Author: Transparentgroup
काठमाडौं । राष्ट्रिय सभाबाट एकै दिन चार वटा विधेयक पारित भएका छन् । आइतबार बसेको बैठकले नेपाल कानुन व्यवसायी परिषद् ( दोस्रो संशोधन) विधेयक पारित गरेको छ । यो विधेयक राष्ट्रिय सभामा उत्पति भएको विधेयक हो । अब यो विधेयक प्रतिनिधि सभामा जान्छ । यसबाहेक थप तीन वटा विधेयक राष्ट्रिय सभाबाट पुनः पारित भएको छ । भ्रष्टाचार निवारण ( पहिलो संशोधन) विधेयक, सुरक्षित कारोबार ( पहिलो संशोधन) विधेयक र विधायन सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पुनः पारित भएका हुन् । यी तीन वटै विधेयक राष्ट्रिय सभामा उत्पति भएका विधेयक हुन् । राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधि सभामा पठाएको थियो । प्रतिनिधि…
काठमाडौँ। गृहमन्त्री रमेश लेखकले पाथीभरा केबुलकार निर्माण विवादबारे सरकारले वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान चाहेको बताउनुभएको छ। राष्ट्रिय सभाको आइतबारको बैठकमा उठेका प्रश्नको जवाफ दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो।गृहमन्त्री लेखकले केबुलकार निर्माणको क्रममा देखिएका समस्या समाधान गर्न गृह मन्त्रालयले गठन गरेको वार्ता टोलीले आन्दोलनत पक्षसँग पटकपटक वार्ता गरेको बताउनुभयो। उहाँले आन्दोलनरत पक्षबाट उठाइएका सांस्कृतिक, धार्मिक तथा स्थानीय समुदायका समस्यालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। सरकारले शान्तिपूर्ण ढङ्गले समस्याको समाधान गर्ने कुरालाई गम्भीरतापूर्वक लिएको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, ‘ताप्लेजुङको पाथीभरा मन्दिर निर्माणका क्रममा देखिएका विवाद र समस्या समाधान गर्न गृह मन्त्रालयले पहलकदमी लिएको छ। सरकार वार्ता…
काठमाडौँ । नेशनल प्याब्सनको राष्ट्रिय महाधिवेशनले गीता राणा क्षेत्रीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको छ। पर्साको वीरगन्जमा सम्पन्न महाधिवेशनबाट ज्ञानेन्द्र मोहन भट्टराई, सूर्य बहादुर अधिकारी, बृजेन्द्र मिश्र, सुबोध डाँगी र कमल बहादुर सिंहलाई वरिष्ठ उपाध्यक्षमा चयन भएका छन् । यस्तै उपाध्यक्षमा तिलक बहादुर चौहान, कुमार बहादुर भट्टराई, डम्बर बहादुर कार्की, कुसुम रानाभाट, कृष्ण कुमार उप्रेती, धर्मराज रेग्मी, डा नन्दन यादव चयन भएका छन् । यसैगरी, महासचिव पदमा प्रताप बहादुर थापा र कोषाध्यक्ष पदमा कुबेर बस्नेत चयन हुँदा कृष्ण प्रसाद पौडेल र बम देव न्यौपाने उपमहासचिव पदमा चयन भएका छन् । त्यस्तै सहकोषध्यक्ष पदमा महेन्द्र पुन र शिव दत तिवारी चयन भएका…
काठमाण्डौं । प्रमुख सत्तारुढ नेकपा ९एमाले०ले ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित प्रसिद्ध पाथिभरा मन्दिरसम्म पुग्न बनाउन लागिएको केबलकार निर्माणलाई सहज रुपमा अघि बढाउनुपर्ने निर्णय गरेको छ । आइतबार बसेको एमाले सचिवालयको बैठकले यस्तो निर्णय गरेको जानकारी महासचिव शंकर पोखरेलले दिएका छन् । मुक्कुमुलुङमा आईएमई ग्रुपले निर्माण गरिरहेको केबलकार खारेजीको माग गर्दै धार्मिक अभियन्ताहरूले काठमाडौँमा पदयात्रा गरिरहँदा एमालेले भने सहज वातावरण बनाएर अघि बढाउनुपर्ने मत राखेको हो । ‘पाथिभरामा केबलबारका सन्दर्भमा देखिएको विवादबारे स्थानीय प्रशासन, जनप्रतिनिधि र सरोकारवालाबीच छलफल गरेर निर्माण अघि बढाउनुपर्छ’, एमाले महासचिव पोखरेलले भने, ‘केबलकार निर्माणका लागि सहज वातारण बनाउन पार्टीले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको छ…
धनुषा। नेकपा (माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओली फेल भएको टिप्पणी गरेका छन् । जनतासँग माओवादी तराई(मधेस जागरण सभाअन्तर्गत आज धनुषामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्याबिनेटको कार्य सम्पादन मूल्याङ्कनअनुसार प्रधानमन्त्री ओली फेल भएको बताएका हुन् । प्रचण्डका अनुसार प्रधानमन्त्री ओलीले कार्य सम्पादन मूल्याङ्कनमा २८ अंकमात्रै पाएका छन् । अध्यक्ष प्रचण्डले फेल भएको मान्छे पदमा बसिराख्न नहुने टिप्पणी गरे । ‘प्रधानमन्त्रीजी तपाईंको क्याबिनेटको कार्य सम्पादन मूल्यांकनमा तपाईं २८ प्रतिशतमा पर्नुभएको छ। तपाईं त फेल नै हुनुभएको छ। किन बसिराखेको प्रधानमन्त्रीमा रु’ प्रश्न गर्दै उनले भने । साथै, प्रधानमन्त्री ओलीले शिक्षकहरुको बारेमा दिएको अभिव्यक्तिमा…
लमजुङ । मातृभूमि जागरण अभियान नेपालका संयोजक तथा पूर्वउपप्रधानमन्त्री डा भीम रावलले राष्ट्र र राष्ट्रियताका निम्ति स्वभीमानी नेपाली एकजुट हुनुपर्ने बताएका छन् । लमजुङ बेँसीसहर नगरपालिका–७ मा आज आयोजित पत्रकार सम्मेलनमा उनले देश राजनीतिक र आर्थिक रुपमा सङ्कटोन्मुख अवस्था रहेकाले यसको समाधानका लागि सबै एकजुट हुनुपर्ने बताए ।“कुनै दल वा व्यक्तिगत स्वार्थमा नलागी देश, जनताको पक्षमा सबै एकजुट हुनुपर्ने बेला आएको छ”, उनले भने, “राजनीति दलहरुले देश र जनताको लागि काम गर्न नसक्दा सङ्कट पैदा भएको छ, यस्ता सङ्कटबाट पार पाउनका लागि सबैको हातेमालो जरुरी छ ।” देशलाई सही दिशामा लैजानका लागि दुई ठूला दल एमाले र कांग्रेसले संविधानअनुसार काम…
काठमाडौँ। गृहमन्त्री रमेश लेखकले नेपाललाई लागुपदार्थ मुक्त देशको रूपमा स्थापित गर्न सबै एकजुट भएर काम गर्नुपर्ने बताउनुभएको छ। शनिबारबाट नेपाल प्रहरीले सुरु गरेको लागुऔषध विरुद्धको महाअभियानको शुभारम्भ गर्दै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो। उहाँले अहिले सङ्घीयतामा सरकार रहेको उल्लेख गर्दै तीन तहकै सरकारले लागुऔषधविरुद्धको महाअभियानलाई सफल बनाउन आवश्यक काम गर्नुपर्ने बताउनुभयो।उहाँले नागरिकसँग नजिक रहेको स्थानीय सरकारले बढी पहल कदमी लिनुपर्ने बताउनुभयो। पालिका र वडावडा स्तरबाट लागुऔषध विरुद्धको महाअभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।६ महिनामा लागुऔषध मुक्त पालिका घोषणा गर्नेगरी अभियान चलाउन आग्रह गर्नुभयो। समग्र राष्ट्रलाई नै केही समयभित्र लागुपदार्थ मुक्त राष्ट्रका रूपमा लैजान जरुरी रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले लागुऔषधले समाजमा…
काठमाण्डौ. । सशस्त्र प्रहरी बलले गोरखाको साम्दो इलाकामा पर्ने पदमार्गमा यात्रा गर्दा साबधानी अपनाउन अनुरोध गरेको छ । चुमनुब्री –१ साम्दो क्षेत्रमा हाल ३ फिट सम्म हिउँ परेकोले सो पदमार्गमा यात्रा गर्ने पर्यटकहरुलाइ साबधान रहन भनेको हो । केही दिन यता भएको भारी हिमपातले बाटोघाटो अबरुद्ध भएपछी बिओपी साम्दोले हिउँ पन्छाउने कार्य पनि निरन्तर गरिरहेको छ । यसैगरी उत्तरतर्फका पदमार्गका कतिपय ठाउँमा हाल सशस्त्र प्रहरि बलका बोर्डर आउट पोस्ट स्थापना भइसकेका र अन्य स्थानमा पनि बिओपी स्थापना गरिने योजना रहेकोले हाल रहेका बिओपी हरुले ती क्षेत्रमा बिपद् उद्दारलाइ पनि उच्च प्राथमिकता राखेर कार्य गरिरहेको छ । हाल उत्तरतर्फ १० वटा…
काठमाडौं । कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ । संयुक्त राष्ट्र सङ्घको आव्हानमा शान्ति स्थापना कार्यको लागि डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा रहेको युनाइटेड नेसन्स अर्गनाइजेसन स्टाबीलाइजेसन मिसन इन द डेमोक्रेटिक अफ कंगो मिसनमा तैनाथ हुन जाने श्री चण्डीदल गण ३१औं डफ्फाको १६२ जना नेपाली शान्ति सैनिकहरूको छैटौँ तथा अन्तिम टोली सेनानी रत्न बहादुर श्रेष्ठको नेतृत्वमा संयुक्त राष्ट्र सङ्घको चार्टड विमानद्वारा मिति २०८१ फाल्गुण १६ गते मिसन इलाका प्रस्थान गरेको छ । मिसन कंगोमा नेपाली सेनाको एउटा गण, दुई वटा गुल्मका साथै स्टाफ तथा सैनिक पर्यवेक्षक सहित १,१४९ जना शान्ति सैनिकहरू कार्यरत छन् ।
काठमाण्डौ. । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/0८३ को बजेट तर्जुमा कार्यतालिका (बजेट क्यालेन्डर) तयार पारी बजेट लेखन थालेको छ । राष्ट्रिय स्रोत अनुमान समितिले उपलब्ध गराएको बजेट सीमा ( सिलिङ) भित्र रही आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया अघि बढेको अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधन गरेर अध्यादेशमार्फत ल्याइएको बजेट क्यालेण्डरसम्बन्धी व्यवस्था अनुसार काम अघि बढिरहेका छन् । स्रोत अनुमान समितिले करिब रू १९ खर्ब हाराहारीको बजेट सिलिङ उपलब्ध गराइसकेको छ । सबै विषयगत मन्त्रालयलाई पनि बजेट सिलिङ दिइसकेका छौँ, भण्डारीले भने । आगामी आर्थिक वर्षको बजेट बनाउनका लागि सबै…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क