Author: Transparentgroup
काठमाडौं । काठमाण्डौ जिल्लामा रहेका ११ वटा नगरपालिका मध्ये तारकेश्वर नगरपालिका कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ठ भएको छ । काठमाडौंका सबै स्थानीय तहमध्ये तारकेश्वर नगरपालिका ७१.३ अङ्कसहित पहिलो स्थानमा रहेको छ । काठमाडौं महानगरपालिका जिल्ला भरमै सबैभन्दा कमजोर पालिका देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा महानगरपालिकाले जिल्लाका ११ नगरमध्ये सबैभन्दा कम अङ्क पाएर ११ नम्बरमा परेको हो । आयोगका अनुसार १७ वटा विभिन्न सूचकका आधारमा आयोगले गरेको मूल्याङ्कनमा काठमाडौं महानगरले १०० मध्ये जम्मा ५४.३ अङ्क पाएको छ । त्यसपछि नागार्जुन नगरपालिकाले ७०.६ अङ्क पाएको छ । यस्तै शंखरापुर नगरले ६८.१, चन्द्रागिरीले ६७.१, गोकर्णेश्वर नगरपालिकाले ६४.४, कीर्तिपुर…
काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । प्रधानमन्त्री एवं नेकपा ( एमाले ) का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र संयन्त्रमा संलग्न दुवै दलका नेताहरू बैठकमा सहभागी छन् । बैठकमा कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी छन्। एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन्। बैठकमा सरकार सञ्चालनका विषय, संसद्मा प्रभावकारी भूमिकासहित अत्यावश्यक कानुन निर्माणमा तीव्रतालगायत समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ । यसअघि यसै साता दुई पटक संयन्त्रको कार्यदलको सम्पन्न भएको थियो ।
दोलखा । नेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस र एमालेलाई भ्रष्टाचारीको संज्ञा दिँदै सडक, सदन र माओवादीले जितेका १२३ वटा स्थानीय सरकार तीनवटै मोर्चाबाट ठेगान लगाउने चेतावनी दिएका छन् । उनले कांग्रेस र एमालेले संविधान संशोधनको नाममा भएको उपलब्धिपनि मास्नेगरि संविधान च्यात्न खोजेको आरोप लगाएका छन् । आज ( शुक्रबार ) दोलखाको जिरीमा आयोजित पार्टीको ‘३०औं जनयुद्ध दिवस तथा जिरी नगरपालिकाको नगरसम्मेलन’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेस र एमालेले आफू नेतृत्वको सरकार ढाल्नको लागि मात्रै संविधान संशोधनको बहाना बनाएर मिल्ने काम गरेको आरोप लगाए । उनले…
काठमाण्डौं । कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थलको रोकिएको निर्माण कार्य तत्काल अघि बढाउने सहमति भएको छ। गृहमन्त्री रमेश लेखकको पहलमा आज (शुक्रबार) गृहमन्त्रालयमा भएको सम्वद्ध निकायका मन्त्री, सचिव, नेपाली सेनाका प्रधानसेनापतिसहितको उच्च स्तरीय बैठकबाट मझगाउँ विमानस्थलको निर्माण कार्य अघि बढाउने सहमति भएको हो। बैठकमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको नाममा रहेको ६ बिघा जग्गा विमानस्थल निर्माणका लागि उपयोग गर्न दिने, सेनाको फुटबल मैदान र सो स्थानमा रहेका सैनिक आवासीय भवन निकुञ्ज क्षेत्रमै बनाउने विषयमा सहमति भएपछि लामो समयदेखि रोकिएको विमानस्थल निर्माणको काम अघि बढाउने विषयमा सहमति जुटेको हो। गृहमन्त्री लेखकले लामो समयदेखि विमानस्थल निर्माणको विषय थाँती रहेकाले त्यसलाई सुल्झाउन…
तनहुँ । जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पछिल्लो तीन महिनाको अवधिमा १० हजार १२६ जना विदेशी पर्यटक घुम्न आएका छन्। बन्दीपुर पर्यटन प्रहरी, बन्दीपुर केबलकार र होटल संघ बन्दीपुर बजार इकाइको तथ्यांकअनुसार गत मङ्सिरदेखि माघ मसान्तसम्म उक्त संख्यामा पर्यटकहरू यहाँ आएका हुन्। पर्यटन प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक रुद्रबहादुर झाँक्रीले पाँच हजार ७९३ जनाले प्रहरीमा अभिलेखका लागि नाम दर्ता गराएको बताए। यस्तै, केबलकारका महाप्रबन्धक रोमनमान श्रेष्ठले केबलकार प्रयोग गरी आउने विदेशी पर्यटकको सङ्ख्या दुई हजार तीन सय ५२ जना रहेका छन्। यसैगरी क्षेत्रीय होटल संघ बन्दीपुरका अध्यक्ष फुलमती थापाका अनुसार पर्यटन प्रहरीको ड्युटीबाहेक अन्य समयमा नाम दर्ता गरेका…
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले नेपाल बाल सङ्गठनको जग्गा भाडामा लगाउँदा भएको अनियमिततासम्बन्धी अनुसन्धान मिसिलको प्रतिलिपि सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ । उच्च सरकारी वकिल कार्यालय पाटन र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई निर्णयको प्रतिलिपि तथा केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्जलाई अनुसन्धान मिसिलको प्रतिलिपि सात दिनभित्र उपलब्ध गराउन पत्राचार गरिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता टीकाराम पोखरेलले उक्त घटनाको स्व–विवेकीय क्षेत्राधिकार प्रयोग गरी छानबिन तथा अनुसन्धान प्रारम्भ गरेको र अनुसन्धान मिसिलको प्रतिलिपि सात दिनभित्र उपलब्ध गराउन पत्राचार गरेको जानकारी दिए । आयोगले बाल सङ्गठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यको संलग्नता रहेको तर सत्ता र शक्तिको आडमा निजउपर…
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१र८२ को माघ मसान्तसम्ममा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार वार्षिक लक्ष्यको तुलनामा यो अवधिसम्म सरकारको आम्दानी ४४ दशमलव ८३ प्रतिशत र खर्च ४० दशमलव ५८ प्रतिशत छ । सरकारले चालु आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख बराबरको बजेट ल्याएको थियो भने १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख बराबर राजस्व उठाउने लक्ष्य राखेको थियो । तर आयव्यय दुवै कमजोर भएपछि सरकारले अर्धवार्षिक समीक्षामार्फत् सुरुवाती विनियोजनको तुलनामा ९० दशमलव ९९ प्रतिशत मात्रै बजेट खर्च गर्ने संशोधित अनुमान गरेको छ । अर्थात् चालु…
काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले केही दिनदेखि सार्वजनिक भएका विद्यालय बस दुर्घटना र विद्यार्थीलाई अमानवीय यातना दिइएका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार मन्त्रालयका प्रवक्ता तथा सहसचिव शिव कुमार सापकोटाले एक विज्ञप्ति जारी गर्दै काठमाडौंको दक्षिणकालीमा माघ २७ गते श्री जुनकिरी ईग्लिस बोर्डिङ स्कूलको विद्यार्थी बोकेर फर्कदै गरेको विद्यालय बस र काठमाडौंकै शङ्खरापुरमा माघ ३० गतेका दिन पिकनिकबाट विद्यार्थी बोकेर फर्कदै गरेको बस दुर्घटना भई विद्यार्थी घाइते तथा मृत्यु भएका दुखद् समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । दुर्घटनामा परेर मृत्युवरण भएका विद्यार्थीप्रति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धान्जली अर्पण गरेको छ ।…
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज ओमन प्रस्थान गरेकी छन् । आजदेखि फेब्रुअरी २० सम्म ओमनको राजधानी मस्कटमा आयोजित ‘आठौँ इन्डियन ओसन कन्फरेन्स’ मा सहभागी हुन चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व राणा गर्दै आज त्यसतर्फ प्रस्थान गरेकी हुन् । उनलाई परराष्ट्र सचिव अमृतबहादुर राई र परराष्ट्रका अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे । उनी ओमनका विदेशमन्त्री सय्यद बद्र बिन हमद बिन हमूद अल बुसाइदीको आमन्त्रणमा त्यसतर्फ लागेकी हुन् । ‘सामुद्रिक साझेदारीतर्फको नयाँ क्षितिजको यात्रा’ मुख्य विषय राखिएको उक्त सम्मेलनमा मन्त्री डा राणाले नेपालका तर्फबाट सहभागिता जनाउने छिन् । साथै मन्त्री डा राणाले यस सम्मेलनको वैश्विक ग्लोबल साउथको आवाजलाई…
चितवन । जिल्लाको ईच्छाकामना गाउँपालिका–५ स्थित नं. ३ पुलबाट फागुन २ गते विहान मोटरसाईकल सहित त्रीशुली नदिमा हराएका व्यक्तिको खोजीकार्यको लागि गोताखोर परिचालन भएको छ । नारायणघाटबाट मुग्लिनतर्फ आउँदै गरेको बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाईकल आज विहान करीब ११ः४० बजेको समयमा दुर्घटना भएको थियो । दुर्घटनाबारे जानकारी पाए लगत्तै सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सुर्यराम राउतको कमाण्डमा ६ जना गोताखोरसहितको सुरक्षा फौज परिचालन भई खोजीकार्य गरिरहेको छ । शुक्रवार बिहान ११ः ५५ बजे मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ०६–०२–प ९२०४ नम्बरको मोटरसाइकल चितवनको ईच्छाकामना गापा–५ चट्टाने भीर ९कालीखोला० मा डिभाइडरमा ठोक्किएर त्रिशूली नदीमा…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क