Author: Transparentgroup

पोखरा । कास्की जिल्लाको पोखरा महानगरपालिका–६ स्थित फेवातालमा फसेका तीन जनाको फागुन २० गते सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२ बस्ने ४३ वर्षिय राजन उप्रेती, ४५ वर्षिय केशव दाहाल र ४७ वर्षिय विष्णुहरी दाहाल प्याडल बोटमा बोटिङ्ग गरिरहेको अवस्थामा एक्कासी आएको हावाहुरीका कारण फेवातालमा फसेका थिए । सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं-. ४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले मोटर बोटको सहायताले उनीहरुको सकुशल उद्वार गरेको हो ।

Read More

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९एमाले०र नेपाली काँग्रेस दुबैले बुधबार बस्ने सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ । बुधबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा सरकारले ल्याएको ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ( पहिलो संशोधन अध्यादेश, २०८१’, ‘निजीकरण ( पहिलो संशोधन )  अध्यादेश, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, सहित पाँच अध्यादेश संसद्बाट पारित गर्नुपर्ने भएकाले दुवै पार्टीले आफ्ना सांसदलाई अनिवार्य उपस्थितिका लागि निर्देशनात्मक ह्विप जारी गरेका…

Read More

ललितपुर । जनता समाजवादी पार्टी ( जसपा )  नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । तीन दिनसम्म ललितपुरमा चलेको पार्टीको केन्द्रीय समिति बैठकले हाललाई सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो । बैठकपछि जसपा नेपालका प्रवक्ता मनिष सुमनले सरकारर्लाइ दिएको समर्थन फिर्ता लिने बिषयमा कुनै निर्णय नभएको र समर्थन कायमै रहेको जानकारी दिएका हुन् । यद्यपी बैठकले भ्रष्टाचारको अन्त्य, सुशासन कायम, विकास र संविधान संशोधनका लागि वर्तमान सरकार असक्षम रहेको निष्कर्ष निकालिएको उनले बताए । उनले अध्यादेशको प्रक्रियाप्रति बैठकले असहमति जनाउदै भूमिसम्बन्धी अध्यादेश फिर्ता दिन माग गरिएको उल्लेख गरे । अन्य पाँचवटा अध्यादेशलाई भने समर्थन जनाउने…

Read More

काठमाण्डौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले साउन १ गतेदेखि प्रदेश सरकारले नै सवारी चालक अनुमति पत्र ( लाइसेन्स )  छपाइ गर्ने बताएका छन्। मंगलवार मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सातै प्रदेशका यातायात संवद्ध मन्त्री र सचिव सहितको विषयगत समितिको बैठकमा बोल्दै मन्त्री दाहालले यस्तो बताएका हुन्। उनले मेसिन किनेर कार्ड बनाउने की कार्ड किन्ने भन्ने निर्णय प्रदेश सरकारले नै गर्नुपर्ने बताए। उनले वागमती र कोशी प्रदेशले प्रयास गरिसकेको भन्दै अब अन्य प्रदेशले पनि शुरु गर्नुपर्ने बताए। आगामी कार्तिक मंसिरससम्म २५ लाख लाइसेन्स छपाइ सक्नुपर्ने बताए। उनले जसमा अहिलेसम्म साढे ५ लाख मात्रै छापिएको र १९ लाख अझै…

Read More

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा दोषी ठहर भएकालाई बढी सजाय र सफाइ पाएकारुलाई दोषी ठहर गर्नुपर्ने मागसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएको छ । अख्तियार ललिता निवास प्रकरणमा प्रतिवादी बनाइएका ११० जनाविरुद्ध नै सर्वोच्चमा पुनरावेदन गएको हो । साथै, ६५ जना जग्गाधनीको जग्गा जफत हुनुपर्ने मागसमेत गरिएको छ । विशेष अदालतको फैसला त्रुटिपूर्ण रहेको दाबीसहित कलाधर देउजा, सुरेन्द्रमान कपाली, मुकुन्द प्रसाद आचार्य, जगत प्रसाद पुडासैनी, धर्म प्रसाद गौतम, युक्त प्रसाद श्रेष्ठ, रुद्र कुमार श्रेष्ठ, पुष्पराज उपाध्याय, इन्द्रप्रसाद ढुङ्गाना, टिकाराम घिमिरे, टिका बहादुर बिसी, जीवनाथ पोखरेल, अर्जुन प्रसाद भण्डारी, मोहम्मद साबिर हुसैन, श्रीहरि पुडासैनी, श्याम कुमार…

Read More

रुपन्देही । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्नुभएको छ । पार्टी कार्यक्रमको सिलसिलामा रुपन्देहीमा रहनुभएका मन्त्री लेखक मङ्गलबार बिहान विमानस्थलको निरीक्षण तथा अवलोकन गर्नुभएको हो ।गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालय सिद्धार्थनगर, रुपन्देहीका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार गृहमन्त्री लेखक बिहान ९ बजे विमानस्थल निरीक्षणका लागि पुग्नुभएको थियो । निरीक्षणपछि गृहमन्त्री लेखकले विमानस्थलमा रहेका अध्यागमन कार्यालय, त्यहाँको सुरक्षा व्यवस्थासहित विमानस्थलको विषयमा बुझेको बताउनुभयो । गृहमन्त्री लेखकले भन्नुभयो, ूगौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरेका छौं । त्यहाँको अध्यागमन कार्यालयको अवस्था, आवतजावतको स्थिति, यात्रुहरुको सेवा सुविधा, व्यवस्थापन, सरसफाइ के कस्तो छ भन्ने कुरा हेरेर आएका छौं । उहाँले…

Read More

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । नेपाल चिकित्सक सङ्घद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको त्यही भावना र मर्मअनुसार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानको यो भावना र मर्मलाई आत्मसात् गर्दै चिकित्सकले यो पेशालाई सेवा भावको दृष्टिकोणले हेर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।” राष्ट्रपति पौडेलले नेपाली जनताको ठूलो सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकता प्रत्याभूतिको व्यवस्था सुनिश्चित गरेको स्पष्ट पार्नुभयो । उहाँले…

Read More

गुलरिया । मृत अवस्थामा पाटे बाघ फेला परेको छ । गुलरिया नगरपालिका–१२ बिक्री स्थित भवानी सामुदायिक वनमा मृत अवस्थामा पाटे बाघ मंगलबार बिहान फेला परेको हो । बबई सब डिभिजनका कर्मचारी र सामुदायिक वनका उपभोक्ताहरूको संयुक्त टोलीले वनको गस्ती गर्ने क्रममा मृत अवस्थामा बाघ फेला परेको डिभिजन वन कार्यालयका सूचना अधिकारी राम कुमार चौधरीले बताए । ‘फेला परेको पाटे बाघ पहिला नै मारेको हो,सडिसकेको अवस्थामा बाघ फेला परेको छ’ सूचना अधिकारी चौधरीले भने,‘राष्ट्रिय प्रकृति संरक्षण कोष र वनको टोली अनुसन्धानको लागि खटिएको छ ।’ अनुसन्धान पछि के कारणले बाघ मरेको खुल्ने सूचना अधिकारी चौधरीले जानकारी दिए ।

Read More

ललितपुर । ललितपुरको टीकाथलीमा भूमिगत पानी निकाल्न बोरिङ खन्ने क्रममा ग्यास निस्किएर आगोको ज्वाला निस्किएको छ। महालक्ष्मी नगरपालिका–५ टीकाथलीमा बिहान करिब ८ः३० बजेतिर आगोको ज्वाला निस्किएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। आगोको ज्वाला निस्किए लगत्तै उक्त स्थानमा प्रहरी पुगेको थियो। त्यहाँ पुग्दा ९ सय फिट गहिराइमा खनिसकेपछि आगो बलेको पाइएको प्रहरीले जनाएको छ। बोरिङ खन्ने क्रममा आगोको लप्का उठेर मुस्लोमा परिणत भएको थियो। जसमा पानी खन्याउँदा समेत आगो ननिभेको दृश्यहरूमा देखिन्छ। त्यसपछि पुगेको प्रहरीले खानी तथा भूगर्भ विभागमा खबर गरेको थियो भने कृत्रिम उपायमार्फत आगो निभाएको थियो। खानी तथा भूगर्भ विभागकी प्रवक्ता मोनिका झाले काठमाडौं उपत्यका क्षेत्रमा प्राकृतिक ग्यास…

Read More

नेपालगञ्ज । नेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार जति टिक्छ, त्यति नै आफ्नो पार्टीलाई फाइदा पुग्ने भएकाले आफूहरु सरकार बदल्ने कुनै खेलमा नरहेको स्पष्ट गरेका छन‍् । कैलालीको टिकापुरमा हुने थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न जाने क्रममा आज विहान नेपालगञ्ज विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । ‘अहिलेको सरकार अपारदर्शी, असंवैधानिक र अलोकतान्त्रिक तरिकाले बनेको हो भन्ने हामीले सुरुदेखि नै भन्दै आएको हौं’– अध्यक्ष प्रचण्डले भने– ‘सरकारले अहिलेसम्म जे जस्ता क्रियाकलाप गर्दै आएको छ, उसको उद्देश्य जनताले एकपछि अर्को गरी बुझ्दै गएका छन्, त्यसैले यो सरकार जति टिक्छ,…

Read More