Author: Transparentgroup
काठमाण्डौं । नेकपा ९माओवादी केन्द्र० ले फागुन १२ गतेदेखि हुलाकी राजमार्गकेन्द्रित ‘जनतासँग माओवादी जनजागरण अभियान’ सुरू गर्ने भएको छ। केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले हुलाकी राजमार्गकेन्द्रित जागरण अभियान शुभारम्भ नेपालको सबैभन्दा होचो ठाउँ झापाको केचनाकवलबाट गरिने बताए। ‘जनतासँग माओवादी हुलाकी राजमार्ग तराई–मधेस जागरण अभियान फागुन १२ गते केचनाकबलबाट सुरू हुँदैछ।अभियान क्रममा तराई क्षेत्रका नागरिकहरूले भोग्नुपरेका समस्यामा हामी केन्द्रित हुनेछौं,’ उनले भने। अभियानको समापन चैत्र ८ गते कञ्जनपुरमा पुगेर गरिने उनको भनाइ छ। अभियानमा अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु लगायत पदाधिकारी पनि सहभागी हुनेछन्।
काठमाण्डौं । सावित्रा भण्डारी ( साम्बा ) को उत्कृष्ट प्रदर्शनमा घरेलु मैदानमा जारी फोर नेसन्स अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल हारबाट जोगिएको छ। आजको खेलको उत्कृष्ट खेलाडी पनि साम्बा नै भइन्। उनले २५ हजार रुपैयाँ प्राप्त गरिन्। त्रिपुरेश्वरस्थित दशरथ रगशालामा आइतबार भएको समूह चरणको अन्तिम खेलमा म्यानमारसँग २–२ को बराबरी गर्दै नेपाल हारबाट जोगियो। बराबरीसँगै नेपाल र मयानमारले एक(एक अंक बाँडे। खेलको ६ मिनेमै पछि परेको नेपाललाई ११ औँ मिनेटमा सविता राना मगरको गोलमा नेपाल खेलमा फर्कियो। सावित्रा भण्डारीले डिबक्स भित्रबाट दिएको क्रसमा सविताले गोल गर्दै नेपाललाई बराबरीमा ल्याएकी थिइन्। फेरि म्यानमारले गोल हानेर अग्रता बनायो। खेलको २७ औँ मिनेटमा साम्बाको…
काठमाडौं । उच्च अदालत पाटनको आदेशबाट रोकिएको चलचित्र ‘लाज शरणम्’ को सेन्सर पास भएको छ । आइतबार चलचित्र विकास वोर्डले चलचित्रको सेन्सर पास गरेको हो । सेन्सर पास भएसँगै चलचित्रलाई पूर्वनिर्धारित मितिमै प्रदर्शनको बाटो खुलेको छ । यो चलचित्र आगामी १४ गते बुधबारबाट हलहरुमा प्रदर्शनमा आउँदैछ । चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिएको हो । मान्छेलाई जिउँदै इँटाभट्टामा जलाएको आरोपमा जन्मकैदको सजाय भोगिरहेका नेपाली काग्रेसका नेता तथा पूर्व मन्त्री मोहम्मद अफताव आलमले आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज आफ्नो अनुमतिबिना प्रयोग गरिएको भन्दै चलचित्र ‘लाज शरणम’ विरुद्ध उच्च अदालतमा मुद्दा हालेपछि चलचित्रको प्रचार प्रसारको साथै सेन्सरको…
काठमाडौँ । प्रचितनिधिसभाको आईतवारको बैठकमा सांसदहरुले ले पाथीभरा क्षेत्रमा जनताको इच्छाविपरीत केबलकार निर्माण सुरु गरिएको उल्लेख गर्दै उक्त कार्य तत्काल रोक्न माग गरेका छन् । प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनिहरुले जनताले केबलकार निर्माणको प्रतिकार गर्न खोज्दा झडपको वातावरण बनेकाले समाधानका लागि आजै निर्माण रोक्नका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् । बैठकमा सांसद राजेन्द्रप्रसाद लिङ्देनले जनताको चाहना बुझ्न नखोज्दा पाथीभरा रणमैदानमा परिणत भएको उल्लेख गर्दै एक व्यापारीको स्वार्थपूर्ति गर्न समाजमा जनता लडाउने काम भएको टिप्पणी गरे । “सरकार किन अनदेखा गरेको रु मन्त्री स्तरको वार्ता गर्न सरकार किन तयार नभएको”, सांसद लिङ्देनले भने, “सरकारी तवरबाटै पाथिभारा क्षेत्र व्यापारीको हातमा दिनका लागि…
काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाको आकस्मिक, शून्य र विशेष समयमा सांसदले उठाउनुभएका विषयको सम्बन्धित मन्त्रीबाट सात दिनभित्र जवाफ दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ। सभाको आजको बैठकमा उहाँले राष्ट्रियसभा नियमावली, २०७५ मा भएको सो व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रियसभा नियमावलीमा नेपाल सरकारले बनाएको प्रत्यायोजित विधायन र सार्वजनिक नीति सम्बन्धित निकायबाट स्वीकृत भएको १५ दिनभित्र सांसदलाई वितरण गर्ने प्रयोजनार्थ सभालाई उपलब्ध गराउनुपर्ने व्यवस्था छ।यस्तै आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले उठाउनुभएका विषयको जवाफ सम्बन्धित मन्त्रिले सात दिनभित्र दिनुपर्ने व्यवस्था छ। प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल बैठकमा सभाका सचिव डा सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएका ‘भ्रष्टाचार…
काठमाडौँ । काठमाडौंमा जारी चार राष्ट्र सम्मिलित इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारसँग बराबरी खेलेको छ । दशरथ रंगशालामा सम्पन्न खेल २(२ गोलको बराबरीमा सकिएको हो । सबै गोल पहिलो हाफमै भएका थिए । नेपालले दुईपटक पछि परेको अवस्थाबाट पुनरागमन गरेको थियो ।चार राष्ट्र सम्मिलित इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल र म्यानमारबीचको प्रतिस्पर्धा २(२ को बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफमै चार गोल भएतापनि दोस्रो हाफमा दुवै टोलीले कुनै गोल गर्न सकेनन्।खेलको छैटौं मिनेटमै म्यानमारकी म्याट नोए खिनले फ्रिकिक मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन्। त्यसको ११…
काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुलबाट मोटरसाइकल दुर्घटना भई त्रिशुली नदीमा हराइरहेका रोहित रानाको शव १० दिनपछि फेला परेको छ। सशस्त्र प्रहरीको गोताखोरले आइतबार शव फेला पारेको हो । उनी भारतीय सेनामा कार्यरत थिए । नारायणघाटबाट मुग्लिनतर्फ आउँदै गरेको बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाईकल गत फागुन २ गते बिहान दुर्घटना भएको थियो । दुर्घटनामा परी नदीमा हराइरहेका रानाको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर निरन्तर परिचालन गरिएको थियो । जसअनुसार आइतबार विहान सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक भुल बहादुर थापाको कमाण्डमा परिचालित गोताखोरसहितको सुरक्षा फौजले फेला पारेको सशस्त्रका सहप्रवक्ता सैलेन्द्र…
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एमसीसी परियोजना रोकेपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ( विप्लव ) खुसी देखिएका छन्। उनले एमसीसी परियोजना रोक्ने घोषणा गरेका ट्रम्पलाई धन्यवाद व्यक्त गरेका छन्। विप्लवले आइतबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै ट्रम्प कार्यकारी आदेशबाट स्थगन हुन पुगेको एमसीसी कम्प्याक्टले नेपाली जनताको संघर्ष र आवाजमा सकारात्मक प्रभाव पारेको बताएका छन्। उनले भनेका छन्, ‘डोनाल्ड ट्रम्प कार्यकारी आदेशबाट स्थगन हुन पुगेको एमसीसी कम्प्याक्टले नेपाली जनताको संघर्ष र आवाजमा सकारात्मक प्रभाव पारेको छ। यसका लागि हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ।’ एमसीसीको तयारी र त्यसको कार्यन्वयनको समयदेखि…
काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपालले म्यानमारसँग खेल्दैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ ६ बजे नेपाल र म्यानमारबीचको खेल सुरू हुनेछ । नेपालले लिग चरणको अन्तिम खेल खेल्न लागेको हो । अन्तिम खेल अघि नै नेपाल फाइनल प्रवेश गरिसकेको छ । नेपालले यसअघि किर्गिस्तान र लेबनानलाई १र१ गोलले हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । म्यानमार भने नेपालका लागि सबैभन्दा बलियो प्रतिद्वन्द्वी हो । नेपालले म्यानमारसँग अहिलेसम्म चार खेल खेलेको छ । ती चारै खेलमा नेपालले जित निकाल्न सकेको छैन। तीन खेलमा पराजित भएको नेपालले एक खेलमा बराबरी खेलेको थियो । हालसम्म नेपाल र म्यानमार दुवै टोली…
काठमाडौं । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज ( आइतबार ) बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आव २०७९र८० पेस गर्ने सम्भावित कार्यसूची छ । यस्तै बैठकमा गृहमन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत राख्नेछन् । यसैगरी वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क