Author: Transparentgroup

काठमाण्डौं । प्रमुख प्रतिपक्ष दल नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालले स्वार्थ समूहलाई पोस्नलाई सरकारले अध्यादेश ल्याएको आरोप लगाएका छन्। बिहीबार ( आज )  प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘प्रचण्ड’ ले नुवाकोटको शेरा दरबार प्रकरणमा आफ्नो संलग्नता छानविनका लागि सरकारसँग आग्रह गरेका छन् ।  प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि गृहमन्त्री रमेश लेखकसम्मले त्यसमा विशेष चासो दिएको उनले बताए । आफू छानविनका लागि खुला रहेको प्रचण्डको भनाइ छ । ‘अहिले नुवाकोटको शेरा दरबार चर्चामा ल्याइएको छ । प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मले त्यसमा विशेष चासो दिएको मलाई थाहा छ । कतै न कतै त्यसमा प्रचण्डलाई…

Read More

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० रवि लामिछानेको थुनछेक बहस सकिएको छ । चितवन जिल्ला अदालतमा न्यायाधीश दयाराम ढकालको इजलासमा भएको थुनछेक बहस सकिएको हो । थुनछेक बहससँगै जवाफी बहस पनि सकिएको छ । लगत्तै यस मुद्दामा आदेश जारी हुनेछ । साहारा चितवन सहकारीको ठगी प्रकरणमा बयान दिन लामिछाने हिजो अदालत उपस्थित भएका थिए । उनको थुनछेक बहस नसकिएपछि प्रहरीको जिम्मा लगाइएको थियो । सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ताहरू रवि न्यौपाने, शम्भुकुमार बस्नेत, दशरथ पंगेनी, भोलानाथ निरौलाका साथै सहायक जिल्ला न्यायाधिवक्ताहरु बुद्धबहादुर थापा र अमृत सुवेदीले बहस गरे । जाहेरवालाहरूका तर्फबाट वरिष्ठ अधिवक्ताहरू डा। सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी र राजकुमार श्रेष्ठ,…

Read More

चितवन । आत्मरक्षाको लागि गोली चलाउँदा चितवन राष्ट्रिय निकुञ्जमा जंगली हात्ती मकुनाको मृत्यु भएको छ । निकुञ्जको कोर क्षेत्रतर्फ पठाउने क्रममा निकुञ्ज र यहाँको सुरक्षार्थ खटिएको टोलीमाथि नै जाइलागेपछि मकुनालाई तर्साउन भन्दै गोली प्रहार गरिएको थियो। बुधबार हात्ती स्वीप गस्ती टोलीले स्वीपिङ गस्ती गर्दै जाने क्रममा कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल इलाकामा मकुना अकस्मात् फेला परेको थियो । घरपालुवा हात्ती ९चुरेगज०लाई सिधै आक्रमण गर्न आएकोले अन्य विकल्प नभएको अवस्थामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २१ मा भएको व्यवस्था बमोजिम आत्म सुरक्षाको लागि २ राउन्ड वार्निङ हवाई फायर गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए…

Read More

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )  का सभापति रवि लामिछानेलाई चितवन अदालतमा उपस्थित भएका छन्। सहारा चितवन सहकारी ठगी प्रकरणमा बुधबार थुनछेक बहस नसकिएपछि आज १० बजे उनी अदालतमा उपस्थित भएका हुन्। बारा जिल्लाबाट आएका न्यायाधिवक्ता शम्भुकुमार बस्नेत, पर्सा जिल्लाबाट भोलानाथ निरौला र धादिङ्ग जिल्लाबाट दशरथ पंगेनीले क्रमशः बहस हुने क्रम जारी छ। बहस सकिए आजै थुनछेक आदेश आउने सम्भावना रहेको बताइएको छ। सहकारीपीडितको तर्फबाट आज वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ, अधिवक्ताहरु सुनिता अधिकारी र शम्भु बर्तौलाले बहस गर्नेछन् । यद्यपि अन्य अधिवक्ताले पनि बहसका लागि वकालतनामा दर्ता गराउने संभावना छ । प्रतिवादी रवि लामिछानेको तर्फबाट बहसपैरवी तथा प्रतिरक्षा…

Read More

काठमाण्डौं । काठमाडौँको कमलपोखरीस्थित शानदार  मःम पसलमा बिहीबार ग्याँस सिलिण्डर विस्फोट भएको छ । प्रहरीका अनुसार विस्फोटमा परेर पसलमा काम गर्नेहरू ११ जनालाई अस्पताल लगिएको छ भने तीन जना सामान्य छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार त्यहाँस्थित सानदार  मःम  पसलमा ग्याँस सिलिन्डर पड्किएको हो । घाइते हुनेहरु पनि सोही पसलका कामदार रहेको उनले बताए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । उदयपुरका २४ वर्षीय संजोग मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरु सबैलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको छ । सिलिन्डर विस्फोटपछि घरको सिलिङ भत्किएर खसेको छ । त्यहाँ प्रहरीले अनुसन्धान कार्य…

Read More

काठमाडौं । आज संघीय संसदका दुवै सदनको बैठक बस्दैछ । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बोलाइएको छ । गत माघ १८ गतेदेखि सुरू भएको संसदको हिउँदे अधिवेसनको दोस्रो बैठक आज बस्न लागेको हो । प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएका विभिन्न ६ वटा अध्यादेश स्वीकार गरियोस् भन्ने प्रस्ताव र अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचना टेबुल हुनेछ । आजको बैठकमा समितिको प्रतिवेदन, मूल्याङ्कन प्रतिवेदन र वार्षिक प्रतिवेदन पेस गर्ने पनि कार्यसूची छ । अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘सुरक्षित कारोबार ( पहिलो संशोधन)  विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१’ र आर्थिक कार्यविधि तथा वित्तीय…

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण सम्पन्न हुने गरी तीव्रताका साथ काम गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयका विषयमा बुधबार ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले कीर्तिपुर क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रियकरण बनाउने कार्यलाई छिटो अघि बढाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले पद बहालीका क्रममा ३०० दिनभित्र उक्त रंगशालाको स्तरोन्नति गर्ने निर्णय लिएका थिए । रंगशालामा प्यारापिट र ल्फडलाइट निर्माणका लागि मन्त्रालयले आह्वान गरेको बोलपत्रबमोजिम मूल्याङ्कको चरण सकिन लागेकाले चाँडै ठेक्का सम्झौता हुने प्रधानमन्त्रीलाई अवगत गराइएको थियो । प्रधानमन्त्री ओलीले यस चरणको काम जारी हुँदै अर्को चरणको निर्माणको…

Read More

पोखरा । सत्तापक्ष दल नेपाली काँग्रेसले तीनवटै तहमा निर्वाचित जनप्रतिनिधिको कार्यसम्पादनलाई प्रभावकारी बनाउन २९ बुँदे ‘जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका–०८१’ जारी गरेको । पोखरामा पार्टीका ७७ जिल्लाका सभापति र उपसभापतिको लागि आयोजना भएको दुई दिने अभिमुखीकरणको दोस्रो दिन बुधबार महामन्त्री विश्वप्रकाश शर्माले निर्देशिकाबारे जानकारी गराएका हुन् । यस्तो छ काँग्रेसको निर्देशिकाको पूर्ण पाठ १. तीनवटै तहका जनप्रतिनिधिहरूले शपथ ग्रहण गरेको मितिले एक महिनाभित्र आ–आफ्नो क्षेत्राधिकार केन्द्रित कार्ययोजना आफूसम्बद्ध कांग्रेस कार्यसमितिलाई सु–सूचित गर्ने छन् । २ . सम्बद्ध कार्यसमिति समेतको सुझाव सम्मिलित कार्ययोजना नागरिक पंक्तिसमक्ष प्रतिबद्धताका रुपमा प्रस्तुत गर्ने छन् । ३ . तीनवटै तहका जनप्रतिनिधिले देशको मूल कानून संविधानले निर्दिष्ट गरेका अधिकारको…

Read More

काठमाडौं । प्रेस काउन्सिलले झापाको शिवसताक्षी नगरपालिकामा भएको घटनालाई ‘अमला काण्ड’ भन्दै अतिरञ्जित रुपमा प्रस्तुत गर्ने ३८ वटा युट्युब च्यानललाई कारबाहीको दायरमा ल्याएको छ । काउन्सिलले पछिल्लो समय विभिन्न युट्युब च्यानल र फेसबुक पेजमार्फत सत्यतथ्य पुष्टि नगरी अतिरञ्जित रुपमा समाचार सम्प्रेषण भइरहेको भन्दै कारबाहीको दायरमा ल्याइएको जनाएको हो । पीडित युवती, आरोपित जेष्ठ नागरिक, शिशु र पीडित परिवारका भिडियो तथा तस्बिर सार्वजनिक गर्दै अमर्यादित प्रश्न सोधिएको, संवेदनहीन बहसलाई प्राथमिकता दिँदै भिडियोमा दर्शक बढाउने उद्देश्यले चरित्रहत्या गर्ने सामग्री सम्प्रेषण गरिएको काउन्सिलको ठहर रहेको काउन्सिलका सह–प्रशासकीय अधिकृत समेत रहेका सहायक प्रवक्ता रामशरण बोहोराले जानकारी दिए । उनका अनुसार पत्रकार आचारसंहिता, महिला उत्तरदायी…

Read More

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेलाई बुधबारको थुनछेक बहसपछि प्रहरीको जिम्मा लगाइएको छ । आज बहस नसकिएको हुँदा भोलि बिहान १० बजे उपस्थित गराउने गरी सुरक्षाकर्मीको जिम्मा लगाइ जिल्ला प्रहरी कार्यालय चितवन पठाएको चितवन जिल्ला अदालतले जनाएको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम ठगी गरेको सम्बन्धमा रवि लामिछानेविरूद्ध चितवन जिल्ला अदालतमा दायर भएको मुद्दामा बुधबार लामिछानेको बयान सकिएर थुनछेक बहस सुरू भएको हो । मुद्दामा वादीका तर्फबाट सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधीवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ताहरू अमृत सुवेदी र बुद्धबहादुर थापाको बहस सकिएको चितवन जिल्ला अदालतका सूचना अधिकारी विश्वकर्माले जानकारी दिए ।…

Read More