निभाउन छन्, प्रजिअ आचार्यले भने, भिरमा आगलागी भएकाले नियन्त्रणमा…
पोखरा । नेपाली कांग्रेसले आज ७७ वटै जिल्लाका सभापति र उपसभापतिका लागि पोखरामा अभिमुखीकरण कार्यक्रम गर्दैछ । कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पोखरामा आयोजना गर्ने उक्त कार्यक्रमको पार्टी सभापति शेरबहादुर देउवाले बिहान साढे १० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रतिष्ठानले सोमबार पोखरामै प्रदेश सभापति र प्रशिक्षण विभाग प्रमुख ( उपसभापति ) का लागि अभिमुखीकरण आयोजना गरेको थियो ।प्रशिक्षणमा जिल्ला उपसभापति ( जिल्लाको प्रशिक्षण विभागको जिम्मेवारी सम्हालेका ) दुईमध्ये एकजनालाई मात्र बोलाइएको कांग्रेसले जनाएको छ ।
काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका विषयमा भएको सोमबार राती भएको वार्ता सकारात्मक रूपमा टुङ्गिएको छ । सरकारद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षका वार्ता टोलीबीच ललितपुरमा भएको वार्ता सरकारात्मक भए पनि निष्कर्षमा भने पुग्न सकेन । आज बिहान ११ बजे पुनःवार्ता बस्ने गरी वार्ता स्थगित गरिएको सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले जानकारी दिए । “वार्ता सकारात्मक भयो तर कुनै निष्कर्ष निस्किएको छैन, आज ११ बजे पुनः बस्ने सहमति भएको छ”, उनले भने । वार्ताका क्रममा आन्दोलनरत पक्षबाट केबलकार निर्माण स्थगित र पक्राउ परेकालाई रिहा गर्नुपर्नेलगायत माग प्रस्तुत भएका जनाइएको छ…
काठमाडौँ । सङ्घीय संसद्मा पेस भएका ६ वटा अध्यादेश अस्वीकारको मागसहित दुवै सदनमा गरी ६६ वटा प्रस्ताव दर्ता भएका छन् । माघ १८ गते सभामा पेस भएका अध्यादेशविरुद्ध प्रतिनिधि सभामा ५० र राष्ट्रिय सभामा १६ वटा अस्वीकार गरियोस् भन्ने प्रस्ताव दर्ता भएका हुन् । दर्ता प्रस्तावमा छलफल र निर्णयार्थ पेस भएपछि मात्र अध्यादेशको प्रक्रिया अघि बढ्ने वा नबढ्ने टुङ्गो लाग्ने छ । सबै प्रस्ताव प्रतिपक्ष दलहरूका तर्फबाट दर्ता भएका छन् । सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले माघ २४ गतेको बैठकमा अध्यादेशको प्रक्रिया अघि बढ्ने जानकारी दिनुभयो । गिरीले भन्नुभयो, “सभाको क्यालेन्डरमै अध्यादेश स्वीकृत गर्नेसम्बन्धी प्रस्ताव २४ गते पेस गर्ने कार्यतालिका रहेको छ । कार्यतालिका अनुसारै अघि…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क