Author: Transparentgroup

काठमाडौं । बर्सेनि फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ । शेर्पा समुदायले नयाँ वर्ष २१५२ का रूपमा ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरू गरिएको हो । समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता टीका शेर्पाले सुनाए । यो…

Read More

काठमाडौं । पाथीभरा मुकुम्लुङमा केबलकार निर्माणको विषयमा भएको विवादबारे गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सांसदहरूसँग छलफल गरेका छन्। छलफलपछि गृहमन्त्री रमेश लेखकले सांसदहरूले दिएको सुझावलाई ग्रहण गर्दै समस्याको शान्तिपूर्ण समाधान निकाल्नुपर्ने बताए। ताप्लेजुङको पाथीभरामा केबलकार बनाउने विषयमा पक्ष र विपक्षबीच विवाद हुँदै आएको छ। विपक्षमा रहनेहरूले नो केबलकारु अभियान चलाएका छन्। केही दिनअघि दुई पक्षबीच झडपसमेत भएको थियो। झडपमा प्रहरीले केही स्थानीय घाइते भएका थिए। विवादले उग्ररुप लिएपछि गृहमन्त्रालयले सहसचिवको नेतृत्वमा सरकारी वार्ता टोली बनाएको छ। तर, स्थानीयले मन्त्रीस्तरीय समिति बनाए मात्रै छलफलमा बस्ने बताउँदै आएका छन्। विवादले उग्ररुप लिएपछि केही समयका लागि केबलकार निर्माणको काम पनि रोकिएको छ। सरकारले…

Read More

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले नेपालको विकासका प्राथमिकताका क्षेत्रहरूमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना रहेको बताएका छन् । नेपाल जापान फ्रेन्डसिप समिट २०२५ का लागि आएका जापानका विभिन्न व्यावसायिक कम्पनीका प्रतिनिधिहरुसँगको भेटमा उनले नेपाल जापान फ्रेन्डसिप समिटले नेपालमा लगानीकर्ताहरुको लागि अनुकूल वातावरण रहेको सन्देश प्रवाह गर्ने र जापानी लगानीकर्ताहरुलाई नेपालमा थप लगानी गर्न उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे । पौडेलले विदेशी लगानीकर्ताहरुका लागि जलविद्युत, पर्यटन र उत्पादनमूलक क्षेत्र पनि लगानीको लागि आकर्षक क्षेत्र रहेकोले यी क्षेत्रमा उत्साहित भएर लगानी गर्न अनुरोध गरे । उनले सरकारले निजी क्षेत्रका सरोकारहरुलाई सम्बोधन गरी विभिन्न कानुनहरु अध्यादेशमार्फत संशोधन गरी लगानीको लागि…

Read More

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई सेवाबाट हटाउने विषयमा स्पष्टीकरणे सोध्ने वा कारबाही गर्ने अधिकार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई नभएको बताएका छन् । मन्त्रालयले सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफ दिँदै उनले आफूलाई मन्त्रिपरिषद्ले चार वर्षका लागि नियुक्त गरेकाले हटाउने विषयमा स्पष्टीकरण सोध्ने वा कारबाही गर्ने अधिकार पनि मन्त्रिपरिषद्लाई मात्रै भएको दाबी गरेका हुन् । यसअघि ऊर्जा मन्त्रालयले २२ पुस २०८१ मा घिसिङलाई ‘पदबाट किन नहटाउने’ भन्दै स्पष्टीकरण सोधेको थियो । घिसिङसँग मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताअनुसार भदौ महिनाभित्र मन्त्रालयको समितिमार्फत कार्यसम्पादन मूल्यांकन गराइसक्नुपर्नेमा त्यसका लागि आवश्यक विवरण नै बुझाएका थिएनन् । तेस्रो वर्षको कार्यसम्पादन मूल्यांकनमा ५०…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालको अधिकार एक इन्च पनि कटौती नहुनेगरी सामाजिक सञ्जाल सम्बन्धी विधेयक ल्याएको दाबी गरेका छन्। बिहीवार काठमाडौंमा डिजिटल अपराध सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले छाडातन्त्र, अराजकता र समाजलाई विकृत बनाउने कुरा, सभ्यता, संस्कृति, गौरवपूर्ण परम्परालाई होच्याउने र अपमान गर्नेकुरा भने स्वीकार्य नहुने बताएका हुन्। प्रधानमन्त्री ओलीले सांस्कृतिक कुराहरु ध्वस्त बनाउने कुराहरु गरेर घृणाको राजनीति गर्ने कुरा स्वीकार्य हुन नसक्ने बताए। कसैको व्यवहार, कारोबार बर्बाद गरिदिने, कसैका परिवार छिन्नभिन्न बनाइदिने, कसैको जिन्दगी बद्नाम गरिदिने, अविश्वास फैल्याइदिने, भ्रम छरिदिने कुराहरु नियन्त्रण गरेरै छोड्ने प्रतिवद्धता जनाए। सरकारले अहिले सामाजिक सञ्जालको सम्बन्धमा सोसल मिडियाको अधिकार…

Read More

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले संसद्‌मा प्रस्तुत गरेको सामाजिक सञ्जाललाई नियमन गर्न बनेको विधेयक जस्ताको तस्तै पारित नहुने बताएका छन्। आज आयोजित प्रेस क्लब मेचीनगरको पद हस्तान्तरण कार्यक्रममा बोल्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित तुल्याउने कुनै व्यवस्था अस्वीकार्य हुने धारणा व्यक्त गरे। ‘नेताहरूको आलोचना भयो, नेताहरूलाई व्यंग्य गरियो भन्दैमा कोही पनि जेल जाने अवस्था आउनुहुँदैन’, महामन्त्री शर्माले भने, ‘सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पास हुँदैन। यसलाई संशोधन गर्न सरकार तयार हुनुपर्छ।’ उनले मिडियामा नकारात्मक र भ्रामक विषयवस्तु धेरै आउने गरेको हुँदा पत्रकारहरूले तथ्य र सकारात्मक सम्प्रेषण गर्नुपर्नेमा जोड दिए। मिथ्या र भ्रामक सूचनाको प्रभावबाट सर्वसाधारणलाई जोगाउन…

Read More

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यमा नेपाललाई मतदान गर्न विश्वसमुदायलाई आग्रह गरेकी छिन् संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने क्रममा जेनेभमा रहेकी उनले जेनेभामा रहेका विभिन्न देशका राजदूत एवं प्रतिनिधिलाई नेपालको पक्षमा मतदान गर्न आग्रह गरेकी हुन् । जेनेभास्थित नेपाली स्थायी नियोगद्वारा बुधबार साँझ मन्त्री डा देउवाको सम्मानमा तथा विभिन्न देशका स्थायी नियोग र अन्तरराष्ट्रिय सङ्घसंस्थाका प्रमुखका लागि आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उनले सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवर्द्धनका क्षेत्रमा नेपालले गरेका काम र प्राप्त उपलब्धिलाई हेरेर मत दिन आग्रह गरिन् । सो समारोहमा जेनेभामा रहेका…

Read More

सुनसरी । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले जनताले प्राप्त गरेको अधिकार खोस्ने दुस्साहस गरिरहेको टिप्पणी गरेका छन् । आज ९बिहीबार० सुनसरीको गढी गाउँपालिकामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले संविधानबाट जनताले पाएका उपलब्धीहरु खोस्ने प्रयत्न भइरहेको बताएका हुन् । उनले यस्तो परिस्थितिमा आफूहरु भने उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायको पक्षमा रहने पनि बताए । ‘पुराना केही पार्टीहरुले जनताले प्राप्त गरेको अधिकारलाई पनि चुनौती दिने दुस्साहस गर्दैछन् । जनताले पाएका जेजति उपलब्धी छन्, संविधानबाट ती उपलब्धी खोस्ने दुस्साहस पनि गर्दैछन् । यो परिस्थितिमा हामी उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग,…

Read More

काठमाण्डौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/ ८३ को बजेट लेखनका लागि समिति गठन गरेको छ । समिति संयोजकमा मन्त्रालयका बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपाल तोकिएका छन् ।समिति सदस्यमा वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री, प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनी, आन्तरिक राजस्व विभाग उपमहानिर्देशक तीर्थ चिलुवाल र सहमहालेखा नियन्त्रक सुशीला अर्याल छन् । समितिलाई बजेटका सिद्धान्त तथा प्राथमिकता निर्धारण, मन्त्रालयगत आयोजना र कार्यक्रम प्राथमिकीकरण गर्न सहजीकरण, बजेट वक्तव्य मस्यौदा तयार गर्नुका साथै नीति तथा कार्यक्रममा सुझाव पेस गर्ने कार्य जिम्मेवारी रहेको संयोजक नेपालले जानकारी दिए । यसैबीच अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगबाट स्रोत समितिको निर्णय…

Read More

काठमाडौं । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना मिति फेरि सरेको छ । राष्ट्रिय खेलकुद परिषद् ( राखेप ) को बिहीबार बसेको बोर्ड बैठकले दशौँ राष्ट्रियको नयाँ मिति तोकेको हो । २०७९ मा भएको नवौं राष्ट्रिय खेलकुदबाट दशौं राष्ट्रिय खेलकुद २०८१ मंसिरमा कर्णाली प्रदेशमा गर्ने निर्णय गरेको थियो । तर, तयारी नपुगेको भन्दै राखेपले चैत २३ देखि २९ सम्म राष्ट्रिय खेलकुद गर्ने निर्णय गरेको थियो । यो समयमा पनि नहुने देखिपछि राखेपले पुनः दोस्रो पटक मिति सारेको हो । नयाँ मिति अनुसार दशौँ राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म हुने निर्णय भएको युवा तथा खेलकुदमन्त्री तेजलाल चौधरीले बताए…

Read More