Author: Transparentgroup

दिल्ली । कालिंगा इन्स्चिट्युड अफ इन्डस्ट्रियल टेक्नोलोजी ( किट )  मा रहेका नेपाली विद्यार्थीहरू छात्रावासमै बसेर पढ्न पाउने भएका छन्।दिल्लीस्थित नेपाली दूतावासले उडिसाको घटनाबारे विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थीहरूलाई शैक्षिक संस्थाको छात्रावासमा बस्ने प्रबन्ध मिलाउन अनुरोध गरिएको र त्यस अनुसार नै शैक्षिक संस्थाले व्यवस्था गरेको जनाएको छ। राजदूत शंकर शर्माले शैक्षिक संस्थाका रजिस्ट्रार लगायतका प्रतिनिधिहरूसँग छलफल गरेको पनि विज्ञप्तिमा उल्लेख छ। ‘राजदूतावासले सो शैक्षिक संस्थामा रहेका नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्दै शैक्षिक संस्थाको छात्रावासमा नै बस्ने प्रबन्ध मिलाउन अनुरोध गरेको थियो। त्यसैगरी, उक्त शैक्षिक संस्थामा रहेका नेपाली विद्यार्थीहरूको कक्षा सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन समेत अनुरोध गरिएको थियो,’ विज्ञप्तिमा भनिएको…

Read More

काठमाण्डौं । शसस्त्र प्रहरी बल नेपालले एकैपटक दुई हजार ६५ जना हवल्दारको सरुवा तथा पदस्थापना गरेको छ । सोेमवार एकै पटक देशभर ५ सय ७२ जना बढुवा भएकाहरुलाई पदस्थापना गरीएको छ भने १ हजार ४ सय ९३ जनालाई सरुवा गरीएको छ । सशस्त्र प्रहरी बलले ठूलो संख्यामा सशस्त्र प्रहरी हवल्दारहरुको सरुवा तथा पदस्थापना गरेको छ । बढुवा समितिको २०८१ माघ २२ गतेको निर्णवाट बढुवा तथा पदस्थापना भएका पाँच सय ७२ जनालाई एकैपल्ट सशस्त्र प्रहरीको साधारण समूहतर्फ खाली रहेको हवल्दार पदका लागि सरुवा गरेको छ । सशस्त्र प्रहरी बलले सरुवाका लागि उनिहरुवाट आएका गुनासालाई प्राथमिकतामा राखेको, वतन क्षेत्रभन्दा बाहेकमा लामो समय…

Read More

काठमाण्डौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अवहेलनामा कारबाही किन नगर्ने भनी प्रश्न गरेको छ। अध्यादेशमार्फत गिरीबन्धु टी इस्टेटको जग्गा सट्टापट्टा गरी बिक्री–वितरण गर्न दिन लागेको भन्दै परेको रिटमा सर्वोच्चले प्रधानमन्त्रीविरुद्ध कारण देखाऊ आदेश जारी गरेको हो। सर्वोच्चबाट गत वर्ष जारी भएको परमादेशको अवहेलना भएको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले दर्ता गराएको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय सारंगा सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले कारण देखाऊ आदेश जारी गरेको हो। ‘यसमा के कसो भएको हो रु निवेदकको मागबमोजिम अदालतको अवहेलनामा किन कारबाही हुनु नपर्ने हो रु कारवाही हुन नपर्ने कानुनबमोजिमको आधार कारण भए सो आधार कारणसहित यो आदेश प्राप्त भएका मितिले…

Read More

काठमाडौँ । परराष्ट्र मन्त्री डा। आरजु राणा देउवा र इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री अब्बास अराघ्चीबीच आज ओमनको मस्कटमा भेटवार्ता भएको छ । आठौँं हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहेकी परराष्ट्र मन्त्री डा। देउवा र इरानी विदेशमन्त्रीबीच भेटवार्ता भएको हो । सो वार्ताका क्रममा नेपाल इरान सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको थियो । साथै त्यस अवसरमा मन्त्री डा।देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइको कूटनीतिक पहल गरिदिन इरानी विदेशमन्त्रीसँग आग्रह गरेकी थिइन् ।हमासको नियन्त्रणमा रहेका युवा विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै मन्त्री डा।देउवाले केही दिनअघि पनि इरानी विदेशमन्त्री अराघ्चीसँग फोनमा कुराकानी…

Read More

काठमाडौं । पोखरा भ्रमण वर्षका क्रममा बेलुन पड्किएर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर बर्न अस्पतालबाट घर फर्किएका छन्। अस्पतालमा दुई दिनदेखि उपचार गराइ रहेका पौडेल आज ‘डिस्चार्ज’ भएका हुन् । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र उनलाई थप केही दिन अस्पतालमा राखिने पनि अस्पतालले जनाइएको छ । ‘दुवै जनाको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर परेको देखिँदैन । यस कारण आजै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई अस्पतालबाट ‘डिस्चार्ज’ गर्ने निर्णय भएको छ’, कीर्तिपुर अस्पतालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘मेयर धनराज आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएको…

Read More

काठमाण्डौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार खेलाडी सावित्रा भण्डारी ९साम्बा० अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेल्न फ्रान्सको पेरिसबाट फर्किएकी छन् । आइतबार प्रि– म्याच प्रेसमिटमा प्रशिक्षकले दिएको जानकारी अनुसार सावित्राले आज हुने खेल खेल्ने सम्भावना भने न्यून छ । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ ( एन्फा )  का प्रवक्ता सुरेश शाहले स्वागत गरेका थिए । चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि सुरु हुँदै छ । आज आफ्नो पहिलो खेलमा घरेलु टिम नेपालले कीर्गिस्तानको सामना गर्नेछ । खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । सन् २०१९ पछि नेपालले कीर्गिस्तानसँग पहिलोपटक खेल्न लागेको हो । नेपाली…

Read More

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग जापानका विदेश राज्यमन्त्री मियाजी ताकुमाले आज शिष्टाचार भेटवार्ता गरेका छन् । आठौँं हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहेका परराष्ट्रमन्त्री डा देउवा र जापानी राज्यमन्त्री ताकुमाबीच आज भेटवार्ता भएको हो । सो भेटका क्रममा नेपाल जापान सम्बन्धका विविध पक्षहरूका साथै दुई देशबीचको आपसी सम्बन्ध र साझा चासोका विषयमा कुराकानी भएको थियो । त्यस अवसरमा मन्त्री डा देउवाले नेपालको एक प्रमुख दाता राष्ट्रका रूपमा जापानले लामो समयदेखि नेपालको आर्थिक सामाजिक विकासका क्षेत्रमा पुर्‍याउँदै आएको सहयोगप्रति मन्त्री ताकुमामार्फत जापान सरकारलाई आभार व्यक्त गरेकी थिइन् । भेटका क्रममा नेपाल र जापानले आगामी वर्ष सन्…

Read More

काठमाण्डौं । बाल क्यान्सरको निःशुल्क उपचारका लागि सघाउन नेपालले प्राप्त गरेको औषधीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहयोगी दाताहरूलाई धन्यवाद दिएका छन् । विश्व स्वास्थ्य संगठन र सेन्ट जुड चिल्डेन्स रिसर्च हस्पिटलको पहलमा स्थापित ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुट क्यान्सर मेडिसिन्स अन्तर्गत बालबालिकाको क्यान्सर उपचारमा प्रयोग हुने औषधीको पहिलो खेप प्राप्त गरेको हो । क्रमैसँग थप औषधी उपलब्ध हुने सङ्गठनले जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट वञ्चित हुनु नपरोस् भनेर मन्त्रालयले मंसिर १ गतेबाट लागु हुने गरी बाल क्यान्सरको निःशुल्क उपचार व्यवस्था गरेको स्मरण गर्दै प्राप्त सहयोग…

Read More

खोटाङ । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी बजारमा भएको आगलागीमा सात करोड ३० लाख बढीको क्षति भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदमशेर राईको भान्छा कोठाबाट गएराति सुरू भएको आगोले चारवटा घर, तीनवटा होटल, एउटा हार्डवेयर पसल, लघुवित्तको कार्यालयलगायत जलेर नष्ट भएको हो । आगलागीमा पदमशेरको काठ र जस्तापाताले बनेका तीनतले घर, पहिलो तलामा राखिएको हार्डवेयर पसल, दोस्रो तलामा सञ्चालित निर्धन उत्थान लघुवित्त संस्थाको कार्यालयलगायत सामग्री जलेर नष्ट हुँदा करिब चार करोड बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक प्रतिवेदनमा देखिएको निमित्त प्रमुख जिल्ला अधिकारी हीराधन राईले जानकारी दिएका छन् । निमित्त प्रमुख जिल्ला अधिकारी राईका अनुसार स्थानीय आइराख राईको…

Read More

बारा । भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनबाट नियमित आयात सुरु भएको छ । अन्तरदेशीय पेट्रोलियम पाइपलाइन विस्तारको काम सकिएपछि पाइपलाइनबाटै पेट्रोल, मट्टीतेललगायत पेट्रोलियम पदार्थको आयात सुरु भएको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको छ । पेट्रोलियम पाइपलाइन विस्तारको सम्पूर्ण काम सकिएको र केही दिनदेखि पाइपलाइनबाटै नियमित रुपमा पेट्रोलियम पदार्थ ल्याउन सुरु गरिएको नेपाल आयल निगम मधेस प्रदेश कार्यालय अमलेखगञ्जका प्रमुख प्रलयङ्कर आचार्यले जानकारी दिनुभयो । “पाइपलाइनबाटै पेट्रोल र मट्टीतेल आइसकेको छु,” प्रमुख आचार्यले भन्नुभयो, “अहिले पाइपलाइनबाट आयातित पेट्रोल नेपालको प्रमुख सहरका डिपोमा औपचारिक रुपमा वितरण थालिसकेका छौँ ।” पाइलाइन विस्तार परियोजनाअन्तर्गत भारतीय आयल निगमले अमलेखगञ्जस्थित डिपोमा चार…

Read More