Author: Transparentgroup
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।आजको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले ‘विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । यस्तै, कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले कानून, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदन सहितको विधायन विधेयकमाथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुका साथै ‘विधायन विधेयक पारित गरियोस्’ भनी प्रस्ताव गर्नेछन् । यसैगरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले ‘अन्तर्राष्ट्रिय श्रम सङ्गठनको अन्तर्राष्ट्रिय श्रम सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रहरू…
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापती रवी लामिछाने कास्की जिल्ला अदालतको तारीख बुझ्नका लागि पोखरा तर्फ लागेका छन् । चितवन अदालतको काम सकेर उनि कास्की जिल्ला अदालतको तारिख बुझ्न पोखरा गएका हुन्। आज ११ बजे जिल्ला अदालत कास्कीमा तारीख बुझ्नका लागि लामिछाने पोखरा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टीका सहकोषध्यक्ष दिपक बोहराले ट्रान्सपरेन्ट खबरलाई जानकारी दिए । उनले भने –हामी ११ बजे कास्की जिल्ला अदालत पुग्छौं । रबि हिजो मात्रै चितवनवाट ६४ लाख धरौटी बुझाएर छुटेका थिए । पहिलो पटक गत कार्तिक २ गते पार्टी कार्यालय बनस्थलीवाट लामिछानेलाई पक्राउ गरी राती नै कास्की लगिएको थियो । पोखराको सूर्यदर्शन सहकारी…
काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ७ खर्ब ६३ अर्ब ८ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको अर्धवर्षिक मूल्यांकन प्रतिवेदनअनुसार, रेमिट्यान्स आप्रवाह ( नेपाली मुद्रामा ) ४. १ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २२.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ४.२ प्रतिशतले वृद्धि भई ८ खर्ब ३२ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१ . एक प्रतिशतले बढेको थियो । अर्थ मन्त्रालयका अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ( संस्थागत तथा…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्ने भएका छन् । उनले आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक्सन रुमबाट सातै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्ने भएका हुन् । तत्कालीन समयमा सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट राष्ट्रिय गौरवका आयोजनाको प्रत्यक्ष अनुगमन गर्न सकिने गरी बनाइएको सोही एक्सन रुमबाट प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्न लागेका हुन् । प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुम अघिल्लो कार्यकालमा ओली आफैंले स्थापना गरेका थिए । उनले १५ जेठ २०७६ देखि अत्याधुनिक सुविधासहितको एक्सन रुम तयार गरेर सञ्चालनमा ल्याएका थिए । ६ असोज, २०७६ मा एक्सन रुममा करिब एक…
काठमाडौं । सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०८१र०८२ को बजेट आकार एक खर्ब ६७ अर्ब ५६ करोड ९७ लाख रुपैयाँले घटाएका छन् । प्रतिनिधि सभा बैठकमा बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन पेश गर्दै अर्थमन्त्री पौडेलले बजेटको सुरु आकार १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख खर्च अनुमानलाई १६ खर्ब ९२ अर्ब ७३ करोड ३५ लाखमा झारिदिएका हुन् । संशोधित अनुमान सुरु विनियोजनको ९०.९९ प्रतिशत हो । चालुतर्फ १० खर्ब २९ अर्ब ३० करोड अर्थात् विनियोजनको ९०.२४ प्रतिशत, पुँजीगततर्फ दुई खर्ब ९९ अर्ब ५० करोड नौ लाख अर्थात् विनियोजनको ८५ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ तीन खर्ब ६३…
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेले चितवन जिल्ला अदालतमा धरौटीवापत बैंक ग्यारेन्टी बुझाएका छन् । न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । अदालतको आदेश बमोजिमको बैंक ग्यारेन्टी बुझाएर लामिछाने हिरासत मुक्त भएका छन् । त्यस क्रममा लामिछानेले आफ्नो सांसद पद जालझेल गरेर निलम्बन गरिएको आरोप लगाएका छन् । चितवन जिल्ला अदालतबाट बिहीबार धरौटीमा रिहा भएपछि लामिछानेले दुईपल्ट निर्वाचित हुँदा पनि सांसद पद निलम्बन गरिएको बताएका हुन् । अदालतबाहिर लामिछानेले भने, मलाई यहाँबाट न्याय नहुने भन्ने कुनै प्रश्न छैन । चितवनवासीले मेरो न्यायका लागि बारम्बार लड्नुभएको थाहा छ ।…
चितवन । चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । साहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई ५४ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो । साहारा चितवन सहकारीको ठगी प्रकरणमा बयान दिन लामिछाने बुधबार अदालत उपस्थित भएका थिए । उनको थुनछेक बहस नसकिएपछि बुधबार अदालतले प्रहरीको जिम्मा लगाएको थियो । कास्की, काठमाडौं र रुपन्देहीमा रविविरुद्ध संगठित अपराधमा समेत मुद्दा दर्ता गरिए पनि चितवनमा भने ठगीमा मात्रै मुद्दा दायर भएको छ । दुई दिन लगाएर सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ताहरू रवि…
काठमाडौं । नेपाल ग्यास उद्योग संघले सरकारले १९ बुँदे माग पूरा नगरे फागुन २२ गतेबाट ग्यास बिक्री वितरण रोक्ने चेतावनी दिएको छ । आज संघका अध्यक्ष शिवप्रसाद घिमिरे सरकारले माग सम्बोधन नगरे ग्यास बिक्री नै बन्द गर्ने बताए । माघ ३० गतेदेखि देश भरका ५९ वटै एलपी ग्याँस उद्योगहरुले नेपाल आयल निगम बाट प्रोडक्ट डेलिभरी अडर खरिद नगर्ने नगराउने । फागुन १ गतेदेखि ५ गतेसम्म सबै ग्याँस उद्योगहरुले विरोधका कार्यक्रमहरु बारे स्थानीय सबै संघ संस्था संचार माध्यमहरु मार्फत जानकारी गराउने । फागुन ६ गतेदेखि भारतको इन्डियन आयलका नेपालका लागि लोड हुने एल।पी। ग्याँसको ग्याँस बुलेट कुनै पनि लोड नगर्ने नगराउने।…
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक र शून्य समयमा सांसदले उठाएका प्रश्नको जवाफ दिँँदै उनले नेहा र सत्येन्द्रबीचको प्रेम सम्बन्धका विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै भेद्भावविरुद्धको हक कार्यान्वयन गराउन सरकार क्रियाशील रहेको बताए। आफू आबद्ध दल नेपाली कांग्रेस जन्मजातदेखि नै छुवाछुतविरुद्ध रहेको उल्लेख गर्दै उनले अन्तरजातीय विवाहविरुद्ध आफू नरहेको प्रष्ट पारे। “अन्तरजातीय विवाहलाई कानुनले मान्यता दिएको छ, मन्त्रालयले यसलाई अक्षरशः कार्यान्वयन गराउँछ, गृहमन्त्रीबाट अत्याचार भयो भन्नु कपोकल्पित हो। मन्त्रालयबाट यो विषयलाई प्रष्ट पारिएको छ, पीडितलाई सुरक्षा दिन सरकार लागिरहेको छ।…
काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहालले रवि लामिछाने फसाउनमा सम्पूर्ण राज्यशक्ति लागेको आरोप लगाएका छन्। बिहीबार ( आज ) बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। अदालतले धरौटीमा छाडिसकेपछि पनि उहाँको निलम्बन कति संवैधानिक र न्यायपूर्ण छ ? पुनर्समीक्षा गरियोस्। राजनीतिक प्रतिशोध र पूर्वाग्रहबाट सम्पत्ति शुद्धीकरण लाग्ने र सांसद पद निलम्बन भइहाल्ने हो भने भोलि यो कहाँसम्म जाला र ? उनले भने। ‘म सम्माननीय सभामुखलाई पनि निवेदन गर्न चाहन्छु, अदालतले धरौटीमा छाडेपछि पनि संसद्बाट रवि लामिछानेको निलम्बन कति संवैधानिक कति न्यायपूर्ण छ ? यसको पुनः मूल्यांकन गरियोस्,’ उनले भने ।…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क