Author: Transparentgroup
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । सोमबार सभामुख, प्रमुख सचेतक र सचेतकहरूबीचको छलफलले २७ गते बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले सम्बोधन गर्ने कार्यसूची तय गरेको हो । प्रचण्ड माओवादी केन्द्रको तराई मधेश जागरण अभियान केही दिनलाई स्थगित गरेर काठमाडौं आएका छन् । संसद्मा सहभागी रहेको दल राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० लगायतका विभिन्न सङ्घसंस्थाहरूले पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किँदा गरेको गतिविधिले राजनीतिक वृत्त तरङ्गित भएको बेला प्रचण्डले संसद्मा सम्बोधन गर्न लागेका हुन् ।
सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा.धवल शम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चाँडै राजगद्दीमा राख्ने दाबी गरेका छन् । नेपाली जनताले विमानस्थलबाट निर्मल निवास पुर्याएपछि गणतन्त्रवादीको मुटु हल्लिएको उनको भनाइ थियो । राप्रपाले सोमबार सुर्खेतमा आयोजना गरेको मोटरसाइकल र्यालीलाई सम्बोधन गर्दै उनले भने, राजालाई जनताले काठमाडौं एयरपोर्टबाट निर्मल निवास लगेको देखेपछि गणतन्त्रवादी, संघीयतावादी र धर्मनिरपेक्षतावादीहरुको मुटु हल्लिएको छ । अब राजालाई राजगद्दीमा फर्काउने धेरै समय छैन । चैतमा हुने काठमाडौं केन्द्रित आन्दोलनले गणतन्त्र, धर्मनिरपेक्षताको बिदाई गर्ने दाबी गर्दै राणाले एक महिनाको समयमा योजना बनाएर अघि बढ्ने घोषणा गरे । गणतन्त्रवादी पार्टीहरुको मुटु थर्किएपछि यिनीहरु…
जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले यही चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा ( एसइई ) लाई मर्यादित तथा व्यवस्थित गराउनका लागि सम्बन्धित निकायले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । उनले यदी कसैबाट अनियमितता गरेको पाइएमा कानुनअनुसार कडा कारबाही हुने स्पष्ट पारेका छन् । मधेस प्रदेशको शिक्षा निर्देशनालय जनकपुरधामद्वारा आज जनकपुरधाममा आयोजित माध्यमिक शिक्षा परीक्षा ९एसइई० २०८१ को सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा प्रदेशस्तरीय एकदिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले त्यस्तो निर्देशन दिएका हुन् । मधेस प्रदेशको आठ जिल्लामा उक्त परीक्षामा ८८ हजार ८५८ जना परीक्षार्थी रहेको जानकारी दिँदै मुख्यमन्त्री सिंहले परीक्षार्थीबाट परीक्षाहलमा मोबाइल फेला परेमा…
काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंका विभिन्न पाँच स्थानमा दुई महिनाका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिसमा जिप्रकाले आइतबार ९फागुन २५ गते० देखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा जारी भएका क्षेत्रहरु राष्ट्रपति र उपराष्ट्रपति कार्यालय वरपर, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र संसद् भवन वरपर रहेको छ । ती क्षेत्रहरुमा निषेधाज्ञा अवधिभर पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर नारा, जुलुस, धर्ना, घेराउ, प्रदर्शन गर्न नपाइने बताइएको छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरुको निवास तथा मुख्य प्रशासनिक केन्द्र र सो आसपासका क्षेत्रमा विरोध प्रदर्शन हुँदा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह,…
रुपन्देही । जिल्ला अदालत रुपन्देहीले सुप्रिम सहकारी प्रकरणमा आफूसँग मागेको १ करोड धरौटी खारेजको माग लिएर पूर्वगृहमन्त्री एवं रास्वपा सभापति उच्च अदालत बुटवल पुगेका छन् । लामिछाने सोमबार बिहानै उच्च अदालत तुलसीपुर इजलास पुगेको रास्वपा सहकोषाध्यक्ष दिपक बोहराले ट्रान्सपरेन्ट खबरलाई बताए । जिल्ला अदालतको धरौटीको आदेश बदर माग गरिएको उनले सुनाए ।फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएकोमा चित्त नबुझी सो बेरितको आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनि लामिछानेले निवेदन दर्ता गराएका छन् । लामिछानेलाई धरौटी नभई थुनामा राख्नुपर्ने भन्दै सरकारी वकिल कार्यालय यसअघि नै उच्च अदालतमा पुगिसकेको छ ।…
काठमाडौं । खेतबारीमा किसानहरु आलु खन्ने काममा व्यस्त छन्। आलु खन्ने र उत्पादित आलु घरघरमा थन्क्याउने कार्य भइरहेका छन्। व्यावसायिक उत्पादनका लागि आलु लगाएका किसानले खेताला लगाएर आलु खन्ने काम गरिरहेका छन्। एकै पटक आलु उत्पादन भएपछि दिनभर खेताला लगाएर आलु खन्ने कार्य भएको पाल्पा रामपुरका युवा सुशील ढुङ्गाना बताउँछन्। उनले रामपुर–५ सानीअमराई बहखोला खेतमा करिब आठ रोपनी खेतमा आलु लगाएका छन्। शनिबार र आइतबार दुई दिनसम्म १६र१७ जनाले आलु खन्ने काम भएको छ, उनले भने, एकै पटक उत्पादन हुने हुनाले परिवारले मात्रै खनेर नसकिने भएपछि खेताला खोजेर आलु खनिएको छ। उनले यस पटक चार क्विन्टल आलु लगाएका छन्। उत्पादन…
काठमाण्डौं । गणतन्त्रको विपक्षमा भइरहेको पूर्वराजाको सक्रियता परिवर्तन उल्टाउन खोजेको भन्दै नेकपा माओवादी केन्द्रले शसक्त प्रतिवाद गर्नुपर्ने निष्कर्ष निकालेको छ। त्यसका लागि समाजवादी मोर्चामा रहेका दलसँग छलफल गरेर कार्यक्रम तय गर्ने तयारी छ। सोमबार बसेको पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्रलाई अघि सारेर राजावादीले व्यवस्थामाथि चुनौति दिन खोजेको ठहर माओवादीको छ । ‘ज्ञानेन्द्रको पक्षमा भएको प्रदर्शन राम्रो होइन, हाम्रो कारणले गणतन्त्र आएको हुनाले यसको रक्षा र विकास पनि हामीले नै गर्नुपर्ने भन्नेमा हामी पुगेका छौँ’ बैठकको निचोड सुनाउँदै माओवादीका एक नेताले भने, ‘कांग्रेस–एमाले सरकारले गर्न नसकेका कामले जनतामा झन् बढी असन्तुष्टि चुलायो। त्यो राजावादी र हिन्दूवादीतिर गयो। यसलाई न्यूनिकरण गर्नुपर्छ।’ त्यसका लागि…
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प नेपालको विकास निर्माणका लागि समस्याको रुपमा रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हिमालय पर्वत शृङ्खलामा बेला—बेलामा गइरहने भूकम्प देशको विकास निर्माणका लागि समस्याको रुपमा रहेको बताउनुभयो । उहाँले केही प्राकृतिक प्रकोपहरुको पूर्वानुमान गर्ने पद्धतिको विकास भइसकेको भए पनि भूकम्पसम्बन्धी पूर्वानुमान गर्न सकिने संयन्त्र आजपर्यन्त पत्ता लगाउन नसकिएको उल्लेख गर्नुभयो । उहाँले विकसित मुलुकहरुमा भएको अनुसन्धान, औद्योगीकरण, जीवाश्म इन्धनको दोहन, कार्बन उत्सर्जनले कार्बन उत्सर्जनमा नगण्य योगदान गर्ने नेपाल जस्तो विकासशील देशमा झनै बढी असर पारेको बताउनुभयो । उहाँले यसले गर्दा पृथ्वीको तापक्रममा वृद्धि भइरहेको बताउनुभयो…
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजावादीको प्रदर्शन जतिनै भएपनि राजतन्त्र नफर्किने बताएका छन् । सोमबार कांग्रेस सुदूरपश्चिम प्रदेशको पहिलो सम्मेलन उद्घाटनका लागि कैलालीको धनगढी पुगेका देउवाले सो कुरा बताएका छन् । धनगढीमा सञ्चारकर्मीले राजतन्त्रको पक्षमा माहोल बढेको हो रु भन्दै प्रश्न गरेका थिए । जवाफमा देउवाले ‘खोइ मैले त राजतन्त्रको पक्षमा केही माहोल देखेको छैन’ भनेका थिए । सञ्चारकर्मीले पार्टीको १५औं महाधिवेशन कहिले हुन्छ भन्दै राखेको जिज्ञासामा देउवाले ‘समयमै हुन्छ’ भन्दै टाउको हल्लाएका थिए । पार्टीको आजबाट सुरु हुने प्रदेश सम्मेलनका लागि सभापति देउवासहित महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा, उपसभापति पूर्णबहादुर खड्का,प्रवक्ता प्रकाशशरण महत तथा देउवाको क्याम्पबाट…
काठमाण्डौं । हामीले लामो सङ्घर्ष गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्यायौँ। त्यसले जनतालाई अधिकार सम्पन्न बनाएसँगै देश क्रमशः सकारात्मक दिशातर्फ अघि बढिरहेको छ। तर विकास, समृद्धि र रोजगारीको आवश्यकता पूरा हुन नसक्दा जनतामा केही असन्तुष्टि भने देखिएको छ। प्रशासन, न्यायालय, सुरक्षा अङ्गलगायत राज्यका संस्थाहरू कमजोर भएकाले पनि चाहेको जस्तो सुशासनको प्रत्याभूति हुन सकिरहेको छैन। तर यो एउटा पाटो मात्र हो। यसलाई लोकतान्त्रिक ढङ्गले समाधान हल गर्दै जानु प्रभावकारी हुन्छ। केही समययता सडक र सामाजिक सञ्जालमा अस्वाभाविक रूपले फेरि राजतन्त्रलाई फर्काउने र संविधानका सकारात्मक पक्षलाई उल्ट्याउने भन्ने किसिमका गतिविधिहरू हुन थालेका छन्। यो चिन्ताको विषय हो। बहुदलीय लोकतन्त्रमा दल र विचारहरू फरक…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क