Author: Transparentgroup
काठमाण्डौं । समाजवादी मोर्चाको बैठक बसिरहेको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा मोर्चाको बैठक केही बेरअघि सुरु भएको हो । बैठकमा चैत १५ गते हुने विरोधसभाको तयारीका विषयमा छलफल हुने छ । मोर्चाले चैत २ गते बिहान बौद्धिक वर्गसँग अन्तर्क्रिया राखिएको छ । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपाका नेत्रविक्रम चन्द विप्लव, नेसपाका महिन्द्र राय यादवलगायतका नेताहरू सहभागी छन् । आजको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । त्यस्तै गणतन्त्र पक्षधरहरूलाई एक ठाउँमा ल्याउने र जनप्रदर्शनको तयारीका बारेमा पनि छलफल हुनेछ । यसअघि मोर्चाले १५ चैतमा काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको थियो । फागुन…
झापा । नेपाली भाषाका उपन्यासकार तथा पद्मश्री सम्मानबाट विभूषित साहित्यकार लीलबहादुर क्षेत्रीको बिहीबार राति साढे १० बजे गुवाहाटीस्थित घरमा निधन भएको छ । क्षेत्रीको निधनसँगै नेपाली साहित्यको एक युगको अन्त्य भएको भारतीय नेपाली साहित्यकारहरुले बताएका छन् । भारतको असममा १९८९ सालमा जन्मिएका उनको बसाइँ चर्चित उपन्यास हो । ब्रह्मपुत्रको छेउछाउ बाट उनले सन् १९८६ मा साहित्य अकादमी पुरस्कार पाएका थिए । उनका अतृप्त प्रतिध्वनिहरु विस्मृतिको, असममा नेपाली भाषाको साह्रोगाह्रो तीन दशक बीस अभिव्यक्तिु लगायतका आख्यान र गैरआख्यान प्रकाशित छन् । उपन्यास, कथा, निबन्ध, समीक्षासहित डेढ दर्जन कृतिका सर्जक क्षेत्रीले नेपालबाट भाषा–साहित्यको अथक योगदानका निम्ति २०७२ सालमा जगदम्बा पुरस्कार पाएका थिए…
काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) ले आज ( चैत १ गते ) गर्ने राष्ट्रिय कार्यकर्ता भेला गर्दै छ। पार्टीले मुलुकमा प्रतिगामी शक्तिका विरुद्ध सङ्घर्षको तयारी, गणतन्त्रको पक्षमा जनप्रदर्शन, मुलुकमा पछिल्लो विकासित राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न काठमाडौँको बबरमहलमा आयोजना गरिने कार्यक्रमका लागि आवश्यक तयारी पूरा गरेको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए। पार्टी निकट जनवर्गीय सङ्गठनका प्रतिनिधि, देशभरका प्रतिनिधि, कार्यकर्तालगायत करिब एक हजार सहभागी हुने भेलाको अध्यक्ष माधवकुमार नेपालले शुभारम्भ गर्ने छन्। शीर्ष नेताहरूले प्रशिक्षण दिने कार्यसूची रहेको भेलामा पार्टीको कार्ययोजना तथा रणनीतिलाई सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश कमिटीले सन्देश प्रवाह गरी जनतालाई चनाखो…
जनकपुरधाम । मधेसको प्राचीन मिथिलाको धार्मिक तथा सांस्कृतिक महत्त्वको मिथिला मध्यमा परिक्रमा आज सम्पन्न गरिँदैछ। फागुन औँसीका दिन सुरु भई १५ रात्रिविश्रामको यो यात्रा आज १६औँ दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गर्दै सम्पन्न गरिँदैछ। जनकपुरधामको रङ्गभूमि मैदानमा १५औँ दिनको रात्रिविश्राम गरेका यात्रीले बिहीबार मध्यरात कटेसँगै पञ्चकोशी पनि भनिने जनकपुरधामको अन्तरगृह परिक्रमा थालेका छन्। मिथिलामा १५औँ दिनको रात्रिबासपछि १६औँं दिन पञ्चकोशी परिक्रमा गरेपछि मात्र यात्रा सम्पन्न भएको मानिन्छ। अहिले पञ्चकोशी परिक्रमाका यात्री जनकपुरधामको अन्तरगृह परिक्रमा पथमा अटुट मानवपङ्क्ति देखिँदो छ। यो अन्तिम यात्राका क्रममा बिहीबार साँझ होलिका दहन गरिएको खरानी उडाउँदै अन्तरगृहपथको एक फन्को लगाएपछि पवित्र गङ्गासागरमा चोबलिएर यात्रीले यस वर्षको मध्यमा…
धनुषा । “कौनतालपर ढोलक बाजे कौन ताल मृदङ्ग ? कौनतालपर गोरिया नाचे कौन तालपर हम ? जोगीरा सर र र ………..” ( कुन तालमा ढोलक बज्छ, कुन तालमा मृदंग, कुन तालमा कान्छी नाच्छे कुन तालमा ) वसन्त ऋतुको आगमनसंँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म मिथिलाञ्चलका घर, गाउँ, टोल र छिमेकमा गाइने यस्तै माधुर्य र प्रेम भाव भएको होली गीत गाउने मानिसको अभावको कारण लोप हुँदै गएको छ । होलीमा गाइने यस्ता गीतलाई ‘जोगिरा’ भनिन्छ । मिथिलाञ्चलमा गाइने यस प्रकारको जोगिराले होलीपर्व खेल्नेहरुबीच सद्भाव, माया र उत्साहका साथै ऊर्जाको सन्देश सञ्चार हुने संस्कृतिविद् किशोरी साह बताउँछन् । उनले भने, ‘होलीपर्व र सङ्गीतबीच गहिरो…
धनुषा । कसैलाई मूर्ख, महामूर्खभन्दा रिसाउने, गाली गर्ने गर्छन्, तर यहाँ आफूलाई महामूर्ख साबित गर्न तछाडमछाड हुने गर्छ भन्दा अचम्म लाग्न सक्छ । मिथिलाको यस सहरमा महामूर्ख बन्न सबै ललायित हुने गर्छन् । हो, प्राचीन मिथिला र मधेस प्रदेशको राजधानी जनकपुरधाममा आफूलाई महामूर्ख साबित गर्न प्रत्येक वर्ष उच्चपदस्थ व्यक्तित्वहरूले पैरवी तथा सिफारिस आयोजकसमक्ष गर्ने गरिएको छ । होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् ( मिनाप ) जनकपुरधामले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको दुई दिवसीय होरी ९होली० महोत्सवअन्तर्गत आयोजना गरिने महामूर्ख सम्मेलनका लागि महामूर्खहरूको लिस्ट तयार भइसकेको मिनापका महासचिव शैलेन्द्र मल्लिकले बताए । होलीका अवसरमा जनकपुरमा आयोजना गरिने महामूर्ख सम्मेलन देशैभरि…
बिरगंज । रंगहरूको पर्व होली आज तराई–मधेशका जिल्लाहरूमा मनाइँदै छ । पहाडी र हिमाली जिल्लाहरुमा विहीबार नै होली मनाइएको थियो । त्यसको एक दिनपछि तराईमा होली मनाउने चलन छ । होलीको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा विहीबार बिदा थियो । स्थान अनुसार मनाइने होलीको नाम पनि फरक–फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु पूर्णिमा’ र तराई–मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ । तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाउने गरिएको…
काठमाडौं । एअर अरेबियाको जहाजले आज दिउँसो १ बजेर ५ मिनेटमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा ‘मिस एप्रोच ओभरसुट’ भयो । त्रिभुवन विमानस्थलमा एप्रोच लिएको उक्त जहाजले अवतरण हुनै लाग्दा नरेफाँटमाथिबाट एक्कासी ओभरसुट गर्यो । हावाको गति नमिलेको ‘विन्ड सियर’ भएर विमानले मिस एप्रोच गरेको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले बताए । “एअर अरेबियाको जहाजले काठमाडौं विमानस्थलमा फाइनल एप्रोच लिँदा मिस एप्रोच भएको छ”, उनले भने, “दुई तर्फको हावा मिसिएपछि भुमरीजस्तो हुनेलाई विन्ड सियर भनिन्छ । जसका कारण जहाज हल्लिएर मिस एप्रोच भएको थियो । त्यसैगरी नयाँ दिल्लीबाट काठमाडौं आएको एअर इण्डियाको जहाजले आजै सिमरा माथिको आकाशमा होल्ड भइ…
काठमाडौ । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा शुक्रबार अपराह्न भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएको छ। भारतको झारखण्डस्थित बाबा वैद्यनाथ धाममा दर्शन तथा पूजाआजापछि उहाँ नयाँ दिल्ली पुग्नुभएको हो। मन्त्री डा. राणालाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मनु महावर तथा भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले स्वागत गर्नुभएको थियो। मन्त्री डा। राणा भारतको विदेश मन्त्रालयसँगको सहकार्यमा ‘द अब्जर्भर रिसर्च फाउन्डेसन’ ( ओआरएफ ) द्वारा यही मार्च १७ देखि १९ सम्म नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रममा सहभागी हुनुहुनेछ। मन्त्री डा. राणाले यही मार्च १७ मा उद्घाटन हुने सो कार्यक्रमका जलवायु परिवर्तनको अवस्था र समस्या…
काठमाडौं । वुमन्स डे ट्वान्टी(२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल घरेलु टोली युगान्डासँग ४० रनले पराजित भएको छ। चौथो हारपछि नेपालको फाइनल यात्रा औपचारिक रूपमा समाप्त भएको छ। ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभर अलआउट हुँदै ५१ रनमात्र बनाउन सक्यो। पाँच खेलमा मात्र दुई अंक जोड्न सफल नेपाल अंकतालिकाको पुछारमा छ। प्रतियोगितामा नेपालले एकमात्र जित युगान्डासँगको पहिलो भेटमा एक विकेटको अन्तरले दर्ता गरेको थियो। तर, त्यसपछि नेपाल नामिबियासँग ६ विकेट र २३ रन तथा हङकङसँग दुई रनले पराजित भयो। बिहीबार एन्टेब्बे क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ गरेको युगान्डाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ९१ रनको लक्ष्य प्रस्तुत गर्यो।…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क