Author: Transparentgroup
काठमाण्डौ. । सांसद डा। अमरेश कुमार सिंहले एका बिहानै फेसबुकमा लेखे नेताहरू नै आफ्नो सुख(सुविधाका लागि जनतामाथि ऋणको भारी लाद्ने कोसिसमा रहेका छन् । लोकतान्त्रिक व्यवस्थामा जनता सर्वोपरी हुन्छन् तर, यहाँ त शासन गर्ने राजनीतिक दलका नेताहरू नै आफ्नो सुख सुविधाका लागि ऋणको भारी जनतामाथि लाद्ने कोसिसमा छन्, सिंहले शनिबार ( आज ) बिहान सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्। आम नागरिक चरम महँगाइ, कर, कुशासनको चपेटामा परिरहे पनि नेताहरू भने आफ्नै सुविधाका लागि काम गरिरहेको उनले बताएका छन्। देशमा रोजगारी छैन, युवा जति विदेशको गल्लीहरूमा भौतारिनु परेको छ। तर, पूर्वपदाधिकारीहरूलाई आजीवन सुविधा दिनेसम्म लज्जास्पद कुरा गर्नसमेत भ्याएका छन्, उनले भनेका…
महोत्तरी । यसपालिको होली पर्व तीन दिनदेखि निरन्तर मनाइँदैछ । फागुन पूर्णिमाका दिनदेखि मधेशमा जारी होली पर्व खासखास स्थानमा आज पनि मनाइँदैछ । यहाँका सात स्थानीयतहमा आज धुमधुमसाथ होली मनाउने तयारी छ । मधेशमा होली पर्व मनाउने तीन परम्परा छन् । पर्वते समुदायले फागुन पूर्णिमाकै दिन मनाउछन् । त्यसैगरी पूर्णिमा सकिने र चैत शुक्ल प्रतिपदा सुरु हुने तिथिको दिन पारेर मधेशका धेरैजसाले होली पर्व मनाउने गर्छन् । यी दुईभन्दा फरक मैथिल परम्पराअनुसार आज होली खेल्ने स्थान पनि छन् । ती हुन् जिल्लाका मटिहानी, जलेश्वर, महोत्तरी, बलवा, लोहारपट्टी, पिपरा र भङ्गाहासहितका सात स्थानीयतहका गाउँ तथा नगरक्षेत्र । खासमा १५ दिने मिथिला…
काठमाडौं । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्व विशिष्टलाई आजीवन सुविधा दिने भन्दै भइरहेको हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । नेपाली कांग्रेस पाल्पा जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सिंहले पूर्वविशिष्टलाई सुविधा दिने सरकारको कुनै तयारी नभएको प्रष्ट पारे । यसअघिको कुनै सरकारले गरेको कुरालाई ल्याएर अहिले सरकारलाई बदनाम गर्नेगरि हल्ला गरिएको उनको भनाई छ । ०६९ सालमा तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले पूर्वविशिष्टलाई सुविधा दिने अध्यादेश ल्याएको उनको भनाई छ । अहिले त्यस्तै प्रकृतिको कानून निर्माणका सरकार लागेको भन्दै केही सञ्चारमाध्यममा खबर आएपनि सरकारले त्यस्तो तयारी नगरेको…
तनहुँ । च्याउ खाँदा तनहुँको व्यास नगरपालिका–६ शान्तिटोलका दश जना बिरामी भएका छन् । म्याग्दे गाउँपालिका–६ सर्वलाङ बस्ने ३० वर्षीय नारायण मगरले बारीमा उम्रिएको च्याउ शान्तिटोलस्थित मामाघारमा लगेर पकाएर खाँदा दश जना बिरामी भएका हुन् । बिरामी हुनेमा व्यास नगरपालिका–६ का ६३ वर्षीय गुरुबहादुर पुलामी, ३१ वर्षीय सुरेन्द्रबहादुर पुलामी, ३० वर्षीय नारायण मगर, २३ वर्षीया पवित्रा मगर, ४२ वर्षीय तिलबहादुर थापा मगर, ६६ वर्षीय चक्रबहादुर पुलामी, १८ वर्षीया आरती पुलामी, ३६ वर्षीय केशव पुलामी, ६५ वर्षीया सीता पुलामी र चार वर्षीय सविन पुलामी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विकास पासवानले जानकारी दिए । उहाँका अनुसार शुक्राबार साँझ उनीहरूले…
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय संयन्त्रको बैठक बोलाएका छन् । आज शुक्रबार साँझ साढे ५ बजे बालुवाटारमा बस्ने गरी प्रधानमन्त्रीले संयन्त्रको बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । ‘यो नियमित बैठक हो । उच्चस्तरीय संयन्त्र र कार्यदलको बैठक संयुक्त रूपमा बस्न लागेको हो’, प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘कुनै विशेष एजेन्डा छैनन् । तर, समसामयिक विषयमा छलफल हुनेछ ।’ सरकारका क्रियाकलापलाई व्यवस्थित बनाउने र संसद्मा अड्किएका विधेयकको विषयमा छलफल हुने बुझिएको छ । संयन्त्रमा सत्तारुढ दल कांग्रेस र एमालेका शीर्ष १० नेता छन् । त्यस्तै, सरकारका कामलाई प्रभावकारी बनाउन सहजीकरण गर्नका लागि दुवै दलले कार्यदल पनि बनाएका छन् ।
काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समितिको अध्यक्षमा डा. सरोजा कार्की पाण्डे नियुक्त भएकी छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै डा. पाण्डेलाई अस्तपाल विकास समितिको अध्यक्ष नियुक्त गरेका हुन् । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा। पाण्डेले यही अस्पतालमा १५ वर्षसम्म वरिष्ठ कन्सल्ट्यान्टका रुपमा सेवा गरेकी थिइन् । धनुषाकी डा.पाण्डेले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट एमडी गरेकी हुन् । उनी भरतपुर अस्पतालकी रजिष्ट्रार समेत रहेकी थिइन् । उनले प्रसूति तथा स्त्री रोगसम्बन्धी नीति निर्माण तथा प्रशिक्षकको भूमिका समेत निर्वाह गरिसकेकी छिन् । डाक्टर पाण्डेको नियुक्तिपछि मन्त्री पौडेलले अघि सारेको मातृ शिशु स्वास्थ्य सेवा सुधारको…
काठमाडौं । नेकपा ९एकीकृत समाजवादी० ले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । एकीकृत समाजवादीका महासचिव एवं केन्द्रीय आन्दोलन संयोजन कमिटीका संयोजक घनश्याम भुसालले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । महासचिव भुसालले आन्दोलन बेरोजगारी र कुशासनको विरुद्ध एउटा क्रान्तिकारी पहलकदमी रहेको बताए । यस्ता छन् घोषित आन्दोलनका कार्यक्रमहरु सुशासन र रोजगारी, समाजवादको तयारी रोजगारी र सुशासनका लागि आन्दोलन आधुनिक राजनीतिका ७५ वर्ष हामी नेपालीले सम्पन्न, शिक्षित र स्वस्थ भएर स्वतन्त्रता र स्वाधीनताका साथ मर्यादापूर्ण जीवन बाँच्न सङ्गठित प्रयास ग¥यौँ । यस क्रममा विविध भौगोलिक क्षेत्रमा बस्ने विभिन्न वर्ग, जातजाती र भाषा–सँस्कृतिका सबै नेपालीको समान नागरिक, राजनीतिक र मानवअधिकार ग्यारण्टी गर्न लोकतान्त्रिक…
जनकपुरधाम । यस वर्षको महामूर्ख उपाधि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिने भएको छ। होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप) ले आयोजना गर्दै आएको प्रमुख सांस्कृतिक कार्यक्रम ‘महामूर्ख सम्मेलन’ को दोस्रो दिन आज जनकपुरधाममा उक्त घोषणा गरिएको हो। रङको र खुसीको पर्व होलीका अवसरमा जनकपुरधामस्थित मिनापले हरेक वर्ष यो सम्मेलन आयोजना गर्दै आएको छ। कार्यक्रममा हास्यव्यङ्ग्य र सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिँदै आएको छ। उक्त कार्यक्रमको माध्यमबाट मिनापले मिथिलाको कला र संस्कृतिको संरक्षणमा योगदान पुर्याउँदै आएको मिनापका पूर्वअध्यक्ष सुनिल मल्लिकले जानकारी दिए। उनका अनुसार होली पर्वको पौराणिक गाथा, ख्यालठट्टा र मैथिली भाषामा गाइने जोगिरा गीतको संरक्षण गर्न यो कार्यक्रम…
म्याग्दी । खेलकुदका माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यले फागुपूर्णिमाका अवसरमा बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा आमाहरूको फुटबल प्रतियोगिता भएको छ । जलमाई भगवती आमा समूहले आयोजना गरेको प्रतियोगितामा तातोपानी, पखेर र सिङ्गाका पाँच वटा आमा समूह सहभागी भएकामा जलमाई भगवती आमा समूह ९ए०ले मङ्गला गाउँपालिका–३ को पखेर आमा समूहलाई एकका विरुद्ध चार गोल गरेकोे छ । यो समूहले खेल जितेर रु १५ हजार हात पारेको छ । जलमाई भगवती आमा समूहका सचिव मीना जुग्जालीले “आमाहरूको मात्र फुटबल प्रतियोगिता जिल्लामै पहिलो पटक तातोपानीमा भएको हो”, उहाँले भन्नुभयो, “खेलकुदमार्फत आमाहरूलाई जागरुक र सामाजिक क्षेत्रमा क्रियाशील बनाउन प्रतियोगिता आयोजना गरिएको हो ।” आमाहरू लुङ्गी,…
काठमाडौँ । समाजवादी मोर्चा नेपालले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा शनिबार नागरिक समाज र बुद्धिजीवीसँग छलफल गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०को केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको मोर्चाको १२ औँ केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो । मोर्चाले शनिबार नै पत्रकारसँग पनि अन्तरक्रिया गर्ने भएको छ । संसदवादी दल र संसद् बाहिर रहेका राजनीतिक दल र नेतृत्वसँग राजनीतिक संवाद अघि बढाउने मोर्चाको निर्णय छ । “राष्ट्रिय स्वाधीनता र गणतन्त्रको रक्षा एवं समाजवादतर्फको यात्रालाई दृढतापूर्वक अघि बढाउने वातावरण बनाउन बृहत् राजनीतिक पहल लिने निर्णय गरेको छ”, उहाँले भन्नुभयो । बैठकले यही चैत १५ गतेका लागि तय भएको विरोधसभा…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क