Author: Transparentgroup

पोखरा । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनका क्रममा बेलुन पड्किएर घाइते भएका मन्त्री पौडेल र मेयर आचार्यलाई थप उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याई उपचार शुरु गरीएको छ । बेलुन पड्किदा मेयर आचार्यको गालामा चोट लागेको छ भने उपप्रधानमन्त्री पौडेलको टाउको र अनुहारका विभिन्न ठाउँमा आगोका झिल्काले पोलेको बताइएको छ । घटनापछि उपचारका लागि आचार्यलाई फिस्टेल अस्पताल र मन्त्री पौडेललाई गण्डकी मेडिकल कलेजमा लगिएको थियो । मन्त्री पौडेल र मेयर आचार्य दुवैको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताइएको छ । सन् २०२५…

Read More

हेटौंडा । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जबसम्म मुलुकका भ्रष्टाचारीलाई कानुनी कठघरामा उभ्याउन सकिँदैन तबसम्म मुलुक समृद्ध हुन नसक्ने बताएका छन् । भ्रष्टाचारीहरु जहाँ जुन अवस्थामा छन् तिनीहरुलाई जनताकै बलले ठेगान लगाउनु पर्छ,ु उनले भने । मकवानपुरको वाग्मती गाउँपालिकास्थित शहीद स्मृति रंगशालामा शनिबार सातौं वाग्मती गोल्डकप फुटबल प्रतियोगिता उद‍्घाटन गर्दै उनले सुशासनको पक्षमा र भ्रष्टाचारीहरुको विरुद्धमा माओवादीले सञ्चालन गरेको अभियानमा सबै जोडिन आग्रह गरे । भ्रष्टाचारीलाई तह नलगाएसम्म समाजमा विकृति र विभेद कायम रहिरहने उनको भनाइ छ । खेल क्षेत्रले मुलुकको प्रतिष्ठा बढाएको चर्चा गर्दै उनले भने,‘यस्ता रंगशालाहरुले खेलाडी उत्पादन गर्न योगदान पुर्‍याउने छ ।’ कार्यक्रममा वाग्मती…

Read More

पोखरा । पोखरामा जारी २४ औ आहा रारा पोखरा गोल्डकपको उपाधि उज्बेकिस्तानको पाहुना टोली ब्ल्याक बुल्स एफसीले जितेको छ। पोखरा रंगशालामा आज भएको फाइनल खेलमा पुलिसलाई ३(१ गोलले पराजित गर्दै ब्ल्याक बुल्सले उपाधि जितेको हो । ब्ल्याक बुल्सको यो पहिलो सहभागिता हो। ब्ल्याक बुल्सलाई उपाधि दिलाउन जाखोन्गिर अखमादोभ, असिलबेक ओरिफजोनोभ र शभ्कतजोन सतोरोभले गोल गरे । पुलिसले भने उपहार गोल पाएको हो। ४०औं मिनेटमा अखमादोभको गोलमार्फत ब्ल्याक बुल्सले सुरूआती अग्रता लियो। ५८औं मिनेटमा ओरिफजोनोभले टोलीको अग्रता दोब्बर बनाए। ६६औं मिनेटमा गोलसतोरोभले अर्को गोल थपे। ७७औं मिनेटमा अलिजोन अलिजोनोभबाट आत्मघाती गोल भयो। योसँग खेल ३(१ मा पुगेको थियोे। तर, थप गोल…

Read More

डोल्पा । क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठूलो जिल्ला हो डोल्पा । छ हजार ८८९ वर्ग किलोमिटर क्षेत्रमा यो फैलिएको छ । तीन हजार ५५५ वर्ग किलोमिटरमा विस्तारित से फोक्सुन्डो राष्ट्रिय निकुञ्ज यही जिल्लामा पर्दछ । ११ औँ शताब्दीमा निर्माण भएका गुम्बा यहाँको गौरव हो । त्यस्तै झन्डै पाँच वर्ग किलोमिटर क्षेत्र ओगटेको से फोक्सुन्डो ताल, यहाँका डाँडाकाँडा, वनजङ्गल, बस्ती, अप्परडोल्पाको ढो उपत्यका र मष्ट देवतालगायत यस्ता अनगन्ती परिचय छन् । विभिन्न जातजाति, धार्मिक र सांस्कृतिक मान्यता, प्रचलन, व्यवहार, स्थानविशेषका कृषि उत्पादन, जडीबुटी, प्राकृतिक छटा, टलक्क टल्किरहने हिमाल, हरियो जङ्गल र अटुट रूपमा कलकल बगिरहने खोलानाला यहाँका अनुपम गहना हुन् ।…

Read More

पर्वत । कुश्मा नगरपालिका–४ की ९९ वर्षीय विष्णुमति दमाइको खुसीको कुनै सीमा छैन । दुई वर्षदेखि पूर्ण रूपमा अन्य व्यक्तिको सहारामा अन्धकारमा जीवन बिताउन बाध्य उनी अहिले उज्यालो देख्न पाएपछि हर्षित छिन् । उनले मोतिबिन्दुका कारण दुई वर्षअघिदेखि पूर्ण रूपमा दुवै आँखाको दृष्टि गुमाउनु परेको थियो । कुश्मामा सञ्चालन गरिएको निःशुल्क शल्यक्रिया शिविरमा शल्यक्रियापछि उनले पुनःसंसार देख्न पाएकी हुन् । सात–आठ वर्षअगाडिदेखि आँखाले धुमिल देख्न थालेको थियो । दुई वर्षदेखि पूरै केही देख्नै नसक्ने भएकी थिएँ । तर, मेरो आँखाको ज्योति फेरि फर्किएको छ, उनले भनिन् । उसो त उनको छोराछोरी कोही नभएकाले हेरचाह नातिनीले गरिरहेकी छिन् । दुई वर्षदेखि…

Read More

पोखरा  । २४ औँ आहा-रारा पोखरा गोल्डकप फुटबलको उपाधि भिडन्त शनिबार हुँदैछ। दिउँसो साढे २ बजे हुने फाइनल खेलमा नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी खेल्नेछन्। विभागीय नेपाल पुलिस पोखरा रंगशालामा सर्वाधिक सफल टिम हो भने उज्जेकिस्तानी टिम पहिलोपटक सहभागी भएको हो। ६ पटक उपाधि जितेको पुलिस यसपल्ट उपाधिको ‘रेकर्ड ब्रेक’ गर्ने योजनामा छ। साविक विजेता त्रिभुवन आर्मी क्लब र साविक उपविजेता थ्रिस्टार भने उपाधि होडबाट बाहिरिएका हुन्। साहरा क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँका साथै शिल्ड, ट्रफी र प्रमाणपत्रसहित पुरस्कार पाउनेछन्। उत्कृष्टलाई विधागत पुरस्कार प्रदान गरिने क्लब अध्यक्ष केशवराज बरालले जानकारी…

Read More

काठमाडौं। सडक, सञ्चार, शिक्षा र स्वास्थ्यको पहुँचसँगै विकासले उज्यालिँदै गरेका गाउँ बसाइँसराइले अँध्यारा बन्दै गएका छन् । सङ्घीयता कार्यान्वयनमा आएसँगै स्थानीयतह सबल हुँदा विकासका कार्यक्रम गाउँ केन्द्रित भए पनि गाउँ रित्तिँदै गएको हो । वर्षौंदेखि ओझेलमा परेका गाउँबस्तीमा विकास पुगेको छ । घरआँगनमै गाडी गुड्ने सडक छन् । नजिकै विद्यालय छ । वडा कार्यालयसँगै स्वास्थ्यचौकी, घरघरमा झलमल्ल बिजुली, घाँस पराल बोकेर घरगोठमा पुग्ने ट्याक्टर, मोटरसाइकल सबैको सुविधा गाउँमा भए पनि गाउँ छोड्दै सहर झर्ने र मधेस पस्नेहरूको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । ‘गाउँ गाउँजस्तो छैन सहर सहरजस्तो छैन कसकसले केके गर्दिए कुन्नि आफू जन्मिएको ठाउँ नै चिनिँदैन ।’ कवि…

Read More

काठमाण्डौं । लेबनानमा शान्ति सैनिकमाथि आक्रमण भएको छ। शनिबार रातको करिब १२ बजे लेबनानको राजधानी बेरुत नजिक युएनआइएफआइएल युनिफिल मिसनका डेपुटी फोर्स कमाण्डर नेपाली सेनाका उपरथी चोक बहादुर ढकाल सवार कन्भोयलाई उत्तेजित प्रदर्शनकारी रोकी तोडफोड गर्दा उपरथी ढकाल घाइते भएको नेपाली सेनाले जनाएको छ। घटनापश्चात उनलाई तत्कालै उद्धार गरी यूएन लेभल(३ अस्पताल बेरुत पुऱ्याइएको थियो। अस्पतालले हाल उनी खतरामुक्त रहेको जनाएको छ। सेनाका अनुसार डेपुटी फोर्स कमाण्डर आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्कने क्रममा रहेका थिए। घटनाको सम्बन्धमा युनिफिल मिसन हेडक्वार्टरले प्रेस विज्ञप्ति जारी गर्दै दक्षिण लेबनानमा सुरक्षा र स्थिरता स्थापना गर्न सेवा गरिरहेका शान्ति सैनिक माथि भएको आक्रमणबाट स्तब्ध…

Read More

बिराटनगर । कोसी प्रदेश सरकारले शनिबार ( फागुन ३ गते )  आफ्नो सातौँ स्थापना दिवस मनाएको छ । विराटनगरमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सरकारको स्थापना हुनु नै संघीयता कार्यान्वयनको महत्त्वपूर्ण अंगको रूपमा रहेको बताए। प्रदेश सरकारले सात वर्षमा विगतका नीति तथा कार्यक्रमलाई समीक्षा र आगामी दिनमा सुधार गर्दै लग्ने सरकारको योजनाको उनले प्रशंसाा गरे। कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारको कामको स्वस्थ आलोचना गर्दै भएको कामको प्रचार पनि पर्नु पर्ने बताए। भौतिक पूर्वाधारमा काम गर्दै आएको सरकारले अब मानवीय सूचकांकमा अघि बढ्ने बताए। २०७४ फागुन ३ गते कोसी प्रदेश सरकार स्थापना…

Read More

काठमाडौं । सत्तारुढ राजनीतिक दल र सरकार समर्थक दलका शीर्ष शीर्ष नेतासहितको बैठक प्रधानमन्त्री निवासमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुुल खानलगायत सहभागी छन् । बैठकमा सरकार र संसद्का कामको प्रभावकारिता र विचाराधीन विभिन्न अध्यादेशलगायत विषयमा छलफल जारी छ । यसअघि शुक्रबार प्रधानमन्त्री निवास, बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक…

Read More