Author: Transparentgroup
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगम सञ्चालक समितिको शनिबारको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पाँच रुपियाँ र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर चार रुपियाँले घटाउने निर्णय गरेको हो । मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोल क्रमशः प्रतिलिटर एक सय ६० रुपियाँ ५० पैसा, एक सय ६२ रुपियाँ र एक सय ६३ रुपियाँ तथा डिजेल(मट्टितेल प्रतिलिटर एक सय ४८ रुपियाँ ५० पैसा, एक सय ५० रुपियाँ र एक सय ५१ रुपियाँ कायम भएको छ । इण्डियन आयल कर्पोरेसशनबाट आज प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोल तथा डिजेलको…
नेपालगन्ज । बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधारगृहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रवार राति बाल सुधारगृहमा बालबन्दीविच झडप हुँदा ६ भन्दा बढी बालबन्दी घाइते भएका छन् । ५० जना जति बालबन्दी प्रहरी नियन्त्रणमा आएका छन् । लामो समयको कसरतपछि केहीबेर पहिले मात्र ठुलो संख्यामा बाल सुधारगृहमा पुगेको प्रहरीले सुधारगृहमा छिरेर बालबन्दीलाई नियन्त्रणबाट मुक्त गराउन सफल भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीको नेतृत्वमा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बालसुधार गृहमा प्रवेश गरेर नियन्त्रणमा लिन सफल भएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीले बताउनुभयो । उहाँले सो क्रममा बालबन्दीहरुको ढुंगा प्रहारबाट…
काठमाडौं । प्रथम आईजीपी कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेश प्रहरी कार्यालयले जितेको छ । नेपाल प्रहरी खेलकुद समिति महाराजगञ्जको आयोजनामा मुलपानी क्रिकेट मैदानमा सञ्चालित प्रतियोगिता शनिबार मधेशले उपाधि चुमेसँगै समाप्त भएको छ ।शनिबार भएको फाइनल खेलमा मधेश प्रदेश प्रहरी कार्यालयको टिमले लुम्बिनी प्रदेश प्रहरी कार्यालयको टिमलाई १४ रनले पराजित गरेको हो । फाइनल खेलमा पहिलो ब्याटिङ गरेको मधेश प्रदेश प्रहरी कार्यालयको टिमले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ६७ रन बनायो भने जवाफी ब्याटिङ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयको टिमले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५३ रन मात्र बनाउन सक्यो । शनिबार नै प्रतियोगिताका विजेता र…
काठमाडौ. । पूर्वप्रधानमन्त्री झलनाथ खनालले बीआरआई अवधारणा नेपालको सर्वोत्तम हितमा रहेको दाबी गरेका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्। उनले देशले राष्ट्रिय आवश्यकता र हितका आधारमा बीआरआईको उपयोग अधिकतम गर्नुपर्ने बताए। उनले भने, ‘बेल्ट एण्ड रोड इनिसिएटिभ सम्बन्धी नेपालको नीति सार्वभौमिकता, स्वतन्त्रता र राष्ट्रिय हितको सिद्धान्तमा आधारित छ। हाम्रा दुई महान छिमेकीहरू छन्। तिनीहरू दुवैको अर्थतन्त्र द्रुत गतिमा विकास भइरहेको छ। यि दुई द्रुत गतिमा विकासशील छिमेकीहरू पनि हाम्रा अवसर हुन्। हामीले तिनीहरूको विकासबाट लाभ उठाउन यो अवसरलाई सदुपयोग गर्न सक्षम हुनुपर्छ।’ उनले थपे, ‘चीनको अर्थतन्त्र २० ट्रिलियन डलर नाघेको छ। जसले यसलाई…
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा शुक्रवारबाट सुरु भएको २६ औँ फ्लोरा एक्स्पोमा अवलकोनकर्ताहरूको भीड लागेको छ। चैत्र १ गतेदेखि सुरु भएको पुष्प मेला चैत्र ४ गतेसम्म भृकुटीमण्डपको प्रदर्शनी हलमा सञ्चालन भइरहेको हो। मेलाका संयोजक एवं फ्लोरिकल्चर एसोसिएसन नेपाल ९फ्यान० का उपाध्यक्ष रामबहादुर तामाङले फूलप्रेमीहरूको उपस्थिति धेरै नै राम्रो रहेको र एकैदिन ९ हजार ५ सय जना व्यक्तिहरूले मेलाको अवलोकन गरेको बताए। मेलामा भीडभाड रहेको र अपेक्षा लिएको भन्दा धेरै आउने कुराले खुशी लागेको बताए। ४ दिनमा ६० हजार भन्दा बढीले अनुगमन गर्ने र एक करोड बढी कारोबार हुने आकलन रहेको बताए। शुक्रबार एकैदिन साढे १७ लाख रुपैयाँको कारोबार भइसकेको बताए। मेलामा…
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलनरत शिक्षकका मागलाई सरकारले शीघ्र सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने माग गर्दै आन्दोलनरत नेपाल शिक्षक महासङ्घको प्रतिनिधिमण्डल आज भएको भेटमा उनले शिक्षकका जायज मागलाई बेवास्ता गर्न नहुने बताए । ‘अहिले जति संशोधन दर्ता भए पनि कतिपय एउटै प्रकृतिका छन्। उपसमिति बनाएर भए पनि तत्काल पारित गर्नेतर्फ जान सकिन्छ,’ विधेयकलाई तत्काल पारित गर्नुपर्नेमा जोड दिँदै भने, ‘मुख्य कुरा इच्छाशक्तिको हो । शिक्षा र शिक्षकका विषयलाई सरकारले प्राथमिकता दिनुपर्छ ।’ शिक्षकका माग र समग्र शैक्षिक क्षेत्रबारे एउटै दृष्टिकोण बन्न नसकेको बताउँदै अध्यक्ष…
काठमाडौँ । राजतन्त्र पक्षधर समूहले शनिबार नारायणहिटी दरबार सङ्ग्रहालय अगाडी प्रदर्शन गरेका छन् । शाही युवाशक्ति नेपालको ब्यानरमा प्रदर्शनमा उत्रिएका उनिहरुले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिरुद्ध चर्का नाराबाजी समेत गरेका थिए । उनिहरु समाखुसीबाट बाइक र्याली सहित उनीहरू नारायणहिटी दरबार आएका हुन् । आन्दोलनकारीहरूले राजा छिट्टै फर्किने दाबी गर्दै नारायणहिटी खाली गर्न समेत चेतावनी दिएका छन् । पछिल्लो समय राजतन्त्र पक्षधरहरूले प्रदर्शन तीव्र बनाएका छन् । कार्यक्रममा नेकपा ( माअोवादी केन्द्र ) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्विर जलाइएको छ । प्रचण्डले हिजो सिन्धुपाल्चोकमा आयोजित पार्टीको एक कार्यक्रममा…
काठमाडौं । नेकपा ( माओवादी केन्द्र) सहित चार दल आवद्ध समाजवादी मोर्चाले राज्यसत्ताको बागडोर समालेकाहरूको अलोकतान्त्रिक रवैया र गतिविधीका कारण नेपाली जनताको एकपछि अर्को अधिकारहरू कुण्ठित हुँदै गइरहेको निष्कर्ष निकालेको छ । आज ९शनिबार० पत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गर्र्दै मोर्चाले राज्य सञ्चालकको स्वच्छाचारिताका कारण देशले अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको बताएको हो । भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र सङ्कटग्रस्त रहेको, जनताको जनजीविका कहाली लाग्दो अवस्थामा रहेको र सरकारभने विचौलिया दलालहरूको स्वार्थसिद्धिमा केन्द्रीत रहेको मोर्चाको निष्कर्ष छ । प्रेस विज्ञप्ति देशमा विकसित नयाँ परिस्थिति र प्रतिगामी तत्वहरूको क्रियाकलापबारे समाजवादी मोर्चा, नेपालको दृष्टिकोण अगाडि सार्न र आगामी कार्यक्रमको घोषणा गर्न यो…
काठमाडौं । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालीन राजा विरेन्द्रको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्डको आयोग बनाएर छानविन गर्न जरुरी रहेको बताएका छन् । आज ( शनिबार ) समाजवादी मोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले आफूहरुले तत्कालीन समयमा र गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री भएपछि पनि उक्त कुरा भन्दै आएको बताए । हिजो ( शुक्रबार ) सिन्धुपाल्चोकमा आयोजित पार्टीको कार्यक्रममा प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रलाई वंशनाश गर्ने ‘भाइमारा’, मूर्तिचोर र सुन तस्करीको नाइकेको संज्ञा दिएका थिए । सो सन्दर्भ उल्लेख गर्दै सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले भने आफूले पुरानै तथ्यमा आधारित भएर अभिव्यक्ति…
काठमाण्डौ. । नेपाली कांग्रेसका कोषाध्यक्ष तथा पूर्व राज्यमन्त्री उमेश श्रेष्ठलाई मातृशोक परेको छ । कांग्रेस कोषाध्यक्ष एवं पूर्वराज्यमन्त्री श्रेष्ठकी आमा लीलादेवी श्रेष्ठको ८९ वर्षको उमेरमा निधन भएको हो । लीलादेवीको उपचारका क्रममा शुक्रबार राति काठमाडौंको ग्राण्डी इन्टरनेसनल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको पार्थिव शरीरलाई शनिबार दिउँसो २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कांग्रेस कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले जानकारी दिए । लीलादेवीको निधनप्रति कांग्रेसले दुुस्ख व्यक्त गरेको छ । सभापति शेरबहादुर देउवाले लीलादेवीको निधनप्रति दुस्ख व्यक्त गर्दै कांग्रेसले एक अग्रज व्यक्तित्व गुमाएको बताएका छन् । सभापति देउवाले मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क