Author: Transparentgroup

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले सांसद किनेर अध्यादेश पारित गराउने तयारी थालेको आरोप लगाएका छन् । आज ( शनिबार ) बुटवलमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अध्यादेशबाट शासन गर्न खोज्ने सरकारको प्रयास असफल हुने देखिएपछि सांसद किन्ने तयारी भइरहेको बताएका हुन् । उनले वर्तमान व्यवस्था काम नलाग्ने सावित भइसकेको दाबी गरे । साथै, उनले वर्तमान सरकार बनेको सात महिनामा कुनै पनि उपलब्धीमूलक काम नभएको बताए । अध्यक्ष लिङ्देनले प्रतिनिधि सभाको पहिला र दोस्रो ठूलो दल मिलेर सरकार बन्दा पनि जनतामा कुनै आशा जगाउने खालको काम हुन नसकेको बताए । अध्यक्ष लिङ्देनले…

Read More

काठमाडौं । शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा घोषणा गर्दै काठमाडौंमा र्‍याली निकालेको छ । राजधानीको दरबारमार्गमा प्रदर्शनका कारण माहोल अशान्त बनेको छ। पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरू नारायणहिटी दरबार संग्रहालयमा छिर्ने प्रयास गरिरहेका छन्। यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। सामाखुसीबाट निस्किएका प्रदर्शनकारीहरू दरबारमार्ग आइपुग्दा नारायणहिटी संग्रहालय अगाडि भिड जम्मा भएको थियो। उनीहरूले ‘गणतन्त्र मुर्दावाद’, ‘राजतन्त्र जिन्दाबाद’, ‘हामीलाई राजा चाहियो’, ‘राजा आऊ, देश बचाउ’ जस्ता नारा लगाउँदै प्रदर्शन गरे। समर्थकहरूले नेपालको झन्डा बोकेर बाइक र पैदल र्‍याली गरे भने केहीले पूर्वराजा शाहको ठूलो तस्बिरसमेत बोकेका थिए। उनीहरूले झन्डा हल्लाउँदै नाचगानसमेत गरे।…

Read More

काठमाडौं । काठमाडौंको सतुङ्गलगायतका क्षेत्रमा शनिबार ५ घण्टा बिजुली कटौती गर्ने भएको छ। नेपाल विद्युत् प्राधिकरणले सूचना प्रकाशित गर्दै बलम्बु फिडर अन्तर्गत पर्ने कञ्चन गेट, बोसीगाउँ, बौथली, सतुङ्गल चोकलगायतका क्षेत्रमा कन्डक्टरको क्षमता अभिवृद्धिलगायतका कार्यका लागि बिजुली कटौती हुने जनाएको हो। बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म ती स्थानमा बिजुली काटिने भएकाले ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा समेत मागेको छ। तोकिएको कार्य समय अगावै पूरा भएमा निर्धारित अवधि अगावै बिजुली प्रवाह हुने सूचनामा उल्लेख छ। यस्तै, मूलपानी सब स्टेसन निर्माण आयोजनाले पनि आज बेलुकीसम्म नै बानेश्वर वितरण केन्द्र, महाराजगञ्ज वितरण केन्द्र, रत्नपार्क , जोरपाटी, बालाजु र कुलेश्वर वितरण केन्द्रलगायतका क्षेत्रमा…

Read More

सिरहा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरस्थित रिङ्कुकुमारी सदाको घरमा पुगेर उहाँलाई न्याय दिलाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सामूहिक बलात्कारपीडित १७ वर्षीया किशोरी रिङ्कुलाई न्याय दिनुको साटो स्थानीय पञ्चायत बसेर मिलापत्र गराउन खोजेपछि उहाँ मृत फेला पर्नुभएको थियो । जनतासँग माओवादी तराई– मधेस जागरण अभियानका क्रममा सिरहा पुग्नुभएका अध्यक्ष दाहालसहित माओवादी केन्द्रका नेताहरु आज दिवङ्गत रिङ्कुको घरमा पुग्नुभएको हो । आफ्नो पार्टीले रिङ्कुलाई न्याय दिलाउन संसद्मा आवाज उठाएको जानकारी दिँदै उहाँले जति सक्यो चाँडो न्यायका लागि पहलकदमी लिने बताउनुभएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ । गत माघ…

Read More

गोरखा। बाक्लो हिमपातका कारण उत्तरी गोरखाको मनास्लु क्षेत्रमा घुम्न पुगेका पर्यटकलाई पदयात्रामा कठिनाइ भएको छ। शुक्रबार बिहानदेखि चुमनुब्री गाउँपालिका–१ साम्दोसहित सामागाउँ, ल्हो, स्याला र आसपासका क्षेत्रमा बाक्लो हिमपात भएपछि पयर्टक होटलमा आश्रय लिएर बसेका छन्। चुमनुब्री–१ का वडाध्यक्ष कर्माछेवाङ लामाले लार्केपास गर्न हिँडेका पर्यटक हिमपातले गर्दा साम्दो गाउँमा रोकिएका बताउनुभयो।“साम्दोमा रहेका होटल जम्मालमा १४ जना पर्यटकले आश्रय लिएर बसिरहेका छन्”, होटलका सञ्चालक निमादोर्जे लामाले भन्नुभयो, “होटल याक र धर्मशालामा गरी थप नौ जना पर्यटक लार्केपासतर्फ जान नसकी रोकिएका हुन्।” पर्यटक जोखिम मोलेर पदयात्रा गर्न नचाहने भएकाले होटलमा आश्रय लिएर बसेका उहाँले बताउनुभयो। अहिले त्यस क्षेत्रमा जमिनबाट करिब १० इन्चजति बाक्लो…

Read More

गण्डकी । राष्ट्रपति रामचन्द्र पौडेल पोखरा महानगपालिका–१८ सराङकोटमा जारी श्रीमद्भागवत ज्ञान महायज्ञ तथा धार्मिक उत्सवमा सहभागी हुन सराङकोट आइपुग्नुभएको छ । नेपाली सेनाको हेलीकप्टरमा आउनुभएका उहाँले सराङकोटमा स्थापित पञ्चमुखी गणेश र कैलाशेश्वर शिवालयको उद्घाटन गर्ने कार्यक्रम छ । सराङकोटमा यही फागुन १४ गतेदेखि श्रीमद्भागवत ज्ञानमहायज्ञ भइरहेको छ । रासस

Read More

सिरहा । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल सिराहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरस्थित रिङ्कुकुमारी सदाको घरमा पुगेर न्यायका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सामूहिक बलात्कार पीडित १७ वर्षीया किशोरी रिङ्कुलाई न्याय दिनुको साटो स्थानीय पञ्चायत बसेर मिलापत्र गराउन खोजेपछि उनी मृत फेला परेकी थिइन्। जनतासँग माओवादी तराई मधेस जागरण अभियानका क्रममा सिराहा पुगेका अध्यक्ष दाहालसहित माओवादी केन्द्रका नेताहरू रिङ्कुको घरमै पुगेर न्यायको लडाइँमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले आफ्नो पार्टीले रिङ्कुको न्यायका लागि संसदमा आवाज उठाएको जानकारी दिँदै जति सक्यो चाँडो न्यायका लागि पहलकदमी लिने बताए। प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जानकारी गराएको उल्लेख गर्दै उनले…

Read More

काठमाडौँ । महाशिवरात्रिमा पशुपतिनाथमा मेला भर्न आएका साधु सन्तहरुलाई शुक्रवार बाटो खर्चसहित बिदाइ गरिएको छ । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले बाटो खर्चसहित साधु सन्तहरुलाई बिदाइ गरेका हुन् । पशुपतिनाथ मन्दिरको मूल गेट अगाडि एक कार्यक्रम गरी उनीहरूलाई बाटो खर्चसहित बिदाइ गरिएको छ । साधु सन्तहरुलाई शुक्रवार दिउँसो सम्मको खाना र आवासको समेत व्यवस्था गरिएको कोषले जानकारी दिएको छ । साधु सन्तहरुलाई बाटो खर्च दिने काम गुठी संस्थानले मात्रै गर्दै आएकोमा केही वर्षयताबाट कोषले पनि केही खर्चको व्यवस्था गर्न थालेको हो । नागाबाबा,गोरखनाथ सम्प्रदायका नवनाथ बाबा,वैरागी,सन्यासी र सामान्य बाबाको वर्गीकरण गरी दक्षिणा दिने प्रचलन रहेको छ । वर्गअनुसार…

Read More

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संघीय संसद्मा विचाराधीन शिक्षासम्बन्धी विधेयक चाँडोभन्दा चाँडो पारित गराउन सरकार लागिपरेको बताएका छन् । आज ( शुक्रबार)  नेशनल प्याव्सको महाधिवेशनमालाई सम्बोधन गर्दै उनले शिक्षा विधेयकलाई सन्तुलित बनाएर पास गरिने बताए । विधेयकमा विद्यार्थी, अभिभावक र शिक्षकको सर्वोत्तम हितलाई ध्यानमा राखेर शिक्षा विधेयक पारित गरिने उनले बताए । शिक्षा विधेयक पारित गराउने सन्दर्भमा प्रतिपक्षी दलहरु पनि सहमत रहेको उनले बताए ।वर्तमान सरकार केही मानिसलाई मन्त्री र कोही मान्छे प्रधानमन्त्री बनोस् भनेर नबनेको उनको दाबी छ । सरकार देशमा दीगो शान्ति, सुशासन, विकास र समृद्धिको बाटोमा अगाडि बढिरहेको उनको दाबी छ । साथै, वर्तमान व्यवस्थाको विकल्प अर्को…

Read More

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष ९आव० २०८१र८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपियाँ नाफा कमाएको छ । सूचनाको हकसम्बन्धी ऐनको व्यवस्था बमोजिम सार्वजनिक गरिएको (स्वतः प्रकाशन ) विवरणअनुसार, प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपियाँ आम्दानी गरेको छ । विद्युत् खरिद, प्रशासनिक, विभिन्न आयोजनाहरुलगायतमा जम्मा ५९ अर्ब ८ करोड रुपियाँ खर्च गरिएको छ । यसरी, चालू आवको साउनदेखि पुस मसान्तसम्ममा प्राधिकरणको अप्रशोधित नाफा ( करकट्टी गर्नुअघि) ११ अर्ब ३६ करोड रुपियाँ हुने प्रक्षेपण गरिएको छ । आव २०७२र७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका…

Read More