Author: Transparentgroup
झापा । अविरल वर्षाको कारण झापाको झापा गाउँपालिका र शिवसत्ताक्षी नगरपालिकाका विभिन्न वडामा माई खोलाको बाढी पसेको छ। बाढी गाउँ पस्दा दुई पालिकाका करिब ५ सय परिवार विस्थापित भएका प्रहरीले जनाएको छ। झापा गाउँपालिका वडा नम्बर २ सुगा बथानमा बाढी गाउँ पसेको हो। माई खोला गाउँ पस्दा ५६ घर विस्थापित भएका छन्। उनीहरूलाई उद्धार गरी नजिकैको विद्यालयमा स्थानान्तरण गरी गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। झापा गाउँपालिका वडा नम्बर १, ६ र ७ मा बाढी गाउँ पसेको छ । दर्जनौँ परिवार विस्थापित हुने अवस्थामा पुगेका छन्। झापाकै शिवसताक्षी नगरपालिका वडा नम्बर ४, ५, ६ र ७ मा समेत करिब…
काठमाडौँ । पानीको बहाव उच्च भएसँगै सप्तकोसी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले कोशीमा आइतबार साढे १० बजे पानीको बहाव ४ लाख ८६ हजार ७६० क्युसेक पुगेको जानकारी दिए । आजै बिहान पानीको वहाव प्रतिसेकेण्ड ३ लाख ३५ हजार पुगेपछि ब्यारेजका ५६ ढोकामध्ये ५० खोलिएको थियो । यसअघि गत भदौ १७ गते नदीमा पानीको वहाव उच्च हुँदै जाँदा कोशी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको थियो । यसपछि लगातार पानीको वहाव घटेको थियो । शुक्रबार र शनिबार लगातार बर्षा भइरहेको कारण आज बिहानदेखि सप्तकोशीमा पानीको वहाव बढ्दै गएको हो । कोशी ब्यारेजमा पानीको प्रवाह…
ईलाम । दुई दिनदेखि निरन्तर आएको अविरल वर्षापछि इलाममा हालसम्म १८ जनाको मृत्यु भईसकेको छ । ईलाम नगरपालिका वडा न. ६ घोस स्थित डम्बर बहादुर तामाङको घर पहिरोले पुरिँदा घर भित्र रहेका ६ जनाको मृत्यु भएको छ । उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं। १श्रीअन्तु गणबाट सप्रसनि प्रेम बहादुर बस्नेतको कमाण्डमा ७ जनाको टोली खटिएको र उनिहरुले शव निकालेका हुन् । त्यसै गरी ईलाम फाकफोकथुम गाउँपालिका वडा नं ३ रातोमाटे बस्ने बर्ष ३२ को सुरेश लिम्बुको पहिरोमा पुरिएर मृत्यु भएको छ । त्यसै गरी ईलामको सुर्योदय नगरपालिका – १ मानेभञ्ज्याङ्ग स्थित राजु क्षेत्रीको घर पहिरोले पुरिएकोमा उक्त घर भित्रबाट…
काठमाडौं । अविरल वर्षाका कारण हिजोदेखि बन्द रहेको आन्तरिक हवाई उडान आज बिहानैबाट सुरु भएको छ । त्रिभुवन विमानस्थल कार्यालयले मौसम अनुकूल रहेका स्थानमा आन्तरिक उडान सुरु भएको जानकारी दिएको हो । विमानस्थल कार्यालयका अनुसार नेपालगञ्ज र भद्रपुरमा आज बिहान काठमाडौंबाट उडान भइसकेको छ । पोखरा र सुर्खेतको मौसम पनि हवाई उडानका लागि अनुकूल रहेको भन्ने आएपछि आन्तरिक उडान सुरु गरिएको कार्यालयले जनाएको छ । अन्तर्राष्ट्रिय उडान भने हिजो बेलुकीदेखि नै नियमित छ ।
विराटनगर । सप्तकोशी नदीमा पानीको बहाब यो बर्षकै उच्च भएको छ । कोशी ब्यारेजमा गरिएको मापन अनुसार कोशीमा ३ लाख ३५ हजार ३६० क्यूसेक पानी प्रति सेकेण्ड बग्न थालेको छ । ८ बजे बिहान गरिएको मापन अनुसार सप्तकोशीमा पानीको सतह निरन्तर बढ्दो छ । अहिले कोशी ब्यारेजको ५० वटा ढोका खोलिएको छ । सप्तकोशीमा पानीको बहब बढेपनि कटान भने नभएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
काठमाण्डौं । प्रधानमन्त्री सुशीला कार्कीले नागरिकको सुरक्षा नै सरकारको सर्वोपरी चिन्ता रहेको बताएकी छिन् । बाढी पहिरो बढ्दै गएपछि देशबासीका नाममा जारी भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले आवश्यक सहयोग लिनका लागि अप्ठेरो नमान्न पनि आग्रह गरेकी छिन् । ‘कुनै पनि कार्य गर्दा जोखिमको पूर्व आकलन गरी सुरक्षालाई उच्च प्राथमिकता दिएर गर्नुहोस् । तपाईंहरूको सुरक्षा नै हाम्रो सर्वोपरी चिन्ता हो, आवश्यक सहयोग लिन अप्ठेरो नमान्नुस्,’ उनले भनेकी छिन्, ‘हामी तपाईंहरूको चिन्ता र कठिनाईलाई बुझ्छौं । म प्रष्ट पार्न चाहन्छु, तपाईं यसमा एक्लो हुनुहुन्न । राज्यका सम्पूर्ण स्रोत तपाईंहरूसँगै छन् ।’ बाढी पहिरो, डुबान र कटानको उच्च जोखिममा रहेको बताउँदै उनले…
बिपद्मा परेका यात्रुलाई सुरक्षित स्थानमा राख्न जिल्ला प्रशासन कार्यालयलाई विपद् प्राधिकरणको निर्देशन
काठमाडौं । देशभर परेको अविरल वर्षाका कारण लामो दूरीका सवारी साधन आवागमन रोकिएको अवस्थामा बाटोमै रोकिएका यात्रुको व्यवस्थापन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । अत्यधिक वर्षाका कारण उत्पन्न हुनसक्ने बाढी, पहिरो र डुबानजन्य जोखिमलाई मध्यनजर गर्दै असोज २० गते सोमबारसम्म सवारी सञ्चालनमा रोक लगाइएपछि गन्तव्यतर्फ प्रस्थान गरिसकेका केही सवारी साधन बाटोमै रोकिएका छन् । त्यसै सम्बन्धमा यात्रुको सुरक्षित व्यवस्थापन गर्न प्राधिकरणले आदेश जारी गरेको हो । साथै प्राधिकरणले काठमाडौँ उपत्यकाका नदी खोला किनारका सडक ९करिडर सडक० मा साँझ ६ः०० देखि बिहान ६ः०० बजेसम्म सवारी आवागमनमा रोक लगाउन आग्रह गरेको छ…
काठमाडौँ । निरन्तरका वर्षासँगै काठमाडौँ उपत्यका आसपासका नदीको जलसतह बढ्न थालको छ। जल तथा मौसम विज्ञान विभाग, खोकनामा जलमापन स्टेशनका अनुसार बागमती नदीले खतराको तह पार गरेको छ। विभागका बाढीविद् विनोद पराजुलीले उपत्यका आसपासका नदीमा जलसतह बढ्दो क्रममा रहेको भन्दै आज राति अझै अति भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। “खोकनास्थित बागमती नदीमा तीन दशमलव पाँच मिटर खतराको तह रहेकोमा हाल चार दशमलव दुई मिटर जलसहत पुगेको छ। यो क्रम निरन्तर बढ्ने भएकाले सतर्कता अपनाउन आवश्यक छ,” उनले भने। विभागका अनुसार काभ्रेस्थित रोसी, काठमाडौँको मनोहरा र बागमती नदी, मकवानपुरको लालबकैया नदीले जलसतह सतर्कता तह पार गरेको…
काठमाण्डौं । गृह मन्त्रालयले वायुसेवा सञ्चालक संघलाई हेलिकप्टरहरु तयारी अवस्थामा राख्न अनुरोध गरेको छ। शुक्रबारदेखि निरन्तर वर्षातसँगै बाढी र पहिरो जाने क्रम बढेकाले विपद् प्रतिकार्यमा आवश्यकतालाई मध्यनजर गर्दै मन्त्रालयले संघलाई पत्र लेखेको हो। ‘भारी तथा अतिभारी वर्षातका कारण आउनसक्ने बाढी, पहिरो, तथा डुबानबाट प्रभावितहरुको खोज तथा उद्धार, राहत, स्थानान्तरण र पुनर्स्थापना गर्ने कार्यका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र संघबीच भएको सम्झौताबमोजिम आवश्यकताअनुसार यस मन्त्रालयको लिखित तथा मौखिक अनुरोधमा परिचालन हुने गरी निजी हेलिकप्टरलाई तत्काल प्रयोगका लागि तयारी अवस्थामा राखिदिनुहुन अनुरोध छ’, पत्रमा भनिएको छ। यसमा सहजीकरण गर्न नागरिक उड्डयन प्राधिकरणलाई समेत आग्रह गरिएको छ। भारी तथा…
काठमाण्डौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा रौतहटको महेशपुरमा सबैभन्दा बढी २८९ र रौतहटको गौरमा २५९ मिलिमिटर वर्षा भएको छ । वीरगञ्जमा २४७, पर्सामा २३१ र बारामा २२२ मिलिमिटर वर्षा भएको छ । यस्तै, मकवानपुरमा १३४ र काभ्रेपलाञ्चोकमा १२२ मिलिमिटर वर्षा भएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिनुभयो । विभागले रौतहट,वारा र पर्सामा भएको वर्षा अति भारी भएको जनाउँदै देशको मध्य क्षेत्रमा बढी वर्षा भएको र तराइ केन्द्रित रहेको, नवलपरासीदेखि पूर्व धनकुटासम्म वर्षा भएको बताएको छ। यो अवधिमा सिन्धुपाल्चोकदेखि दोलखासम्म र काठमाडौं उपत्यकालगायत १४ वटा जिल्लामा ५० मिलिमिटरभन्दा माथि वर्षा भएको छ। पचास भन्दा बढी मापन…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क