Author: Transparentgroup

काठमाडौँ । चालु आर्थिक वर्षको सात महिनामा उच्च शिक्षाका लागि विदेशी मुलुक जानेहरुले ठूलो धनराशी विदेश लगेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार शिक्षातर्फको व्यय रु ६४ अर्ब १५ करोड बराबर पुगेको छ । सेवा खाताअन्तर्गत भ्रमण व्यय १० दशमलव छ प्रतिशतले वृद्धि भई रु एक खर्ब १५ अर्ब ८८ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय रु ६४ अर्ब १५ करोड रहेको हो । बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु एक खर्ब चार अर्ब ७५ करोड रहेकामा शिक्षातर्फको व्यय रु ६६ अर्ब ६४ करोड थियो । सो अवधिमा खुद सेवा आय रु ५०…

Read More

महोत्तरी । जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टीसहितका विचार र सिद्धान्त मिल्ने पार्टीहरूसँग एकीकरण गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ। पार्टीको आज सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले विचार र सिद्धान्त मिल्ने पार्टीहरूसँग एकीकरण गर्न अब्दुल खान, डा. शरदसिंह यादव र बालगोविन्द चौधरी सदस्य रहेको कार्यदल गठन गर्ने निर्णय गरेको हो। सङ्गठन विस्तारका लागि सदस्यता अभियान चलाउने, पार्टी प्रवेश कार्यक्रममा तीव्रता दिने, भ्रातृ सङ्गठनहरूको गठनमा जोड दिने, अहिलेसम्म नपुगेका वर्ग, समुदाय, उमेर समूह, व्यवसाय समूह र क्षेत्रसम्म पुग्ने गरी कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको कार्यकारिणी सदस्य सरिता श्री ज्ञवालीले जानकारी दिइन्। यसैगरी बैठकले प्रदेशहरूलाई अधिकार सम्पन्न, स्वायत्त र प्रभावकारी बनाउन आवश्यक ऐन…

Read More

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेश सभामा सम्बोधन गर्दैछन्। दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भइसकेको प्रदेशसभा सचिवलायले जनाएको छ। प्रधानमन्त्री ओलीको सम्बोधन सुन्नका लागि सत्तारुढ दलहरु एमाले र कांग्रेसले आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका छन्। एमालेले सोमबार संसदीय दलको बैठकमार्फत् सबै ४० सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिएको थियो। नेपाली कांग्रेसले पनि आफ्ना २९ सांसदहरूलाई बैठकमा उपस्थित हुन निर्देशन दिइसकेको छ। प्रमुख सचेतक गोपाल तामाङका अनुसार प्रधानमन्त्रीको सम्बोधनलाई मध्यनजर गर्दै कांग्रेसले ह्वीप जारी गरेको हो। यसैबीच, विपक्षी दलहरूले भने प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने चेतावनी दिएका छन्। सरकार संसद्‌मा…

Read More

काठमाडौ‌ । आज सङ्घीय संसद् अन्तगर्त प्रतिनिधिसभाको बैठक मध्याह्न १ः०० बजे बस्दैछ । संसद् सचिवालयलका अनुसार बैठकको सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालतको गठनसम्बन्धी सूचना टेबुल गर्नेछन् । यसैगरी बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘आमसञ्चार परिषद् विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । आजको बैठकमा सो संशोधनमाथि छलफल पनि हुने सचिवालयले जनाएको छ । वनमन्त्री ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव पनि सभासमक्ष प्रस्तुत…

Read More

काठमाडौँ । समाजवादी मोर्चाले प्रतिगामी शक्तिविरुद्ध संयुक्त प्रदर्शन गर्नेबारे आज निर्णय लिने भएको छ । हिजो माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको मोर्चाको अनौपचारिक छलफलले मङ्गलवार ४ बजे बस्ने बैठकले आन्दोलनको घोषणा गर्ने निर्णय गरेको थियो । मोर्चाका संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव काठमाडौँ उपत्यका बाहिर भएकाले हिजो ठोस निर्णय नभएको कार्यदल सदस्य तथा नेपाल समाजवादी पार्टी ( नेसपा ) का सहअध्यक्ष गंगानारायण श्रेष्ठले बताए । अनौपचारिक छलफलमा केपी शर्मा ओली सरकारको रवैयाका कारण राजावादीले नकारात्मक फाइदा लिइराखेको बारे छलफल भएको श्रेष्ठले जानकारी दिए । हिजो बिहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतालाई…

Read More

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा तनहुँका डा. रघुराज काफ्ले नियुक्त हुनु भएको छ । सिफारिस समितिको सुझावका आधारमा छनौटमा परेका तीन जनामध्ये डा. वाग्ले कार्यकारी निर्देशक नियुक्त भएका हुन् । समितिले आवेदन स्वीकृत भएका १० उम्मेदवारमध्ये गत फागुन १८ र १९ गते प्रस्तुतीकरण तथा अन्तर्वार्तापश्चात् अन्तिम सूचीमा डा. काफ्लेसहित डा. कृष्णप्रसाद अधिकारी र कमल पन्थीको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । मन्त्री पौडेलले गठन गरेको बिमा सुझाव कार्यदलमा डा. काफ्ले सदस्य हुनुहुन्थ्यो । कार्यदलले स्वास्थ्य बिमा सुधारका लागि सुझावसहितको प्रतिवेदन मन्त्री पौडेललाई हस्तान्तरण गरेको थियो । उहाँ यस अघि गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष तथा वैदेशिक…

Read More

काठमाण्डौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न भन्दै आइतबार त्रिभुवन अन्तिर्राष्ट्रिय विमानस्थलदेखि निर्मल निवाससम्मको सडक क्षेत्रमा राजावादीहरू जम्मा भए । खासमा यो कार्यक्रम पूर्वराजा ज्ञानेन्द्र शाहकै नाममा भएको थियो । राजावादी दलहरू त उनको स्वागतमा मात्रै पुगेका थिए । माघ २७ गतेदेखि पोखरा बसेका उनी काठमाडौंमा ठूलो जनसमूह जम्मा हुने सूचनाकै आधारमा आएका थिए । पोखरामा साइत नपरेको भन्दै दही सगुनका रुपमा लिएर समिट एयरको चार्टर्ड जहाजमा पूर्वराजा शाह काठमाडौं उत्रिएका थिए । पूर्वराजाको स्वागतमा अरू समूह पनि थिए । पूर्वराजालाई स्वागत गर्न राजेन्द्र लिङ्देल नेतृत्वको राप्रपा, कमल थापा नेतृत्वको राप्रपा नेपाल, व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राजादवी समूह, संस्कृतिविद् डा.…

Read More

काठमाडौं। नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ। फागुन २४ गते पहिलो चरणको आन्दोलन पुरा गरेको महासङ्घले फागुन २७ गतेदेखि दोस्रो चरणको आन्दोलनको घोषणा गरेको हो। महासङ्घले आन्दोलनको क्रममा सडकदेखि दलका कार्यालय घेराउ गर्नेसम्मका कार्यक्रमहरू अघि सारेका छन्। नेपाल शिक्षक महासंघको अगुवाइमा शिक्षकहरुले राजनीतिक दलको केन्द्रीय कार्यालयमा धर्ना दिएर संघीय शिक्षा ऐन जारी गर्न दवाब दिने भएका छन् । भोलि नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा धर्ना दिने कार्यक्रम रहेको छ । त्यसैगरी फागुन २८ गते नेकपा ९एमाले० का केन्द्रीय कार्यालय, चैत १ गते नेकपा ९माओवादी केन्द्र० को केन्द्रीय कार्यालय, २ गते९ नेकपा एकीकृत समाजवादीको कार्यालय, ३गते राष्ट्रिय स्वतन्त्र…

Read More

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले काठमाडौं महानगरपालिकालाई एक लाख रूपैयाँ जरिवाना बुझाएको छ । पोखराबाट काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राप्रपाको आह्वानमा आइतबार निकालिएको र्‍यालीपछि महानगरले एक लाख रूपैयाँ जरिवाना तिराउने निर्णय गरेको थियो । आइतबार नै राप्रपालाई जरिवानाको पत्र काटिएको थियो । प्रदर्शनका क्रममा फोहोर गरेको तथा भौतिक क्षति पुर्‍याएको भन्दै महानगरले राप्रपालाई एक लाख जरिवानाको निर्णय गरेको थियो ।महानगरले पत्र काटेको भोलिपल्टै राप्रपा संसदीय दलका प्रमुख सचेत ज्ञानेन्द्र शाहीलगायतका नेताहरू महानगर कार्यालय, कमलादी पुगेर जरिवाना बुझाएका हुन् । हामी राप्रपा सुशासन मान्छौं र विधिको शासन मान्छौं । राजाको स्वागतमा आएका लाखौं आमाबुवा दाजुभाइ बहिनीहरूले हिँड्दा…

Read More

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा विभिन्न ठाउँबाट र्‍याली निकालिएको छ । राप्रपा, राप्रपा नेपालसहित विभिन्न संघ संस्था तथा समूहहरूले ज्ञानेन्द्रको स्वागतमा र्‍याली निकालेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरू ज्ञानेन्द्रको स्वागतमा पुगेका थिए । पूर्वराजा ज्ञानेन्द्र आइतबार पोखराबाट चार्टड विमानमा काठमाडौं आएका हुन् । शाहवंशको कूलमन्दिरका रूपमा रहेको स्याङ्जाको आलमदेवी पुगेका ज्ञानेन्द्र केही दिनदेखि पोखरामै रहेका थिए । ठाउँठाउँमा र्‍यालीका लागि निस्किएको भीडका कारण काठमाडौं उपत्यकाको ट्राफिक अस्तव्यस्त भएको थियो । विमानस्थल वरपर भीड भएकाले सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

Read More