Author: Transparentgroup

काठमाडौँ । आज  फागुन ७ अर्थात  ७५ औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ । कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा जीवन उत्सर्ग गरेका ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिने छ । प्रजातन्त्र दिवस समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन…

Read More

काठमाडौं । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन ( एमसीसी ) द्वारा नेपालमा सञ्चालित परियोजनाहरु स्थगित भएका छन् ।दोस्रोपटक अमेरिकी राष्ट्रपति भएपछि डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले अन्ततः नेपालमा सञ्चालित मिलेनियम च्यालेन्ज एकाउन्ट ९एमसीए० नेपाल कार्यक्रम प्रभावित भएको छ । यसअघि अर्थ मन्त्रालयले एमसीए प्रभावित नहुने भने पनि अहिले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको सचिवालयले तीन महिनाका लागि एमसीए नेपाल कार्यक्रम पनि स्थगित भएको औपचारिक जानकारी दिएको छ । ‘अमेरिकी सहायता संस्था एमसीसीले फागुन २ मा पठाएको इमेलमा नेपाल सरकार र उक्त निकायबीच २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनासँग सम्बन्धित एमसीसी कोषबाट भुक्तानी हुने क्रियाकलापहरु अमेरिकी राष्ट्रपतिको…

Read More

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र आजको दिनमा सबभन्दा उत्तम शासन प्रणाली हुनुपर्ने बताएका छन् । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा १० मिनेट लामो भिडिओ सन्देश जारी गर्दै पूर्वराजा शाहले प्रजातान्त्रिक प्रणालीलाई समाजमैत्री र जनहितेषीको रुपमा पनि हेरिनुपर्नेमा जोड दिएका हुन् । कर्म र व्यवहारमा उतार्नेखालको प्रजातन्त्र हुनुपर्नेमा उनको जोड छ । उनले प्रजातन्त्रमा सबैको पहिचान र अस्तित्व सुरक्षित हुनुपर्ने धारणा राखेका छन् । शाहले निषेधको दृष्टिकोण राख्ने राजनीतिले प्रजातन्त्रलाई बलियो नबनाउने दाबी गरेका छन् । उनले राष्ट्र रक्षाका निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्ने धारणा राखेका छन् । उनले भिडिओ सन्देशमा भनेका छन्(“देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण निष्ठा…

Read More

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिलाई मन्त्रालयले निरन्तर रुपमा ‘फलोअप’ गरिरहेको बताएकी छिन् । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआइआइटी० विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा आवश्यक पहल भइरहेकोे आज सामाजिक सञ्जाल ‘एक्स’ मार्फत परराष्ट्रमन्त्री राणाले स्पष्ट गरेकी छिन् । उनले भनेकी छिन्, “नेपाली राजदूतावास नयाँ दिल्लीबाट नेपाल प्रहरीका दुईजना वरिष्ठ अधिकारी आज बिहानै विश्वविद्यालय पुग्नुभएको छ । मैले उहाँहरूसँग फोनमा कुरा गरी घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न तथा नेपाली विद्यार्थीलाई आवश्यक सहयोग र होस्टेलमा…

Read More

काठमाडौं । नेकपा ९एकीकृत समाजवादी० ले सरकारले ल्याएको अध्यादेशको विपक्षमा उभिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको स्थायी कमिटी बैठकले अध्यादेश ल्याउने कार्यविधि र अन्तरवस्तु गलत र हानिकारक रहेको निश्कर्ष निकाल्दै विपक्षमा उभिने निर्णय गरेको हो । सरकारले पछिल्लो समय ल्याएको अध्यादेशबाट भूमाफिया, कालोबजारिया, राजस्व छली गर्ने व्यक्ति, विचौलिया, भ्रष्टचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने एकीकृत समाजवादीको निश्कर्ष छ । ‘अध्यादेशको प्रक्रिया र अन्तरवस्तु दुवैमा हाम्रो पार्टीको असहमति र विरोध छ त्यसैले हाम्रो पार्टीले संसदमा अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ,’– बैठकको निर्णय सार्वजनिक गर्न जारी भएको विज्ञप्तिमा भनिएको छ । बैठकले अध्यक्षको राजनीतिक प्रतिवेदन, पार्टी…

Read More

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको ओडिसा राज्यका विश्वविद्यालय तथा शिक्षण संस्थाका लागि प्रदान गर्ने एनओसी रोक्ने चेतावनी दिएको छ । ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणपछि मन्त्रालयले भविष्यमा ती एनओसी दिन रोक्ने चेतावनी दिएको हो । उक्त घटनाबाट सिर्जित समस्याको न्यायपूर्ण र वैधानिक रूपमा समाधान नगरिएमा भविष्यका लागि भारतको ओडिसा राज्यका विश्वविद्यालय तथा  शिक्षण संस्थानमा अध्ययनका लागि प्रदान गर्दै आएको वैदेशिक अध्ययन अनुमतिपत्र ( एनओसी )  प्रदान गर्ने कार्य स्थगित गर्ने चेतावनी दिएको हो ।  शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले एक  विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाए । केआईआईटीमा अध्ययनरत…

Read More

काठमाडौँ । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी ९केआईआईटी० विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्युका सम्बन्धमा आवश्यक छानबिन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउने वातावरण निर्माण गर्न सांसदहरुले माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले विश्वविद्यालयमा अध्ययनरत बुटवलकी छात्रा लम्सालको रहस्यमय मृत्युपछि असन्तुष्टि जनाएका विद्यार्थीमाथि दमन भएकाले आवश्यक सुरक्षाको प्रबन्ध गर्नुपर्नेमा जोड दिएका हुन्। सांसद बिना लामाले भारतमा नेपाली छात्रा लम्सालको रहस्यमय मृत्युबारे गम्भिरतापपूर्वक अध्ययन गरी कुटनीतिक पहल अगाडि बढाउन सरकारसँग माग गरिन् । उनले नेपाली विद्यार्थी माथि भएको बल प्रयोगका सम्बन्धमा समेत सरकारको ध्यानाकर्षण गराइन् । सांसद शान्ति बिकले पनि यो मृत्यु प्रकरणको…

Read More

काठमाण्डौं । सशस्त्र प्रहरी बल नेपालले संगठनको निर्देशन विपरित सामाजिक संजालमा सशस्त्र प्रहरीको पोशाक लगाई विभिन्न क्रियाकलाप गरेको तस्विर तथा भिडियो बनाई अपलोड गरेका १ सय २० जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई विभागिय कारवाही गरेको छ । उनीहरुले सशस्त्र प्रहरी बल नेपालको पोशाक लगाई भिडियो तथा तस्विर खिची व्यक्तिगत प्रोफाईलमा रहेको फेसबुक, म्यासेन्जर, ट्वीटर ९एक्स०, इन्स्टाग्राम, टिकटक, यूट्युव, इमो, वीच्याट लगायतका सामाजिक संजालमा अपलोड गरेका थिए । कारवाही परेकाहरुमा सशस्त्र प्रहरी नायव निरीक्षक ४ जना, सहयाक निरीक्षक ५ जना, बरिष्ठ हवल्दार ६ जना, हवल्दार ३ जना, सहायक हवल्दार ९ जना, जवान ९१ र परिचर २ रहेका छन् । उनीहरुलाई नसिहत, बढुवा…

Read More

काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०७९÷०८० को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ ।त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव र विद्युतीय व्यापार (इ–कमर्श) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । https://www.youtube.com/watch?v=zc3Wr9rm_g0

Read More

काठमाण्डौं । नेपाली कांग्रेसका नेता डा.  शेखर कोइरालाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार सुशासनको लागि भनेर बनाइएपनि यसले घुस दिनेलाई समात्ने र घुस लिनेलाई छोड्ने गरिरहेको बताए । कोइरालाले आफ्नो पार्टी सत्ता पक्षमा भए पनि सरकारमा नरहेको टिप्पणी गरेका छन् । नेपाल प्रेस युनियनका जिल्ला अध्यक्षहरूको भेलालाई मंगलबार सम्बोधन गर्दै कोइरालाले यस्तो टिप्पणी गरेका हुन् । ‘सत्तापक्षमा छौं तर सरकारमा छैनौँ हामी । हामीले यो सरकारलाई खबरदारी गरिरहनुपर्ने आवश्यकता छ,ु कोइरालाले भने । सरकारको कामकारबाही जे कुरामा चित्त बुझ्दैन त्यसमा खबरदारी गर्नुपर्ने उनले बताए । उनले अहिलेको सरकार एमालेकरण भइरहेको त छैन भन्ने चिन्ता लागेको पनि सुनाए । संयन्त्रले…

Read More