Author: Transparentgroup

कैलाली । धनगढी उपमहानगरपालिका(२ मा सञ्चालित सूक्ष्म वर्गीकरण केन्द्रले कुहिने र नकुहिने फोहोर बिक्री गरेर ४५ लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको छ। केन्द्रले गत आर्थिक वर्षमा २५ लाख ५५ हजार र चालु आवको आठ महिनामा २० लाख रुपैयाँ आम्दानी गरेको हो। उपमहानगरपालिकाका वातावरण, खानेपानी तथा सरसफाइ व्यवस्थापन शाखा प्रमुख अशोक अवस्थीका अनुसार उपमहानगरपालिकाले आव २०८०र०८१ को साउनदेखि सञ्चालनमा ल्याएको केन्द्रलाई चालु आवदेखि निजी कम्पनीमार्फत ठेक्का लगाई फोहोरबिक्री गर्दै आएको छ। धनगढीको नन्दादेवी सेवा केन्द्रलाई २०८१ देखि २०८६र८७ सम्म पाँच वर्षका लागि ठेक्का दिइएको छ। ठेकेदार कम्पनीसँग पहिलो वर्षको ठेक्का रकमअनुसार प्रत्येक वर्ष १० प्रतिशतले पाँच वर्षसम्म रकम वृद्धि गर्नेगरी…

Read More

काठमाण्डौं । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश रोकेर सरकारले बाँकी पाँच अध्यादेश राष्ट्रियसभामा पनि निर्णयार्थ पेस गर्ने भएको छ। आज बुधबार प्रतिनिधिसभा पेस भएका उक्त अध्यादेशलाई भोलि बिहीबार राष्ट्रियसभामा निर्णयार्थ पेस गर्ने सम्भावित कार्यसूची छ। जसपा, नेपालको अडानका कारण माघ १८ गते संसद्‌मा पेस भएका अध्यादेशहरू स्वीकृत गर्ने प्रक्रियामा लगिएका थिएनन्। प्रतिनिधिसभामा सत्तागठबन्धन दल कांग्रेस(एमालेको स्पष्ट बहुमत भए पनि राष्ट्रियसभामा जनता समाजवादी पार्टी, नेपाल निर्णायक छ। जसपाले भूमि अध्यादेश फिर्ता लिन माग गरेको थियो। सरकारले उक्त अध्यादेश होल्ड गर्ने भएपछि निर्णयार्थ पेस गर्न लागिएको हो भूमि अध्यादेश फिर्ता नभई बाँकी अध्यादेशमा समेत समर्थन नगर्ने जसपा नेपालको चेतावनीपछि…

Read More

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले काठमाडौंमा बृहत् मोटरसाइकल र्‍याली आयोजना गरेको छ। ‘राजा आऊ देश बचाउ’ नारासहित बबरमहलस्थित बिजुलीबजार पुलमा भेला भएका राप्रपाका नेता तथा कार्यकर्ताहरू माइतीघर मण्डला, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, भोटाहिटी, जमल, दरबारमार्ग हुँदै नारायणहिटीसम्म मोटरसाइकल र्‍यालीमा सहभागी भए। बुधबार मध्याह्न आयोजित उक्त र्‍यालीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री कुन्ति शाही, प्रवक्ता ज्ञानेन्द्र शाही, लगायत नेता तथा कार्यकर्ताहरू सहभागी भएका थिए। र्‍यालीमा राष्ट्रिय झन्डासहित पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहको तस्बिर प्रदर्शन गरिएको थियो। राप्रपाले राजसंस्था पुनःस्थापना, सनातन सापेक्ष हिन्दु अधिराज्य, प्रदेश संरचना खारेजी, तथा भ्रष्टाचारको अन्त्यको माग गर्दै प्रदर्शन गरेको हो। व्यवस्था…

Read More

काठमाण्डौं । अवैध रूपमा अमेरिका गएका १० जना नेपाली आज चार्टर विमानमार्फत काठमाडौँ आइपुगेका छन्। अध्यागमन विभागका अनुसार १० जना नेपाली लिएर अमेरिकी चार्टर विमान बुधबार बिहान नौ बजेर ५३ मिनेट जाँदा त्रिभुवन विमानस्थलमा अवतरण भएको हो।त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता जनगन्नाथ निरौलाले अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको जहाज गल्फजेटस्ट्रिम काठमाडौँमा अवतरण भएको जानकारी दिए। डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि अवैध रुपमा अमेरिका प्रवेश गरेका आप्रवासीलाई अमेरिकी प्रशासनले देश निकाला गरिरहेको छ। ट्रम्पको कार्यकारी आदेशपछि यसअघि नै २७ नेपाली अमेरिकाबाट निकालिएका छन्। ट्रमको दोस्रो कार्यकाल सुरु भएपछि ३७ जना नेपाली अमेरिकाबाट ‘डिपोर्ट’ भएका छन्। उक्त विमानमा १० नेपालीसँगै केही अल्बानियाका…

Read More

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीसँग नेपालका लागि जापानी राजदूत माएदा तोरुले शिष्टाचार भेट गरेका छन् । आज मन्त्रालयमा भएको भेटमा नेपाल र जापानबीच भएको आपसी समझदारी एवं श्रम सम्झौताको कार्यान्वयनका विविध पक्षमा छलफल भएको मन्त्रालयका प्रवक्ता डण्डुराज पाण्डेले जानकारी दिए । उनका अनुसार नेपालबाट जापान पुगी कार्यरत रहेका नेपाली कामदारहरुको सेवा, सुविधा र सुरक्षालगायतका विषयमा मन्त्री भण्डारीले चासो राखेका थिए । यसैगरी जापान सरकारको मागबमोजिम पठाइने दक्ष सीपयुक्त कामदारको सन्दर्भमा दुवै पक्षबीच छलफल गरी यथाशीघ्र निष्कर्षमा पुर्‍याउनुपर्ने विषयमा समेत दुवै पक्षबीच छलफल भएको थियो । भेटका क्रममा नेपालका लागि जापानी राजदूत तोरुले नेपाली दक्ष कामदार जापान…

Read More

काठमाडौं । नेपाल मजदुर किसान पार्टी ( नेमकिपा )  को अध्यक्षमा पुनः नारायणमान बिजुक्छे ९रोहित० सर्वसम्मत चयन भएका छन् । नेमकिपाको सम्पन्न आठौँ महाधिवेशनको अन्तिम आज बिजुक्छेंलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । नेमकिपाको आठौं महाधिवेशन गत फागुन १६ गते सुरू भएको हो । विसं २०३१ माघ १० गते विधिवत् स्थापना भएको नेमकिपाको स्थापनाकालदेखि बिजेक्छें सर्वसम्मत अध्यक्ष रहँदै आएका छन् । उमेरले ८५ वर्ष पुगेका बिजुक्छेंले २०७४ को आम निर्वाचनमा संसदीय राजनीतिबाट विश्राम लिएका थिए। उनले जित्दै आएको भक्तपुर क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा नेमकिपाले २०७४ मा पार्टी सचिव प्रेम सुवाललाई उम्मेदवार बनाएको थियो । महाधिवेशनले नेमकिपाको सचिवमा प्रेम…

Read More

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । अपराहन्न १ बजेदेखि सुरु हुने बैठकमा सरकारले यस अघि संसदमा पेस गरेका विभिन्न पाँच अध्यादेशमाथि छलफल र स्वीकृतीका लागि पेश हुने संघीय संसदले सार्बजनिक गरेको आजको सम्भावित कार्यसूचीमा उल्लेख छ । सरकारले आज यस अघि जारी गरिएको भूमिसम्बन्धी अध्यादेश बाहेक अन्य पाँच अध्यादेश स्वीकृतिका लागि पेस गर्ने भएको हो । सरकारमा रहेका सत्तारुढ दलहरुबीच सोमबार साँझ भूमिसम्बन्धी अध्यादेश बाहेक अन्य अध्यादेश स्वीकृति गराउने सहमति भए बमोजिम संसदमा आज यी अध्यादेशहरु स्वीकृतिका लागि पेस हुने भएका हुन् ।

Read More

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलको बैठक डाकेका छन् । माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो १२ बजे बस्नेगरि प्रचण्डले विपक्षी दलको बैठक डाकेका हुन् । विपक्षी दलमा माओवादीसहित, नेकपा एस, रास्वपा, राप्रपा र आजपालगायतका दलहरु छन् । प्रतिनिधि सभा बैठक आज बस्दैछ । आजको बैठकमा ५ वटा अध्यादेश निर्णयार्थ पेश गरिने कार्यसूची छ । संसद् अघि प्रचण्डले विपक्षी दलसँग छलफल गरेर अध्यादेशबारे निर्णय गर्न खोजेका छन् ।

Read More

काठमाडौं । चसर्चत अभिनेत्री एवं चलचित्रकर्मी स्वस्तिमा खड्कालाई नेपाल टेलिकमले कम्पनीको ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गरेको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी ( अर्याल )  का साथै कलाकार स्वस्तिमा खड्काले हस्ताक्षर गरिन् । सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी ( अर्याल ) ले नेपाली चलचित्र क्षेत्रको ख्यातिप्राप्त कलाकारसँगको सहकार्यले कम्पनीका सेवाहरुको प्रवर्द्धन एवम् बजारीकरण कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै कम्पनीसँग आबद्धता तथा सहकार्यका लागि अभिनेत्री खड्काप्रति आभार प्रकट गरे । कार्यक्रममा ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्काले नेपाल टेलिकम जस्तो…

Read More

काठमाडौं । ग्यास उद्योगी र सरकारबीच पाँच बुँदे सहमति भएको छ। मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति सचिव गोविन्द बहादुर कार्की, नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीबीच भएको बैठकले पाँच बुँदे सहमति गरेको हो। सरकार र ग्यास उद्योगीबीच सहमति भएसँगै उद्योगीहरूले आन्दोलन फिर्ता लिएका छन्। नेपाल आयल निगम र उद्योग संघबीच प्रतिसिलिण्डर १२ रूपैयाँ ७५ पैसा कमिसन बढाउने सहमति भएको छ। उक्त कमिसन बढाउँदा उपभोक्तालाई भार नपर्ने निगमले बताएको छ। त्यसको भार भने आयल निगमले बेहोर्ने छ। हाल निगमले खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ३ सय ३० रूपैयाँ घाटा बेहोरिरहेकोमा अब कमिसन बढाएसँगै घाटा तीन सय ४२…

Read More