Author: Transparentgroup

बेनी । म्याग्दीमा हिमपात र हिउँदे वर्षा भएको छ । लामो समयपछि भएको वर्षाले किसानलाई राहत मिलेको छ । वर्षा नहुँदा हिउँदे गहुँ, जौँ, आलुलगायत खाद्यबाली र सागसब्जीखेतीसँगै फलफूलखेती प्रभावित बनेको थियो । हिउँदमा वर्षा नभएर बाली नै सुक्ने अवस्थामा पुगेको थियो । वर्षाले खेतबारीमा लगाएको मकै, सिमीलगायत खेतीबाली र फलफूल बगैँचामा सिँचाइ भएको रघुगङ्गा गाउँपालिका–३ का नरबहादुर भण्डारीले बताए । उनका अनुसार लामो समयपछि शनिबार दिउँसो जमिन भिज्ने गरी भएको वर्षाले किसानलाई राहत मिलेको छ । यस वर्ष म्याग्दीको उच्च पहाडी क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ । जिल्लाको गुर्जा, कुइनेमङ्गले, मल्कबाङलगायत उच्च पहाडी क्षेत्रमा साँझपखदेखि हिमपात हुन थालेको छ…

Read More

काठमाडौँ । संघीय संसद् अन्तर्गतको राष्ट्रियसभाको बैठक आज बस्दैछ । सत्रौँ अधिवेशनको १६ औँ बैठक अपराह्न १२ः १५ बजेका लागि बोलाइएको हो । महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सम्भावित दैनिक कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रस्तुत गरेको ‘प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथि छलफल हुनेछ । त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव…

Read More

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व जल दिवसको अवसरमा पानी संरक्षण र दिगो विकास प्रवद्र्धन गर्ने भारतको प्रतिबद्धतालाई दोहोर्याएका छन् ।पानीको महत्वलाई प्रकाश पार्दै प्रधानमन्त्री मोदीले भावी पुस्ताका लागि जल स्रोतको संरक्षण गर्न आग्रहसहित सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका हुन् । यसैबीच, जलशक्ति मन्त्रालय पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालय र हरियाणा सरकारको सहकार्यमा विश्व जल दिवसको अवसरमा शनिबार ‘जल शक्ति अभियानः “जलको सञ्चय–२०२५’ शुरु गर्ने तयारी गरेको छ । जल शक्ति मन्त्रालयका अनुसार अभियानले ‘पानी संरक्षणका लागि तीब्र सामुदायिक पहल’माथि जोड दिएको छ । अभियानले जलवायु परिवर्तन र बढ्दो जलजन्य चुनौतिको सामना गर्न जल सुरक्षा, वर्षाबाट आउने पानीको…

Read More

काठमाण्डौं । बिश्वका चर्चित फ्रेन्चाईज क्रिकेट प्रतियोगिताहरु मध्येकै उत्कृष्ठ इन्डियन प्रिमियर लिग ९आईपीएल० को १८औँ संस्करण आज शनिवारदेखि सुरु हुँदै छ ।उद्घाटन खेलमा साविक विजेता कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलुरुसँग प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समयअनुसार बेलुका ७ बजेर ४५ मिनेटमा कोलकातास्थित इडेन गार्डेडमा हुनेछ । साविक विजेता कोलकाता प्रतियोगितामा विजयी सुरुवात गर्न चाहन्छ । रोयल च्यालेन्जर्स बैंगलुरु भने साविक विजेता कोलकातालाई हराउँदै आईपीएलमा सुखद् सुरुवात गर्न चाहन्छ । रोयल च्यालेन्जर्सले अहिलेसम्म आईपीएलको उपाधि जित्न सकेको छैन । त्यसैले पनि उद्‌घाटन खेलमा साविक विजेतालाई हराउँदै प्रतियोगितामा उपाधि दावेदारी प्रस्तुत गर्ने रणनीतिमा रोयल च्यालेन्जर्स हुनेछ । रोयल च्यालेन्जर्स नयाँ…

Read More

काठमाण्डौं । सभामुख देवराज घिमिरेले संसदमा विचाराधीन विधेयक छिटो टुङ्ग्याउने काम भइरहेको बताएका छन्। शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निजामती कर्मचारी, प्रहरी र विद्यालय शिक्षासँग सम्बन्धित विधेयक छिटो टुङ्गो लगाउन लागिरहेको जानकारी दिए। उनले संविधानले दिएको अधिकार पूर्ण रूपमा प्रयोग गर्ने वातावरण अझै नबनेको गुनासो आएको उल्लेख गरे। उनले संघीय निजामती सेवा ऐनको अभावले प्रशासनिक संघीयता कमजोर भएको आम जनगुनासो रहेको बताए। संविधानले अधिकार विकेन्द्रीकरण गरे पनि व्यवहारमा केन्द्रीकरण बढिरहेको उनको भनाइ छ। संघीयता बलियो बनाउन अन्तरप्रदेश परिषद्, अन्तर सरकारी वित्त परिषद् र राष्ट्रिय समन्वय परिषद् जस्ता फोरमलाई सक्रिय बनाउनुपर्ने उनको मत छ। उनले संघीयताको विकल्प खोज्नुभन्दा यसलाई…

Read More

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह यतिवेला गोरखामा छन् । उनले आज गोरखनाथ मन्दिरको दर्शन गरेका छन् । मन्दिर दर्शन गरेर बाहिरिने क्रममा ठूलो संख्यामा उपस्थित् भएकाहरुले देश बचाउनको लागि आग्रह गरेका छन् । कतिपयले भने ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भन्दै नारा लगाएका थिए । पूर्वराजा शाहले गोरखामा रहेको प्रसिद्ध मनकामना मन्दिरको पनि दर्शन गर्ने कार्यतालिका छ । उनले गोरखनाथको आशीर्वाद लिएरै पृथ्वीनारायण शाहले नेपालको एकीकरण यात्रा सुरु उल्लेख गरेका छन्। पूर्वराजा शाह पछिल्लो समय विभिन्न धार्मिक स्थलहरूको भ्रमणमा सक्रिय देखिएका छन्। पूर्वराजाको आह्वानपछि राजावादीहरूको अहिले राजा फर्काउने आन्दोलन घोषणा गरिरहेका छन्। फागुन २५ गते देशमा राजासंस्था फर्काउने…

Read More

काठमाडौं। नागरिक उन्मुक्ति पार्टी ( नाउपा )  का संरक्षक रेशमलाल चौधरीले पार्टी एकता प्रक्रिया अन्तिम चरणमा पुगिसकेको बताएका छन् । आज ( शनिबार )  काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले अब जनमत पार्टी र नाउपा एक हुने बताएका हुन् । उनले जनमत र नाउपा एक भएर पहिचानको मुद्दालाई दरिलो बनाएर उठाउने बताए । डा. सिके राउतले नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नागरिक उन्मुक्तिबीच पार्टी एकताको अन्तिम तयारी भएको छ। तराई मधेशको सबैभन्दा ठुलो दल बनाउने दुई पार्टी एकताको लागि सहमत भएका हुन्। अहिले दुवै पार्टी एकताको लागि आन्तरिक तयारीमा केन्द्रित छन्। जनमतसँग एकताबारे निर्णय लिनको…

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व पानी दिवस २०२५ (२२ मार्च) को अवसरमा शुभकामना व्यक्त गर्दै पानीका स्रोतहरूको संरक्षणमार्फत पर्यावरण सन्तुलन कायम राख्न सबैलाई प्रेरित गर्नुभएको छ। राष्ट्रपति पौडेलले दिनुभएको शुभकामना सन्देशमा प्रकृतिप्रदत्त वरदानका रूपमा रहेको पानीको महत्त्व, संरक्षण र दिगो प्रयोगका विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष २२ मार्चलाई विश्व पानी दिवसका रूपमा मनाइँदै आएको उल्लेख छ। नेपालमा यस वर्ष ‘हिमनदी संरक्षण’ भन्ने नाराका साथ विविध जनचेतनामूलक कार्यक्रमसहित यो दिवस मनाइँदैछ। राष्ट्रपतिले पानी र प्रकृतिसँग प्राणी जगतको अस्तित्व गाँसिएको उल्लेख गर्दै पृथ्वीमा जीवको उत्पत्ति नै पानीभित्र भएको र प्राचीन मानव सभ्यताहरू नदीकिनारमा…

Read More

काठमाण्डौं । ‘हिमनदी संरक्षण’ नारा लिएर आज विश्वभर विभिन्न कार्यक्रम गरेर पानी दिवस मनाइँदै छ। बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन र अत्यधिक पानीको प्रयोगजस्ता कारणले पानी सङ्कट बढिरहेको छ। यो दिवसले यस्ता समस्याबारे चेतना फैलाउने विश्वास छ। पछिल्ला दिनमा जलवायु परिवर्तनले हिमनदी सुक्दै गएको छ। यसले मानव जीवन र प्रकृतिमा ठूलो चुनौती थपिरहेको छ। त्यसैले यो पटक पानी दिवसको नारा हिमनदी संरक्षण राखिएको छ। सन् १९९३ देखि हरेक वर्ष २२ मार्चमा मनाइने यो दिवस संयुक्त राष्ट्रसङ्घको विश्वव्यापी पहल हो। यसले सुरक्षित र स्वच्छ पानीको महत्वबारे जनचेतना बढाउन र व्यवस्थापनका लागि रणनीति बनाउन सहयोग गर्छ। संसारको कुल…

Read More

पर्वत । पर्वतको जलजला गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने २८ दम्पतीलाई ६०औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस–२०८१ को अवसरमा शुक्रबार नगदसहित सम्मान गरेको हो। गाउँपालिकाको केन्द्र लामाखेतमा भएको सम्मान कार्यक्रममा अन्तरजातीय विवाह गरेका प्रत्येक जोडीलाई पाँच हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो। कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य नन्दकला दमाई, जिल्ला समन्वय समिति उपप्रमुख सोमबहादुर जिसी, गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्य र उपाध्यक्ष दिपक आचार्यले संयुक्त रूपमा जोडीलाई सम्मान गरेका गरेका हुन्। गाउँपालिका अध्यक्ष आचार्यले जातीय भेदभाव हटाएर समाज परिवर्तनमा अन्तरजातीय विवाह गर्ने व्यक्तिको ठूलो योगदान रहेको बताए। कानुनले जातीय भेदभाव र छुवाछुत निषेध गरे पनि सामाजिक कुरीति कायम रहेकाले यस्ता विवाह गरेर उदाहरण…

Read More