Author: Transparentgroup

काठमाडौं । नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति० का संयोजक डा। बाबुराम भट्टराईले मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न निर्वाचन प्रणालीलाई सुधार गर्नुपर्ने बताएका छन् । आइतबारबाट काठमाडौंमा सुरु नेसपा ९नयाँ शक्ति०को प्रथम महाधिवेशनमा बोल्दै भट्टराईले सत्तामा पुग्नका लागि करोडौँ खर्च गर्न र सत्तामा पुगेपछि त्यसलाई दोहन गर्ने परिपाटी अन्त्य गर्न निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने बताएका हुन् । चूनावमा लाग्ने खर्च राज्यले नै व्यहोर्ने र कम खर्चिलो बनाउने गरी आवश्यक सुधारको खाँचो रहेको उनले बताए । उनले राज्यका हरेक निकायलाई पनि सुधार गर्न सके भ्रष्टाचार नियन्त्रण हुने दाबी गरे । उनले भने–कांग्रेसका नेताहरू सधैँ कुनै न कुनै भ्रष्टाचार र अनियमिततासँग जोडिने गरेका छन्…

Read More

काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमाले सरकार संविधानविपरीत बनेको भन्दै अर्को विद्रोहमा जाने चेतावनी दिएका छन् । संविधान संशोधनको विषयमा संविधान निगरानी समूहले आयोजना गरेको कार्यक्रममा प्रचण्डले अर्को विद्रोहको धम्की दिएका हुन् । उनले संविधान संशोधनजस्तो दूरगामी महत्वको एजेण्डामा राष्ट्रिय सहमति जुटाउनुको साटो एजेण्डा उठाएर कानमा तेल हालेर बसेको बताएका हुन् । वर्तमान सरकार देश र जनताप्रतिको इमान्दारिता हुन नसकेको उनले बताए । वर्तमान सरकारले संविधान संशोधनको कुरा उठाएर कानमा तेल हालेर बसेको बताएका हुन् । कांग्रेस र एमालेले संविधान संशोधनको जामा पहिरिएर प्रधानमन्त्री र सरकार चाहिरहेको उनले बताए । संविधान संशोधनको एजेण्डा…

Read More

काठमाडौँ । प्रतिनिधसभा अन्तर्गतको पूर्वाधार विकास समितिले आगलागी भएको खानेपानी मन्त्रालयको अनुगमन तथा निरीक्षण गरेको छ । पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहलगायत समितिका सदस्यले आज खानेपानी तथा सरसफाइमन्त्री प्रदीप यादवको कार्यकक्षको निरीक्षण गरेको हो । निरीक्षणपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै सभापति सिंहले उक्त घटनाले सिंहदरबारभित्रका कार्यालयको वायरिङदेखि सबै कुरामा जाँच गर्नुपर्ने र यस्ता घटना हुन नदिन पूर्वतयारी आवश्यक रहेको बताए । “उक्त घटनामा जनको क्षति नभए पनि धनको ठूलो क्षति भएको छ, यस घटनाले सिंहदरबारभित्रका कार्यालयको वायरिङ परीक्षण गर्नुपर्ने आवश्यक देखिएको छ,” उनले भने । शनिबार बिहान ८।४५ बजे लागेको आगोले उक्त मन्त्रालयको तीनवटा कोठा जलेका थिए भने ५० लाख…

Read More

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको भारतीय जनता पार्टी २७ वर्षपछि राजधानी दिल्लीमा राज गर्न पाउने भएको छ । दिल्ली विधान सभा निर्वाचनमा शनिबार बहुमत हासिल गरेपछि भारतीय जनता पार्टीलाई दिल्लीमा राज गर्ने बाटो खुलेको हो । सन् १९९८ पछि लगातार हार बेहोर्दै दिल्ली राजबाट वञ्चित रहेको भारतीय जनता पार्टी यस पटकको विधान सभा निर्वाचनमार्फत आफ्नो बहुमत सुनिश्चित गरेको हो । यसअघि लगातार दुई कार्यकाल दिल्ली शासन चलाएको आम आदमी पार्टीलाई भारतीय जनता पार्टीले पराजित गरेको हो । सो पार्टीका संयोजक तथा दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाललाई नमिठो हार चखाउँदै दिल्ली शासन आफ्नो हातमा पार्न भारतीय जनता पार्टी सफल भएको हो । यो जितसँगै भारतीय…

Read More

चितवन । नारायणगढ मुग्लिन सडकको सेतिदोभानमा आइतबार विहान ४ः४० बजे यात्रुवाहक बस दुर्घटना भएको छ । भरतपुर महानगर पालिका २९ सेतीदोभानमा नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदैगरेको लुप्र ०३(००१ ख ००७७ नम्बरको बस पुलबाट करिव २० मिटर तल खोल्सिमा खस्दा सो दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार दुर्घटनामा २४ जना घाइते भएका छन् । चितवन मेडिकल कलेजमा घाइतेको उपचार भइरहेको छ । अहिले घटनास्थलमा प्रहरी र स्थानीय मिलेर उद्धारको कार्य जारी राखेको प्रहरीको भनाइ छ । बसमा २९ जना यात्रु सवार रहेका थिए ।घाइते हुनेहरुमा जिल्ला दैलेख नौवुने गाउँपालिका बस्ने बर्ष ३० कि निशा शाही, बर्दिया मधुवन नगरपालिका ३ का वर्ष…

Read More

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति ) को महाधिवेशन आजदेखि शुरु हुँदैछ। नेपाल प्रज्ञा–प्रतिष्ठानमा आजबाट शुरु हुने महाधिवेशन माघ २९ गतेसम्म चल्नेछ। महाधिवेशनमा एक हजार पाँच सय प्रतिनिधिले भाग लिने बताइएको छ। साथै महाधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रिय समिति चयन गरिनेछ। नेपाल समाजवादी पार्टी ( नयाँशक्ति ) का प्रवक्ता कृष्ण शर्मालेनयाँशक्ति पुरानो युगका मान्यता, दर्शन र सैद्धान्तिक आधारहरुलाई नयाँ युगको आवश्यकताअनुसार ढाल्ने लक्ष्यका साथ बनेको भन्दै महाधिवेशन नेपालको राष्ट्रिय राजनीतिलाई नयाँ दिशा दिने एउटा वैकल्पिक राजनीतिक धार भएको बताए । उनले भने, ‘नयाँशक्तिको प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछौ । पार्टीको आन्तरिक जीवनमा महत्वपूर्ण कार्यक्रम हो भने राष्ट्रको जीवनमा…

Read More

सल्यान । सल्यानको श्रीनगरमा जारी महोत्सवस्थलमा शनिवार मध्यराति आगलागी भएको छ। शनिबार राति ११ बजेतिर महोत्सव स्थलमा आगलागी भएको थियो। महोत्सव स्थलमा राखिएका १३८ स्टलमध्ये आगलागी हुँदा ८० स्टल जलेका छन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा सल्यानको आयोजनामा यहीँ माघ १८ गते व्यापारिक केन्द्र श्रीनगरमा महोत्सव सञ्चालन भइरहेको छ। आगो स्थानीय र प्रहरीले आइतबार विहान १ बजे नियन्त्रणमा लिएको महोत्सव आयोजक समितिले जनाएको छ। आगलागीका कारण महोत्सवमा झण्डै १० करोडको क्षति भएको छ। आगलागीका क्रममा विद्युत् बलिरहेको र विद्युत् सट नभएर अपरिचित व्यक्तिले स्टल बाहिरबाटै आगो लगाएको हुन सक्ने अनुमान छ। आगलागीका कारण महोत्सव पनि पूर्ण रूपमा प्रभावित…

Read More

तनहुँ । जहाँकहीँ पाउन सकिने केरा खानका लागि उपयोगी फलका रूपमा लिइन्छ । यसको खेर फालिने गरिएका थम्बालाई तनहुँको महिलाले उपयोगी सामग्री उत्पादनसँग जोडेका छन् । शुक्लागण्डकी नगरपालिकाका महिलाले खेर गएका केराका थम्बालाई उपयोगी सामग्री बनाई हस्ताकलाको सीप विकास गरेका सामाजिक विकास कार्यालयका प्रमुख विदुरहरि आचार्यले बताए । उनका अनुसार ज्येष्ठ नागरिकमा रहेका सीप नयाँ पुस्तामा हस्तान्तरण गर्न तालिम समेत प्रदान गरिँदै आएको छ । केराको थम्बाबाट उपयोगी सामान उत्पादन तथा निर्माण गर्न सिकाउने तालिमले खेर गइरहेका स्थानीय कच्चा पदार्थ र समयको सदुपयोग गर्ने उद्देश्यले सीप प्रदान गरिएको प्रमुख आचार्यले बताए । उनले भने, ‘स्थानीय कच्चा पदार्थको उपयोगलाई प्राथमिकता दिएका…

Read More

दाङ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले थारू समुदायको उत्थान गर्न आरक्षण आवश्यक रहेको बताएका छन् । दाङको दंगीशरण गाउँपालिका(३ स्थित चखौरामा मटावाँ, बरघर ९भलमन्सा० संघको आयोजनामा भएको दुई दिने सांस्कृतिक तथा रैथाने खाना महोत्सवको शनिबार उद्घाटन गदै पूर्वप्रधानमन्त्री देउवाले थारू समुदायको कला, सीप र संस्कृतिको प्रवर्द्धन गर्नुपर्ने आवश्यक औंल्याए । उनले थारू समुदाय कला र संस्कृतिमा धनी भए तापनि यसको बजारीकरण र प्रवर्द्धन हुन नसक्दा युवा पुस्तामाझ पुग्न नसकेको बताए ‘थारू समुदाय अझै पनि शिक्षाबाट बञ्चित छ’, उनले भने, ‘समुदायका अगुवाहरूले शिक्षाको क्षेत्रमा विशेष ध्यान दिनुपर्छ ।’ उनले दाङको विकासका लागि टरीगाउँ धावनमार्ग विस्तार अपरिहार्य रहेको बताए…

Read More

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे बोलाइएको छ । संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महालेखा परिक्षकको एकसट्ठियौं बार्षिक प्रतिबेदन, २०८१ पेस गर्ने तय भएको छ । उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संसोधन० विधेयक, २०८१’ फिर्ता लिन प्रस्ताव पेस गर्नेछन् । नेपाल नागरिकता ९दोस्रो संसोधन० विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त बिरोधको सूचनालाइ निर्णायार्थ पेस गरिने भएको छ । आजको बैठकमा गृह मन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता ९दोस्रो…

Read More