Author: Transparentgroup
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार बनाउने कुरामा स्थानीयहरूको साथ रहेको बताएका छन्। पाथीभरा मन्दिरमासम्म पुग्न निर्माण गर्न लागिएको केबलकारले पहिचानको प्रवर्द्धन गर्ने बताएका छन् । पाथिभरा देवी दर्शन केबलकार प्रालिका अध्यक्षसमेत रहेका ढकालले शनिबार पत्रकार सम्मेलन आयोजना गरी पाथीभरामा केबलकार बनाउँदा मन्दिरको ऐतिहासिकता र पहिचान गुम्ने दुस्प्रचार गरिएको भन्दै खण्डन गरेका छन् । उनले ताप्लेजुङवासीको अधिकांशको मत केबलकार बनाउनुपर्छ भन्नेमै रहेको सुनाए। पाथीभरा देवी दर्शन केबलकार प्रालिका तर्फबाट काठमाडौँमा पत्रकार सम्मलेन गर्दै उनले तीन सय जनासँग गरेको सार्वजनिक सुनुवाईमा स्थानीयको प्रतिनिधित्व गर्दै बोल्ने २५ जनामध्ये दुई जनाले मात्रै असहमति जनाएको बताए।ताप्लेजुङभन्दा बाहिरका र विदेशमा…
पोखरा। बिग्रेट ब्वाइज क्लब युकेलाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब २५औं आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेको छ। कास्कीको पोखरा रंगशालामा शनिबार सम्पन्न क्वार्टरफाइनलमा पुलिसले बिग्रेट ब्वाइजलाई २– ० ले पन्छ्याएको हो। योसँगै पुलिसले फाइनल प्रवेश गर्न चर्च ब्वाइज र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ। पुलिसलाई जित दिलाउन विवेक पाण्डे र रामचन्द्र वाजीले पहिलो हाफमा गरेको गोल नै पर्याप्त रह्यो। पुलिसले खेलको २८औं मिनेटमा विवेकको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। उनले कर्नरबाट प्रहार गरेको बल सेकेन्ड बारमा लाग्दै सिधै गोलमा परिणत भएको हो। त्यसको १२ मिनेटपछि नै कप्तान रामचन्द्रले पुलिसको अग्रता दोब्बर बनाए। उनले विवेकको कर्नरमा हेडर गोल…
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरीले कुनै प्रभावमा परेर दोषीलाई निर्दोष र निर्दोषलाई दोषी बनाउन नहुने बताएका छन्। नेपाल पुलिस क्लब परिसरमा नव निर्मित नेपाल पुलिस क्लब द ब्लु पेभिलियनको उद्घाटन कार्यक्रमलाई सम्बोधन उनले प्रहरीले प्रभावमा पर्न छाड्न निर्देशन दिए। उनले देशलाई शिरमा राखेर संविधान र कानून अनुसार काम गर्ने आग्रह गरे। उनले कुनै पनि अनुसन्धान गर्दा तथ्य र प्रमाणमा आधारित भएर न्यासंगन ढंगले काम गर्न निर्देशन दिए। उनले भने, ‘पहिले त अपराध गर्नेले सोझे हेर्न सक्दैनथ्यो। अहिले त लाज शरमको कुरै छैन। सुन तस्करले भेट्यो भने पुलिसलाई हप्काइदिन्छ। ओए किन हेरेको भनेर, झोलाभरि सुन हुन्छ तर किन हेर्या…
कैलाली। नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य एवम् परराष्ट्र मन्त्री आरजु राणा देउवाले सामाजिक सञ्जालमा नकारात्मक कुरा प्रवर्द्धन नगर्न आफ्ना नेता कार्यकर्ताहरूलाई निर्देशन दिएकी छन् । शुक्रबार नेपाली कांग्रेस कैलालीको दोस्रो जिल्ला सम्मेलनको धनगढीमा उद्घाटन गर्दै परराष्ट्र मन्त्री राणाले कांग्रेसका नेता कार्यकर्ता मेहनती इमान्दार भएको चित्रण गर्दै सामाजिक सञ्जालको लाइक र सेयरमा ध्यान दिन भनेकी छन् । ‘फेसबुकको लाइक सेयर तपाईँहरू नकारात्मक कुराको नगर्नुहोस् । सबैको फेसबुक म हेर्ने गर्छु, दुई तीन महिनामा मेरो एउटा टोली छ सबैको फेसबुक हेर्नुहोस् भन्छु’ उनले भनिन्, ‘कुनचाहिँ मान्छेको के मानसिकता रहिछ त्यहीबाट देखिन्छ । ’ पछिल्लो समय सामाजिक सञ्जालमा देशमा केही भएको छैन् भनेर नकारात्मक…
माघ । गृहमन्त्री रमेश लेखकले संसद्को सर्वोच्चता कायम गरेर मात्रै संविधान संशोधन गरिनुपर्ने बताएका छन् । आज ( शनिबार ) नेपाल पुलिस क्लब परिसरमा नव निर्मित नेपाल पुलिस क्लब ‘द ब्लु पेभिलियन’ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको सर्वोच्च थलो संसद् भएकाले संसदीय सर्वोच्चता कायम गरिनुपर्ने बताएका हुन् । ‘हामी संविधान संशोधनको बाटोमा अगाडि बढ्दैछौं । त्यसमा छलफल र सहमति गर्न खोज्दैछौं । अब संविधान संशोधन गर्दाखेरी सुप्रिमेसी अफ पार्लियामेन्ट ९संसद्को सर्वोच्चता० कायम गरेर अगाडि बढ्नु्पर्छ । किनभने जनताबाट आवधिक निर्वाचित, लोकतान्त्रिक ढंगले निर्वाचित जनताको सर्वोच्च थलो भनेको संसद् हो,’– उनले भने । जनताको साँचो प्रतिनिधि, राजनीतिको केन्द्र र…
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको सरकारलाई तीन वर्ष सहज ढंगले चल्न दिनुपर्ने बताएका छन् । शनिबार काठमाडौँमा अर्घाखाँची–काठमाडौं सम्पर्क समितिको प्रथम अघिवेशनमा बोल्दै महामन्त्री थापाले तीन वर्षसम्म अहिलेको सरकारलाई चल्न दिनुपर्ने र यस अवधिको सम्पूर्ण जिम्मेवारी कांग्रेस र एमालेले लिनुपर्ने बताए । उनले यसअघि चलेका संयुक्त सरकारले गरेका कामको जिम्मेवारी कसैले लिन नखोज्दा जनतामा अन्यौता देखिएको धारणा समेत राखे । सरकारमा रहँदा राम्रो भन्ने र त्यसबाट बाहिर निस्कँदा आफै संलग्न रहेको सरकारले गरेका कामलाई नराम्रो भन्ने प्रवृतिको अन्त्य हुनुपर्ने उनको भनाइ छ । महामन्त्री थापाले पटक–पटक गठबन्धनको सरकार बन्ने र सरकारले गरेका कामको जिम्मा नलिने कुरालाई तोड्न…
काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का उपमहासचिव जनार्दन शर्माले राज्यको पुनः संरचना, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासकीय स्वरुप र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि संविधान संशोधन गर्न सकिने बताएका छन् । उनले संविधानमा भएका अधिकारलाई कटौती गर्न र मुलुकलाई पछाडि फर्काउनका लागि गरिने संशोधन आफ्नो पार्टीलाई स्वीकार्य नभएको बताए । ‘माओवादीले संविधान संशोधनयोग्य विषय हो भन्दै आइरहेको छ । संविधान संशोधन नै गर्न नपाइने, ढुङ्गामा लेखिएको अक्षर होइन’, पार्टीको धारणा स्पष्ट पार्दै नेता शर्माले भने, ‘तर संशोधन अग्रगमनमा जान, जनताका अधिकारलाई सुदृढ गर्न, राज्य प्रणालीलाई थप व्यवस्थित गर्न हुनुपर्छ ।’ तत्कालीन नेकपा ( माओवादी) ले सञ्चालन गरेको जनयुद्धमा…
काठमाण्डौं । नेपालका पाँच विश्वविद्यालयबीच शैक्षिक सहकार्यका लागि सम्झौता भएको छ। विश्वविद्यालयहरूले शैक्षिक सहकार्य र अनुसन्धान साझेदारीलाई प्रवर्द्धन गर्न आपसी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय, पुर्वाञ्चल विश्वविद्यालय र लुम्बिनी प्राविधिक विश्वविद्यालयबीच सम्झौता भएको हो। उक्त सम्झौताले संयुक्त अनुसन्धान, विद्यार्थी र शिक्षक आदानप्रदान तथा अन्तर विषयात्मक कार्यक्रममार्फत उच्च शिक्षाको गुणस्तर सुधार गर्ने लक्ष्य राखेको छ। सम्झौताअनुसार विश्वविद्यालयहरू पोस्ट ग्र्याजुएट तहका अनुसन्धान परियोजना, शिक्षक, कर्मचारी तथा विद्यार्थी आदानप्रदान कार्यक्रम र संयुक्त शैक्षिक कार्यक्रमको विकासमा सहकार्य गर्नेछन्। साथै संयुक्त रूपमा सेमिनार, सम्मेलन र अनुसन्धान परियोजना आयोजना गरिनेछ भने शैक्षिक स्रोत र प्रकाशन आदानप्रदान हुनेछन्। सम्झौतापत्रमा सुदुरपश्चिम…
रामपुर ( पाल्पा ) । एउटै खुकुरीको मूल्य एक लाख ११ हजारभन्दा पत्यार नलाग्न पनि सक्छ । यो सुन्दा आश्चर्य लाग्छ । सन्तोष विश्वकर्माले तीस किलो तौल भएको एक लाख एघार एक सय ११ मूल्य पर्ने खुकुरी तयार पारेका छन् । उनले तयार पारेको खुकुरी रामपुरमा जारी चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा प्रदर्शनीमा राखिएको छ । खुकुरी यतिबेला मेलाको मुख्य आकर्षण बनिरहेको छ । नेपालीको शानको रूपमा लिइने खुकुरीको महत्त्व जोगाइराख्न र नयाँ पुस्तालाई जानकारी दिन ३० किलो तौल भएको खुकुरी तयार पारेको बताए । उनले तयार पारेको ३० किलो खुकुरी आठ फिट लम्बाइ छ भने दापसहित ४२ किलोको…
काठमाडौं । संघीय संसद, प्रतिनिधि सभा अन्तर्गत गठित पूर्वाधार विकास समितिको बैठक आज पनि बस्दैछ । सिहदरबारमा बिहान १० बजे बस्ने बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गरिने कार्यसुचि रहेको छ । पूर्वाधार विकास समितिको बैठक शुक्रबार पनि बसेको थियो । उक्त बैठकमा बोल्दै ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले लक्ष्य प्राप्तीका लागि सबै आयोजनाहरु एकैपटक बन्नुपर्ने बताएका थिए । हिजो बसेको समितिको बैठकमा उनले विकास निर्माणमा भएको स्रोत साधनमा लगानी गर्न विदेशीहरुलाई गुहार्नुपर्ने अवस्था रहेको बताएका छन् ।
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क