Author: Transparentgroup

काठमाण्डौं । ओमानमा हुने टी–२० विश्वकप छनोटका लागि नेपाली क्रिकेटको अन्तिम टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ ( क्यान )  ले शुक्रबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो। यूएईमा भएको वेस्ट इन्डिजसँगको तीन खेलको टी–२० सिरिजमा अनुशासनको कारबाही भोगेका सन्दीप लामिछाने पनि अन्तिम टोलीमा समेटिएका छन्। टोलीका मुख्य प्रशिक्षक स्टुआर्ट लले यसअघि वेस्ट इन्डिजसँगको सिरिजमा रहेका साहब आलमलाई बाहिर राख्दै १५ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन्। छनोट खेल्न नेपाली टोली ओमान पुगिसकेको छ। विश्वकप छनोट अक्टोबर ८ मा सुरु हुँदै छ। टोलीमा रोहित पौडेल ( कप्तान) , दीपेन्द्रसिंह ऐरी ( उपकप्तान ) , सन्दीप…

Read More

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने र सो बाट जोखिमयुक्त स्थानमा बाढी, पहिरो, भू–क्षयजस्ता विपदजन्य घटनाहरू हुन सक्ने भएकाले सतर्कता र सावधानी अपनाउन अनुरोध गरेको छ । प्रशासन कार्यालयले अत्यन्त जरुरी नभई सकेसम्म उक्त अवधिमा लामो दुरीको यात्रा नगर्न तथा काठमाडौँबाट बाहिर जाने र बाहिरबाट काठमाडौँ प्रवेश गर्ने महानुभवहरुलाई रातको समयमा यात्रा नगर्न आग्रह गरेको छ । प्रशासनले विपद्को समयमा तत्काल उद्धार, सहयोग र राहतका लागि सम्पर्क नम्बर पनि उपलब्ध गराएको छ ।

Read More

काठमाडौं । आश्विनशुक्ल एकादशीका दिन आज नवदुर्गाको प्रसादस्वरुप दशैंको टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनको घरमा जाने क्रम जारी रहेको छ । नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन मात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीयरुपमा नै उल्लेख गरिएको छ । पहिलो दिन मान्यजनकहाँ जान नपाएकाहरू पूर्णिमाका दिनसम्म मान्यजन कहाँ पुगेर टिका र आशीर्वाद लिने…

Read More

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ । दशैं, तिहार तथा छठको समयमा हवाई टिकटको अत्यधिक माग हुनुका साथै सहज उपलब्धता नभई महँगोमा भाडादरमा समेत बिक्री हुन सक्ने सम्भावनालाई न्यूनीकरण गर्न भन्दै प्राधिकरणले देशभित्रका विभिन्न गन्तव्यमा अधिकतम भाडादर सार्वजनिक गरेको हो । नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम यात्रुहरुबाट नलिन पनि प्राधिकरणले वायु सेवा कम्पनी र सरोकारवालाई निर्देशन दिइसकेको जनाएको छ । यदि तोकिएको भन्दा बढी भाडा लिएमा कारबाही गर्ने चेतावनी पनि प्राधिकरणले दिएको छ । प्राधिकरणले सार्वजनिक गरेको सूचीअनुसार सबैभन्दा धेरै भाडा काठमाडौं–धनगढीको १७ हजार ५७९ रुपैयाँ र सबैभन्दा कम भाडा…

Read More

काठमाण्डौं । गृहमन्त्री ओमप्रकाश अर्यालले देशको परिस्थितिमा परिवर्तन आएको, देशको राष्ट्रिय सुरक्षा समेत संवेदनशील रहेको सन्दर्भमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाई नागरिकसँगको सम्बन्ध उच्च बनाउन निर्देशन दिएका छन्। यही असोज १७ देखि २० गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि अति भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानका पृष्ठभूमिमा आज यहाँ आयोजित मनसुनसम्बन्धी विपद् संवाद भर्चुअल बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले उक्त निर्देशन दिएका हुन्। उनले विपद् व्यवस्थापन गर्दा सुशासन र सेवा प्रवाह अटुट रहने कुरामा ध्यान दिनुपर्ने पनि बताए। सम्भावित विपद्लाई मध्यनजर गरी गृहमन्त्री अर्यालको समुपस्थितिमा गृहसचिव रामेश्वर दंगालसहित गृह मन्त्रालय एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरूको…

Read More

काठमाण्डौ । हामी नेपालका संयोजक सुदन गुरुङ र जेनजी आन्दोलनका अगुवा मिरज ढुंगाना मिलेर जाने भएका छन् । देशलाई जेनजीहरुको भावनाअनुसार अघि बढाउनको लागि दुई अगुवा सहमत भएका हुन् । दुई जनाबीच हिजो ( बिहीबार )  राति अबेरसम्म छलफल भएको थियो । जेन(जी आन्दोलनपछिको अवस्था, अन्तरिम सरकार गठनपछिको परिस्थिति र आगामी बाटोबारे उनीहरुबीच गम्भीर छलफल भएको थियो । सुदनले नै जेनजीहरुलाई एक ठाउँमा ल्याउन पहल गरिरहेका छन् । भिन्न(भिन्न समूहमा रहेका जेन(जीहरुलाई एकताबद्ध गर्नु आवजको आवश्यकता भन्दै उनै सुदनले बहृत एकताको लागि पहल गरेका छन् । सुदन जेनजी आन्दोलनका सहजकर्ताका रुपमा प्रस्तुत भएका छन् । उनी आन्दोलनमा मृत्युवरण गरेका परिवारजन,…

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन आज पुरोहितबाट टीका लगाएका छन् । राष्ट्रपति पौडेलले पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट ११स्५३ बजेको शुभ साइतमा टीका लगाएको उनको सचिवालयले जनाएको छ । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले टीका लगाएका थिए । त्यसपछि राष्ट्रपति पौडेलले श्रीमती सविता तथा परिवारका अन्य सदस्यहरुलाई टीका लगाइदिएको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन् । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्ष अरु नागरिकलाई टीका लगाइदिएनन् । देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिले टीका नलगाइदिएको राष्ट्रपति कार्यालयले जनाएको छ । विगतमा राष्ट्रपतिबाट बडादशैंका अवसरमा आमनागरिकलाई टीका लगाउने गरिएको थियो ।

Read More

काठमाडौँ । यस वर्षको विजयादशमीमा प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा मृत्यु भएकाहरूको आफन्त र परिवारलाई भेटेकी छन् । आज प्रधानमन्त्री कार्कीले आन्दोलनमा मृत्यु भएका तीन जनाको परिवारलाई भेटेकी हुन् । प्रधानमन्त्री कार्कीले सुरुमा बागलुङ घर भई काठमाडौँको वनस्थली बस्दै आएका मृतक सौरन किशोर श्रेष्ठको परिवारलाई भेटेकी छन् । कार्कीले श्रेष्ठको परीवारलाई भेटेर सरकारले गर्ने सहयोगका बारेमा आफन्त र परिवारलाई जानकारी गराएकी थिईन् । त्यस्तै नागर्जुन– ३ की मृतक कान्छी नगरकोटीको परिवार र कीर्तिपुरस्थित मैत्रीनगरमा मृतक बुद्धिबहादुर तामाङको परिवारलाई पनि भेट्ने सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीसँग सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि देखिएका थिए । प्रधानमन्त्री कार्कीले यसअघि नै…

Read More

काठमाडौं । नेपाल अन्तरराष्ट्रिय महिला ट्वेन्टी २० अन्तरराष्ट्रिय शृङ्खलाको पहिलो खेलमा मलेसियासँग ३ रनले पराजित भएको छ । मलेसियाको कुआलालम्पुरमा सिरिजमा मलेसियाले नेपाललाई ३ रनले हराउँदै जीत आफ्नो पोल्टामा पारेको हो । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०४ रनको योगफल बनाएको थियो । मलेसियाको लागि कप्तान विनिफ्रेड डुरैसिंगमले सर्वाधिक २७ रन बनाइन् भने ओपनर ऐना हमिजा हसिमाले २६ रन बनाइन्। मलेसियाका लागि नुर दानिया स्यादाले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन् भने कप्तान विनिफ्रेड दुरासिंघम र आइसा एलिसाले २(२ विकेट लिए । मलेसियाले जीतका लागि १०५ रनको लक्ष्य प्रस्तुत गर्दा नेपालले…

Read More

काठमाडौं । नेपालीहरुको महान चाड बडादशैं आज देश–विदेशमा आफन्तका हातबाट टीका र आशीर्वाद ग्रहण गरी हर्षोल्लासका साथ मनाइँदै छ । दशैं घर वा पूजाकोठामा घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी देवी दुर्गाको प्रसादका रुपमा टीका–जमरा मान्यजनको हातबाट ग्रहण गर्ने परम्परा छ । दशैं आफैंमा शुभ दिन भएकाले सर्वसाधारणले साइत कुर्नु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिले आज बिहान ११ बजेर ५३ मिनेटलाई उत्तम साइत निर्धारण गरेको थियो । तर समितिका सदस्य प्रा.डा. देवमणी भट्टराईका अनुसार अब त्यो साइत बितिसक्दा पनि सर्वसाधारणले दिनभर नै टीका थाप्न सक्नेछन् । ‘दशैंको बिहानदेखि अपराह्नसम्म सम्पूर्ण समय शुभ…

Read More