Author: Transparentgroup

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध सर्वोच्चमा दर्ता भएको अदालतको अवहेलना सम्बन्धी निवेदनको आज सुनुवाइ हुँदैछ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहका सल्लाहकार रहेका अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको सो रिटमाथि आज सुनुवाइ हुन लागेको हो । सो रिटको पेशी सर्वोच्च अदालतका न्यायाधीशद्धय शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा तोकिएको छ । अर्यालले गिरीबन्धु टी स्टेट्ससम्बन्धी फैसला कार्यान्वयन नगरेर अदालतको अवहेलनामा कारबाही हुनुपर्ने मागसहित प्रधानमन्त्री ओलीविरुद्ध माघ २९ गते अदालतको अबहेलना मुद्दादायर गरेका थिए । गिरीबन्धुको मुद्दामा सर्वोच्चको संवैधानिक इजलासबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयन नभएको र फैसला कार्यान्वयनमा ओली सरकारले अवरोध गरेको हुँदा ओलीलाई पदबाट मुक्त् गर्नुपर्ने…

Read More

काठमाण्डौं । सत्तारुढ दलहरूको प्रमुख सचेतकहरूको बैठकले विचाराधीन विधेयकहरूलाई चाँडै नै निष्कर्षमा पुर्‍याउने निर्णय गरेको छ । नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले निजामती, शिक्षा विधेयकलगायतका महत्वपूर्ण विधेयकहरू विचाराधीन रहेकाले यी विधेयक दुवै हाउसबाट निष्कर्षमा पुर्‍याउने निर्णय गरेको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । अहिले सांसदहरू उपत्यका बाहिर भएकाले सातारदश दिन लाग्ने उनको भनाइ छ । ‘कोही सांसद कुम्भ मेला जानुभएको छ । कोही निर्वाचन क्षेत्रमा हुनुहुन्छ । ६ गते पेश गर्ने भन्ने कुरा थियो । तर, सातारदश दिनपछि लैजाने कुरा भयो’, अध्यादेशहरू भने केही समयपछि पेश गरिने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले सञ्चारकर्मीसँग बताए…

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । कीर्तिपुर बर्न अस्पतालमा पुगेर आइतबार उनले घाइतेद्वय पौडेल र आचार्यको अवस्थाबारे जानकारी लिएका हुन् । बर्न अस्पतालको सघन उपचारकक्ष ( आईसीयू ) मा अर्थमन्त्री पौडेल र मेयर आचार्य उपचाररत छन् । शनिबार पोखरामा ‘पोखरा भ्रमण वर्ष, २०२५’ घोषणा कार्यक्रममा बेलुन पड्कँदा उनीहरू घाइते भएका हुन् । राष्ट्रपति पौडेललाई स्वास्थ्यमन्त्री प्रदीप पौडेल, सचिव डा रोशन पोखरेल र हरिप्रसाद मैनाली तथा अस्पतालका निर्देशक किरणकिशोर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले स्वास्थ्योपचार र उपचार प्रक्रियाबारे जानकारी दिएका थिए । पौडेल र आचार्यलाई ४८…

Read More

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का उपमहासचिव एवं सांसद वर्षमान पुनले प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् नै संविधान संशोधनको मिलनविन्दु हुनसक्ने बताएका छन् । उनले शासकीय स्वरुप र निर्वाचन प्रणालीको परिवर्तनसँगै एकसाथ राजनीतिक स्थिरता र समावेशितामा फड्को मार्न सकिने विश्वास व्यक्त गरे । विसं २०५३ का नेकपा ( माओवादी ) रोल्पा र प्यूठानको सचिव, २०५५ सालमा माओवादीको केन्द्रीय सदस्य, २०५९ मा पोलिटब्युरो सदस्य, २०६३ मा सचिवालय सदस्य हुँदै हाल पार्टीको उपमहासचिव रहेका नेता पुनले शान्ति तथा पुननिर्माण, अर्थ र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । नेता पुनसँग ‘सांसदसँग रासस संवाद’ का लागि राससका…

Read More

काठमाडौँ । देशभर घरजग्गाको कारोबार सुधारोन्मुख देखिएको भए पनि गत पुसको तुलनामा माघमा भने राजस्व संकलनमा गिरावट आएको छ । घरजग्गा कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत माघमा तीन अर्ब ८७ करोड २४ लाख ८१ हजार छ सय ४७ रुपैयाँ बराबर राजस्व संकलन भएको छ । पुसमा चार अर्ब २५ करोड २२ लाख २१ हजार सात सय ७९ रुपैयाँ राजस्व संकलन भएको थियो । विभागका अनुसार गत मंसिरमा तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ रुपैयाँ राजस्व प्राप्त भएको थियो । चालु आर्थिक वर्षको सात महिनाको विवरणअनुसार राजस्व संकलनमा सामान्य वृद्धि भएको…

Read More

मकवानपुर । लामो समयदेखि हेटौँडा सिमेन्ट उद्योग बन्द हुँदा आर्थिक सङ्कट गहिरिँदै गएको छ । यसका कारण सिमेन्ट उत्पादन अन्यौलमा परेको छ । उद्योग व्यवस्थापनले उद्योगका विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने भन्दै गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उपकरणहरु मर्मत सम्भार गरी गत मङ्सिरको पहिलो साताबाटै उत्पादन सुरु गर्ने बताए पनि उपकरण मर्मतको काम नसकिएकाले उत्पादन सुरु गर्न नसकेको उद्योग प्रशासनले जनाएको छ । ‘उत्पादन सुरु हुन नसक्नुमा उपकरण मर्मत एउटा पाटो हो, तर त्यो मात्रैले उत्पादन रोकिएको होइन’, हेटौँडा सिमेन्ट उद्योगका प्रशासन प्रमुख तथा प्रवक्ता हरेराम आचार्यले भने, ‘आर्थिक समस्या बढ्दै गएकाले कहिलेदेखि उत्पादन सुरु…

Read More

काठमाडौं । भारतको राजधानी दिल्लीको नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा १८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ महिला, ४ पुरुष र ५ बालबालिका रहेका छन् । तीमध्ये सबैभन्दा बढी ९ जना बिहारका, ८ जना दिल्ली र १ जना हरियाणाका छन् । आइतबार बिहान भएको उक्त घटनामा कैयौँ मानिस घाइते भएका छन् । प्रयागराज महाकुम्भमा जानका लागि हजारौँ भक्तजनहरू रेलमा चढ्न जम्मा भएका बेला १३ र १४ नम्बर प्लेटफर्ममा घटना भएको हो। दिल्ली फायर सर्भिसले एक आपतकालीन कल प्राप्त गर्नासाथ तुरुन्तै ४ फायर इन्जिनहरू नयाँ दिल्ली रेलवे स्टेसनमा पठाएको थियो। यसबाहेक घटनास्थलबाट एम्बुलेन्सहरुले पनि घाइतेको उघार गरिरहेका छन्…

Read More

काठमाडौं । सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । यस्तै, सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन् । यसै गरी, गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता ( दोस्रो संशोधन )  विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । बैठकमा वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस्’…

Read More

काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर विस्फोट हुँदा घाइते भएका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको कीर्तिपुरस्थित बर्न अस्पताल उपचार जारी छ । पोखरामा घटनालगत्तै मन्त्री पौडेल र मेयर आचार्यलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । उनीहरुको अहिले अस्पतालमा उपचार भइरहेको अस्पतालका निर्देशक डा। किरणकिशोर नकर्मीले बताएका छन् । प्रारम्भिक मूल्यांकनअनुसार ५. ६ प्रतिशत जलेको, तर अनुहारमा जलन भएकाले श्वासनली र फोक्सोमा असर पर्नसक्ने सम्भावना भएकाले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिएको उनले बताए । अस्पतालले जारी गरेको बिज्ञप्ती अनुसार प्रा.डा. बि डि झा, डा . प्रबिण गिरी लगायतको सघन उपचार कक्षको…

Read More

भोजपुर । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओली कुनै पनि बेला संसद भंग गरेर मध्यावधि निर्वाचन घोषणाको गृहकार्यमा रहेको आरोप लगाएका छन् । माओवादी केन्द्र भोजपुरको अरुण गाउँपालिकाको दोस्रो अधिवेशनको शनिबार उदघाटन गर्दै पुनले ओलीबाट लोकतान्त्रिक प्रणाली र लोकतन्त्रमाथि जहिले पनि खतरा रहेको आरोप लगाए । पुनले प्रमुख सत्तारुढ घटक कांग्रेस नेताहरूलाई ओलीको सम्भावित अलोकतान्त्रिक कदमप्रति सचेत गराए । विगतमा पनि संसद भंग गरेको उदाहरण दिँदै उनले आफूले त्यतिबेला गरेको संसद विघटन सही थियो भन्ने पुष्टि गर्ने प्रयास ओलीबाट हुने दाबी गरे । त्यसैको पूर्वअभ्यासका रुपमा ओलीले अध्यादेशबाट शासन चलाउने प्रयास गरिरहेको टिप्पणी पुनको छ ।…

Read More