Author: Transparentgroup
काठमाडौँ । जेएनजीले गत भदौ २३–२४ गते गरेको आन्दोलन हिंसात्मक भएसँगै देशभरका कारागारबाट फरार भएका कैदीमध्ये पाँच हजार ८१४ जना कैदी अझै फर्किएका छैनन् । आन्दोलनका क्रममा प्रदर्शनकारीले प्रहरीबाट लुटेका करिब आठ सय हतियार पनि अझैसम्म बरामद हुन सकेको छैन । आन्दोलनको मौका छोपेर फरार भएका १४ हजार ५४९ जना कैदीमध्ये पछिल्लो २८ दिनमा आठ हजार ७३५ जना कैदी भने कारागार फर्किसकेका छन् । त्यस्तै प्रहरीबाट लुटिएका करिब एक हजार २५० हतियारमध्ये २७४ वटा हतियार बरामद गरिएको र ९६ वटा हतियार जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । आन्दोलनका क्रममा फरार कैदीलाई स्वस्फूर्त रूपमा फर्किन सरकारले सोमबारसम्मका लागि समय…
काठमाण्डौं । जेनजी अभियन्ता मिराज ढुंगाना सहितको टोलीले गृहमन्त्री ओम प्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएको छ । बिभिन्न ५ बुदे मार्ग राख्दै आज गृहमन्त्रालयलयमा मिराज सहितको टोलीले ज्ञापन पत्र बुझाएको हो । गत भदौ २३ गते र २४ गते भएको आन्दोलनका क्रममा जेनजी आन्दोलनमा सहभागी भएका आन्दोलनकारीहरु माथि भएको धरपकड, पक्राउ र अनावश्यक दुःख दिने काम भएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख गरीएको छ । ५ बुदे ज्ञापनपत्रमा निम्नानुसार मागहरु राखीएका छन् । १. जेनजी आन्दोलनका क्रममा आन्दोलनकारी माथि राज्यपक्षवाट भएका धरपकडप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । आन्दोलनकारीलाई अनावश्यक दुःख दिने काम राज्य पक्षले तत्काल बन्द गरोस् र…
काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै आयोगले गर्नुपर्ने कार्यहरूलाई समयबद्ध रूपमा सञ्चालन गर्न आयोगबाट आज निर्वाचन कार्यतालिका स्वीकृत भएको जानकारी गराएका हुन् । स्वीकृत कार्यतालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको समय तोकिएको छ । माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र तत्पश्चात् प्रचारप्रसार निषेधको अवधि रहनेछ। फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ…
काठमाडौं । नेकपा ९माओवादी केन्द्र० का संयोजक पुष्पकमल दाहालले माओवादी केन्द्र सक्रियताका साथ निर्वाचनमा हुने बताएका छन् । सोमवार पार्टी केन्द्रिय कार्यालय पेसि डाँडामा बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो पार्टी घोषित मितिमिा निर्वाचन हुनुपर्छ र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने पक्षमा रहेको बताए । अन्य राजनीतिक दलहरुसँग पनि कुराकानी भइरहेको बताउँदै केही समयपछि त्यसको परिणाम देखिने बताए । उनले भने– ‘देशभर विपद्ले कहाँ कहाँ कति क्षति भयो भन्नेकुराको जानकारी लिने काम र हामीले गर्नुपर्ने कामको विषयमा छलफल गरिएको छ । हामी कसरी अघि बढ्नुपर्छ भन्नेकुरामा हाम्रो केन्द्रिय समितिको बैठकबाट…
काठमाण्डौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न अस्पतालबाट लिएको पछिल्लो विवरण अनुसार जेनजी आन्दोलनका क्रममा घाइते भएका ३० जनाको उपचार भइरहेको छ। सिभिल अस्पतालमा एक जना, राष्ट्रिय ट्रमा सेन्टरमा १० जना, काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा तीन जना, त्रिवि शिक्षण अस्पतालमा पाँच जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना, नेपाल प्रहरी अस्पतालमा एक जना र कीर्तिपुर अस्पतालमा एक जना उपचाररत छन्। यसैगरी बी एन्ड बी अस्पतालमा तीन जना, विराट मेडिकल शिक्षण अस्पतालमा एक जना, नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा एक जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना गरी कुल ३० जना उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य…
काठमाडौँ । अविरल वर्षाका कारण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका व्यक्तिहरूमध्ये १२ जनालाई नेपाली सेनाको उद्धार टोलीले सकुशल उद्धार गरेको छ । असोज १७ गतेदेखि १९ गतेसम्म परेको लगातार वर्षाका कारण ड्यामसाइड इलाकामा पुगेका १६ जना स्थानीय र मजदुर समूह जोखिममा परेका थिए । तीमध्ये १२ जनालाई नेपाली सेनाको श्रीनाथ गणबाट खटिएको टोलीले उद्धार गरी स्याफ्रुवेशी ल्याइएको सेनाले जनाएको छ । उद्धार गरिएका सबै जनालाई प्रारम्भिक स्वास्थ्य परीक्षणपछि सुरक्षित स्थानमा राखिएको छ । यसैबीच, हराइरहेका चार जनाको खोजी कार्य निरन्तर भइरहेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका खोज तथा उद्धार टोलीहरूले ड्यामसाइड, भाङ्गे…
मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाकास्थित न्हेचुङ भन्सार कार्यालयले दुई साताको अवधिमा दुई अर्ब दुई करोड ९६ लाख २९ हजार राजस्व संकलन गरेको छ। गत ३१ भदौमा पूर्ण रूपमा सञ्चालनमा आएको कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले मंगलबार बिहानसम्म उक्त राजस्व संकलन गरेको हो। यो भन्सार कार्यालयको इतिहासमै पहिलो पटक त्यति ठुलो अनुपातमा राजस्व संकलन गरेको हो। यहाँ दैनिक औसत भन्सार राजस्व १३ करोड ६६ लाख बढी अनुपातमा राजस्व संकलन भइरहेको छ। यसअघि यहाँको भन्सार कार्यालयले बर्सेनि सीमा पार गर्ने उपल्लो मुस्ताङका नागरिकले आयात गर्ने घरायसी माल वस्तु राजस्व १० देखि १५ लाखमै सीमित रहन्थ्यो। यस पटक बाढी पहिरो र नदी…
काठमाडौँ । नेकपा ( माओवादी केन्द्र ) को सचिवालय बैठक सोमबार बस्दै छ । दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको सचिवालय सदस्य हरिबोल गजुरेलले जानकारी दिए । महाधिवेशनको मिति तय, प्रतिनिधि छनोट लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको उनको भनाइ छ । असोज ९–१० गते सम्पन्न केन्द्रीय समिति बैठकले केन्द्रीय समिति विघटन गरी मंसिरको अन्तिम हप्ता विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो । यसैगरी बैठकले प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाएको थियो । सोही बैठकले पूर्वपदाधिकारीलाई सचिवालयमा रूपान्तरण गरेको थियो ।
काठमाण्डौं । बाढीपहिरोका कारण देशभरका १८ राजमार्गमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्थित कोशी राजमार्ग, मकालु गाउँपालिका–३ स्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यसैगरी, ओखलढुङ्गाको मानेभञ्याङ गाउँपालिका–६ र ७ जोड्ने सिद्धिचरण लोकमार्ग, उदयपुरको कटारी नगरपालिका–१४ दलदलेमा रहेको सिद्धिचरण राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए। यस्तै, धनकुटाको पाख्रिबास नगरपालिका–५ ढिकुरेस्थित मध्यपहाडी लोकमार्ग, धनकुटाकै साँगुरीगढी गाउँपालिका–१ स्थित कोशी लोकमार्ग, इलामको इलाम नगरपालिका–९ राजदुवालीलगायत मेची राजमार्गका विभिन्न स्थान अवरुद्ध भएका छन्। यसैगरी, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित नेपाल चीन मितेरी पुल, सोही गाउँपालिका–५ स्याप्रुबेँसीलगायतका…
सुनसरी । अविरल वर्षा राकिएसँगै सप्तकोशी नदीको वहाव घटेको छ । सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार कोसी ब्यारेजमा आज बिहान ६ बजे गरिएको मापनअनुसार ४ लाख ३५ हजार ३०५ क्युसेकप्रति सेकेण्ड पानीको वहाव रहेको छ । गएराति पानीको वहाव पाँच लाख ३३ हजार ५४० क्युसेकप्रति सकेण्ड थियो । रातिदेखि नै वर्षाकम भएसँगै सो नदीमा पानीको वहाव घट्दो क्रममा रहेको उनले बताए । अहिले कोशी ब्यारेजको ५६ गेट ९ढोका० खोलिएका उनले बताए । आइतबार विहान नदीमा पानीको वहाव उच्च भएपछि खतराको सङ्केतस्वरुप रातो बत्ती बालिएको थियो भने रातो भण्डासमेत फहराइएको थियो । रासस
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क