Author: Transparentgroup
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्।मंगलबार लामिछाने काठमाडौं जिल्ला अदालतमा पहिलो तारेखका लागि उपस्थित भएका हुन्। रवि पत्नी निकिता पौडेलसहित अदालत उपस्थित भएका छन्। स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंले रविलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम गोर्खा मिडियामा लिएर अपचलन गरेको मुद्दामा लामिछानेसँग काठमाडौं जिल्ला अदालतले माग २ गते ६० लाख रूपैयाँ धरौटी मागेको थियो । उनले त्यसैदिन धरौटी बुझाएका थिए । त्यसअघि कास्की जिल्ला अदालतले लामिछानेसँग ६५ लाख धरौटी मागेको थियो । काठमाडौंपछि रुपन्देही जिल्ला अदालतले एक करोड…
काठमाण्डौं । काठमाडौंको बूढानीलकण्ठबाट २४ जना भारतीय नागरीक पक्राउ परेका छन् । अनलाइन जुवा खेलाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले जानकारी दिए । अनलाइन जुवा तथा बेटिङ खेलाएको आरोपमा अपराध अनुसन्धान कार्यालयको इन्टेलिजेन्स शाखा प्रमुख डीएसपी रोशन खड्काको कमाण्डमा खटिएको टोलीले छापा मारेको थियो । यो समूहले ३ महिनामा १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३४० रुपैयाँ बराबरको अनलाइन जुवा कारोबार गरेको पाइएको छ ।स्काई एक्सचेन्ज वेबसाइटमार्फत उनीहरूले अनलाइन गेम तथा जुवा खेलाउने गरेको प्रहरीले जनाएको छ । उक्त वेबसाइटमा दिएको सम्पर्क गर्ने माध्यम ह्वाट्स एप, टेलिग्र्राममार्फत विभिन्न व्यक्तिहरूलाई सम्पर्क…
काठमाडौं । भारतको ओडिसा स्थित किट कलेजले नेपाली छात्राको मृत्यु प्रकरणमा ५ जनालाई कारबाही गरेको छ । दुई सुरक्षा गार्डहरूलाई निष्कासित गरिएको छ भने तीन कर्मचारीहरू निलम्बनमा परेका छन् । किट कलेजका रजिस्ट्रारले एक सूचना जारी गर्दै सो जानकारी दिएका हुन् । १६ फेब्रुअरीमा भएको घटनालाई लिएर कलेजका अधिकारी र सम्पूर्ण कर्मचारीहरूलाई गहिरो अफसोच भएको सूचनामा उल्लेख छ । सूचनाअनुसार दुई सुरक्षा कर्मचारीहरू तत्कालै हटाइएका थिए । यस्तै दुईजना होस्टल कर्मचारी र इन्टरनेसनल रिलेसन्स अफिस ९आइआरओ० का एक वरिष्ठ प्रशासकीय अधिकृतलाई निलम्बन गरिएको हो । उनीहरूले नेपाली विद्यार्थीहरूलाई छिटोभन्दा छिटो कलेज छोड्न दबाब दिएका थिए । नेपाली विद्यार्थीहरूलाई सो कलेजमा…
काठमाडौं । ओडिसाको कलिगां इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआईआईटी० मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्युको विरोधमा नेपाल विद्यार्थी संघ त्रिचन्द्र कलेजले प्रदर्शन गरेको छ । मंगलबार बिहानको प्रदर्शनमा नेविसंघका विद्यार्थी नेताले प्रकृतिको न्यायको माग गरे । घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही गर्न उनीहरूले ध्यानाकर्षण गराएका छन् । नेविसंघले त्यहाँ अध्ययनरत् अन्य नेपाली विद्यार्थीको सुरक्षाको समेत माग गरेको छ ।
काठमाडौं । राष्ट्रिय सभाले भारतको ओडिसामा भएको घटनाका विषयमा यथार्थ विवरण सार्वजनिक गर्न र विद्यार्थीको सुरक्षाका लागि कूटनीतिक पहल गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ । मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरुले प्रश्न उठाएपछि अध्यक्ष नारायणप्रसाद दाहालले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआइआइटी० को छात्राबासमा रहेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्युको घटनामा छानबिनका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले भने, ‘यस विषयमा सत्यतथ्य छानबिन गरी यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न यथाशीघ्र गम्भीर रूपमा कूटनीतिक पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु।’ आइतबार राती रुपन्देहीकी २१ वर्षिया लम्साल मृत फेला परेकी…
कञ्चनपुर । पहिला दिनभर मजदुरी गरेर रु पाँच सय ज्याला पाउने कञ्चनपुरको वेदकोट नगरपालिका–५ धरपुरकी पार्वती डगौराले पछिल्लो समय दैनिक रु एक हजार आम्दानी गर्न थालेकी छन् । घर तथा विभिन्न संरचना निर्माणमा पुरुषसरह मजदूरी गर्दा पनि महिला भएकाले ज्याला कम पाउन थालेपछि पार्वतीले आफैँ घर निर्माणको ठेक्का लिने योजनासहित मिस्त्रीको काम सिकिन् । “दिनभर पुरुषसरह मजदूरी गर्दा पनि ज्याला कम पाउन थालेपछि आफैँ मिस्त्रीको काम गर्ने र घर निर्माणको ठेक्का लिने योजना बनाएँ”, पार्वतीले भनिन्, “दातृ निकायको सहयोगमा मैले वडा कार्यालयमा राज मिस्त्रीको तालिम लिएँ ।” उनले वडा कार्यालय र निड्स नेपाल कञ्चनपुरको दिगो आम्दानी तथा महिला सशक्तीकरण परियोजनाको…
काठमाण्डौ. । मातृभुमि जागरण अभियानका संयोजक डा. भीम रावलले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका जनताप्रति जिम्मेवार नरहेको गम्भीर आरोप लगाएका छन् । मंगलबार बिहान सामाजिक संजाल फेसबुकमा लेख्दै रावलले ओलीका विभिन्न १५ बुदाँमा ओलीले गरेका कामको बेलीविस्तार लगाउँदै देश र जनताप्रतिको जिम्मेवार चरित्र र प्रवृत्तिलाई उदाङ्गो पारेको बताएका हुन्। फौजदारी अभियोग र मुद्दा लागेका, गुण्डागर्दी र अनैतिक क्रियाकलापको घेरामा रहेकाहरूलाई कारबाई गर्नु त टाढाको कुरा स्पष्टीकरणसम्म पनि नसोध्ने, उल्टै राज्य र पार्टीका महत्त्वपूर्ण पद र अवसर दिने तर आलोचना र टिप्पणी गर्ने तथा राष्ट्रिय हितमा आवाज उठाउनेलाई कार्वाईको डन्डा चलाउने कार्यले पनि उनी पार्टी र जनताप्रति इमानदार नरहेको…
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९र०८० पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेछन् । विद्युतीय व्यापार ( इ–कमर्स०\) विधेयक, २०८१ पारित गर्न मन्त्री मन्त्री भण्डारीले प्रस्ताव गर्ने संसद् सचिवालयले जनाएको छ ।
काठमाडौं।आज ( सोमबार ) देखि सुरू भएको अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपालले सुखद सुरुवात गरेको छ । काठमाडौंको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा भएको खेलमा नेपालले कीर्गिस्तानलाई १–० गोलले पराजित गर्यो । यो नेपालको पहिलो खेल हो । घरेलु टोली नेपालले इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपमा कठिन जितसहित सोमबार विजयी सुरुआत गरेको छ। नेपालको १–० को जितमा विमला चौधरीको गोल नै निर्णायक बन्यो। यो नतिजासँगै नेपालले तीन अंक जोडेको छ। तर, अंक तालिकामा नेपाल दोस्रो स्थानमा छ। सोमबार नै सम्पन्न पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–० ले हराएको थियो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले करिब एक दर्जन गोलका अवसर बुनेको थियो। तर, फिनिसिङमा…
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अन्तरदेशीय प्रसारण लाइनमार्फत १७ हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी भारत सरकारसँग सहमति भएको बताएका छन् । इनर्जी इन्फर्मेसन सेन्टर प्रालिद्वारा प्रकाशित ऊर्जा खबर पत्रिकाको सातौँ अङ्क विमोचन गर्दै आज उनले ऊर्जा विकास मार्गचित्र, २०८१ को लक्ष्य पूरा गर्न दुई देशका सचिवस्तरीय बैठकले उक्त सहमति गरेको जानकारी गराएका हुन् । ‘हामीले आठ अन्तरदेशीय प्रसारण लाइनमार्फत १७ हजार मेगावाट विद्युत् छिमेकी मुलुक भारत र बङ्गलादेशलाई निर्यात गर्ने सम्झौता गरेका छौँ, उक्त सम्झौता नेपालको ऊर्जा क्षेत्रको विकासका लागि महत्त्वपूर्ण छ,’– उनले भने । मन्त्री खड्काले स्रोतमाथिको अधिकार सबैलाई हुने भएकाले विपन्न वर्गलाई सस्तो ब्याजदरमा दुईदेखि…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क