Author: Transparentgroup

काठमाण्डौं । जनता समाजवादी पार्टी ( जसपा )  नेपालले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेको छ। आगामी फागुन १९, २० र २१ गते काठमाडौँमा बस्ने गरी आह्वान गरिएको पार्टीको बैठकका एजेण्डा तय गरिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। बैठकमा भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियानको समीक्षा हुने बताइएको छ। बैठकमा पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरूले आ–आफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्ने छन्। त्यसैगरी वर्तमान राजनीतिक परिस्थिति र पार्टीको साङ्गठनिक कार्ययोजना लगायतका एजेण्डामा बैठक केन्द्रित हुने भएको छ।

Read More

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत अपचलनसम्बन्धी मुद्दामा प्रहरीले अनुसन्धान थालेको छ । शेयर सदस्य तथा बचतकर्ताको शेयर, बचत तथा संस्थाका कोषहरू हिनामिना गरेको सहकारी रजिष्ट्रार कार्यालय पोखराको सिफारिसका आधारमा पाँच जना सञ्चालक, व्यवस्थापक र कागजातहरू नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले थप प्रमाण जुटाउन थालेको छ । सहकारी रजिष्ट्रारको कार्यालय पोखराले गरेको छानबिन प्रतिवेदनमा छ हजार बचतकर्ता रहेको विसं २०६५ मा खुलेको कुमारी सहकारीको रू एक अर्ब ४९ करोड अपचलन भएको उल्लेख छ । सहकारीको पैसाबाट ढुकुटी खेलाउने, बोर्डिङ स्कुल, घरजग्गामा लगाउनेजस्ता व्यक्तिगत स्वार्थमा प्रयोग भएको सहकारी रजिष्ट्रारको कार्यालयले जनाएको छ ।…

Read More

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाले निःशुल्क शववाहन सञ्चालनमा ल्याएको छ । मानिसको मृत्युपछि पार्थिव शरीर दाहसंस्कारका लागि लैजान सहज बनाउने उद्देश्यले निःशुल्क शववाहन सञ्चालनमा ल्याएको बर्दगोरियाका अध्यक्ष कर्णबहादुर कुँवरले जानकारी दिए । शववाहन सञ्चालनसँगै सहयोग स्वरूप गाउँपालिकाले मृतकको काजकिरिया खर्चबापत १० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । अतिविपन्न परिवारलाई मृतकको अन्त्येष्टि गर्न आर्थिक अभावका कारण कठिनाइ हुने अवस्थामा केही राहत पुगोस् भन्ने उद्देश्यले रकम उपलब्ध गराउन थालेको कुँवरले बताए । परिवारको सदस्य गुमाएको पीडा एकातर्फ छँदैछ कुँवरले भने, ‘त्यसमाथि आर्थिक अभावले झनै पीडा दिने अवस्थामा यो राहत कार्यक्रमले केही सहयोग पुग्नेछ ।’ राहत रकम हस्तान्तरण अन्तर्गत शुक्रबार गाउँपालिकाले दुई…

Read More

काठमाडौं । सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा आगलागी भएको छ । दोस्रो तल्लामा भएको आगलागी नियन्त्रणमा आएको छ । आज बिहान ८ः३५ बजे मन्त्रालयमा आगलागी भएको थियो । मन्त्रालय भवनको माथिल्लो तलामा आगलागी भएको हो । सिंहदरबार प्रहरीका अनुसार मन्त्रालयको चौथो तलामा आज बिहान पौने ८ बजे आगलागी भएको हो । उक्त तलामा खानेपानी तथा सरसफाइमन्त्रीको कार्यकक्ष समेत रहेको थियो । उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ । आगलागीबाट मन्त्रालयका केही कोठाहरूमा क्षति पुगेको जनाइएको छ । आगलागी के कारण भयो भन्नेबारे खुलेको छैन । अहिले प्रहरीले बारुणयन्त्रको सहायताले आगो निभाउन प्रयास गरिरहेको छ । तीनवटा…

Read More

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको १६औं बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह ९आठौँ तह० को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको आयोगको बैठकमा यसअघि सम्बन्धित पक्षसँग भएका छलफल र प्राप्त प्रतिवेदनसमेतका आधारमा आवासीय चिकित्सकको समान सुविधा ९मासिक रु ४८ हजार ७००० कायम गर्नुपर्ने निर्णय भएको हो । अन्य विषयमा थप छलफल गरी छिट्टै आयोगको बैठकबाट निर्णय लिने निष्कर्ष निकालिएको छ । बैठकले सम्बन्धित कलेजमा २ वर्ष अध्ययन र कामकोे सम्झौता गर्न नमान्ने विद्यार्थीसँग वार्षिक रु २३ लाख शुल्क लिने विषयमा पनि…

Read More

खोटाङ । शुभद्रा मदन फाउन्डेसनमा बसेर पढ्ने बालिका र किशोरीहरूमाथि यौन दुर्व्यवहार गरेका मदन राईलाई साढे दुई वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले उनलाई बाल यौन दुरुपयोग दोषी ठहर गर्दै साढे २ वर्षको जेल सजाय तोकेको हो। अदालतले ७५ वर्षीय राईलाई यसअघि माघ १० गते दोषी ठहर गरेको थियो। एक लाख रुपैयाँ जरिवाना र एक लाख ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिन पनि आदेश भएको छ । माघ १० गते न्यायाधीश दाहालको इजलासले राईलाई दोषी ठहर गर्दै आज अर्थात २५ माघमा सजाय सुनाउने मिति तय गरेको थियो । आफैँले स्थापना गरेको फाउन्डेसनमा पढ्ने…

Read More

पोखरा । सुरुआती अग्रता जोगाउन नसक्दा दुईपल्टको च्याम्पियन संकटा फुटबल क्लब आहा रारा पोखरा गोल्डकपको पहिलो चरणबाटै बाहिरिएको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न खेलमा भारतको थन्डरबोल्ड नर्थ युनाइटेडले संकटालाई ३–१ ले पराजत गरेको हो। थन्डरबोल्टले सुरुमा गोल खाए पनि उत्कृष्ट पुनरागम गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीसँग भेट पक्का गर्‍यो। ब्ल्याक बुल्स शुक्रबार नै नेपाल आइपुगेको छ। मनिषले पौडेलले खेलको ११औं मिनेटमै संकटालाई सुरुआती अग्रता दिलाएका थिए। पासाङ लामाको पास सदुपयोग गर्दै उनले पेनाल्टी बक्स भित्रबाट उत्कृष्ट फिनिस गरेका हुन्। तर, त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा केही दिनअघि मात्रै सम्पन्न सभापति कप जितेर पोखरा उक्लिएको संकटाले उक्त अग्रता जोगाउन सकेन। ३४औं मिनेटमा…

Read More

धरान । धरान उपमहानरपालिका प्रमुख हर्कराज राई ९हर्क साम्पाङ० ले नेपाली कांग्रेसका नेता मीन विश्वकर्मासँग २१ करोड ९३ लाख २४ हजार तीन सय ७९ रुपैयाँको हिसाब खोज्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेखेका छन् । नगरप्रमुख साम्पाङले कांग्रेस नेता विश्वकर्मामाथि छानविन गरी दोषी पाइएमा हदैसम्मको कारबाहीको मागसमेत गरेका छन् । पूर्वउद्योग वाणिज्य मन्त्री तथा पूर्व संसदसमेत रहेको विश्वकर्माले एक टेलिभिजनलाई अन्तरवार्ता दिँदा एडीबीबाट १ अर्ब ५० करोड ऋण अनुदान ल्याएर खानेपानी योजनाको काम गरेको बताएको उनले अख्तियारको पत्रमा उल्लेख गरेका छन् । तर, धरान उपमहानगरपालिकाको लेखा शाखाले दिएको लिखत जानकारीअनुसार ऋण र अनुदान जोडेर जम्मा १ अर्ब २८ करोड…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा प्रवाह, सुशासन, समग्र प्रगति, विद्यमान चुनौती र सङ्घीय सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल बैठक गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘एक्सन रूम’ बाट प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरूसँग पहिलो पटक यसप्रकारको संवाद गरेका हुन् । प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुम अघिल्लो कार्यकालमा ओली आफैंले स्थापना गरेका थिए । उनले १५ जेठ २०७६ देखि अत्याधुनिक सुविधासहितको एक्सन रुम तयार गरेर सञ्चालनमा ल्याएका थिए । ६ असोज, २०७६ मा एक्सन रुममा करिब एक घण्टा बसेर उनले विभिन्न आयोजनाहरुको प्रगति र अवस्था जानकारी लिएका थिए । तर, त्यसपछि उक्त एक्सन रुमको उपयोग…

Read More

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (  रास्वपा  )  का कार्यवाहक सभापति एवं सांसद डोलप्रसाद अर्यालले आफ्ना सभापति रवि लामिछानेलाई झुटा मुद्दा लगाएर फसाउने सरकारको कुनियत जनताले बुझिसकेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै अर्यालले सरकारले लामिछानेसँग प्रतिशोध साधेको दाबी गरे। सरकारको उक्त रवैयालाई सार्वभौम संसद्ले समेत समर्थन गरेको उनको भनाइ छ। ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले त प्रतिशोध साध्यो–साध्यो । सार्वभौम संसद्ले समेत सरकारको रवैयालाई समर्थन जनाएको हो कि भन्ने महसुस भएको छ। एउटा व्यक्ति जो चौथो ठुलो दलको सभापतिमाथि यो हदसम्मको प्रतिशोधको मूल्य सरकारले पक्कै पनि चुकाउनुपर्नेछ। झुटा मुद्दा लगाएर फसाउने सरकारको कुनियत जनताले बुझिसकेका छन् ।…

Read More