Author: Transparentgroup

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका‐२ स्थित सहरी विकास तथा भवन निर्माण विभाग चितवनले सात करोडमा निर्माण गरेको भवन प्रयोग बिहीन भएको छ । रामग्राम नगरपालिका झरही खोला नजिकै रहेकोे हाटबजारमा निर्माण गरिएको भवनको माथिको सटर भाडाको लागि ८० हजार जम्मा गरे पनि रामग्राम नगरपालिकाले भाडामा नदिएको रामग्राम निवासी गिरजाशङ्कर रौनियारले बताए। उनले भने, “सटर भाडाको लागि नगरपालिकामा निवेदन दिएँ ।नगरपालिकाले भाडामा नदिएको भाडामा बस्नको लागि नगरपालिकाका प्रमुखसँग आग्रह गरेपनि सटर भाडामा नदिएपछि आफूले जम्मा गरेको रकम एक महिना पछि फिर्ता लिएँ । ” चितनबाट सञ्चालित निर्माण कम्पनीले हाटबजारको भवनको भौतिकपूर्वाधार निर्माण सम्पन्न गरेको चार वर्षभन्दा बढी भएको बताइएको छ…

Read More

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओसिडास्थित् केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछिको विकसित घट्नाक्रमबारे ओडिसाका मुख्यमन्त्री मोहनचरण माझीसँग फोनवार्ता गरेकी छिन् । सो क्रममा आफूले लम्सालको मृत्युको निश्पक्ष अनुसन्धान र दोषीमाथि कानूनी कारबाहीको कुरा उठाएको राणाको भनाई छ । फोनवार्ताबारे जानकारी दिँदै मन्त्री राणाले फेशबुकमा लेखेकी छिन– भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित घटनाक्रमबारे आज मैले ओडिसाका मुख्यमन्त्री श्री मोहन चरण माझीसँग फोनमा कुराकानी गरेँ । उहाँसँग मैले लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरुको सुरक्षित वातावरणमा पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेकी…

Read More

काठमाडौँ । ‘नेपाल प्रहरी विधेयक, २०८१’ मा ५० भन्दा बढी संशोधन प्रस्ताव दर्ता भएका छन् । विधेयकमा सत्ता र प्रतिपक्षका सांसदबाट कुल ५२ वटा संशोधन प्रस्ताव दर्ता भएको संघीय संसद् सचिवालयले शुक्रबार जनाएको छ । सचिवालयले उपलब्ध गराएको तथ्यांकअनुसार तीमध्ये प्रतिपक्षी दलका सांसदहरूले ३५ संशोधन प्रस्ताव दर्ता गराएका छन् भने सत्तापक्षीय दलका १७ संशोधन प्रस्ताव दर्ता भएका छन् । सत्ता पक्षबाट कांग्रेसले ५, एमालेले ९,जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीले एक–एक संशोधन प्रस्ताव दर्ता गराएका छन् । प्रतिपक्षीबाट नेकपा ( माओवादी केन्द्र ) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) ले १३– १३ वटा, नेकपा (एकीकृत समाजवादी )ले ५,…

Read More

हेटौँडा । चर्च ब्वाइज युनाइटेड मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। शुक्रवार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफलाई ३–२ गोलले हराउँदै चर्च ब्वाइज प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो। चर्च ब्वाइजको जितमा विदेशी खेलाडी आर्मण्डले खेलको दोस्रो हाफको २८औँ र ३२औँ मिनेटमा गोल गरे भने सुमित श्रेष्ठले खेलको ८५औँ मिनेटमा गोल गरे। एपीएफका लागि बुद्धिमान राईले खेलको पहिलो हाफको ३६औँ मिनेटमा र हरि कार्की दोस्रो हाफको ४३औँ मिनेटमा गोल गरे। खेलको म्यान अफ द म्याच आर्मण्ड घोषित भए। उनले १० हजार रुपैयाँ प्राप्त…

Read More

काठमाण्डौं । भारतको ओडीसा राज्यको भुवनेश्वरस्थित कालिंगा ईन्सिटच्युट अफ ईन्डष्ट्रीयल टेक्नोलोजी ( केआईआईटी ) विश्वविद्यालयकी छात्रा प्रकृति लम्साललाई मृत्युअघि निर्घात कुटपिट भएको दाबी उनका साथीहरुले गरेका छन् । ओडीसाबाट भागेर नेपाल आएका केआईआईटीमा अध्ययरत नेपाली विद्यार्थीहरुले प्रकृतिको शरीरका विभिन्न भागमा चोट देखिएको बताएका हुन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले उनको मृत्यु अपराह्न भएपनि सोअघि नै आरोपित भारतीय युवा अद्भिक श्रीवास्तव भाग्न खोज्नु शंकास्पद भएको बताए । होस्टेलको कोठा फुटाएर प्रकृति भएको ठाउँसम्म पुग्दासमेत केटी साथीहरुले श्रीवास्तवसँग भिडियोमा कुराकानी गरिरहनुले पनि उनको मृत्युपछि धेरै कारण रहेको नेपाली विद्यार्थीहरुको दाबी छ ।पत्रकार सम्मेलनमा उनीहरुले भने, ढोका फोडेर दिदीको शवसम्म पुग्दा पनि…

Read More

काठमाडौँ । नेपाल चिकित्सक संघ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच शुक्रबार ९ बुँदे सहमति भएको छ । सेवा सुविधाका विषयलाई लिएर आन्दोलनरत रहेका चिकित्सकहरुसँग स्वास्थ्यमन्त्री प्रदीप पौडेलले वार्ता गरी सहमति गरेका हुन् । सहमतिसँगै संघले जारी राखेका आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । सहमतिपछि मन्त्री पौडेलले मन्त्रालयका तर्फबाट भएका सहमति कार्यान्वयनमा लैजाने प्रक्रिया थाल्ने प्रतिबद्धता जनाएका छन् । प्रचलित नियम अनुसार इन्टर्नसिप र रेजिडेन्ट चिकित्सकलाई सेवा सुविधा, बिदा र स्वास्थ्य कार्यस्थलको सुनिश्चितताको लागि आवश्यक प्रबन्ध गर्न चिकित्सा शिक्षा आयोग लगायतका निकायहरुलाई पत्राचार गर्न मन्त्रालय सहमत भएको छ । यसैगरी संघले राखेको आवासीय चिकित्सकको निर्वाह भत्ता नेपाल सरकारको आठौं तहसरह उपलब्ध…

Read More

धरान । राष्ट्रपति रामचन्द्र पौडेलले सबै धर्म सम्प्रदायको लक्ष्य भनेको मानव सेवा नै रहेको बताउनुभएको छ । शुक्रबार धरान–८ स्थित राधाकृष्ण प्रणामी मन्दिर परिसरमा धर्मशाला तथा गोपी स्मारक ध्यान साधनालयको उद्घाटनपछि आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो । सबै धर्म, सम्प्रदायको लक्ष्य भनेको मानव सेवा नै हो, यसलाई बुझ्न सके समाजमा सहिष्णुता बढाउन मद्दत पुग्ने उहाँले बताउनुभयो । हाम्रो धर्मशास्त्रहरूले पनि सेवालाई अत्यधिक महत्त्व र प्रधानता दिएको छ । वेदव्यासले पनि अठार पुराण रचना गरिसकेपछि यही निष्कर्ष दिएको उहाँले उल्लेख गर्नुभयो । हाम्रो वैदिक सनातन हिन्दु धर्म प्राचीनकालदेखि चलिरहेको धर्म भएको र यो धर्मको विराटस्वरूपका…

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  को केन्द्रीय प्रशिक्षण विभागले केन्द्रीय समितिबाट स्वीकृत पाठ्यक्रम अनुसारको राजनीतिक प्रशिक्षण कार्यक्रम आजदेखि सुरु गरेको छ । स्वीकृत पाठ्यक्रमको पहिलो प्रशिक्षण केन्द्रीय कार्यालय वनस्थलीमा आयोजना भइरहेको र प्रशिक्षणमा केन्द्रीय समितिलाई सहभागी गराइएको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार उक्त कार्यक्रम शनिबारसम्म सञ्चालन हुने छ । पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले प्रशिक्षणको औचित्य र महत्वबारे प्रकाश पारेका थिए । उपसभापति डा स्वर्णिम वाग्लेले प्रशिक्षणले सङ्गठनलाई मजबुत गर्दै नेतृत्व विकासमा प्रभावकारी कदम हुने बताए । केन्द्रीय तह, प्रदेश तह हुँदै जिल्ला, पालिकासम्म प्रशिक्षण गर्ने तालिका रहेको उपसभापति डा वाग्लेले बताए । रासस

Read More

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा अनियमितता भएको सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतको फैसला चित्त नबुझेको भन्दै अख्तियारले सो मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको हो । विशेष अदालतले सो मुद्दाका प्रतिवादीहरु डा।प्रदीप ढकाल, डा।मिलनकुमार थापा र अरुणकुमार श्रेष्ठलाई प्रमाण नपुग्ने भन्दै सफाइ दिएको थियो । प्रतिवादीत्रयलाई सो मुद्दामा दोषी ठहर गरी बिगो, जरिवाना तिराउनु पर्ने र कैद सजाय पनि गरिनुपर्ने अख्तियारको माग दाबी छ । पशुपति क्षेत्र विकास कोषले नेपाल राष्ट्र बैंकबाट १०३,७७३।१ ग्राम सुन खरिद गरेकोमा जलहरीमा १,४९१।७१८ ग्राम शुद्ध सुन कम देखिएको अख्तियारको दाबी छ ।

Read More

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन९स्ववियु०को निर्वाचनको तालिका सार्वजनिक गरेको छ । त्रिविलेआगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको तालिका सार्वजनिक गरेको हो । निर्वाचन तालिका अनुसार संघ संगठन, समूह दर्ता गर्ने अन्तिम समय फागुन १९ गते दिइएको छ । २१ गते मतदाता सूची प्रकाशन गरिनेछ ।त्यस्तै २७ गते उम्मेदवारी दर्ता गर्न सकिने जनाइएको छ ।

Read More