Author: Transparentgroup
वीरगञ्ज (पर्सा। चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु एक खर्ब चार अर्ब ७६ करोड मूल्य बराबरको बराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्वाइन फ्युल (एटिएफ), मट्टितेल आयात भएको छ । गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु ८४ करोड बढीको पेट्रोलियम पदार्थ आयात भएको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवको पछिल्ला महिनामा पेट्रोलियम पदार्थको आयात र राजस्व दुवैमा वृद्धि भएको बताउनुभयो । “पूर्वाधार निर्माणको सिजन सुरु भएकाले पनि पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको हो”, उहाँले भन्नुभयो । गत आवको सात महिनाको अवधिमा भने रु एक खर्ब तीन…
काठमाडौं । यही फागुन १४ गते पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । सोमबार पशुपति क्षेत्र विकास कोषले पत्रकार सम्मेलन गरी महाशिवरात्रिमा भक्तजनले सहज रूपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको जानकारी दिइएको हो ।पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि १० उपसमिति गठन गरिएको प्रचारप्रसार तथा साजसजावट व्यवस्था उपसमितिका संयोजक राजकुमार खत्रीले जानकारी दिए । उनले भने, ‘यसपटक हामीले दुई सेकेन्डमा दश जनालाई दर्शन गर्न सक्ने गरी प्रबन्ध मिलाएका छौँ । यहाँ दर्शन गर्न आउने भक्तजनलाई यथाशीघ्र, सहज रूपमा दर्शन गराउने हाम्रो प्रयास रहेको छ । अघिल्लो वर्षभन्दा यसपटक दर्शन गर्न आउने भक्तजन बढ्ने अनुमान गरेका छौँ ।’…
प्यूठान । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कानुनको शासन र प्रजातान्त्रिक अधिकारको बारेमा सत्तारुढ दल एमालेसँग कुनै सम्झौता नहुने बताएका छन् । आज ९सोमबार० कांग्रेस प्यूठान जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले कानुनको शासन र प्रजातान्त्रिक अधिकारमा सम्झौता गर्नुपर्ने परिस्थिति आएमा कांग्रेस सरकार छाड्न तयार रहेको बताएका हुन् । ‘नेकपा ( एमाले) सँग मिलेर हाम्रा केही शर्तहरु छन् । विधिको शासन, कानुनको शासनमा सम्झौता गर्नुपर्यो भने सरकार छाड्छौं । तर, कानुनको शासनमा सम्झौता गर्दैनौं । प्रजातान्तिक अधिकार, त्यो भनेको तपाईँको, मेरो बोल्न पाउने अधिकार, तपाईँ र मेरो हिँड्न पाउने अधिकार, आधारभूत अधिकार, जुन अधिकारको लागि यो पार्टी जन्मियो, त्यो अधिकारमा…
काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवा र स्विट्जरल्यान्डका विदेशमन्त्री इग्नाजियो डेनिले जियोभानी क्यासिसबीच आज जेनेभामा द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहेकी परराष्ट्रमन्त्री देउवा र स्विस समकक्षी क्यासिसबीच साइडलाइन भेटवार्ता भएको हो । भेटका अवसरमा उनीहरूबीच द्विपक्षीय हित, आपसी चासोका विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री राणाको सचिवालयले जनाएको छ । भेटका अवसरमा परराष्ट्रमन्त्री देउवाले नेपालको आर्थिक सामाजिक क्षेत्रका साथै नेपालको शान्ति प्रक्रियामा स्विस सरकारको सहयोग र सदभावका लागि धन्यवाद व्यक्त गरिन् । उनले नेपाल संयुक्त राष्ट्रसंघको सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषद्को सदस्य, २०२९ देखि २०३१ सम्मका लागि आर्थिक…
ताप्लेजुङ । पाथीभरा मुकुम्लुङु क्षेत्रमा केबलकार बनाउन नहुने भन्दै आन्दोलनरत नो केबुलकार समूहलाई सरकारले फेरि वार्ताका लागि आवहन गरेको छ । सरकारी वार्ता टोलीले केबलकार निर्माण कार्य स्थगित गर्ने सर्तसहित फेरि वार्तामा बस्नका लागि आन्दोलनरत समूहलाई बोलाएको हो । वार्ता टोलीका संयोजकसमेत रहेका गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ुपाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायको समस्याको वार्ताको माध्यमबाटै उक्त केबलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने एवं वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधा गर्न आन्दोलनरत पक्षलाई वार्ता र संवादको लागि आउन हार्दिक अपिल गर्दछु ।ु यसअघि पनि सरकारी…
काठमाण्डौं । संघीय संसद्को प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०र८१ को चौतीसौँ वार्षिक प्रतिवेदन पेस गर्नेछन्। गृहमन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’ माथि विचार गरौँ भन्ने प्रस्ताव राख्ने कार्यसूची रहेको छ। सांसद शेरबहादुर कुँवरले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही जिल्लाका विपन्न र पछाडि परेका नागरिकले अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा पाउँदै आएको तर सरकार र प्रदेशबाट अनुदान नपुग्दा सेवा बन्द हुने अवस्था आएको भन्दै स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराउनेछन्। सांसद राजेन्द्र बजगाइँले ग्रामीण क्षेत्रमा बाँदर र जंगली सुँगुरको आतंकले खेतीबाली नष्ट भएको र किसानको सुरक्षामा खतरा…
काठमाण्डौं । प्रतिनिधि सभामा आज ९सोमबार० सशस्त्र प्रहरी बल विधेयकमाथि सैद्धान्तिक छलफल हुँदैछ । दिउँसो १ बजे बस्ने बैठकमा गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गर्नु अगाडि सभामा विधेयकको सैद्धान्तिक पक्षमा छलफल हुनेछ । यो विधेयक गृहमन्त्री रमेश लेखकले गत माघ २७ गते प्रतिनिधि सभामा दर्ता गरेका थिए । विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएपछि सांसदहरूले संशोधन हाल्न पाउँछन् । संशोधनका लागि सांसदहरूलाई ७२ घण्टाको समय उपलब्ध हुनेछ ।
काठमाडौं । सरकारले श्रम–सुशासनका क्षेत्रमा लागू गरेका नीतिगत, कानूनी तथा प्रक्रियागत विषयमा यूएईको राजधानी अबुधावीस्थित नेपाली दूतावासले श्रमिकलाई सचेतना अभिवृद्धि गराएको छ । सामाजिक सुरक्षा कोषमा श्रमिकको आवद्धता, सोको प्रक्रिया, नेपाली राजदूतावास अबुधाबी, नेपाली समाज युएई र गैरआवासीय नेपाली सङ्घ, एनसीसी युएईलगायतका सङ्घ–संस्थाको सहयोगमा उक्त अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको हो । अबुधावीदेखि तीन सय किलोमिटर पूर्वमा रहेको उजारेखमा घुम्ति शिविरमार्फत श्रमिक सचेतना तथा राहदानी एवं कन्सुलर कार्यक्रम सञ्चालन गरिएको दूतावासले जनाएको छ । सो शिविरमा तीन सयभन्दा बढी नेपालीलाई नेपाल तथा युएईका विद्यमान श्रम कानूनका विषयमा अद्यावधिक जानकारी गराइएको थियो । कार्यक्रममा औपचारिक माध्यमबाट विप्रेषण पठाउँदा प्राप्त हुने फाइदा, नेपाली…
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत नेपाली सेनाद्वारा निर्माणाधीन काठमाडौँ–तराई द्रुतमार्गको भौतिक तथा वित्तीय प्रगति बढेको छ । नेपाली सेनाका गतिविधिबारे जानकारी गराउन सैनिक मुख्यालय जङ्गी अड्डामा आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजनाका प्रमुख, उपरथी कमलविक्रम शाहले द्रुतमार्गको समग्र प्रगति करिब ४० प्रतिशत रहेको जानकारी दिनुभयो । उहाँले भौतिक प्रगति ३८.२६ प्रतिशत तथा वित्तीय प्रगति ३९.८४ प्रतिशत रहेको जानकारी दिँदै भन्नुभयो, “आयोजना अन्तर्गत अधिकांश भौगोलिक रूपमा विकट तथा कठिन ठाउँमा काम भइरहेको छ । विगतभन्दा अबदेखि आयोजनाको तुलनात्मक प्रगति बढी हुन्छ ।” गत आर्थिक वर्ष २०८०र८१ को माघ मसान्तसम्म आयोजनाको भौतिक प्रगति ३०।९६ प्रतिशत वित्तीय प्रगति ३१।५७ प्रतिशत रहेको थियो । आयोजनाको कुल ७० ( ७७…
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर थुनामा रहेका विचौलिया बेचन झाले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि आज सुनुवाई हुँदैछ । सो निवेदन सर्वोच्चका न्यायाधीशद्धय टेकप्रसाद ढुङ्गाना र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेशी तोकिएको छ । काठमाडौं जिल्ला अदालतको आदेशबाट थुनामा रहेका झा उच्च अदालत पाटन हुँदै गत माघ २ गते सर्वोच्च अदालतसम्म पुगेका थिए । झाको हकमा माघ ३ मा पहिलो सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको थियो । झा पूरक अभियोगपत्रबाट शरणार्थी प्रकरणमा जोडिएका थिए भने पहिलो अभियोगपत्र दायर गर्नुअघि भएको अनुसन्धानमा फरार थिए । पछि भारतबाट उनलाई पक्राउ गरेर ल्याएपछि सरकारले…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क