Author: Transparentgroup
काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताहरुले खेलकुदमन्त्री तेजुलाल चौधरीको राजीनामा माग गरेका छन् । आज ( बिहीबार ) पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यकर्ताहरुले कालो झण्डा देखाउँदै उनको राजीनामा माग गरेका हुन् । मन्त्री चौधरीले ओलम्पिक कमिटीमा विवाद निम्त्याएको भन्दै उनीहरुले विरोध जनाउँदै राजीनामा माग गरेको बताइएको छ ।मन्त्री चौधरी नेपाली कांग्रेसका नेता हुन् । कांग्रेस कार्यकर्ताहरूले ओलम्पिक कमिटीमा विवाद निम्त्याएको भन्दै मन्त्री चौधरीलाई कालो झण्डा देखाएका हुन् । अदालतको आदेश तथा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को निर्देशनलाई अवज्ञा गर्दै भएको नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी हुने खेल संघका पदाधिकारीले मन्त्री चौधरीलाई झण्डा देखाएका हुन् ।
खोटाङ्ग । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका सामुदायिक वन क्षेत्रमा विश्वमा दुर्लभ मानिएको रेडपाण्डा भेटिएका छन्। रेडपाण्डाको फोटो तथा भिडियो कैद गर्न गएका नगरका टोलीले मेरुङ सामुदायिक वनमा दुर्लभ रेडपाण्डा भेटाएका हुन्। नगरपालिकाले आगामी वैशाखमा आयोजना गर्न लागेको रेडपाण्डा तथा थार महोत्सवलाई केन्द्रित गरेर यही चैत १ गतेदेखि वन क्षेत्र प्रवेश गरेको टोलीले चौँथो दिन रेडपाण्डा भेटेको हो। रेडपाण्डाको फोटो र भिडियोका साथै रेडपाण्डासम्बन्धी स्थलगत अध्ययन गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी–६ का वडाध्यक्ष माधव राईको संयोजकत्वमा एक टोली मेरुङ पुगेका छन्। रेडपाण्डालाई दुई हजार सात सय ८१ मिटरको उचाइमा भेटिएको वडाध्यक्ष राईले जानकारी दिए। उनका अनुसार विभिन्न समूहमा विभाजित भएर…
काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले महिला सहभागिता र सशक्तिकरणका लागि अहिले गरिरहेको प्रशंसा गरेका छन् । शीतल निवासमा महिला उद्यमी महासंघ नेपालका पदाधिकारीसंँगको भेटमा उनले महासंघले आर्थिक क्षेत्रमा महिला सहभागिता र सशक्तिकरणका लागि प्रयास गरिरहेकोप्रति खुशी व्यक्त गरेका हुन् । राष्ट्रपति पौडेलले महासंघले आगामी दिनमा महिला उद्यमशीलता वृद्धि र महिला सशक्तिकरणका लागि थप सक्रिय र प्रभावकारी ढंगले काम गर्ने अपेक्षा व्यक्त गरे । उनले भने, नेपालको हरेक राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तनको क्षेत्रमा नेपाली महिला जगतले महत्वपूर्ण योगदान पुर्याएका छन् । त्यही भएर हाम्रो संविधानले राज्यको हरेक निकाय र क्षेत्रमा महिला सहभागितासँगै समावेशीतालाई प्राथमिकता दिएको छ । यहीँ चैत…
विराटनगर । कोशी प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य गरिएको छ । बिहीबार बिहान बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले चालु हिउँदे अधिवेशन आजै राति १२ बजेबाट अन्त्य गर्ने निर्णय गरेको हो । कोशी प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले सरकारले संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेको जानकारी दिए । बैठकले कोशी प्रदेश जनस्वास्थ्य नियमावली २०८१ स्वीकृत गर्ने निर्णय पनि गरेको छ । त्यस्तै समस्याग्रस्त सहकारी संस्था वा सङ्घ व्यवस्थापन समितिको सदस्य सचिवमा चन्द्रबहादुर कार्कीलाई तोक्ने निर्णय गरिएको छ । यस्तै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका लागि १ करोड २८ लाख ६० हजार रकम बाँडफाँड गर्न स्वीकृत प्रदान…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) का सांसद ज्ञानबहादुर शाही ९ज्ञानेन्द्र०ले पूर्वराजा ज्ञानेन्द्र शाहका बारेमा बोल्दा होस पुर्याएर मात्रै बोल्न गणतन्त्रवादी दलहरूलाई चेतावनी दिएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकको शून्य समयमा उनले वामपन्थी दलहरूले आदर्शका रुपमा मान्दै आएका विदेशी नेताहरूको नाम उल्लेख गर्दैै पूर्वराजाका बारेमा बोल्दा होस पुर्याएर मात्रै बोल्न चेतावनी दिएका हुन् । ‘फागुन २५ गते हामीले गरेको स्वागत गरेको कसैका विरुद्ध आन्दोलन होइन । स्वागत गर्दा त मुटु हल्लियो, कलेजो थर्कियो । धर्ती फाट्यो, आकाश फुट्यो भने तपाईंहरूका विरुद्ध आन्दोलन गर्यो भने हालत के हुन्छ रु यो कुरा याद गरेर संसद्मा कुरा उठाइयोस्,’ सांसद शाहीले…
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ६ मा सार्वजनिक गरेको भिडियो सन्देशमा ‘श्री ५ महाराजधिराज’ शब्द र शाही निशान छाप प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन्। बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खतिवडाले पूर्वराजाले नेपाली झण्डाको अपमान गरेर संविधान मिच्ने काम गरेको भन्दै आपत्ति जनाएका हुन्। उनले संविधानविरोधी कदमहरु रोक्नसमेत सरकारको ध्यानाकर्षण गराए। उनले २०६५ सालमै शाही निशान छाप हटाएर नेपालको झण्डा राखिएको र संविधानमा समेत श्री ५ महाराजधिराज भन्ने शब्द नरहेको भन्दै यस्तो गर्न नदिन सरकारको ध्यानाकर्षण गराए। ‘फागुन ६ गते दिएको सन्देशमा पूर्वराजा ज्ञानेन्द्रले श्री ५ महाराजाधिराज लेखेका छन् । शाही निशाना छाप…
काठमाडौं । नेकपा ९एकीकृत समाजवादी० का उपाध्यक्ष एवं प्रतिनिधि सभा सदस्य प्रकाश ज्वालाले प्रधानमन्त्री केपी शर्मा ओलीमा आलोचना सुन्ने धैर्यता नै नरहेको बताएका छन् । आज ९बिहीबार० प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै नेता ज्वालाले प्रधानमन्त्री ओलीले आलोचना गर्नेहरुमाथि आक्रोश व्यक्त गर्ने गरेको बताएका हुन् । उनले सरकारले ल्याउने नीति, कार्यक्रम र बजेटका बारेमा सार्वभौम संसद्मा व्यापक बहस छलफल हुनपर्ने र यसले सरकारलाई पनि सहयोग गर्ने बताए । तर, प्रधानमन्त्री ओलीमा आलोचना सुन्ने धैर्यता नरहेको बताउँदै उनले भने, ‘यो सरकार संसद्बाट भाग्ने, संसद्लाई पन्छाउने होईन, संसद्सँग अन्तर्क्रियामा रहनुपर्छ । छलफल गर्नुपर्छ, सुझावहरु सुन्नुपर्छ, आलोचना पनि सुन्नुपर्छ । आलोचना सुन्ने त धैर्यता…
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहमा कर्मचारीको नियुक्ति लोकसेवा आयोगको सिफारिसमा योग्यताको आधारमा गर्ने गरिने र कर्मचारीको ज्ञान, सीप, अनुभव र कार्यक्षमताको आधारमा पदस्थापन र सरुवा गर्ने गरिएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक प्रवक्तासमेत रहेका प्रतिनिधि सभा सदस्य मनिष झाले ‘तपाईले नियुक्त गरेका कर्मचारीहरूको अक्षमतका कारण सरकार फेल भएको तथ्य स्वीकार्नुहुन्छ रु यदी हो भने तिनीहरूलाई कहिलेसम्म कारवाही गर्नुहुन्छ रु’ भनी राखेको प्रश्नमा जवाफ दिँदै उनले भने, ‘माननीयज्यूको जानकारीका लागि– मैले कर्मचारी नियुक्ति गर्ने गरेको छैन । कर्मचारीहरुको नियुक्ति लोकसेवा आयोग मार्फत हुन्छ ।’ त्यसैगरी, कानुनविपरीत कार्य गर्ने कर्मचारीलाई कारवाही कहिले हुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले संवैधानिक…
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१(८२ को फागुन मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण रु २६ खर्ब ७६ अर्ब तीन करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधिसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार यो आर्थिक वर्षमा मात्र करिब साढे दुई खर्ब सरकारी ऋण थपिएको छ । “चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण रु २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा फागुन मसान्तसम्म रु दुई खर्ब ४१ अर्ब ९३ करोड थप वृद्धि भई कुल सार्वजनिक ऋण दायित्व रु २६ खर्ब ७६ अर्ब तीन करोड पुगेको छ । जुन कुल गार्हस्थ्य उत्पादनको ४६ दशमलव ९१ प्रतिशत…
काठमाण्डौं । आज संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बैठक बस्दै छ। बैठक आज ९बिहीबार० बिहान ११ बजेका लागि बोलाइएको छ। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम संसद् सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिन लागेका हुन् । आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको कार्यूची राखिएको छ । आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० विधेयक, २०८१ मा दफावार छलफल र निर्णयका लागि प्रस्तुत गर्नेछन् । अर्थमन्त्री पौडेलले निजीकरण ९पहिलो संशोधन० विधेयक, २०८१ माथि दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेलागत बैठकको कार्यसूची रहेको संसद् सचिवालयले बताएको छ । आजको बैठकमा पनि शून्य समयमा…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क