Author: Transparentgroup

काठमाडौं । महाशिवरात्रि पर्वका अवसरमा अघिल्ला वर्षहरुजस्तै काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा नागाबाबा र साधुसन्तहरू आएका छन् । शिवरात्रिका दिन पशुपतिनाथ मन्दिरमा विशेष पूजाअर्चना गरिन्छ । यसरी आएका साधुसन्तलाई पशुपती क्षेत्र बिकास कोषले पाशुपत क्षेत्रभित्रका बनकाली, पाशुपत क्षेत्र प्राङ्गण, श्लेसमान्तक बन क्षेत्र लगायत बिभिन्न स्थानका अखडामा ब्यवस्था गरेको छ । उनिहरुका लागि आवश्यक पर्ने दाउरा लगायतका सामाग्रीहरु समेत उपलब्ध गराईएको छ । पशुपति मन्दिर परिसर पुग्नेहरु नागाबाबाहरूको दर्शन गर्न पनि पुग्छन् । उनीहरूको वेषभूषा र जीवनशैली फरक हुने भएकाले सर्वसाधारणका उनीहरु चासो र आकर्षणको केन्द्र बन्ने गर्छन् । महाशिवरात्रिको अघिल्लो दिनदेखि नै पशुपतिनाथमा साधुसन्तको चहलपहल बढीसकेको थियो । यस वर्षको महाशिवरात्रि…

Read More

काठमाडौँ । भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी मनाइन्छ । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताए । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजाआराधना गर्दछन् । शिवजी उत्पत्ति…

Read More

काठमाडौं । महाशिवरात्रीको दिन पशुपतिनाथ मन्दिरमा लाग्ने मेला सुरक्षाको लागि सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्यकर्मी तथा एम्बुलेन्ससहित करीव १३ सय जनशक्ति परिचालन गरेको छ । शिवरात्रीको दिन स्वेदश तथा विदेशबाट पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुलाई सहज रुपमा दर्शन गर्ने वातावरण मिलाउन सशस्त्र प्रहरी बल नेपालले सिनामंगलस्थित  नं.  २० विपद् उद्वार गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक शैलेश श्रेष्ठको कमाण्डमा फागुन १३ गते मंगलबार १० बजेदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ । मेलाको ओभरल कमाण्ड नं.  ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंले गर्नेछ । उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपालको विभिन्न कार्यालयहरुबाट एक सिफ्टमा ३ सय भन्दा बढी सशस्त्र प्रहरीको सुरक्षा फौज परिचाल हुनेछन्…

Read More

काठमाडौँ । महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओली पशुपतिनाथ पुगेका छन् । महाशिवरात्रि तथा आरतीका लागि पशुपति क्षेत्र विकास कोषको संरक्षक समेत रहेका प्रधानमन्त्री ओली निरीक्षण तथा सहभागी हुन पशुपतिनाथ आइपुगेका हुन् । मंगलबार साँझ उनी पशुपति पुगेका हुन् । सो क्रममा उनले पशुपति क्षेत्रको अवलोकन गर्दै बुधबार परेको शिवरात्रिको आवश्यक तयारीका विषयमा जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । शिवरात्रि पर्वका दिन राष्ट्र प्रमुखका रुपमा राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको छ ।

Read More

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले ‘आमसञ्चार परिषद् विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसहमतिले स्वीकृत गरेको छ । बैठकमा विधेयकमाथि उठेका प्रश्नको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले जवाफ पेस गर्दै प्रेस काउन्सिलले गरिरहेका कामलाई अझ प्रभावकारी बनाउनका लागि प्रस्तावित परिषद्को भूमिका महत्त्वपूर्ण रहने बताए । “विधेयकमा प्रेस काउन्सिलले गरिरहेको काम अझ प्रभावकारी बनाउन यो परिषद्को भूमिका रहनेछ, अधिकारका विषय समितिमा थप छलफल गरिनेछ, आचारसंहिता र कारबाहीका कुरा माथि पनि छलफल चल्नेछ”, उनले भने, “परिषद्लाई स्वतन्त्र मर्यादित संस्थाका रूपमा परिकल्पना गरिएको छ, सदनमा उठेका विषयमाथि थप संशोधन गरिनेछ, समितिहरूबाट आउने विषयहरू पनि समेटिनेछ ।” सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले…

Read More

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फेरि स्पष्टीकरण सोधेका छन् । यसअघि सोधेको स्पष्टीकरणको जवाफ चित्त नबुझेको भन्दै मन्त्री खड्काले कुलमानलाई पुनः स्पष्टीकरण सोधेका हुन् ।  मन्त्रालयका सचिव सुरेश आचार्यले गत १२ फेब्रुअरीमा भारत जाँदा मन्त्रालयको स्वीकृति नमागेको विषयलगायतलाई लिएर स्पष्टीकरण सोधेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङलाई पुस २२ गते किन नहटाउने भनी स्पष्टीकरण सोधेको थियो। सचिव आचार्यले त्यसबेला पनि कुलमानलाई किन नहटाउने भन्नेसहित ९ बुँदामा स्पष्टीकरण माग गर्दै पत्राचार गरेका थिए। स्पष्टीकरणको जवाफमा पुस २८ गते कुलमानले आफूलाई मन्त्रिपरिषद्ले ४ वर्षका लागि नियुक्ति दिएको र अन्य निकायले नियुक्तिको अन्त्य गर्न…

Read More

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका सरकार प्रबक्ता पृथ्वीसुब्बा गुरुङले अघिल्लो पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको कारणले नेपाल ग्रे लिष्टमा परेको बताएका छन् । मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाल गरे लिस्टमा पर्नुमा अघिल्लो सरकार जिम्मेवार रहेको बताए । उनले नेपाल ग्रे लिष्टमा परेको भनेर विरोध गर्ने माओवादीलाई नैतिक अधिकार नरहेको बताए । उनले भने, ‘ग्रे लिष्टमा परेको अहिलेको ५÷७ महिनाको कामले भएको होइन । अघिल्लो सरकारको काम हो त्यो । नेपाललाई ग्रे लिष्टबाट ग्रिन लिस्टमा ल्याउन हामीले गर्नुपर्ने मनि लाउण्डरिङ्गको विषयमा जोडिएको हुन्छ । सम्पत्ति निवारण सम्बन्धी…

Read More

काठमाडौँ । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन खोज्दा उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ भने त्यसको विरोधमा उत्रिएका छन्। संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै राज्यमन्त्री तामाङले उनलाई हटाउन नहुने बताए। उनले घिसिङले विद्युत प्राधिकरण जस्तो घाटाको कम्पनीलाई नाफामा लगेको उल्लेख गर्दै हटाउन नहुने आफ्नो प्रस्ताव रहेको बताए। कार्यकारी निर्देशक घिसिङ आगामी साउन २७ गते प्राधिकरणबाट बिदा हुँदै छन्। देशको आम्दानी बढाउने व्यक्तिलाई हटाउन नहुने उनको जिकिर छ। कर्मचारीलाई चित्त नबुझेका कुराहरुमा स्पष्टीकरण सोध्न मिल्ने बताउउँदै उनले घिसिङ देशका लागि काम गर्ने व्यक्ति भएको र नागरिकले चाहेको खण्डमा फेरि ४ वर्ष काम गर्न…

Read More

काठमाडौं। प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । सो बैठक दिउँसो १ बजे बोलाइएको छ ।संसद सचिवालयका अनुसार आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । त्यस्तै सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय सभामा उत्पति भएको आमसञ्चार परिषद विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेले सार्बजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

Read More

मोरङ । नेकपा माओवादी केन्द्रले हिजोदेखि सुरु गरेको जनतासँग माओवादी तराई मधेस जागरण अभियानको केन्द्रीय टोली आज दोस्रो दिन मोरङ पुगेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका केन्द्रीय पदाधिकारीहरूले मोरङको कानेपोखरी गाउँपालिका ६ नर्सरीडाँडास्थित सहिद लक्ष्मी फुयाँलको घरमा पुगेर सहिद परिवारसँग भेटघाट गरी आजको कार्यक्रम सुरु गरेको हो । सो अवसरमा अध्यक्ष प्रचण्डले जनयुद्धका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गरिएको उल्लेख गर्दै सत्य निरूपण तथा मेलमिलाप आयोग भने भने पीडित परिवारलाई न्याय र परिपूरणको व्यवस्था हुने बताए । सहिद परिवारका सदस्यहरूले आफ्ना परिवारका सदस्यको रगत खेर जान नदिन माओवादी पार्टीलाई बलियो बनाउनुपर्ने, उनीहरूको सपना पूरा गर्नुपर्ने, हरेक वर्ष स्मृति दिवस…

Read More