Author: Transparentgroup

मनाङ । हिमाली जिल्ला मनाङ र चीनको सिमानामा बोर्डर आउट पोष्ट ९बिओपी० स्थापना गरिने भएको छ । सीमा नाका निर्धारण गर्ने उद्देश्यले नार्पाभूमि गाउँपालिकामा बीओपी स्थापना गरिने भएको हो । नार्पाभूमि गाउँपालिका–४ फू गाउँमा बिओपी स्थापना गरिने जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । समुद्री सतहदेखि करिब चार हजार मिटर उचाइमा बिओपी स्थापना गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले सीमामा सहजता र सुरक्षाका लागि बिओपी स्थापना गर्न लागिएको बताए । उनले बिओपी स्थापनाका लागि २० रोपनी जग्गा दीर्घकालीन रुपमा भाडामा सशस्त्र प्रहरीलाई उपलब्ध गराइएको जानकारी दिए । सरकारी जग्गा आवश्यकता अनुसार सशस्त्र प्रहरीले उपयोग गर्ने गरी भाडामा…

Read More

झापा। झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गबाट चैत्र ८ गते सशस्त्र प्रहरीले करीव १६ सय ३६ किलो गाँजासहित दुई वट ट्रक  नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिईएकाहरुमा धनकुटा जिल्लाको शहिदभूमी नगरपालिका–४ बस्ने महेश राई र ईलाम जिल्लाको माईजोगाई गाउँपालिका–२ बस्ने ३७ वर्षिय गंगा बहादुर बस्नेत छन् । ईलामबाट झापातर्फ आउँदै  गरेको को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको मिनि ट्रकलाई विशेष सूचनाको आधारमा नं। १ बराह बाहिनी मुख्यालय  र नं। २ गण झापा मातहत  सुरक्षा वेश टिमाईबाट खटिएको संयुक्त सुरक्षा फौजले चेक जाँच गर्दा ५७ वटा बोरामा राखेर ल्याउँदै गरेको गाँजासहित उनीलाई नियन्त्रणमा लिईएको हो ।…

Read More

जनकपुरधाम । सिराहाको औरही गाउँपालिका क्षेत्रमा महायज्ञ आयोजना गर्ने नाममा दलित परिवारमाथि गरिएको ज्यादतीको घटनामा गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव पक्राउ परेका छन् । दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । मधेश प्रदेशका प्रहरी प्रमुख लालमणि आचार्यले भने, ‘शिवजी यादव र दिलीप यादवलाई नियन्त्रणमा लिइएको छ र अहिले उनीहरूसँग सोधपुछ भइरहेको छ । शनिबार पीडित परिवारसँग बयान लिने प्रक्रिया अघि बढ्नेछ ।’ यस घटनामा महायज्ञ स्थलको नजिक रहेको दलित परिवारको घर भत्काउनका लागि गाउँपालिका अध्यक्ष यादव र अन्य स्थानीय निकायका प्रतिनिधिहरूसँग मिलेर दबाब दिएका थिए । यसै क्रममा दीपक मरिक नामक दलित परिवारको घर तोडिएको थियो र…

Read More

काठमाडौं। जेलेस्पीजंघ कार्कीको निर्णायक गोलसँगै नेपालले सिंगापुरविरुद्ध ३६ वर्षपछि जित निकालेको छ। सिंगापुर नेसनल स्टेडियममा शुक्रबार सम्पन्न मैत्रीपूर्ण खेलमा नेपालले १–० को जित निकालेको हो। नेपालको जितमा जेलेस्पीले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो। उनले १२औं मिनेटमा मनीष डाँगीको क्रसमा गोल गरेका हुन्। सिंगापुरविरुद्ध नेपालले गरेको यो नै पहिलो गोल हो। । नेपाल र सिंगापुर सन् १९८९ पछि आमुन्नेसामुन्ने भएका हुन्। ५ जुन १९८९ मा भएको पछिल्लो भेटमा सिंगापुरले नेपाललाई ७–० ले पराजित गरेको थियो। त्यसअघि भएको दुई भेट ९१९८२ र १९८९० मा पनि नेपाल क्रमशः २–० र ३–० ले पराजित हुन पुगेको थियो। सन् १९८९ मा भएको दुई…

Read More

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन २०८२ मङ्सिर मसान्तभित्रै हुनुपर्ने बताएका छन् ।नेपाली कांग्रेस मोरङ–काठमाडौँ सम्पर्क समितिले आज काठमाडौँमा आयोजना गरेको ‘देशको वर्तमान अवस्था, चुनौतीहरू र नेपाली कांग्रेसको भूमिका’ का विषयक अन्तरक्रिया कार्यक्रममा नेता डा कोइरालाले महाधिवेशन २०८२ मङ्सिर मसान्तभित्र नभए पार्टी कमजोर हुँदै जाने बताए । उनले महाधिवेशन समयमै गर्न सबैले आवाज उठाउनुपर्ने बताए । “महाधिवेशन २०८२ मङ्सिरभित्र नभए कांग्रेस कमजोर हुँदै जान्छ । त्यतातिर ध्यान दिनुपर्छ, यो एकदम संवेदनशील कुरा हो,” नेता डा कोइरालाले भने । उनले राजनीतिक दल र नेतृत्वप्रति जनताको वितृष्णा बढेको उल्लेख गर्दै जनताको निराशालाई हटाउन जरुरी भएको धारणा राखे…

Read More

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफ्नो यस पटकको भारत भ्रमण कूटनीतिक सम्बन्ध विस्तारका लागि फलदायी भएको बताएकी छिन् । भारतको विदेश मन्त्रालयले राजधानी नयाँ दिल्लीमा यही मार्च १७ देखि २० सम्म आयोजना गरेको राइसिना डायलगमा सहभागी भएर आज स्वदेश फर्किए पछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग उनले सो जानकारी दिइन् । उनले भनिन् “यो भ्रमणका क्रममा भारतका विदेशमन्त्री डा एस जयशंकर र अन्य देशका समकक्षीहरूसँग भेटवार्ता भयो र राइसिना डायलगमा पनि सम्बोधन भयो । त्यसैगरी भारतबाट नेपालले खरिद गर्ने विद्युत् पनि निरन्तरताका लागि पहल गरेँ । त्यसैले नेपालको कूटनीतिक सम्बन्ध विस्तारमा यो भ्रमण फलदायी रह्यो ।” उनले यस भ्रमणका…

Read More

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा।मीनेन्द्र रिजालले पार्टीले श्याम घिमिरेलाई संसदीय दलको प्रमुख सचेतकबाट हटाउनुपर्ने धारणा राखेका छन् । आज ( शुक्रबार )  मोरङ काठमाडौं सम्पर्क समितिले काठमाडौंमा अयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रमुख सचेतकजस्तो मान्छेले जे पायो त्यही संसद्मा बोल्न नहुने बताएका हुन् । यसरी जे पायो त्यही बोल्न प्रमुख सचेतकको पदबाट विदा लिनुपर्ने उनले बताए । कांग्रेस संसदीय दलका प्रमुख सचेतक घिमिरेले संसद् बैठकमा यौन व्यवसायलाई कानुन बनाएर खुला गर्नुपर्छ भन्ने अभिव्यक्ति दिएका थिए । उनको सो अभिव्यक्तिको पार्टीभित्र र बाहिर पनि निकै आलोचना भएको थियो । अन्ततः घिमिरेले आफ्नो अभिव्यक्तिबारे संसद्मै माफी…

Read More

मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका आठ जना जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिइरहेका छन्। यो विद्यालयबाट कोशी प्रदेशमै सबैभन्दा बढी विद्यार्थीले एसइई परीक्षा दिइरहेका र जसमध्ये आठजना जुम्ल्याहा विद्यार्थीले एकैपटक परीक्षा दिइरहेका सहायक प्रधानाध्यापक राजेन्द्र गिरीले जानकारी दिए। विद्यालयबाट चारवटा परीक्षा केन्द्रमार्फत ६२६ विद्यार्थी परीक्षामा सहभागी छन्, जुन सङ्ख्या एकै प्रदेशमै बढी रहेको विद्यालयको दाबी छ। विसं २०२९ मा स्थापना भएको यस विद्यालयमा २०३९ सालबाट ‘एसएलसी’ परीक्षा दिन सुरु गरिएको थियो। प्रदेशकै नमूना विद्यालय अन्तर्गत गर्ने यस विद्यालयमा २ सहित हाल चार हजार ५०० विद्यार्थी अध्ययनरत रहेका विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतले जानकारी दिए। कोशी प्रदेशमा ८० हजारभन्दा…

Read More

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्रान्तिका लागि तयार रहन मुख्य दलहरूलाई चेतावनी दिएका छन् । आफूले बोल्दा धेरैको बोली बन्द हुने उनको भनाइ छ । लामिछानेले आफूले बोले दुईतिहाईको सरकारलाई अप्ठ्यारो पर्ने भएकाले चुप बसेको बताएका छन् । काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले बोल्न समय नजिक आउँदै गरेको बताए । उनले भने, अहिले मैले बोलेँ भने दुईतिहाईको सरकारलाई गाह्रो पर्ला । बोल्यो भनेर गाह्रो भएको होला। जब बोल्ने समय आउँछ तब केहीको बोल्ती चैं बन्द हुने अवस्था आउँछ । म आवेग र उत्तेजनामा छैन । मुलुक एउटा गम्भीर…

Read More

वीरगञ्ज । नेकपा  ( माओवादी केन्द्र )  का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार नराम्रो काम गर्नका लागि बनेको टिप्पणी गरेका छन् । आज ९शुक्रबार० वीरगञ्जमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले सरकारले भ्रष्टाचारी जोगाउने, बेथिति र अराजकता बढाउने काम काम गरिरहेको बताएका हुन् । प्रचण्डले ओली नेतृत्वको सरकार भ्रष्टाचारीहरूलाई जोगाउनकै लाथि बनेको दाबी गरे । सरकारले भ्रष्टाचारीहरूलाई जोगाउने र नराम्रो गर्नेलाई पुरस्कृत गर्ने काम गरिरहेको उनले बताए । दाहालले आफू ०८४ सालको आम निर्वाचनअघि प्रधानमन्त्री हुने दौडमा नरहेको स्पष्ट पारेका छन् । सुशासनको पक्षमा काम गर्दा कांग्रेस र एमाले मिलेर सरकारबाट हटाएको भन्दै अब…

Read More