Author: Transparentgroup

भैरहवा । भैरहवामा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले कोशी प्रदेशलाई १६५ रनको फराकिलो अन्तरले पराजित गरेको छ। जारी प्रतियोगितामा मधेशको यो पहिलो जित हो भने कोशीको यो दोस्रो हार हो। भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २८४ रन बनायो। २८५ रनको लक्ष्य पछ्याउने क्रममा कोशी प्रदेशले जम्मा ३३ ओभरमात्र खेलेर ११९ रनमै अल आउट भयो। कोशीका लागि ब्याटिङ गर्ने क्रममा साकिब हकले २५ रन, सुजन थपलियले २४ रन, फिर्दोश अन्सारीले २१ रन र दीपेश कँडेलले २० रन बनाए। बलिङतर्फ मधेश प्रदेशका रुपेश सिंह एक्लैले ५…

Read More

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीयता, सुशासन, पारदर्शिता र विधिको शासनलाई सुदृढ बनाउन सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बनाउन संसद्को भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ । अन्तर व्यवस्थापिका मञ्च, नेपालको पोखरा घोषणापत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो–‘सङ्घीयता, सुशासन, पारदर्शिता र विधिको शासनलाई सुदृढ बनाउन सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बनाउन संसद्को भूमिका अझ प्रभावकारी बनाउने दायित्व अहिले तपाईंहरूको काँधमा रहेको छ ।’ राष्ट्रपति पौडेलले कतिपय महत्त्वपूर्ण कानुनहरू बन्न नसकेको र संसदमा जनताका जल्दाबल्दा समस्यामा छलफल हुनुपर्ने जति हुन नसकेको भनेर गुनासो आइरहेको सन्दर्भमा संसदको नेतृत्वकर्ताका हैसियतले यो अवस्थालाई हटाएर संसदलाई सार्वभौम जनताको आवाज मुखरित हुने थलोको…

Read More

काठमाडौँ। प्रतिनिधिसभाको बैठक आज विशेष समयमा बोल्दै सांसदहरूले काम प्रभावकारी तथा नतिजामुखी बनाउनुपर्नेमा जोड दिएका छन् । सांसद प्रेम सुवालले युवालाई सम्बोधन गर्न विद्यालय शिक्षा तथा विश्वविद्यालय शिक्षा निःशुल्क गर्न जरूरी रहेको बताए । सांसद चित्रबहादुर केसीले २०४६ सालपछि राजनीति गर्ने र सत्तामा बस्नेको सम्पत्ति छानबिन हुनुपर्ने र उनीहरूले गरेको लुटलाई उचित कारबाही गर्नुपर्ने बताए । सांसद प्रभु साहले विदेशी एप्सले नेपालबाट खर्बौं रूपैयाँ लगिरहेको भन्दै नेपली एप्स विकास गर्नलाई सरकारलाई ध्यानाकर्षण गराए । उनले सामाजिक सञ्जालको नियन्त्रणभन्दा नियमनमा बढी जोड दिनुपर्ने बताए । सांसद डा अमरेशकुमार सिंहले देशमा हाल लोकतन्त्रभन्दा पनि नेतातन्त्र हावी रहेको बताए । उनले नेतातन्त्रको संरक्षणमा…

Read More

काठमाडौँ। उपभोक्ता अदालत आगामी चैत २ गतेदेखि सञ्चालनमा आउने भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले आज प्रतिनिधिसभा बैठकमा उपभोक्ता अदालत गठनसम्बन्धी सूचना टेबुल गर्नुहुँदै चैत २ गतेदेखि अदालत सञ्चालनमा आउने जानकारी दिनुभयो । उपभोक्ता संरक्षण ऐन २०७५ को व्यवस्थाअनुसार यो अदालत गठन भएको हो । सरकारले काठमाडौँ उपत्यका मुकाम रहने गरी काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाभित्रका उपभोक्तासम्बन्धी मुद्दाको कारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित उपभोक्ता अदालत गठन थियो छ । उपभोक्ता अदालतमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश रामप्रसाद शर्मालाई अध्यक्षको जिम्मेवारी दिइएको छ । त्यस्तै, न्याय समूहअन्तर्गत राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत गेहेन्द्रराज रेग्मी र सामान्य प्रशासन समूहका राजपत्राङ्कित…

Read More

विराटनगर । प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीको उपस्थितिमा मङ्गलबार पूर्वाञ्चल विश्वविद्यालयको १३ औँ दीक्षान्त समारोह सम्पन्न भएको छ । दीक्षान्त समारोहमा आठ हजार १५० विद्यार्थी दीक्षित भएका छन् । दीक्षित हुनेमा कला सङ्कायका २०४, कानुनका ४०७, शिक्षाशास्त्र सङ्कायका ९०६, व्यवस्थापन सङ्कायका दुई हजार २४९, चिकित्साशास्त्र सङ्कायका दुई हजार १९८, विज्ञान तथा प्रविधि सङ्कायका ६५४ तथा इन्जिनियरिङ सङ्कायका एक हजार ४४२ विद्यार्थी रहेका छन् ।

Read More

काठमाडौं। नेकपा ९माओवादी केन्द्र० सहित चार दल आवद्ध रहेको समाजवादी मोर्चाले प्रतिगामी हर्कको खिलाफमा हजारौं जनता काठमाडौंमा उतारेर विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । आज ९मंगलबार० बसेको मोर्चाको बैठकले आगामी चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा र प्रतिगामी हर्कतको खिलाफमा हजारौं जनता उतारेर विरोध प्रदर्शन गर्ने निर्णय भएको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताए । साथै, देशको पछिल्लो राजनीतिक परिस्थितिलाई बैठकले गम्भीर रुपमा विश्लेषण गरेको पनि उनले बताए । ‘देशको पछिल्लो राजनीतिक परिस्थिति जो छ, त्यसको बारेमा गम्भीर विश्लेषण गरेको छ । एउटा वस्तुगत निश्कर्ष निकालेको छ र यो स्थितिलाई ट्याकल गर्नका निम्ति केही कार्यक्रम र योजनाहरु तय…

Read More

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधि सभाको बैठक सुरु भएको छ । आजको बैठकलाई प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने कार्यसूची रहेको छ । संसद् सचिवालयलका अनुसार बैठकको अन्य सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालतको गठनसम्बन्धी सूचना टेबुल गर्नेछन्। यसैगरी, बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘आमसञ्चार परिषद् विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । आजको बैठकमा सो संशोधनमाथि छलफल पनि हुने सचिवालयले…

Read More

मुम्बई । मातृभूमि जागरण अभियानका प्रस्तावक तथा पूर्वउपप्रधानमन्त्री डा. भीम रावल संगठन विस्तारकै सिलसिलामा भारतको आर्थिक राजधानी मुम्बई पुगेका छन्। प्रवासी नेपालीहरूले उनलाई मुम्बईसहित महाराष्ट्र राज्यका विभिन्न नगरमा भव्य स्वागत गरेका छन्। रावलले मुम्बईको पुनेमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका थिए । उनलाई मुमबईमा रहेका प्रवासी नेपालीहरुले सम्मान समेत गरेका थिए । उनिहरुले डाक्टर रावलको अयिानलाई साथ दिने प्रतिवद्धता समेत जनाएका छन् । गृहजिल्ला अछाम र सुदुरपश्चिमका बिभिन्न जिल्लाहरुमा अभियानको कार्यक्रम चलाईरहका रावल पहिलो पटक अभियानबारे प्रवासी नेपालीलाई जानकारी दिन मुम्बई पुगेको उनको सचिवालयले जनाएको छ ।

Read More

काठमाडौं । मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाका कारण नेपालबाट राजतन्त्र गएको आरोप लगाएका छन् । मंगलबार आफ्नै निवास भक्तपुरमा युट्युबर सम्मेलनको आयोजना गर्दै विवादित मेडिकल व्यवसायी प्रसाईले सो आरोप लगाएका हुन् । गत आइतबार पूर्व राजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किँदा राजावादीहरुले भव्य स्वागत गरेका थिए । पूर्व राजालाई स्वागत गर्ने अभियानका अग्रभागमा रहेर खटिएका प्रसाईले उक्त अभियान लगत्तै आफ्नै निवासमा एक हुल युट्युबर बोलाएर सम्मेलन गराएका हुन् । उनले युट्युबर सम्मेलनमा कमल थापा र राजेन्द्र लिङ्देनले २०७२ मा हस्ताक्षर नगरेको भए राजसंस्था नजाने ठोकुवा पनि गरेका छन्…

Read More

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर अस्पतालको निर्देशकमा डा। दिलिप शर्मालाई नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स०का उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा गठित समितिको सिफारिसअनुसार डा। शर्मालाई उक्त पदमा सिफारिस गरेका थियो । नवनियुक्त निर्देशक डा.  शर्मा सोही अस्पतालमा १०औँ तहका कर्मचारी हुन् ।

Read More