Author: Transparentgroup
काठमाडौं । सरकारले भोलि ( आइतबार ) र पर्सि ( सोमबार ) सार्वजनिक बिदा दिएको छ । देशभर आएको अविरल वर्षासँगैको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै थप दुई बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जानकारी दिएको छ । सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भएको थियो । तर, राजमार्गहरूमा खसेको पहिरो र मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अलर्टलाई ध्यानमा राख्दै बिदा दिने निर्णय भएको हो । त्यस्तै, गृह मन्त्रालयमा देशभरका सीडीओहरूसँग सुरक्षाबारे छलफल भएको छ । त्यस्तै, उच्च जोखिमयुक्त बस्तीमा सुरक्षा संयन्त्रहरू परिचालन गर्ने निर्णय पनि भएको छ । नेपाली सेनाको हेलिकप्टर पनि आकस्मिक उद्धारका लागि तयारी अवस्थामा राख्ने निर्णय भइरहेको पनि…
काठमाण्डौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय शनिबारसम्म कार्यालय पुग्न कार्यालय प्रमुखहरूलाई निर्देशन दिएको छ। काठमाडौं भित्रिने र बाहिरिने सवारी साधन तीन दिन राजमार्ग बन्द गरेको सूचना जारी भएको केही समयमै कार्यालय प्रमुखहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले यस्तो निर्देशन दिएको हो। सामान्य प्रशासन मन्त्रालयका उपसचिव भुवनेश्वर लामिछानेले अन्त्यन्त जरुरी सूचना जारी गर्दै सबै जिल्ला समन्वय अधिकारी, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूले निर्देशन कार्यान्वयन हुने व्यवस्था गर्नरगराउन अनुरोध गरेका हुन्। ‘जल तथा मौसम विज्ञान विभागका अनुसार २०८२ असोज १७ देखि २० गते सम्म देशका विभिन्न भागहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको हुँदा आ(आफ्नो मन्त्रालय अन्तर्गतका जिल्लास्थित कार्यालय प्रमुखहरूलाई २०८२ असोज १८ गतेसम्ममा अनिवार्य…
काठमाडौं । मुलुकका अधिकांश स्थानमा परिरहेको भारी वर्षासँगै आज बिहानैदेखि उपत्यकाबाट बाहिरिएका सवारीसाधन धमाधम उपत्यकामा नै फर्किन थालेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न राजमार्गमा पहिरो जान थालेपछि सुरक्षित रहन सवारीसाधन उपत्यकामा नै फर्किन थालेको जानकारी दिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले बिपी, अरनिको, पृथ्वीलगायतका मुख्य राजमार्गमा पहिरो जान थालेपछि उपत्यकाबाट बाहिरिएका सवारीसाधन पनि फर्किन थालेको जानकारी दिए । ‘अहिले पहिरोका कारण उपत्यकाबाट बाहिरिएका सवारीसाधन पनि काठमाडौंतिर नै फिर्ता भइरहेका छन्, यतिबेला उपत्यकाका चारै तिरका नाका बन्द छन्,’ उनले भने, ‘सुरक्षित तरिकाले सवारीसाधनहरू होल्ड भएका छन्, भौतिक र मानवीय क्षति कम गर्न सडक…
मलेसिया । मलेसियामा जारी घरेलु टोलीसँगको दोस्रो खेलमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोली ६ विकेटले विजयी भएको छ। मलेसियाले दिएको ९२ रनको सामान्य लक्ष्य नेपाली टोलीले १६।२ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। पहिलो खेलमा नेपाल ३ रनले पराजित भएको थियो। योसँगै पाँच खेलको सिरिजमा नेपालले १–१ को बराबरी गरेको छ। नेपालको जितमा पूजा महतोले सर्वाधिक ३९ रनको योगदान दिइन्। इन्दु बर्माले २७ र रुवि पोडारले १५ रन थपे। नेपालले इनिङ्सको पहिलो ओभरमा नै लगातार दुई विकेट गुमायो। इनिङ्सको पहिलो ओभरको पहिलो बलमा ओपनर सम्झना खड्का र दोस्रो बलमा कविता कुँवर आउट भए। मलेसियाकी आइना हमिजाले सुरुवातमै नेपालको दुई विकेट लिँदै…
काठमाण्डौं । आज बिहानदेखि परेको अबिरल बर्षाका कारण आन्तरिक तर्फको सबै उडान अहिले बन्द रहेको छ । पानी परेको कारण आन्तरिक उडान अहिले बन्द भएको हो भने, अन्तर्राष्ट्रिय तर्फको जहाज उडान भने नियमित भइरहेको छ । उडान हुन नसकेकाले आन्तरिक टर्मिनलमा यात्रुहरुको भिड लागेको छ । कतिपय वायु सेवा कम्पनीहरुले यात्रुहरुले काटेको टिकट क्यान्सिल गराइरहेका छन् । त्रिभुवन विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाको अनुसार अहिले २० मिनेटदेखि आन्तरिक तर्फको सबै उडान बन्द रहेको छ । बिहान आन्तरिक तर्फ सबैतिर उडान भएको उनले बताए । उनले भने, आज बिहान सबैतिर आन्तरिक तर्फका जहाज उडेको थियो । अहिले पानी परेर जहाज उडेको छैन…
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेदेखि २० गतेसम्म देशका अधिकांश स्थानमा भारी वर्षा र कतिपय स्थानमा अतिभारी वर्षा हुन सक्ने प्रक्षेपण गरेसँगै सशस्त्र प्रहरी बल नेपालले शुक्रबार साँझदेखि नै काठमाडौँका जोखिमयुक्त स्थानमा ‘पट्रोलिङ’ र ‘माइकिङ’ गरेको छ । सम्भावित मनसुनजन्य विपदलाई मध्यनजर गर्दै चोभार, बल्खु, बालाजु, माछापोखरी र बनस्थलीलगायत स्थानमा ‘पट्रोलिङ’ र ‘माइकिङ’ गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । सशस्त्र प्रहरी बलले खोला किनार तथा डुबान हुन सक्ने सम्भावित ठाउँको पहिचान गरी त्यस इलाकाका बासिन्दालाई सुरक्षित रहन र तत्काल उद्धार आवश्यक परेमा १११४ मा तत्काल फोन गर्न समेत आग्रह गरेको हो ।…
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकासहित धेरै क्षेत्रमा वर्षा भइरहेको छ । बिहानदेखि भने वर्षा बढ्न थालेको छ । लगातार झरी परिरहेको हो । अहिले पछिल्लो एक घण्टामै काठमाडौंमा ६, ललितपुरमा ९.८ र भक्तपुरमा पाँच मिलिमिटर वर्षा भएको छ । अहिले उपत्यका आसपासका जिल्लासहित तराई केन्द्रित वर्षा भइरहेको जल तथा मौसम विज्ञन विभागले जानकारी दिएको छ । पछिल्लो एक घण्टामा पर्सामा १० र रौतहटमा १०ं६ मिलिमिटर वर्षा भएको छ । महोत्तरी र धनुषासम्म वर्षा भइरहेको जनाइएको छ । पछिल्लो १२ घण्टामा भने सबैभन्दा बढी कैलालीको गर्भामा ८३.२ मिलिमिटर वर्षा भएको विभागका…
काठमाडौं। काठमाडौं उपत्यका भित्रने र बाहिरिने सवारीसाधनलाई तीन दिन रोक लगाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज विज्ञप्ति जारी गर्दै बढ्दो वर्षा र त्यसले निम्त्याउने बाढी, पहिरोको प्रकोपलाई ध्यानमा राखेर काठमाडौं भित्रने र बाहिरिने राजमार्ग पूर्णरूपमा बन्द गरिएको जानकारी दिएको हो। ‘भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुने सक्ने संभावित विपद् जोखिम न्यूनीकरण गर्न कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौं उपत्यका भित्रिनेरबाहिरिने सवारी साधन आवतजावत मिति २०८२ असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको बेहोरा निर्देशानुसार…
काठमाडौं । दशैंको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आर्शिवाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिन मान्यजनबाट टिका ग्रहण गर्न नपाएकाहरूले टिका लगाइरहेका छन् । विशेष गरी विजया दशमीको दिन आफ्ना दाजुभाई तथा नजिकका आफन्तकोमा टिका लगाएपछि ससुराली, मावलीतर्फ टिका लगाउने गरिन्छ । विजया दशमीको दिनबाट सुरु भएको टिका कोजाग्रत पूर्णिमाको दिनसम्म लगाउने चलन छ । लामो समयसम्म भेटघाट नभएका आफन्तहरू भेट्ने अवसरका रूपमा दशैंलाई लिने गरिएको छ । दशैंले आपसी सद्भाव, विश्वास र भाइचारा अझ बढाउने गरेको छ । मान्यजनको हातबाट टीका र जमरा लगाएर आशीर्वाद ग्रहण गर्न जानेहरूको चहलपहलले शहरबजारमा भीडभाड बढेको छ…
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नागढुंगा सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ । शुक्रबार साँझदेखि पर्न सुरु भएको अविरल वर्षाका कारण पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला र मुग्लिन–नागढुंगा सडकखण्डको जवाङ खोलामा दुईतर्फी बाटो अवरुद्ध भएको हो । यी दुवै ठाउँमा यसअघि पनि पटक–पटक पहिरो खसेर बाटो अवरुद्ध हुँदै आएको थियो । सडक डिभिजन कार्यालय चितवनका अनुसार पहिरो खस्नेक्रम जारी नै रहेको छ। जसका कारण पहिरो हटाउन सकिएको छैन। पहिरो झर्न रोकिएपछि हटाउने कार्य सुरु गरिने छ। हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा (मनसुनी वायुको) प्रभाव रहेका कारण विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । अविरल वर्षा र त्यसपछि आएको…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क