Author: Transparentgroup

बर्दिबास । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वरबाट एक कर्मचारी र एक लेखापढी कानून व्यवसायीलाई घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको छ। आयोगको कार्यालय, बर्दिबासबाट खटिएको टोलीले मिति मंगलबार ९हिजो० उक्त कारबाही गरेको हो। आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, महोत्तरी मालपोत कार्यालयका खरिदार मुन्नु कुमार दास र लेखापढी कानून व्यवसायी जिवछ महतोले जग्गाको ट्रायल चेक गरी नक्सा सुधार गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना प्राप्त भएको थियो। सोही सूचना र उजुरीका आधारमा खटिएको टोलीले दुवै जनालाई सेवाग्राहीबाट ३५,००० रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको हो। पक्राउ परेका दास र…

Read More

काठमाण्डौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निर्माण कम्पनीहरूलाई कालोसूचीमा राखेको छ। माघ २७ गतेको निर्णयअनुसार यी कम्पनीहरूले कालोसूचीमा रहेको अवधिभर सार्वजनिक खरिदमा भाग लिन पाउने छैनन्। धुर्कोट गाउँपालिका, गुल्मीले सिफारिस गरेको तारालक्ष्मीरममता मञ्जु जेभी, सभापोखरी गाउँपालिका, संखुवासभाले सिफारिस गरेको सनमरनिर्जरा जेभीलाई कालोसूचीमा राखिएको छ। यसैगरी, सीताराम मावि, डोटीले सिफारिस गरेको इन्द्रेणी बिल्डर्स एण्ड सप्लायर्स प्रालि, काठमाडौं र सशस्त्र प्रहरी बल नेपाल, महोत्तरीले सिफारिस गरेको जीएस। कमन जेभी, काभ्रेलाई पनि कालोसूचीमा राखिएको छ। त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सिफारिस गरेको राजेन्द्र निर्माण, काठमाडौं पनि कालोसूचीमा परेको छ। कार्यालयले यी कम्पनीहरूलाई सार्वजनिक खरिद ऐन, २०६३ अनुसार कारबाही गरेको जनाएको…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षाका क्षेत्रमा देखिएका नयाँनयाँ आयामहरूलाई मनन् गर्दै देखा पर्न सक्ने चुनौतीको सामना गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको २४औँ वार्षिकोत्सवका अवसरमा सिंहदबारमा आज आयोजित कार्यक्रममा परिषद्का अध्यक्ष प्रधानमन्त्री ओलीले परम्परागत सुरक्षा चुनौतीका अतिरिक्त सूचना र प्रविधिको द्रूत विकाससँगै यसको दुरूपयोगका कारण उत्पन्न साइबर अपराध, अन्तरदेशीय अपराध, जलवायु परिवर्तन, लागूऔषध दुर्व्यसन, सामाजिक सञ्जालको दुरूपयोगजस्ता कारणले राष्ट्रिय सुरक्षालाई संवेदनशील बनाउने उल्लेख गरे । उहाँले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षा वातावरणमा विभिन्न नयाँ आयाम र नवीन प्रवृत्ति देखा पर्न थालेका र यसबाट राष्ट्रिय सुरक्षामा के कस्ता असर, प्रभाव र चुनौती सिर्जना हुनसक्ने भएकाले समयमै…

Read More

सुनसरी । प्रत्येक दिन रोजगारीको खोजीमा सयौँ युवा विदेशिने गरेका छन् भने केही भने विदेशबाट फर्किएर स्वदेशमा नै व्यवसायी बनेका छन् । विदेशबाट फर्किएर नेपालमा स्वरोजगार बनेका एक उदाहरण हुनुहुन्छ रामधुनी नगरपालिका–२ कालीझोडाका किसान सुरकुमार राई । एघार वर्ष विदेशमा श्रम गरेर स्वदेश फर्किएका उनले रु ३० हजार लगानीमा सुरु गरेको सागसब्जीखेतीबाट वार्षिक १२ लाख आम्दानी गर्दै आएका छन् । विसं २०७६ सालमा रामधुनी कृषि फार्म दर्ता गरेर अहिले १२ कट्ठा जमिनमा गोलभेँडाखेतीसँगै अन्य सागसब्जीखेती गरिरहेका छन् । सोलुखुम्बुका उद्यमी राईले मलेसिया र सिङ्गापुरमा आर्जन गरेको रकमबाट इलम थालेको बताए । उनको बारीमा गोलभेँडासँगै बोडी, सिमीलगायत सागसब्जी लहलहाएका छन् ।…

Read More

गोरखा । भूकम्पमा भत्केको घैरुङ स्वास्थ्य चौकीको भवन पुनर्निर्माण सम्पन्न भएको छ । जिल्लाको सहिद लखन गाउँपालिका–६ घैरुङस्थित स्वास्थ्य चौकीको भवन रु आठ करोड ५४ लाख छ हजार लागतमा पुनर्निर्माण सम्पन्न भएको हो । गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरका अनुसार सङ्घीय सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र भारत सरकारको आर्थिक सहयोगमा स्वास्थ्य चौकी पुनर्निर्माण गरिएको हो । पैतालीस कोठाको नवनिर्मित भवनबाट आगामी चैतदेखि सेवा प्रवाह गरिने उनले जानकारी दिए । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भवन भत्काएपछि घैरुङस्थित हिमालय माध्यामिक विद्यालयमा सञ्चालन हुँदै आएको छ । रासस

Read More

ताप्लेजुङ । ताप्लेजुङका किसान क्रमशः सामूहिक खेतीप्रति आकर्षित भएका पाइएको छ । मिक्वाखोला गाउँपालिका–२ का किसानले सूर्यज्योति कृषक समूह गठन गरी सामूहिक मकैखेती थालेका हुन् । बाह्र परिवारले एक सय ४० रोपनीमा मकैखेती गरिरहेका छन् । स्थानीय किसान इन्द्रकुमारी तामाङका अनुसार पारम्परिकबाट सामूहिक खेतीतर्फ रूपान्तरण हुँदै गएका किसान आफ्नो इच्छाअनुसार फरक–फरक प्रकारका बालीनाली लगाउने गर्थे । कसैले आलु, कसैले धान, कसैले कोदो वा मकैखेती गर्थे । तर अहिले भने योजनाबद्ध रूपमा सामूहिक खेती गर्ने प्रवृत्ति बढ्दै गएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले मकै जोन कार्यक्रमअन्तर्गत चक्लाबन्दी योजनाबाट ५० प्रतिशत अनुदान दिएपछि किसानले सामूहिक मकैखेती थालेका हुन् ।…

Read More

काठमाडौं । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा आजबाट फेरि सुनुवाइ हुँदैछ । सापकोटाविरुद्ध काभ्रेर्की पूर्णिमाया लामाले दायर गरेको सो रिट सर्वोच्चको संवैधानिक इजलासमा पेशी तोकिएको छ । आज प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी मनोजकुमार शर्मा र कुमार चुडाल सम्मिलित संवैधानिक इजलास गठन गरिएको छ । यसअघि गत असोज ९ गते हालसम्म भएका प्रगति विवरण माग भएको थियो । तत्कालीन प्रधान्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्याायधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको इजलासलले अनुसन्धानको विवरण झिकाउन आदेश गरेको हो । काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको…

Read More

काठमाडौँ । प्रतिनिधिसभाको आज अपराह्न ११ः०० बजे हुने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गर्नहुने भएको छ । संसद् सचिवालयले प्रकाशन गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ृपहिलो संशोधने विधेयक, २०८१’ र ‘निजीकरण ृपहिलो संशोधने विधेयक, २०८१’ प्रस्तुत गर्नुहुने भएको छ । यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गर्नुहुने छ । गृहमन्त्री…

Read More

काठमाडौ। विद्यमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विरोधमा आवाज उठ्नुका पछाडि यसअघि र हालका सरकारको कमजोर कार्यशैली जिम्मेवार रहेको सांसदहरुको आरोप छ । आज प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै विभिन्न दलका सांसदहरुले वर्तमान सरकारको कार्यशैली, शासन व्यवस्थामा देखापरेका चुनौती र संविधानको रक्षा तथा पुनरावलोकनसम्बन्धी विषयमा आफ्ना धारणा राखेका थिए । सो क्रममा उनीहरुले व्यवस्था विरोधी शक्ति सल्बलाउनुमा सरकारको असक्षमता जिम्मेवार रहेको आरोप लगाए । नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) का सांसद राजेन्द्रप्रसाद पाण्डेले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै राजावादी शक्ति मौलाउने अवस्था सिर्जना हुनुमा सरकारको कमजोरी रहेको बताए । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र कुनै व्यक्ति विशेषको बक्सिस…

Read More

पाकिस्तान । पाकिस्तानको बलुचिस्तान प्रान्तस्थित बोलान नजिकै क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेस रेललाई गोलीबारी गरेर अपहरण गरिएको छ। बलुच लिबरेशन आर्मी ( बीएलए )  ले रेल अपहरण गरी १२० यात्रुलाई बन्धक बनाएको दाबी गरेको छ। आक्रमणमा ६ सैनिकको मृत्यु भएको बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिन्दले पुष्टि गरेका छन्। बलुचिस्तान अलग देश हुनुपर्ने माग गरेर सेनाविरुद्ध संघर्ष गरिरहेको बीएलएले आफ्नो समूहमाथि सैन्य कारबाही भए सबै बन्धकलाई मार्ने चेतावनी दिएको छ। एक सरकारी अधिकारीका अनुसार, ९ कोच भएको यो रेलमा करिब ५०० यात्रु सवार थिए। सुरुङ नम्बर ८ नजिकै हतियारधारी बीएलएले लडाकुले रेल रोकेका थिए। बीएलएले रेलवे ट्रयाक विस्फोट गराएर यो…

Read More