Author: Transparentgroup

काठमाण्डौं । सरकारले भूमिसम्बन्धी बाहेक पाँच अध्यादेश बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा पेस गर्ने भएको छ। सत्ता साझेदार दलहरूबीच भएको समझदारीबाट पाँच अध्यादेशहरू स्वीकृतिका लागि प्रतिनिधिसभामा पेस गर्ने भएको हो। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसहितको सहमतिमा अध्यादेश प्रस्तुत हुन लागेको नेकपा ( एमाले ) का मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए। उनले भने, भूमिबाहेक बाँकी पाँच अध्यादेश बुधबार प्रतिनिधिसभा बैठकमा स्वीकृतिका लागि प्रस्तुत गर्छौं। सत्ता साझेदार दलहरूबीच यही समझदारी भएको छ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसहितको सहमतिमा अध्यादेश प्रस्तुत हुन लागेको हो।यस्तै राष्ट्रियसभामा भने फागुन २२ ( बिहीबार) गते स्वीकृतिका लागि पेस हुने उनले बताए। पाँच अध्यादेश…

Read More

काठमाडौं । राजधानीमा जारी ‘केपी ओली कप फुटबल’को फाइनल खेल हेर्न काठमाडौं आईपुगेका फिफा विश्वकप विजेता इटालीका गोलकिपर जियानलुजी बफोनसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेका छन् । बफोन र ओलीबीच बिहान चियानास्ता सहितको भेट भएको ओलीले जानकारी दिएका छन् । उनले लेखेका छन् ‘नेपाल आउनु भएका इटालीका गोलकिपर जियानलुजी बफोनसँग आज बिहान सँगै चियानास्ता गर्ने अवसर मिल्यो । उहाँको नेपाल बसाइ सुखद् रहोस्’। भेटका अवसरमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज राई, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे, बुफनका परिवारका सदस्यलगायत सहभागी थिए। आइतबार बफोन…

Read More

काठमाडौं । थापाथली क्षेत्रमा मेलम्चीको पाइप फुटेको काठमाडौं उपत्यका खानेपानी वितरण केन्द्रले बताएको छ। आज बिहानै मेलम्चीको पाइप फुट्दा थापाथली क्षेत्र जलमग्न हुनुका साथै सडक अवरुद्ध भएको हो। पाइप फुटेको स्थानमा पानी वितरण नगरिएको काठमाडौं उपत्यका खानेपानी वितरण केन्द्रले बताएको छ। पाइप फुट्नुको कारण हालसम्म जानकारीमा आइनसकेको केन्द्रको भनाइ छ। काठमाडौं, फागुन २० । रासस पाइप फुटेपछि सडकपेटीमा पनि क्षति पुग्नुका साथै वरपरका पसलहरुमा पानीको भेल पसेको छ । सो क्षेत्रमा रहेको रेष्टुरेन्ट, औषधि र फलफूल पसलहरुमा पानीको भेल पसेर जलमग्न भएको छ । यसअघि माइतीघर–बानेश्वर सडक खण्डको बबरमहल क्षेत्रमा पनि मुख्य पाइप फुटेको थियो। विद्युत् प्राधिकरणले तार भूमिगत गर्न…

Read More

भक्तपुर । नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशनबाट नयाँ नेतृत्व आज चयन हुँदैछ । पार्टी केन्द्रीय सदस्य सरोजराज गोसाईंले विभिन्न प्रतिवेदनमाथि छलफल जारी रहेकाले महाधिवेशन सोमबार सकिएन र आज नयाँ नेतृत्व चयन हुने बताउनुभयो । उहाँले भन्नुभयो, “महाधिवेशन आगामी कार्यकालका लागि नेतृत्व चयन गर्दै सोमबार सम्पन्न गर्ने भनिए पनि एक दिन लम्बिएको थियो । सोमबार बन्द सत्रमा हिजो पेस भएका प्रतिवेदनमाथि सात वटा समूह बनाएर छलफल, पार्टीको विधान संशोधनबारे बहस, महाधिवेशनको घोषणा पत्र तयारी, राष्ट्रिय तथा अन्तरराष्ट्रिय नीतिलगायत विषयमा छलफल गर्दा समय अपुग हुँदा सोमबार नसकिएर दिन लम्बिएको हो ।”महाधिवेशनमा ५० जिल्लाका करिब तीन सय प्रतिनिधि सहभागी छन् ।

Read More

काठमाडौँ । आज मार्च ३ अर्थात् विश्व वन्यजन्तु दिवस । संसारभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो वर्ष वन्यजन्तु र मानवको बासस्थान पृथ्वीको अतिदोहन रोक्न तथा यसको जैविक विविधता, पर्यावरणीय एवं पारिस्थितिकीय प्रणालीको संरक्षणमा जोड दिइएको छ । दिवसका लागि यो वर्षको नारा ‘वन्यजन्तु संरक्षणमा वित्तः मानव र पृथ्वीमा लगानी’ भन्ने छ । संयुक्त राष्ट्रसंघको ६८ औँ महासभाले २० डिसेम्बर २०१३ मा जोखिममा रहेका वन्यजन्तु र वनस्पतिका बारेमा मानवलाई सचेत गराउने उद्देश्यले मार्च ३ लाई विश्व वन्यजन्तु दिवसको रूपमा घोषणा गरेको हो । सन् १९७३ मा आजकै दिन लोपोन्मुख प्रजातिका वन्यजन्तु र वनस्पतिको अन्तरराष्ट्रिय व्यापार महासन्धि ( सिआइटिईएस )अनुमोदन…

Read More

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका– २ का वडाध्यक्ष अर्जुन साउदले कालोपत्रको माग गर्दै सडकमै बसेर वडा कार्यालय सञ्चालन गरेका छन्। ठेक्का सम्झौता भएको लामो समयदेखि बंक–नायल–बुडर सडक कालोपत्र कार्य नभएपछि वडाध्यक्ष साउदले निर्माण व्यवसायी र पूर्वाधार विकास कार्यालयलाई दबाब दिन सडकमै कार्यालय सञ्चालन गरेका हुन्। उनले सडकको प्रवेश बिन्दुमै टेबुल राखेर आइतबारदेखि वडाको सेवा प्रवाह गरिरहेका छन्। कालोपत्र गर्ने कार्यको सुनिश्चितता नहँुदासम्म सडकमै कार्यालय सञ्चालन गर्ने उनले बताए। ‘पटक–पटक सडक स्तरोन्नती र कालोपत्रका लागि ठेक्का सम्झौताको म्याद थप्ने कार्य बाहेक सडक कालोपत्र कार्यको प्रगति हुनसकेको छैन,’ वडाध्यक्ष साउदले भने, ‘सडकका खाल्डाखुल्डी पुर्ने कार्यमै बजेट सिध्याइने गरिएको छ, त्यस भन्दा बाहेकको…

Read More

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दाङ तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारका लागि तत्काल एक करोड बजेट विनियोजन गरेको छ। साथै मन्त्रालयले थप ९९ करोड रुपैयाँ बजेट सुनिश्चित गर्नका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको जानकारी प्राप्त भएको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले जानकारी दिइन्। विसं २०११ मा स्थापना भएको उक्त विमानस्थलमा अहिले ठूला जहाजसमेत अवतरण समेत सकिरहेको अवस्था छैन। हाल विमानस्थल सात सय ५० मिटर लम्बाइ छ। यसलाई बढाएर एक हजार पाँच सय मिटर बनाउन सकिएमा ७२ सिटे जहाज अवतरण सक्छन्। तर अहिले १९ सिटे जहाज मात्रै बस्न सक्छन्। साना जहाजले उल्लेख्य रुपमा फाइदा लिन नसकेपछि ती जहाज बस्न…

Read More

काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन ( स्ववियु ) को निर्वाचन प्रक्रिया आजदेखि सुरु हुँदैछ । चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनको कार्यतालिका आजदेखि सुरु भएको हो। आज संघरसंगठनरसमूह दर्ताको कार्यक्रम राखिएको छ । निर्वाचन हुने क्याम्पसहरूमा दर्ता गरिनेछन् । त्यसका लागि सङ्ग सङ्गठन समूहको लेटरप्याडमा निवेदन पेस गर्नुपर्नेछ । आधिकारिक २ जनाको नमुना हस्ताक्षरसहित आफ्नो संघ सङ्गठनको कमिटीको नामावली उल्लेख गर्नुपर्नेछ । आधिकारिक हस्ताक्षर प्रयोग गर्ने दुई जनाको विद्यार्थी परिचय पत्र पेस गर्नु पर्नेछ । त्यस्तै, संघरसङ्गठनरसमूहको केन्द्रीय समिति भए केन्द्रीय अध्यक्षरसभापतिरसंयोजकरप्रमुखको पत्र सहित नाम र फोन नम्बर समेत अनिवार्य उल्लेख गर्नुपर्नेछ । समूह दर्ता गर्ने भएमा…

Read More

काठमाण्डौं । इटालीका पूर्वकप्तान तथा विश्वविख्यात गोलकिपर जियानलुइजी बुफोनले नेपाललाई एसियन कप, विश्वकप र अन्य अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा देख्न चाहेको बताएका छन्। आइतबार काठमाडौंको हायत रिजेन्सी होटलमा आयोजित पत्रकार सम्मेलनमा बुफोनले नेपालले विश्व फुटबलको ठूला प्रतियोगितामा प्रतिस्पर्धा गर्न आवश्यक संरचना विकास र लगानी गर्नुपर्ने धारणा व्यक्त गरे। ठूलो लक्ष्य लिएर निरन्तर मिहिनेत गरे, एक दिन त्यो पूरा हुने विश्वास पनि उनले व्यक्त गरे। सन् २००६ को विश्वकप विजेता इटाली टोलीका मुख्य गोलकिपर रहेका बुफोन आइतबार नेपाल आएका हुन्। आफू सानै हुँदा नेपालका झण्डा आकर्षक लाग्ने गरेको स्मरण गर्दै उनले हिमालको देश नेपाल भ्रमण गर्ने आफ्नो सपना पूरा भएको बताए। नेपाल…

Read More

काठमाडौं । बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवाललाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले आरोप पुष्टि हुन नसक्ने फैसला गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवालमाथि झुठो विवरण पेश गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो ।सिलवालले नागरिकता लिएको मिति र उनले विश्वविद्यालयबाट पाएको शैक्षिक योग्यताको प्रमाणपत्रमा जन्ममिति फरक रहेको अख्तियारको आरोप थियो । उनले वास्तविकता भन्दा ३ वर्ष उमेर घटाएर राहदानी लिएको समेत आरोप थियो । विशेष अदालतले सिलवाललाई अख्तियारको सबै आरोपबाट सफाइ दिएको छ । सिलवालले आफ्नो जीवनकालमा तीन पटक नागरिकता लिएको…

Read More