Author: Transparentgroup
डोटी। गृहमन्त्री रमेश लेखकले नेपालमा अब राजतन्त्र फर्किने सम्भावना नरहेको दाबी गरेका छन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर जनताको बीचमा पेश हुन सुझाव दिएका छन् । आज नेपाल प्रेस युनियनले डोटीमा आयोजना पत्रकार सम्मेलनमा बोल्दै लेखकले यस्तो बताएका हुन् । उनले आन्दोलनबाट फालिएको राजा त्यही देशमा बसेको उदाहरण कम भएको उल्लेख गर्दै लेखकले भने,‘आन्दोलनबाट फालिएपछि त्यसै देशमा राजा बसेको उदाहरण कमै हुन्छ, अन्य देशमा। राजा त्यसै देशमा बस्ने नागरिकका सबै अधिकार उपयोग गर्ने, राज्यले सुरक्षा प्रदान गर्ने र लोकतन्त्रको सबै आधार उपभोग गरेर बस्न पाउने उदाहरण कम देखिन्छ।’ उनले निरंकुश राजतन्त्रबाट जनताबाट निर्वाचित हुने आम नागरिकको छोराछोरी राष्ट्रपति…
बारा । माओवादीको हुलाकी राजमार्ग केन्द्रित तराई मधेश जागरण अभियान स्थगित भएको छ । झापाको कचनकबलबाट फागुन १२ देखि सुरु भएको जागरण अभियान शनिबार रौतहट पुगेको थियो । माओवादीका एक पदाधिकारीका अनुसार संसद्को कामकारबाहीलाई प्रभावकारी बनाउन, संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीविरुद्ध भइरहेका गतिविधिको प्रतिवाद गर्न एक महिने अभियान स्थगित गरिएको हो । संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध गतिविधि गरेर अराजकता मच्चाउन खोजेको देखियो । यसको प्रतिवाद गर्नु अहिलेको आवश्यकता हो, ती पदाधिकारीले भने, संसद्का काम प्रभावकारी बनाउन हाल राजनीतिक अभियान स्थगित गरिएको हो । अभियानका लागि अर्को तालिका बनाइने उनले बताए । झापाको कचनकबलदेखि सुरू भएको लङमार्चु शनिबार रौतहटमा आएर स्थगित भएको नेकपा…
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार नै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक ९एमडी० कुलमान घिसिङको पछि लागेर किचकिच गरिरहेको टिप्पणी गरेका छन् । आज ( शनिबार ) सिन्धुलीमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उनले आगामी ४र५ महिनामा सेवा अवधि सकिँदै गरेको कुलमानको पछि लाग्नु राम्रो नरहेको बताएका हुन् । उर्जा, जलस्रोत तथा सिचाइँमन्त्री दीपक खड्काको भूमिकाप्रति टिप्पणी गर्दै उनले सरकार यसरी एउटा व्यक्तिको पछाडि लाग्न नहुने बताए । साथै उनले परराष्ट्रमन्त्री डा।आरजु राणा देउवाको कामको भने प्रसंशा गरे । अहिले परराष्ट्र मन्त्रालयले समस्याको समाधान दिनेगरी काम गरिरहेको बताए । विदेशमा रहेका नेपालीको संख्यालगायतको डाटा संकलन गरेर परराष्ट्र मन्त्रालयले…
वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राजा भोट राजनीति भन्दा माथि रहने संस्था भएको बताएका छन्।शनिबार वीरगञ्जको लालबगलामा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको राजनीतिक दलहरूले देश बर्बाद बनाएको र अब राजसंस्था देशलाई आवश्यक भएको सन्देश दिएको उल्लेख गरे। उक्त सन्देशपछि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा ( ओवादी केन्द्र ) अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका राजनीतिक दलका नेताहरूले पूर्वराजा शाहलाई पार्टी खोलेर निर्वाचनबाट आउन चुनौति दिँदै आएका छन्। सोही अभिव्यक्तिप्रति लक्षित गर्दै अध्यक्ष लिङदेनले राजा भोटको राजनीति भन्दा धेरै माथिको संस्था भएको जवाफ फर्काएका हुन्। राजाले खोलेका उद्योगधन्दाहरू…
काठमाडौं । नयाँ शिक्षा ऐनको माग गर्दै शिक्षकहरुले काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेका छन् । देशभरबाट काठमाडौंमा भेला भएर उनीहरुले प्रदर्शन गरेका हुन् । आज ( शनिबार) उनीहरुले माइतीघरदेखि नयाँबानेश्वरसम्म बृहत आन्दोलन गरेका थिए । प्रर्दशनका क्रममा उनीहरुले ‘चालु हिउँदे अधिवेशनबाट ऐन जारी गर, शिक्षक महासंघ जिन्दावाद, विगतका सम्झौता कार्यान्वयन गर’ लगायतका नाराबाजी गरेका थिए । अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, शिक्षकहरुलाई स्थानीय सरकार मातहत राख्न नहुनेलगायत उनीहरुको माग रहेको छ । बाल कक्षा शिक्षक ९इसीडी०, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्यांकनलगायत विषय शिक्षकहरुले अगाडि सारेका छन् । प्रदर्शनमा देशभरबाट…
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित राजनीतिमा मात्र होइन व्यावसायिक कृषिकर्ममा समेत जमेका छन्। उनी अहिले म्याग्दे गाउँपालिका(४ मा १० रोपनीभन्दा बढी क्षेत्रफल जमिनमा कागती खेती गरिरहेका छन्। उनी हरेक बिहान कागती गोडमेल र रेखदेखका लागि केही समय छुट्याएर बारीमा पुग्ने गर्छन्। ‘हाल एक हजारभन्दा बढी कागतीका बोटले फल दिन शुरु गरेको छ’, उनले भने, ‘एक सिजनमा १५(२० हजार किलो कागती उत्पादन हुन्छ। आगामी वर्षदेखि मात्रै बजार पठाउन उत्पादन हुनेछ।’ भूगोल र माटो सुहाउँदो खेती गरेकाले बादर लगायतका जङ्गली जनावरले समेत क्षति पुर्याउन नसक्ने र बाँझिएको जमिनको उपयोग हुने उनी बताउँछन्। बजार माग उच्च रहेको कागजी खेतीसँग अब…
काठमाडौं । नेपाल क्रिकेट संघ ९क्यान०ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । आज आयोजित पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले क्यानको आगामी वर्षको वार्षिक क्यालेण्डर सार्वजनिक गरेका हुन् । सार्वजनिक क्यालेण्डरमा महिला पुरुष क्रिकेटको विभिन्न टोलीले खेल्ने प्रतियोगिताहरु समावेश गरिएको छ । साथै राष्ट्रिय अन्तर्राष्ट्रिय घरेलु प्रतियोगिताहरु समावेश गरिएको सचिव पारस खड्काले जानकारी दिए । क्यालेण्डर अनुसार सबैभन्दा बढी पुरुष किक्रेट टोलीको खेल खेलाइनेछ । पुरुष क्रिकेटका लागि बाह्रै महिना खेल हुनेछ भने सबैभन्दा कम महिला यू १६को एउटा मात्र खेल हुने भएको छ ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले अवलम्बन गरेको समानुपातिक समावेशी सिद्धान्त राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा महिलाको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गर्न कोशेढुङ्गा सावित भएको बताउनुभएको छ । अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले भन्नुभएको छ “लैङ्गिक समानता र महिला सशक्तीकरणको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण एवम् निर्णय प्रक्रिया, राजनीतिजस्ता राज्यका हरेक क्षेत्रमा महिलाको पहुँच समानरूपमा सुनिश्चित हुनुपर्ने महसुस मैले गरेको छु ।” परम्पराका नाममा समाजमा रहेका खराब अभ्यास एवम् प्रथाको कारण किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसाका घटना बढ्ने यस्ता प्रथालाई निर्मूल गर्न थप प्रभावकारी एवम् सिर्जनात्मक कार्यक्रम आयोजना…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले आज सबैलाई शुभकामना व्यक्त गरेका हुन् । “आज मार्च ८, अन्तर्राष्ट्रिय महिला दिवस । सबैलाई शुभकामना ” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् । आज ‘सबै महिला तथा बालिकाको लागि स् अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ नेपालसहित विश्वभरि नै विविध कार्यक्रमका गरी एक सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । सन् १९७५ देखि संयुक्त राष्ट्र संघले नारी दिवस मनाउन थालेको हो ।
काठमाडौं । आज एक सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवस। ‘सबै महिला तथा बालिकाको लागि स् अधिकार, समानता र सशक्तिकरण’ भन्ने नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ मनाइदैछ । सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले यस दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाउने तयारी गरेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा विशेष समारोहको आयोजना गरेको छ । विभिन्न राजनीतिक दल सम्वद्ध महिला संगठनले पनि अन्तरराष्ट्रिय महिला दिवसको कार्यक्रम तय गरेका छन् । विश्वभरी विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क