Author: Transparentgroup

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका–३ स्थित एक घरमा अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले २३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले हिजो रातिदेखि आज बिहानसम्म गरिएको अपरेशनमा २३ जनालाई पक्राउ गरी उनीहरूसँग रहेका ८८ मोबाइल, १० ल्यापटप र रु ८१ हजार नगद बरामद गरिएको जानकारी दिनुभयो । स्थानीय दोर्जी लामाको दुई तले घरमा अनलाइन जुवा सञ्चालन गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूलाई सट्टेबाजी गर्न नहुने कसुरअन्तर्गत म्याद लिएर अनुसन्धान गरिने प्रहरीले जनाएको छ । रासस

Read More

काठमाडौँ । राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन भएको छ । निमोनियाँ रोगले पीडित दाहालको आज दीर्घायु अस्पताल काठमाडौँमा निधन भएको गोकर्णेश्वर नगरपालिका–६ का पूर्वअध्यक्ष रमेश अर्यालले जानकारीमा दिए । पञ्चायतकालमा जोगमेहर श्रेष्ठलाई दोब्बर बढी मतान्तरले हराएर दाहाल राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएकी थिईन् । श्रेष्ठलाई हराएपछि उनी चर्चामा आएकी थिईन् । नानीमैया दाहाल एक स्वतन्त्र नेपाली राजनीतिज्ञ थिईन्। उनी २०३८ साल देखि २०४२ सालसम्म पञ्चायत संसदमा काठमाडौं निर्वाचन क्षेत्रका सांसद थिए। उनी नेपालमा पञ्चायतकालमा राष्ट्रिय पञ्चायतका उम्मेदवारलाई पराजित गर्नका लागि परिचित थिईन् । उनको जितलाई काठमाडौंका नागरिकहरू, विशेष गरी युवाहरू, यथास्थिति र पञ्चायत व्यवस्था प्रति विरोधको…

Read More

रूपन्देही । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई सहकारी रकम अपचलन प्रकरणमा रुपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । सोमबार न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले थुनछेक बहसपछि सो आदेश दिएको हो । बुटवलको सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो । जोशीलाई पछि ठहरे बमोजिम हुने गरेर अहिलेलाई थुनामा पठाउने आदेश भएको अदालतका स्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले जानकारी दिए । जोशी आजै रुपन्देही अदालतमा हाजिर भएका थिए । ‘आजै निवेदन दिएर हाजिर भएकोमा पछि बुझ्दै गएअनुसार हुने गरी तत्काललाई कारागार पठाउने आदेश भएको ो हो । यो मुद्दामा…

Read More

चितवन । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापाले २०८४ को आम निर्वाचन अघि चुनावी गठबन्धन गरौं भन्ने व्यक्ति अब कांग्रेसमा रहन नसक्ने बताएका छन् । सुरुदेखि नै चुनावी गठबन्धनको विपक्षमा  बोल्दै आएका थापाले आज ( सोमबार)  चितवको खैरेनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । थापाले,‘कुनै बेला म एक्लै थिएँ । २०८४ को चुनावमा अगाडि आएर अब नेपाली कांग्रेसको देशभरको निर्वाचन क्षेत्रमा कुनै पनि माइकलालले आएर अर्को पार्टीको चुनाव चिन्हमा मत हालौँ भन्ने कुराको आँट अब कसैले गर्न सक्दैन । जसले गर्छ, त्यो कांग्रेस रहँदैन । हिजो यसको लागि लडेको, सकेनौं। अब सिंगो पार्टी आयो…

Read More

काठमाडौं। सर्वोच्च अदालतबाट जारी भएको परमादेश कार्यान्वयनमा अवरोध गरेको आरोपमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले भूमिसम्बन्धी अध्यादेश ल्याएर सर्वोच्चको संवैधानिक इजलासबाट गत वर्ष माघ २४ मा जारी भएको परमादेश कार्यान्वयनमा अवरोध गरेको आरोपसहित अदालतको अवहेलना मुद्दा दर्ता गराएका हुन् । अधिवक्ता ओमप्रकाश अर्यालले गिरीबन्धुको मुद्दामा सर्वोच्चको संवैधानिक इजलासबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयन नभएको र फैसला कार्यान्वयनमा उल्टै अवरोध भएको दाबीसहित अवहेलनाको निवेदन दर्ता गराएका हुन् ।अधिवक्ता अर्यालले सो मुद्दामा भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई पनि विपक्षी बनाएका छन् । सर्वोच्चले उक्त परमादेशमा हदबन्दी छुट प्रदान गर्दाको अवस्थामा उल्लेख…

Read More

काठमाडौ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा। शेखर कोइरालाले सरकारले अध्यादेशबाट शासन गर्न खोज्नु गलत भएको भन्दै अहिले ल्याएका ६ वटा अध्यादेशको विरोध गरेका छन् । तर, एमाले र प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा केही पनि नभन्ने भनेर सभापति शेरबहादुरले देउवाले आफूलाई भनेको उनको खुलासा छ । आज जिपी फाउण्डेशनले आयोजना गरेको ‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै कांग्रेस र एमालेजस्ता संसद्का ठूला दल नै मिलेर सरकार बनाउनु गलत भएको र यसरी मिल्दा निरंकुशता जन्मिने मान्यता रहेको विश्वपरिवेश सुनाए । उनले भने,‘संसद्का दुई ठूला दल एक ठाउँमा उभिएपछि निरंकुशता हुन सक्छ भन्ने मान्यता विश्वमै…

Read More

काठमाण्डौं । स्वतन्त्र सांसद डा। अमरेशकुमार सिंहले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह ९बालेन०को शैली जर्मनका तानशाह हिटलरकोजस्तो भएको आरोप लगाएका छन् । उनले नाजीवादी शासनको परिकल्पना नगर्न बालेनलाई चुनौती दिए । सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सांसद सिंहले कवाड व्यवसायीमाथि डोजर चलाएर काठमाडौंका मेयरले हिटलरको शैली अपनाएको आरोप लगाएका हुन् । ‘सांसद साहले कवाडी व्यवसायीमाथि दमन गरिरहेको उल्लेख गर्दै उक्त कार्य रोक्न सरकारको ध्यानाकर्षणसमेत गराए । उनले मेयर शाह तानाशाह भएर निस्किएको बताउँदै उनी नागरिलाई एकठाउँबाट अर्को ठाउँमा गएर बस्न पाउने संवैधानिक हकको विरुद्धमा लागेको आरोप लगाए । उनले भने, ‘बालेनलाई म चुनौती दिन चाहन्छु, हिम्मत छ भने संसद्…

Read More

जनकपुर । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली संविधान खारेज गर्ने पक्षमा रहेको आरोप लगाएका छन् ।सोमबार जनकपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले मुलुकमा प्राप्त परिवर्तनका साथै संविधान नै खारेज गर्ने पक्षमा प्रधानमन्त्री ओली रहेको आरोप लगाएका हुन् । विगतमा दुई–दुई पटक संसद् विघटन गर्नुको तात्पर्य पनि संविधान खारेजीको प्रयास भएको उनको भनाइ थियो । पूर्वप्रधानमन्त्री प्रचण्डले देश र जनताको आवश्यकताका आधारमा आफूले संविधान संशोधनको प्रस्ताव लैजादा ओलीले नै रोकेको जिकिर गरे । मधेसमा भएका दलको मागअनुसार यसअघि पनि आफूले संविधान संशोधनको प्रयास गरेको उनले बताए । प्रचण्डले आफ्नो मुद्दा छाडेर जसपा…

Read More

काठमाण्डौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले खानेपानी मन्त्रालयमा आगलागी घटनाको छानबिनदेखि प्रेम विवाह गरेका सर्लाहीका सत्येन्द्रकुमार राम (चमार ) र नेहा रौनियारलाई न्याय दिन माग गरेका छन्। समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सांसदहरूले संविधानबाट प्राप्त अधिकारलाई राज्यले संरक्षण गर्न र पीडितलाई न्याय दिन र दोषी उपचार कानुनी कारबाही गर्न माग गरे। सांसद डा बेदुराम भुसालले एकअर्कालाई मनपराएर प्रेम विवाह गर्नु मानिसको नैसर्गिक अधिकार भएको बताउँदै उनीहरूको अधिकार हनन गर्नु प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएकाले पीडितलाई न्याय दिन र दोषी उपर कानुनी कारबाही गर्न माग गरे। सांसद गोपीबहादुर सार्की अछामीले प्रेम विवाह गरेका सत्येन्द्र र नेहाको जोडी अझै पनि असुरक्षित रहेको भन्दै…

Read More

काठमाडौं । पाथीभरामा निर्माणाधीन केबलकारविरुद्ध आन्दोलनरत पक्षले आन्दोलन कार्यक्रम घोषणा गरेका छन् । नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभएको भन्दै उनीहरुले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । उनीहरुले फागुन ६ गतेदेखि ८ गतेसम्म ‘मुक्कुमलुङ बचाऔं पदयात्रा’ गर्ने, केबलकार अनुमति तथा सम्झौता खारेजीका लागि फुङलिङ नगरपालिका घेराउ, काठमाडौं, इटहरी र विर्तामोडमा केबलकार विरोध सभा गर्नेलगायत आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।सरकारसँग यसअघि माघ २२ गते भएको ६ बुँदे सहमति कार्यान्वयन पनि सरकार इमान्दार नभएको उनीहरुले बताएका छन् । वार्ताका लागि न्यूनतम वातावरण बनाउन नसकेको । निर्णायक वार्ता समिति पनि बनाउन इच्छुक नदेखिएका उनीहरूले आरोप लगाएका छन् । २२ गते…

Read More