Author: Transparentgroup

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका कारण नेपालका हिमालहरु नाङ्गिएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा गैरसरकारी संस्थासम्बन्धी कांग्रेसको नीति विषयक गोष्ठीलाई सम्बोधन गर्नुहुँदै उहाँले हिमालको हिउँ पग्लिएर हिमाल नाङ्गो भएकोप्रति गुनासो गर्नुभएको हो । सभापति देउवाले भन्नुभयो, ‘‘हाम्रा हिमालहरु नाङ्गिरहेका छन् । गैरसरकारी संस्थाहरुले हिमाल कसरी जोगाउने भन्ने विषयमा सामुदायिक सचेतनादेखि नीतिगत पैरवी गर्न आवश्यक छ । अहिले क्लाइमेट चेन्जले पनि धेरै समस्या पारेको छ । यससम्बन्धी धेरै ध्यान दिने विश्वास लिएको छु ।’’ उहाँले जलवायु परिवर्तनले नाङ्गो भएका हिमालहरु कसरी जोगाउने भन्नेबारेमा गैरसकारी संस्थाहरुले नीतिगत पैरवीदेखि हिमाल जोगाउने अभियान…

Read More

दाङ। प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्नुभएको छ । सोमबार दिउँसोबाट सुरु भएको बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्नुभएको हो । https://www.youtube.com/watch?v=95koolz8dfA

Read More

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको अदालतको अपहेलना मुद्दामा कारण देखाउ आदेश जारी भएको छ । सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशले सर्वोच्च अदालतको फैसलाको अपमान भएको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अपहेलना मुद्दा दायर गरेका थिए । सो रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्धय शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको हो । गिरीबन्धु टी स्टेट्ससम्बन्धी फैसला कार्यान्वयन नगरेर उल्टै भूमिसम्बन्धी अध्यादेश ल्याएको भन्दै अधिवक्ता अर्यालले प्रधानमन्त्री ओलीविरुद्ध माघ २९ गते अदालतको अबहेलना मुद्दादायर गरेका थिए । गिरीबन्धुको मुद्दामा सर्वोच्चको संवैधानिक इजलासबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयन नभएको र फैसला कार्यान्वयनमा ओली सरकारले…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बर्न अस्पताल कीर्तिपुर पुगेर उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम सकेर प्रधानमन्त्री ओली कीर्तिपुर अस्पताल पुगेको उनको सचिवालयले जनाएको छ । पोखरा भ्रमण वर्ष–२०२५ उद्घाटन कार्यक्रममा हाइड्रोजन ग्यासले भरिएका बेलुनहरु विष्पोट भएको थियो । सो क्रममा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए । उनीहरुलाई पोखराको अस्पतालमा प्रारम्भिक उपचार गराएर हेलिकोप्टरमार्फत काठमाडौंको कीर्तिपुरस्थिति बर्न अस्पतालमा ल्याइएको थियो । मन्त्री पौडेल र मेयर आचार्यलाई भेट्न आज राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे पनि पुगेका थिए । अर्थमन्त्री…

Read More

काठमाडौँ । प्रतिनिधि सभाका सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का प्रमुख सचेतक ज्ञानबहादुर शाही ( ज्ञानेन्द्र ) को अभिव्यक्तिप्रति राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गरेको छ । आइतबार दिउँसो बसेको राष्ट्रिय सभा बैठकले शाहीले राष्ट्रिय सभाको कामकारबाहीबारे सामाजिक सञ्जाल फेसबुकमा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै खेद प्रस्ताव पारित गरेको हो । पारित खेद प्रस्तावमा भनिएको छ, ‘पारित भएको विधेयकको सम्बन्धमा यथार्थ अवस्था अध्ययन नै नगरी निज माननीय सदस्यले कपोकल्पित, झुट र यथार्थ भन्दा बाहिर गई एक सभाको सदस्यले अर्को सभाको कामकारबाही र सभाका माननीय सदस्यहरूको योग्यता, क्षमता र उमेरको सम्बन्धमा समेत अत्यन्त गैरजिम्मेवारपूर्ण ढङ्गले आफ्नो धारणा व्यक्त गर्नुभएको देखिएकोले…

Read More

कैलाली । सुदूरपश्चिम प्रदेशका चार संसदीय समितिका सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सामाजिक विकास समितिमा नेकपा एमालेका धर्मराज पाठक, सार्वजनिक लेखा समितिमा माओवादीका अक्कल रावल, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र विशेषाधिकार समितिमा काँग्रेसकी तुलसी देवकोटालाई आइतबार सभामुख भीम भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । ज्येष्ठ सदस्यको भरमा रहेका यहाँका सामाजिक विकास समिति, सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र विशेषाधिकार समितिले करिब एक वर्षपछि आज सभापति पाएका हुन् । शनिबार सबै समितिमा एक(एक जनाको मात्रै उम्मेदवारी परेको थियो । चार वटै समितिमा चार जनाको…

Read More

काठमाण्डौं । पोखरामा बेलुन पड्किएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति बनाएको छ । आइतबार बिहान मन्त्रीस्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण हेटक्वार्टरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उप अनुसन्धान निर्देशक सुरेश कुमार तिवारी सदस्य र कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री सदस्य सचिव रहेका छन् । साथै समितिमा एक जना विस्फोटक पदार्थ विज्ञ समेत हुनेछन् । समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने…

Read More

काठमाडौं। आम जनता पार्टी ९आजपा० का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली प्रश्नबाट भागेको टिप्पणी गरेका छन् । आज ९आइतबार० संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संवाद गर्दै उनले आफूले जनताको भाग्य, भविष्यसँग जोडिएको प्रश्न सोध्दा प्रधानमन्त्री ओली प्रश्नबाट भागेको बताएका हुन् । ‘प्रधानमन्त्रीजीले आफ्नो गरिमा बिर्सिनु भएको छ । प्रश्नबाट भाग्नु भएको छ । त्यो प्रश्न मेरो प्रश्न थिएन । नेपाली जनताको प्रश्न थियो । नेपाली जनताको भविष्यसँग जोडिएको प्रश्न थियो,’– उनले भने । संसद्को उक्त घटनापछि संसद् भवन परिसरमै सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले लोकतन्त्रमा जनताका प्रश्नको जवाफ दिन सक्नुपर्ने बताए । ‘४ दिनअघि नै प्रश्न दर्ता गरेको थिएँ…

Read More

काठमाडौं । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवासँग कतारका विदेशराज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीले आज ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता गरेकी छन् । आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहेका उनीहरुबीच आज साइडलाइन भेट भएको हो । सो भेटका क्रममा उनीहरुबीच नेपाल कतारबीचको सम्बन्ध, द्विपक्षीय हित र पारस्पारिक लाभका विविध विषयका साथै कतारमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति तथा दक्ष प्राविधिक जनशक्तिलगायतका विषयमा कुराकानी भएको थियो । त्यस अवसरमा परराष्ट्रमन्त्री देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि सहयोग गरिदिन मन्त्री मुराइखीसँग आग्रह गरेकी थिइन् । परराष्ट्रमन्त्री देउवाले इजरायल सरकार र हमासका बीचमा मध्यस्थता गरी…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सकिएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा समूह ८ मा रहेका १० जना सांसदसँग प्रधानमन्त्रीको प्रश्नोत्तर भएको हो । आजको प्रश्नोत्तर कार्यक्रममा १० जना सांसदसँग सवाल जवाफ भएको थियो । सवाल जवाफको क्रममा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले असंसदीय प्रश्न सोधेको भन्दै ओलीले जवाफ दिएनन् भने एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालालाई प्रतिप्रश्न गरे । यस्तो छ संसद्मा भएको प्रश्नोउत्तरको पूर्णपाठ प्रश्न नं. १  प्रश्नकर्ता मा. प्रकाश ज्वाला प्रश्नको व्यहोरा सम्माननीय सभामुखज्यू, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीज्यूसँग निम्न प्रश्नहरू सोध्न चाहन्छु:- तपाइले तामझामका साथ शिलान्यास गरेका १६५ निर्वाचन क्षेत्रीय रणनीतिक सडकहरू बजेटको अभावमा…

Read More