Author: Transparentgroup
काठमाडौँ । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटका लागि पहल गरिरहेकी छन् । रायसिना डायलगमा भाग लिन भारत पुगेकी परराष्ट्रमन्त्री राणाले दुई देशबिचको सम्बन्ध सुधार गर्ने उद्देश्यले भारतीय प्रधानमन्त्री मोदीसँग भेटका लागि पहल गरिरहेकी हुन् । शुक्रबार नेपाल फर्कने तयारीमा रहेकी उनले त्यसअघि भारतका प्रधानमन्त्रीलाई भेट्न चाहेको बताइएको छ । यसअघि परराष्ट्रमन्त्री राणाले भारतीय समकक्षी एस।जयशंकरसँग भेट गरेकी थिइन् । सो भेटमा समेत आगामी जेठमा नेपालमा हुने सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रमुख अतिथि बनाउन चाहेको विषयमा चर्चा भएको स्रोतले बताएको छ ।भारतका लागि नेपाली राजदूत डा।शंकर शर्माले पनि भारतीय विदेश सचिव विक्रम…
काठमाण्डौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधीले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि राजनीतिक दलहरु जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताएका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले पृथ्वीनारायण शाहदेखि विभिन्न प्रणालीको राजतन्त्र नेपाली जनताले व्यहोरेको बताए। राजाहरुले नेपाली जनताको अधिकार खोसेर शासन चलाएको उनको भनाइ छ । उनले राजतन्त्रको विभिन्न दुष्परिणामका कारण गणतन्त्र स्थापना भएको बताए। उनले विश्वको सबैभन्दा उन्नत राजनीतिक प्रणाली संघीय गणतन्त्र भएको दाबी गरे। उनले जनताले कुनैपनि प्रणालीको राजतन्त्र नचाएको भन्दै राजतन्त्र पुनःस्थापित नहुने जिकिर गरे। उनले भने, ‘हामीले ल्याएको प्रणाली कसैले दानमा दिएको होइन, नेपालमा हामीले संघीयता र गणतन्त्रको प्रणाली सार्वभौम…
काठमाडौं । राजसंस्था पुनर्स्थापनाको अभियान चलाइरहेका व्यवसायी दुर्गा प्रसाईँले सोमबार टोखाबाट बरामद भएको २५ करोड रुपैयाँ रकम माओवादीको भएको दाबी गरेका छन्। बुधबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले यस्तो रकम दिनहुँ तस्करी भइरहेको र यसमा ठूला नेताको संलग्नता रहेको दाबी गरे। प्रसाईँले पछिल्लोपटक समातिएको रकम माओवादीको भएको र माओवादीनिकट तिब्बतीले लगिरहेको बताए। उनले भने, ‘हिजो पक्रिएको पैसा नेता र सुन तस्करको पैसा हो। त्यो माओवादीनिकट एकजना टिविटेनसँग खाने मान्छेको पैसा हो।’ प्रहरीले करिब २५ करोड नेपाली रुपैयाँबराबरको विदेशी अवैध मुद्रासहितको ट्रक र चालकलाई नियन्त्रणमा लिई हिजो पत्रकार सम्मेलन गरेको थियो। उक्त रकम कसको होरु र कुन प्रयोजनका लागि लगिँदै थियो भन्नेबारे…
काठमाण्डौं । सरकारले रामनवमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यही चैत ४ गतेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन्। बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा बैतडीका दिनेशप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको सरकार प्रवक्ता गुरुङले बताए। यस्ता छन् सरकारका निर्णयहरुः नेपालको संविधानको धारा ५३ एवं सुशासन ९व्यवस्थापन तथा सञ्चालन० ऐन २०६४ को दफा ४१ वमोजिम नेपाल सरकारको आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपतिसमक्ष पेश गर्ने । विश्व बैंकमार्फत विद्यालय क्षेत्र सुधार कार्यक्रमको…
काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद भवनमा आजको बैठक सुरुभएको हो । https://www.youtube.com/watch?v=OmYgkRamA_k
काठमडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले आज जङ्गीअड्डामा आयोजित एक कार्यक्रममा उपरथीमा विशेष पदोन्नति भएका सहायक रथी रामप्रसाद अधिकारीलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सोही कार्यक्रममा प्राविधिक सहायक रथीमा पदोन्नति भएका प्राविधिक महासेनानी मुकेश बाटाजुलाई सहायक रथीको दर्ज्यानी चिह्न प्रदान गरे । त्यस अवसरमा रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति भएका रथीवृन्दका परिवारजनको उपस्थिति थियो ।
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले यौन व्यवसायलाई व्यवसायीकरण गर्ने प्रस्तावबाट व्याक भएका छन् । आज ( बुधबार ) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले आफूले गत चैत ३ गतेको संसद् बैठकमा राखेको उक्त कुराले परेको नकरात्मक असरप्रति क्षमायाचना गरेका हुन् । उनले देशमा पर्यटन प्रवर्धनका लागि गर्न सकिने केही विषयहरुको जानकारी गराउँदै उनले गत चैत ३ गतेको संसद् बैठकमा भनेका थिए, ‘धार्मिक क्षेत्रमा पूर्ण रुपले मदिरा, मासुजन्य पदार्थहरु प्रतिबन्ध गर्नुपर्छ । तर, हामीले व्यवसायिक रुपमा यसको विकास पनि गर्नुपर्छ । त्यसको लागि निश्चित् ठाउँहरु तोकेर जानुपर्छ । मदिराको लागि छुट्टै, मनरोञ्जनको लागि पनि छुट्टै ठाउँको व्यवस्था गर्नुपर्छ…
पोखरा । मंगलबारदेखि चीनको सिचुवान एयरलाइन्सले छेन्दु–पोखरा सिधा उडान प्रारम्भ गरेको छ। सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस(३९१ मंगलबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। १२८ जना चिनियाँ पर्यटक बोकेर पोखरा बिमानस्थलमा अवतरण भएको उक्त विमानले पोखराबाट १२६ जना लिएर छेन्दु प्रस्थान गरेको हो। पोखराबाट उडेको उक्त विमानमा महानगरका मेयर धनराज आचार्यको नेतृत्वमा जनप्रतिनिधि र पर्यटन व्यवसायी लगायत रहेका छन्। उनीहरूले चीनको छेन्दुका विभिन्न पर्यटकीय स्थलको भ्रमण गर्ने र चीनमा पोखराको प्रवर्द्धन गर्ने उद्देश्य राखेका छन्। पोखराबाट अन्तर्राष्ट्रिय उडान भर्न कुनै समस्या नभएको विमानस्थलका सूचना अधिकारी जशोदा रेग्मीले बताइन्। ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन लगायत सबै सुविधा छ। यहाँबाट न्यारोबडी जहाज उडान र…
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजू राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ । भारतीय विदेश मन्त्रालयद्वारा आयोजित ‘राइसिना डायलग’ कार्यक्रममा सहभागी हुने क्रममा नयाँदिल्लीमा रहेका उनीहरुबीच आज सो भेटवार्ता भएको हो । उक्त भेटघाटका क्रममा नेपाल–युक्रेन सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ । त्यस अवसरमा परराष्ट्रमन्त्री डा राणाले नेपाली नागरिक रसियाली सेनामा भर्ना हुन पाउने नीति नेपालको नरहेको स्पष्ट गर्दै युद्धबन्दीका रुपमा रहेका ती सात जना नेपालीलाई यथासक्य छिटो मुक्त गरिदिन अनुरोध गरिन् । उनले मानव तस्करको फन्दामा परी नेपालको दुर्गम क्षेत्रबाट जबर्जस्ती रुसी सेनामा भर्ना भई कार्यरत…
जेरुसेलम । मंगलबार गाजामा इजरायलले गरेको भीषण हवाई आक्रमणमा परी अहिलेसम्म तीन सय भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ । गाजाका अधिकारीका अनुसार मृत्यु हुनेहरुमा गाजा क्षेत्रमा रहेका हमासका उच्च सुरक्षा अधिकारी मोहम्मद अबु वफा पनि रहेका छन् । इजरायलले हमासका क्षेत्रहरु र उनीहरु बसेका सम्भावित संरचनाहरुलाई लक्षित गरी आक्रमण गरिरहेको छ । इजरायलले हवाई आक्रमण गर्नुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग छलफल गरेको ह्वाइट हाउसकी एक प्रवक्ताले फक्स न्यूजलाई बताएकी छन्। इजरायली आक्रमणमा अन्य बालबालिका र नागरिकसहित ३३० जना मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बताएको छ । जनवरी १९ मा युद्धविराम सुरु भएदेखि गाजामा हवाई आक्रमणको यो सबैभन्दा ठूलो…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क